काठमाडौं-भारतको महाराष्ट्रमा मुम्बई–पुणे दु्रत राजमार्ग (एक्सप्रेस वे) निर्माणको प्रसंग चलिरहेको थियो। महाराष्ट्रका तत्कालीन सार्वजनिक निर्माण मन्त्री नितिन जयराम गडकरी परियोजना निर्माणको प्रस्ताव लिएर बजेट माग्न अर्थमन्त्रीकहाँ पुगे।‘यो कसरी सम्भव छ?' अर्थमन्त्रीले गडकरीको मागमाथि नै शंका व्यक्त गरे।
उनले कर्मचारी प्रशासनबाट पनि सकारात्मक जवाफ पाएनन्। यति ठूलो लागतको परियोजना सम्भवै छैन भन्दै सबै तर्किए।
अर्थमन्त्रीदेखि कर्मचारी प्रशासनसमेतको सहयोग नपाए पनि अन्ततः गडकरीले ४ हजार ६ सय करोड भारतीय रुपैयाँ लागतको परियोजना पूरा गराइछाडे। त्यसका लागि उनले सार्वजनिक–निजी साझेदारी मोडेल अपनाएका थिए।
‘कर्मचारी प्रशासनले पनि कहिल्यै हौसला दिएन, उनीहरू उल्टो यो कसरी सम्भव छ मात्र भन्थे, यो सम्भव छ, यो गर्न सकिन्छ भनेर कोही भन्दैनथे, मैले सरकारको मुख ताकेर बसेको भए एक्सप्रेस वे परियोजना कहिल्यै पूरा हुने थिएन, कसैको कुरा नसुनी निजी क्षेत्रसँग पैसा उठाएर उनीहरूलाई नै त्यसको साझेदार बनाएर अन्ततः परियोजना सफल बनाइछाडेँ,' पूर्वाधार विकास क्रममा आउने अड्चन र त्यसको समाधानबारे गडकरी मंगलबार काठमाडौंंमा आफ्नो अनुभव बाँडिरहेका थिए।
उनै गडकरी अहिले भारतका केन्द्रीय सडक, यातायात तथा राजमार्गमन्त्री छन्।
राजधानीमा मंगलबार सुरु दुईदिने ‘नेपाल पूर्वाधार सम्मेलन २०१४' मा मुख्य वक्ताका रूपमा आफ्नो विकास अनुभव बाँड्दै गडकरीले भने, ‘जहाँ इच्छा, त्यहाँ उपाय। जहाँ इच्छा हुँदैन, त्यहाँ उपाय पनि निस्कँदैन, खाली छलफल, सम्मेलन, बैठक र विवाद मात्र हुन्छ।'
उनले यसो भन्दा हायात होटलको सम्मेलन कक्षमा खचाखच ५ सयभन्दा बढी स्वदेशी तथा विदेशी दर्शकबीच तालीको पर्रा छुटेको थियो।
नेपाल उद्योग परिसंघले सरकार र स्वदेशी निर्माण व्यवसायीको युवा समुदाय (वाइसिएनसी) सँग मिलेर आयोजना गरेको पूर्वाधार सम्मेलनमा भाग लिन आएका गडकरीले आधा घन्टाभन्दा लामो भाषणमा पूर्वाधार निर्माणसँग जोडिएका अनुभव मात्र साटेनन्, विकास लक्ष्य हासिल गर्न सरकार र निजी क्षेत्रबीच सहकार्यको आवश्यकतामा पनि जोड दिए।
‘विकास वा पूर्वाधार निर्माणका काम गर्न पुँजी महत्वपूर्ण पक्ष होइन, तुरुन्त निर्णय गर्न सक्ने क्षमता ठूलो हो, जसले तुरुन्त निर्णय गर्नसक्छ, उसले जसरी पनि पुँजी जुटाउँछ,' गडकरीले भने, ‘यस्तो क्षमता नराखेको भए भारतमा पूर्वाधार निर्माणका विशाल परियोजना सफल हुने थिएनन्। निर्णय क्षमता छ भने पुँजी आफसेआफ जुटिहाल्छ, यसमा टाउको दुखाइरहन आवश्यकै छैन।'
गडकरीले पूर्वाधार निर्माणका काम सुरु गर्दा भोग्नुपरेका कठिनाइ, कर्मचारी प्रशासनबाट आइपरेका अड्चन र पुँजी जुटाउन एउटा ल्यापटप तथा केही सहायक लिएर बैंक–बैंक चहारेको अनुभव सुनाउँदा सम्मेलनका सहभागी छक्क परेका थिए।
