'राज्यको लकर' मा रारा
२६ कार्तिक २०७१
•
२१ मिनेट पाठ
'राज्यको लकर' मा रारा
Rara-2

रारा (मुगु)- जलवायु सम्मेलनमा भाग लिन केही दिनअघि रारा ताल आएका योजनाविद डा. पिताम्बर शर्माले भनेका थिए, 'यो विश्वकै महत्वपूर्ण सम्पदा हो, तर यति ठूलो प्राकृतिक सम्पत्तिबाट नेपालले केही हासिल गर्न सकेको छैन।'

उनले भनेजस्तो पर्यटन तथा जैविक विविधता दृष्टिले महत्वपूर्ण गन्तव्य भइकन पनि सरकारले रारातालको सम्भाव्यता उपयोग गर्न सकेको छैन।
यसको एउटै कारण छ– कमजोर पूर्वाधार, जसलाई यहाँको विमानस्थल र सडकको दुरावस्थाले छर्लंग पार्छ।
...
नेपालगन्जका प्रहरी जवान रामसागर वर्माले समुद्री सतहबाट ८ हजार ९ सय फिट उचाइमा रहेको ताल्चा विमानस्थलमा सिठ्ठी फुक्न थालेको डेढ वर्ष भइसक्यो। जहाज ओर्लने र उड्ने संकेत पाउनेबित्तिकै उनी निर्माणाधीन विमानस्थलको गिट्टीको थुप्रोमा उभिएर यताउति हेर्दै सिठ्ठी फुक्न थाल्छन्। विमानस्थल धावनमार्गबाट सर्वसाधारणलाई भगाउँछन्। कहिलेकाहीँ त उनको सिठ्ठीको आवाजले पनि काम गर्दैन। उनी आफैं धावनमार्गमा दगुर्दै मान्छे धपाउँछन्। 
संसारकै एक उत्कृष्ट पर्यटन क्षेत्र 'रारा ताल'को पर्यटन सम्भाव्यतासँग जोडिएको यो विमानस्थलको हालत कति दयनीय छ भने साँधसिमासम्म अझै निर्धारण भइसकेको छैन। जहाजबाट ओर्लने र चढ्ने ठाउँ यकिन छैन। जहाज आएको संकेत नपाउँदासम्म सर्वसाधारण धावनमार्गमै घाम तापिरहेका हुन्छन्। जहाजको आवाजसँगै उनीहरूको भागदौड सुरु हुन्छ।
वर्षौंदेखि यसरी नै चलिरहेको छ, रारासम्म पुग्ने सबभन्दा सजिलो र छोटो बाटो ताल्चा विमानस्थल।
यहाँ ०६० जेठदेखि नियमित उडान सुरु भएको हो। परीक्षण उडान भएको ०६० वैशाख ३ गते हो। विमानस्थल शिलान्यास भएको त ३३ वर्ष पुगिसक्यो। त्यतिबेलादेखि सुरु भएको निर्माणको काम अझै चलिरहेकै छ। अहिलेसम्म ३५ देखि ४० करोड रुपैयाँ खर्च भइसकेको छ।
यसबीच सिठ्ठी फुक्ने जवान मात्र होइन, कम मूल्यमा ठेक्का कबुल गर्ने ठेकेदारहरू पनि काम नगरेर भागेका उदाहरण प्रशस्तै छन्। दुर्घटनामा परेका दुई वटा जहाजका भग्नावेष विमानस्थलमै छन्। विमानस्थलको एकापट्टि कालोपत्रेको तयारी भइरहेको छ, अर्कोपट्टि पहिरो जाने र स्थानीयबासीको घरबारमा क्षति पुग्ने क्रम रोकिएको छैन। पश्चिमतर्फका घर ठाउँठाउँमा चर्किएका छन्। विमानस्थलबाट खसेको पानीले पूर्वतर्फको कार्किवाडा गाविसका एकदेखि चार वडाका घर जोखिममा छन्। 
