सुन तस्करी रोक्न आइजिपीको निर्देशन
२८ कार्तिक २०७१
•
४ मिनेट पाठ
सुन तस्करी रोक्न आइजिपीको निर्देशन
काठमाडौं- प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले बढ्दो सुन तस्करी नियन्त्रणमा तकाल परिणाम दिने गरी काम गर्न सम्बद्ध नाकाका प्रहरी वरिष्ठ अधिकारीहरूलाई निर्देशन दिएका छन्।
बजारमा लामो समयदेखि तस्करीको सुन आउँदासमेत जिम्मेदार अधिकारीले जिम्मेवारी पूरा नगरेको भन्दै आइजिपी अर्यालले 'परिणामुखी काम गर्न, नत्र कारबाहीका लागि तयार रहन' मातहत अधिकारीलाई चेतावनी दिए।

'कि काम गर्नुस्, कि कारबाहीको भागीदार बन्न तयार रहनुस्,' शुक्रबार दिउँसो गम्भीर प्रकृतिका अपराध अनुसन्धान गर्ने निकाय र सुन तस्करी हुने नाकाका प्रहरी अधिकृतलाई प्रधान कार्यालयमा डाकेर अर्यालले निर्देशन दिए, 'तस्कर र तस्करी नियन्त्रणविरुद्ध तत्काल कडा कदम चाल्नुस्।'
बैठकमा आइजिपी अर्यालले सुन तस्करीसम्बन्धी समाचारबारे प्रहरी अधिकारीसँग धारणा मागेका थिए।
विमानस्थल प्रमुख डिआइजी विजयलाल कायस्थले तस्करीमा संलग्नले सानो–सानो परिमाणमा सुन ल्याउने भएकाले नियन्त्रण कठिनाइ भएको बताए। असल नियतले काम गर्दा पनि कहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, कहिले राजस्व अनुसन्धान विभागले अप्ठ्यारो परिस्थिति उत्पन्न गर्ने अनुभव उनले सुनाए। 
बैठकमा केन्द्रीय अनुसन्धान ब्युराले डेढ वर्षअघि बरामद गरेको ३५ किलो सुन र त्यसबापत राज्यले प्रदान गर्ने कमिसनबारे अख्तियारले अनुसन्धान प्रक्रिया अघि बढाएको विषयमा केही प्रहरी अधिकारीले असन्तुष्टि व्यक्त गरेका थिए। उनीहरूको भनाइ सुनेपछि आइजिपी अर्यालले अख्तियार वा राजस्वलाई देखाएर आफ्नो जिम्मेवारीबाट कोही पन्छन नपाउने भन्दै जिम्मेवारी पूरा गर्न निर्देशन दिए। 'बजारको तथ्यांकले थुप्रै अवैध सुन भित्रिरहेको देखिन्छ,' उनले भने, 'तत्काल प्रभावकारी कदम चाल्नुपर्योज।' 
अर्यालसँग बैठकमा अपराध अनुसन्धान विभागका प्रमुख एआइजी सुरेन्द्रबहादुर साह, कार्यविभाग प्रमुख एआइजी गणेश राई, महानगरीय आयुक्त एआइजी विज्ञानराज शर्मा, केन्द्रीय अनुसन्धान विभाग प्रमुख डिआइजी हेमन्त मल्ल, त्रिवि सुरक्षा गार्ड प्रमुख डिआइजी विजयलाल कायस्थ, महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी पुष्कर कार्कीलगायत थिए।
आइजिपी अर्यालले माथिल्लो तह नलागी प्रहरीको तल्लो तहले मात्र तस्करी नियन्त्रण गर्न नसक्ने भन्दै वरिष्ठ अधिकारीहरूलाई जिम्मेवारीबोध गर्न सम्झाएका थिए। 'अरूले के गर्छन् भन्ने प्रश्न उठाउनुभन्दा हामीले के गर्ने भन्ने विषय प्रमुख हो,' अर्यालले भने, 'पन्छने काम नगरौं, नियन्त्रणमा केन्द्रित हौं। मलाई रिजल्ट चाहिन्छ।'
अर्को समाचार

रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ

बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ

स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस