काठमाडौं-अर्थमन्त्री रामशरण महतले नेपाल दक्षिण एसियाको सुरक्षित र आकर्षक लगानी गन्तव्य बन्दै गएको बताएका छन्। उनले लगानीकर्तालाई प्रतिफलको सुनिश्चितता सरकारले गर्ने प्रतिबद्धता पनि जनाए।नेपाल उद्योग परिसंघ (सिएनआई) ले सरकार र विभिन्न दाताको सहयोगमा आयोजना गरेको पूर्वाधार सम्मेलनलाई सम्बोधन गर्ने क्रममा मंगलबार अर्थमन्त्री महतले नेपालको जलविद्युत र औद्योगिक क्षेत्रमा लगानी बढ्दै गएको बताए। ‘सिमेन्ट उद्योगमा आत्मनिर्भर हुने अवस्था आइरहेको छ,' उनले भने, ‘सूचना प्रविधिको क्षेत्रमा समेत प्रगति भइरहेको छ।'
राजनीतिक दलहरुले शान्ति प्रक्रियालाई नतिजामुखी बनाउँदै लग्दा नेपाल विदेशी लगानी भित्याउन तयार भएर बसेको उनले बताए। महत सम्मेलनको पहिलो सत्रका प्रमुख वक्ता थिए।
वर्तमान सरकार गठनपछि केही महत्वपूर्ण काम भएको दाबी गरेका महतले विदशीले नेपालमा एक अर्ब रुपैयाँसम्म स्थानीय मुद्रामा बन्ड जारी गर्न सक्ने जानकारी गराए। विकासका केही आधार तय भएको उनको भनाइ थियो।
भारतसँगको ऊर्जा व्यापार सम्झौता (पिटिए) लाई ‘महत्वपूर्ण कदम' भन्दै उनले नेपाल सानो भए पनि यसको बजार ठूलो भएको बताए। ‘नेपालमा लगानी गर्न शंका गर्नु पर्दैन,' महतले विदेशी तथा स्वदेशी लगानीकर्तालाई आश्वस्त पार्ने प्रयासमा भने।
नौ सय मेगावाटको माथिल्लो कर्णाली जलविद्युत आयोजनाका लागि भारतको जिएमआर कम्पनीसँग भएको आयोजना विकास सम्झौता (पिडिए) लाई उनले महत्वपूर्ण काम भने। महतका अनुसार नौ सय मेगावाटकै अरुण तेस्रो जलविद्युत आयोजना निर्माणको लागि सतलजसँग चाँडै नै पिडिए हुँदै छ।
मन्त्री महतले देशमा तीनवटा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण र काठमाडौं–निजगढ फास्टट्र्याक बनाउन सरकार लागिपरेको बताए। निजी क्षेत्रबाट काठमाडौं–हेटौंडा सुरुङ मार्गको काम भइहरेको पनि उनले सम्भि्कए। विशेष आर्थिक क्षेत्र (सेज), राजमार्ग, सडक, पुल निर्माण र विभिन्न देशसँग पूर्वाधार विकासको लागि द्विपक्षीय सम्झौता भइरहेको उनले सहभागीलाई जानकारी गराए।
नयाँ लगानी आइरहेको, निर्माण योजना थपिँदै गएको र विश्वासको वातावरण बन्दै गएको भन्दै उनले ढुक्क भएर लगानी गर्न आग्रह गरे। ‘लगानी गर्नुस्, आर्थिक प्रतिफलको विश्वास हामी दिलाउन चाहन्छौं,' मन्त्री महतले भने, ‘दक्षिण एसियामै लगानी गर्न राम्रो वातावरण भएको देशमा नेपाल पर्छ।'
लगानीका लागि नेपालमा केही समस्या रहेको पनि उनले स्वीकारे। ‘लोडसेडिङको समस्या छ,' अर्थमन्त्रीले भने, ‘तर ऊर्जा हरेक क्षेत्रको विकासको मुख्य आधार हो।' जलविद्युत आयोजना र प्रसारण लाइन बनिरहेको भन्दै सरकारले तीन वर्षमा लोडसेडिङ हटाउने लक्ष्य राखेको उनले बताए।