'अझै पहिरो गइरहेकै छ,' विमानस्थल प्रबन्धक नलविक्रम थापा भन्छन्, 'एप्रोन निर्माण गर्न खनिएको पश्चिमी डा“डामा पहिरो जारी छ। त्यसलाई रोक्नेबारे छलफल चलिरहेको छ।'
विमानस्थल क्षेत्रको पछिल्लो भौगोलिक अध्ययनले यो स्थानको छनौट नै गलत थियो भन्ने निष्कर्ष निकालेको छ। यही आधारमा डिजाइन परिवर्तन गर्नुपर्ने कुरा पनि उठेको छ। यसका लागि यहाँका अधिकारी नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्णय कुरिरहेका छन्। असारभित्र भौगोलिक समस्या समाधान गरी विमानस्थल कालोपत्रे गरिसक्ने तयारीमा लागेको थापा बताउँछन्। 
ताल्चा विमानस्थलमा १२ वटा आर्थिक वर्ष बिताइसकेका पूर्वप्रबन्धक योगेन्द्रराज शर्मा भने यहाँको प्रगतिप्रति सन्तुष्ट छैनन्। जीवनको सबैभन्दा महत्वपूर्ण समय यही विमानस्थलमा खर्चेका उनी भन्छन्, 'बाह्र वर्षमा एउटा विमानस्थलधरि बनाउन नसकेकोमा पश्चाताप हुन्छ, जबकि अरू स्थानमा तीन/चार वर्षमै विमानस्थल बनिसक्छ।'
उनको भनाइमा विमानस्थल निर्माण ढिलाइ हुनुमा नागरिक उड्डयन प्राधिकरणको ५० प्रतिशत र त्यहाँको भौगोलिक विकटता तथा स्थानीयबासीको ५० प्रतिशत हात छ। 'बजेट थोरै छुट्ट्याउने र त्यसमा पनि एकदमै थोरै रकमको टेन्डर खोल्ने प्रवृत्तिले विमानस्थल अहिलेसम्म नबनेको हो,' उनले भने।
वर्षको हिसाबले ठेक्का दिइए पनि यहाँ काम गर्ने पाँच महिना मात्र हो। असोज मसान्तमा बजेट आउने, टेन्डर गर्दागर्दै पुस बित्ने र त्यसपछि हिउ“ पर्ने हुनाले फागुनदेखि मुश्किलले असारसम्म मात्र काम हुन्छ। 
प्रबन्धक थापा पनि यसमा सहमत छन्। 'राम्ररी काम गर्योल भने त विमानस्थल बनिहाल्छ भन्ने डरले काम नगर्ने प्रवृत्ति देखेँ,' उनले भने, 'यो बढो दुःखलाग्दो कुरा हो।'
विमानस्थल समयमा बन्न नसक्नुको अर्को कारण विमानस्थल आयोजना र त्यहाँका कर्मचारीले राम्ररी काम गरेनन् भनेर बेलाबेला उपभोक्ता समिति गठन गर्ने र त्यसैलाई बजेट बाँडेर काम गराउनुले पनि हो। राजनीतिक दलका नेताले सस्तो लोकप्रियताका लागि उपभोक्ता समितिमार्फत रकम बाँड्दा विमानस्थल मात्र होइन, जिल्लाका अन्य विकास निर्माणमा आएको रकमसमेत हिनामिना हुने गरेको कार्किवाडा गाविस–२ का हिराबिजुली नेपाली बताउँछन्।
'राजनीतिक भागबन्डा, शून्य निगरानी, अनुगमन र दण्डहिनताले विमानस्थल निर्माणमा ढिलाइ भइरहेको छ,' उनले भने।
...