‘अमेरिका धनी छ, किनभने अमेरिकी सडक राम्रा र बलिया छन्,' उनले भने, ‘भारत मात्र होइन, अब समग्र दक्षिण एसियाले सडक पूर्वाधार निर्माणलाई पहिलो प्राथमिकता दिँदै त्यही सञ्जाल प्रयोग गरेर तीव्रतर विकास गर्ने मोडल पछ्याउनुपर्छ।'
व्यापार गर्दै राजनीतिमा छिरेका गडकरी भारतीय जनता पार्टीका अध्यक्षसमेत भएका थिए। उनी महाराष्ट्रका मुख्यमन्त्री हुँदा सडक, फ्लाइओभर, राजमार्गदेखि रेलसम्मका विशाल परियोजना सम्पन्न भएका थिए। यसले राजनीतिमा उनको लोकप्रियता बढाएको थियो। ‘यशवन्त राव छबन मुम्बई–पुणे एक्सप्रेस वे' परियोजना सफल हुनुको मुख्य श्रेय उनैलाई दिइन्छ।
‘सरकार राजनीतिक दलको भर परेको छ भने मैले जहिले पनि एउटा उखान भन्ने गरेको छु– जहाँका राजा बिरामी हुन्छन्, त्यहाँका जनता सधैं माग्ने हुन्छन्,' उनले भने, ‘सरकारको काम भनेको विकास निर्माणका विषयमा तुरुन्त निर्णय गर्दै फटाफट काम सक्ने हो, अरू राजनीतिक दलले के भन्लान् वा विरोध गर्लान् कि भनेर डराउने होइन।'
विकासका लागि ‘भिजन' महत्वपूर्ण भएको बताउँदै उनले भने, ‘सरकारले नीतिमा नियन्त्रण गर्छ भने उसले पारदर्शिता र भिजनबारे केही निर्णय गर्नैपर्छ।'
उनका अनुसार परियोजना व्यवस्थापन नै पहिलो र महत्वपूर्ण विषय हो। त्यसपछि परियोजनाको सुपरिवेक्षण आउँछ। वित्तीय अवरोध संसारमा जहाँ पनि हुने भएकाले त्यसलाई चिर्दै अघि बढ्न सरकार तयार हुनुपर्नेमा उनले जोड दिए।
केन्द्रीय सरकार र कर्मचारीतन्त्रले समेत आँट्न नसकेका विशाल परियोजना निजी क्षेत्र र स्थानीयको सहयोग तथा सहकार्यमा पूरा गरेका गडकरीले अहिले कुनै पनि परियोजना निर्माण गर्नुपरे पुँजीका लागि अर्थ मन्त्रालय गुहार्ने काम छाडिसकेको अनुभव सुनाए। ‘मलाई केन्द्रीय सरकारसँग भन्दा आफ्नो निजी क्षेत्र र स्थानीय समुदायको बढ्ता विश्वास छ,' उनले भने, ‘स्थानीयलाई उनीहरूको सुविस्ता सुनिश्चित गराउनसके पैसा जुटाउन गाह्रो पर्दैन, निजी क्षेत्र पनि समृद्ध भविष्य सुनिश्चित देख्ने हो भने लगानी गर्न हिच्किचाउँदैन।'
उनले विमानस्थल, रेल्वे प्लेटफर्म, बसपार्क सबैलाई पाँचतारे स्तरको बनाउन सकिने बताए। ‘हामीसँग यस्ता बसस्ट्यान्ड छन्, ती कुनै विमानस्थलभन्दा कम छैनन्,' उनले भने, ‘उत्कृष्ट सेवा दिन सक्ने हो भने उपभोक्ता पैसा तिर्न डराउँदैनन्। गुणस्तरीय सडक छ भने त्यहाँ गाडी कुदाउनेले पनि कर तिर्न आनाकानी गर्दैनन्। यही सेवाशुल्क र करबाटै अर्को ठूलो परियोजना बनाउने बजेट आउँछ।'
‘म बेइमान मान्छेलाई पनि मन पराउँछु जसले सही निर्णय गर्छ, तर गलत निर्णय गर्ने इमानदार मान्छेलाई मन पराउँदिनँ,' उनले भने।
उनले नेपाल सरकार र यहाँका निजी लगानीकर्तालाई पनि विकास पूर्वाधारको योजना पूरा गर्न ‘जहाँ इच्छा त्यहाँ उपाय' भन्ने सूत्र लगाउन सुझाव दिए। भने, ‘पूर्वाधार कुनै पनि देशको सबैभन्दा महत्वपूर्ण क्षेत्र हो, नेपालमा लगानी गर्ने उपयुक्त समय यही हो। यही बेला सरकार र निजी क्षेत्रले एक भएर विकास गरिछाड्छौं भनी कम्मर कस्ने हो भने केही कुरा असम्भव छैन।'