मजदुर समस्या कायमै रहेको तर यसको समाधान गर्न श्रम ऐन बनेर संसदमा पुग्न लागेको उनले बताए। सेज, नयाँ विद्युत ऐनलगायत विभिन्न ऐन, नियम बनिरहेकोले लगानीको वातावररण अझ सहज भइरहेको उनले दाबी गरे।
सम्मेलनको पहिलो सत्रमा ‘सम्भावना र अवसरहरु' शीर्षकमा छलफल भयो। यसमा मन्त्री महतसहित राष्ट्रिय योजना आयोजका उपाध्यक्ष गोविन्दराज पोखरेल, पूर्वउपाध्यक्ष शंकर शर्मा, सिएनआई उपाध्यक्ष अनुज अग्रवाल, गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष उपेन्द्र महतो, होटल एसोसिएसन नेपाल (हान) का पूर्वअध्यक्ष योगेन्द्र शाक्य र भारतीय विद्वान एसडी मुनीले भाग लिएका थिए।
सिएनआई उपाध्यक्ष अग्रवालले नेपालमा पूर्वाधारको अवस्था, लगानी गर्न सकिने क्षेत्रबारे सहभागीलाई बताए। यो पहिलो पूवर्धाधार सम्मेलन भएकाले यसबाट सरकार र निजी क्षेत्रले फाइदा लिन सक्ने बताए। उनले अहिले नेपालको जलविद्युत, पर्यटन र कृषि क्षेत्रमा लगानी बढ्दै गएको बताए। केही समययता निजी क्षेत्र पनि परिपक्व हुँदै गएको उनको भनाइ थियो।
योजना आयोगका उपाध्यक्ष पोखरेलले वातावरण सकारात्मक बन्दै गएको बताए। विगतमा समस्या रहे पनि अहिले अनुकूल बन्दै गएको उनको भनाइ छ। ‘यातायात, पर्यटन र जलविद्युतजस्ता पूर्वाधार र कृषिमा लगानी गर्न सकिन्छ,' उनले भने। यी क्षेत्रमा निजी–सार्वजनिक साझेदारी (पिपिपी) मोडलमा काम गर्न सकिने उनले बताए। जलविद्युतमा विदेशी सहयोगबिना नेपाल एक्लैले गर्न नसक्ने उनको भनाइ छ।
पोखरेलले विकासलाई सघाउने धेरै नीति, नियम परिवर्तन हुन लागेकोले विकास गर्ने आधार बन्दै गएको बताए। ‘जताततै विकासको कुरा हुँदैछ। हामी सबै सकारात्मक छौं,' पोखरेलले भने, ‘लगानी गर्ने वातावरण बन्दैछ, डलर आउन थालेको छ।'
पूर्वउपाध्यक्ष शर्माले नेपालमा थुप्रै परियोजना पाइपलाइनमा रहेको बताए। ती परियोजनाले विकासको आधार खडा गर्ने बताए। शर्माले पनि यो नेपालमा लगानी गर्ने उत्तम समय भएको बताए। अन्तर्राष्ट्रिय स्तरका ठूला कम्पनीसँग ठूला सम्झौता गर्न उनले सरकारलाई सुझाए।
एनआरएनएका पूर्वअध्यक्ष महतोले पूर्वाधार विकासको लागि सरकारले मात्र गरेर नहुने बताए। ‘निजी क्षेत्र पनि अगाडि बढ्नुपर्छ,' उनले सुझाए, ‘खासगरी जलविद्युत, सञ्चार, सडक, स्वास्थ्य, शिक्षा क्षेत्रको विकास हुुनुपर्छ।'
उनले पनि नेपाल लगानीको लागि लागि उपयुक्त ठाउँ भएको र नेपाली कामदार मेहनती भएको बताए।
भारतको जवाहरलाल नेहरु विश्वविद्यालयका प्रोफेसरले मुनीले देशको विकास, पूर्वाधारमा लगानी र आर्थिक समृद्धि राजनीतिसँग जोडिएको बताए। उनले समुन्नतिका लागि राजनीतिक र आर्थिक स्थायित्व आवश्यक पर्ने पनि बताए।
हानका पूर्वअध्यक्ष शाक्यले पर्यटन नेपालमा लगानी गर्ने उपयुक्त क्षेत्र भएको बताए। यस क्षेत्रमा लागानी बढ्दै गएको उनको भनाइ छ। उनले देशको चौतर्फी विकासको लागि राजनीतिक स्थिरतासँगै आर्थिक रुपमा मजबुत हुन जरुरी भएको बताए।