रारा ताल पुग्ने स्थलमार्गको अवस्था पनि झन्डै–झन्डै विमानस्थलको जस्तै छ। 
०६९ पुस १ गते तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले उद्घाटन गरेको कालिकोटको नाग्म (जुम्ला–कालिकोट सिमाना) बाट सिंजा उपत्यका हुँदै गोठिज्यूला, ताल्चा र गमगढी पुग्ने ९४ किलोमिटर सडक नाममात्रको छ। ०६० सालमा नाग्मबाट निर्माण सुरु भएको यो सडक खण्डमा झन्डै ५२ करोड रुपैयाँ खर्च भएको थियो। 
अहिले नाग्म–गमगढी खण्डको सा“घुरो एकतर्फी सडक बीचबीचमा ठूल्ठुला चट्टान खसेका छन्। बस्ती र गाउँका अधिकांश बाटो हिलाम्मे छ। गोठीज्यूलासम्म दिनको एउटा बस चल्छ। त्यहाँबाट गमगढीसम्मको सडक अत्यन्त खराब भएकाले सकारले रुट पर्मिट दिएको छैन। तैपनि ट्र्याक्टर र 'स्वराज' ट्रक चलिरहेकै छन्। सरसामान बोकेर जाने यिनै साधनमा सर्वसाधारणले जोखिम मोलेर यात्रा गरिरहेका हुन्छन्।
'खै के आयो भन्नु! दिनमा एउटा बस आउँछ त्यही पनि ठेगान हुन्न,' गोठीज्यूला–६ का परिमल बुढा भन्छन्, 'भीडले मरिन्छ कि भन्ने डर बढेको छ।'
यही राजमार्गमा पर्ने ताल्चाको टोब्ला भन्ने ठाउँबाट पा“च किलोमिटरमा रारा ताल पुगिन्छ। यो पाँच किलोमिटर खण्ड निकै डरलाग्दो छ। मोटरसाइकलसम्म जसोतसो पार गर्न थालेका छन्, त्यो पनि हिउ“दमा मात्र। स्थलमार्गबाट आउने अधिकांश पर्यटक र सर्वसाधारण ताल्चाबाट ट्रेकिङ रुट हुँदै रारा ताल आउ“छन्। झन्डै १२ किलोमिटरको यो बाटो पनि त्यति गतिलो छैन। बीचबीचमा ओछ्याइएका काठका फल्याक कुहिएका छन्, कतिपय लडेका छन्।
Rara-1

रारा तालसम्म पुग्न छवटा ट्रेकिङ रुट छन्। कुनै पनि रुटमा पर्यटकलाई खानेबस्ने व्यवस्था छैन, बत्ती, इन्टरनेटलगायत आधुनिक सुविधा त टाढाको कुरा।
रारा राष्ट्रिय निकुञ्जका वार्डेन भोगेन्द्र रायमाझीका अनुसार ताल हेर्न आउने स्वदेशी पर्यटक संख्या वार्षिक ३ सय छ भने १ सय ५० हाराहारी विदेशी आउँछन्। उनीहरूलाई आवश्यक सुविधा उपलब्ध गराउन पूर्वाधारै विकास गर्न नसकेको उनको भनाइ छ।
रारा पुगेपछि ताल वरिपरि जम्मा एउटा होटल छ। हालसालै निकुञ्ज कार्यालयले आफ्नो गेस्ट हाउसमा होटल सञ्चालन गर्न दिए पनि विवादमा आएको छ। निकुञ्ज सुरक्षार्थ खटिएको दुर्गा भञ्जन गुल्म र निकुञ्ज कार्यालय तथा त्यहाँ सञ्चालित एउटा होटलले सोलार प्रयोग गरेका छन्। इन्टरनेट चलाउन पर्योज भने गुल्ममा जानुपर्ने बाध्यता छ। विद्युत नभएकाले नेपाल टेलिकमको टावर चार किलोमिटर दुरीमै भएर पनि सञ्चालनमा छैन।
'यहाँ आउने पर्यटक केही सुविधा नपाएपछि अचम्म मान्छन्,' रायमाझीले भने।
दुर्गा भञ्जन गुल्मका गुल्मपति मेजर गजेन्द्र रावलले यहाँको कमजोर पूर्वाधारबारे टिप्पणी गर्दै भने, 'रारा सुन्दरताको बखान गर्न जति सजिलो छ, त्यति गाह्रो छ यहा“ आउने पाहुना व्यवस्थापन गर्न।'
...

सरकारले राराको पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर यसको पर्यटन तथा पर्यावरणीय महत्व सदुपयोग गर्न नसक्नुलाई प्राध्यापक तथा योजनाविद् डा. शर्मा 'लकरको सुन' सँग तुलना गर्छन्।
'राराको सम्भाव्यता उपयोग गर्न यहाँको जैविक विविधता र वातावरण संरक्षणमा कुनै सम्झौता नगरी पूर्वाधार विकास गर्नुपर्छ,' डा. शर्माले भने, 'राजमार्ग बन्नुपर्छ, विमानस्थल बन्नुपर्छ, यस्ता आधारभूत पूर्वाधार विकास नभएसम्म रारा राज्यको लकरमा रहेको सुनभन्दा बढी केही हुने छैन।'
विमानस्थल र सडक विकास भएपछि यहाँ आउने पर्यटक स्वाभाविक रूपले वृद्धि हुने उनले बताए।
'अब पनि योजना बनाएर अघि बढेनौं भने रारा तालको विकास होइन, विनाश सुरु हुनसक्छ,' उनले भने, 'सरकारले विदेशी संघ–संस्थाको सहयोग लिएर भए पनि यसको समग्र विकासको कार्ययोजना बनाएर अघि बढ्नुपर्छ, जसमा वन र पर्यटनको तालमेल जरुरी छ।'
सम्मेलनकै निम्ति रारा आएका जलस्रोतविद अजय दीक्षितलगायत अधिकांशको भनाइ त्यही थियो, 'रारा राज्यको लकरको सुनजस्तो सर्वसाधारणको पहु“चबाट धेरै टाढा भयो।'
यसको कारण सरकारले प्राथमिकता नदिएर मात्र हो, वा विनियोजित बजेट सदुपयोग नभएर हो?
स्थानीय तहमा भेटिएका सरकारी कर्मचारी तथा सर्वसाधारण रारा तालको विकासका नाममा पर्यटन मन्त्रालय र त्यसअन्तर्गतका निकायले मनपरि रकम बा“डे पनि प्रभावकारी काम नभएको गुनासो गर्छन्।
रारा राष्ट्रिय निकुञ्जका वार्डेन रायमाझीले त रारा संरक्षणका लागि आउने बजेट रारा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिमार्फत खर्च हुने व्यवस्था नभएसम्म यहाँको विकास नहुने ठोकुवा गरे। 'रारा तालको नाममा पैसा नआएको होइन, आउँछ तर यो एकीकृत रूपमा खर्च भइरहेको छैन,' उनले भने।
रायमाझीले भनेजस्तो रारा ताल संरक्षण र पूर्वाधार विकासका लागि राष्ट्रिय ताल संरक्षण विकास समिति, पर्यटन पूर्वाधार विकास आयोजना, नेपाल पर्यटन बोर्ड, कर्णाली विकास आयोगलगायत संघ–संस्थाले वर्षौंदेखि लाखौं रुपैयाँ बाँडेका बाँड्यै छन्। यी निकायले जिल्ला विकास समिति र निकुञ्ज प्रशासनभन्दा उपभोक्ता समितिमार्फत पैसा बाँडिरहेका छन्। पछिल्लो समय पर्यटन मन्त्रालयले स्थानीय ठेकेदार राजु कार्कीलाई ताल वरिपरि ट्रेक निर्माण गर्न १ करोड ३७ लाख रुपैयाँको ठेक्का दिएको थियो। यो निर्माण गुणस्तरीय नभएको स्थानीयबासीको गुनासो छ। यतिमात्र होइन, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि खड्कबहादुर शाही, मधेसी जनअधिकार फोरमका देवप्रकाश बुढा, एमालेका पूर्व जिल्ला अध्यक्ष गोपाल बम, ठेकेदार लालबहादुर भामले अघिल्लो वर्ष मात्र रारा ताल संरक्षण र विकासका नाममा तिनै समिति, बोर्ड र आयोगबाट डेढ करोड रुपैयाँभन्दा बढी बजेट ल्याएका छन्। उपभोक्ता समितिमार्फत खर्च गरिएको यो बजेटबारे स्थानीय तहमा निकै असन्तुष्टि छ। जलवायु परिवर्तनसम्बन्धी सम्मेलन क्रममा पनि यो मुद्दा उठेको थियो।
'यी निकायले बाँडेको पैसा सदुपयोग भएको भए त यहा“ आएका साथीहरू बास नपाएर रुँदै जाने थिएनन्,' कार्किवाडाका हिराबिजुली नेपालीले भने, 'सरकारी निकायस“गको मिलेमतोमा रकम ल्याउने र त्यो रकम खर्च भए/नभएको अनुगमन नगर्ने परिपाटीले रारा ताल मात्र होइन, पूरै मुगु जिल्ला विकासमा पछि परेको छ।'
स्थानीय प्रशासन पनि यसरी आउने बजेटको लेखाजोखा आफूकहाँ नहुने र अपेक्षाअनुसार उपलब्धि नदेखिने गरेको बताउँछ। 'यसरी पैसा बाँड्ने क्रम रोकिनुपर्छ। यस्तो बजेट र त्यसको खर्च अनुगमन गर्न निकै कठिनाइ भइरहेको छ,' स्थानीय विकास अधिकारी नारायणप्रसाद रिसालले नागरिकसँग भने, 'यहाँबाट कार्यप्रगति विवरण पठाउ“दासमेत माथिबाट कुनै प्रतिक्रिया आउँदैन।'
सबैभन्दा बढी रकम ल्याएको भनिएका ठेकेदार भामले आफूले अघिल्लो वर्ष ३० लाख रुपैयाँ मात्र ल्याएको दाबी गरे। त्यो रकमले रारा तालमा चलाउन एउटा र्याफ्टिङ बोट र ताल वरिपरिको ट्रयाकका लागि १० वटा माउन्टेन बाइक किनेको उनले जनाए। उनले ल्याएका माउन्टेन बाइक निकुञ्ज प्रशासनस“ग कुरा नमिल्दा ताल्चा विमानस्थलमै थन्किएका छन्। 
'सबै नेताले गैरसरकारी संस्था चलाएका छन्, आफ्नो पार्टीको सरकार आउनेबित्तिकै पैसा ल्याउँछन्,' उनले भने, 'उनीहरूको समिति वैधानिक पनि हुँदैन।'
कांग्रेसका शाहीले पनि ०६९ सालतिर कर्णाली पर्यटन विकास समितिको सदस्यका नाताले रकम ल्याएको जनाउँदै त्यसबाट ओम रारा अस्पताल स्थापना गर्न थालेको, लामाचौरदेखि ताल्चासम्म ५ किलोमिटर बाटोलाई ६ लाख रुपैयाँ छुट्ट्याएको र नाङ्ग्री गुम्बामा खर्च गरेको दाबी गरे।
'रारा तालका लागि बर्सेनि करोडौं रकम गइरहेको छ तर गुणस्तरीय काम एउटै देखिँदैन,' काठमाडौंमा रहेका शाहीले नागरिकसँग भने, 'रारा वरिपरि रिङरोड बनाउने नाममा अहिलेसम्म दसौंपटक बजेट गइसकेको छ, तैपनि काम भएको छैन।'
निकुञ्ज प्रशासनले चालू आर्थिक वर्ष राराका लागि ९४ लाख ५२ हजार रुपैयाँ बजेट छुट्ट्याएको छ। यसमध्ये २१ लाख मात्र विकास बजेट हो। बा“की ७३ लाख प्रशासनिक खर्च हुन्छ। 
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका योजना प्रमुख तुलसीराम शर्मा पर्यटन मन्त्रालयले आफुखुसी बजेट दिइरहेको बताउ“छन्। '६० प्रतिशत पर्यटकको गन्तव्य संरक्षित क्षेत्र हुन्छ तर पर्यटनले कुनै पनि रणनीतिक योजना तर्जुमा गर्दा हामीलाई खबर गर्दैन,' उनले भने।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन हेरेर लगानीकर्ता तर्सिने गरेको उनले बताए। 'स्पष्ट कार्यविधि बनाएर सेवासुविधा र पूर्वाधार विकास गर्नु नितान्त आवश्यक छ,' शर्माले भने, 'यसका लागि निजी क्षेत्रले लगानी गर्ने वातावरण तयार पारिदिनुपर्छ।'
वार्डेन रायमाझीका अनुसार निकुञ्जको आम्दानी कम भएपछि मध्यवर्ती क्षेत्र विकासका लागि दिनुपर्ने आम्दानीको ५० प्रतिशत रकम अत्यन्त कम छ। यसले मध्यवर्ती क्षेत्रबासीको संरक्षणप्रति रुचि घट्दो छ। 'निकुञ्जको आम्दानी बढाउनुपर्ने आवश्यकता पनि टड्कारो देखिएको छ,' उनले भने।
अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।

प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस