क्यान्डी क्रसका डेभलपर भन्छन्- '१ सय ९६ लेभलमै छु'
२८ कार्तिक २०७१
•
७ मिनेट पाठ
क्यान्डी क्रसका डेभलपर भन्छन्- '१ सय ९६ लेभलमै छु'
काठमाडौं- राजधानीको बालुवाटारकी स्वेच्छा प्रधानांगले 'क्यान्डी क्रस सागा' खेल्न थालेको दुई वर्ष भयो। एक साताअघि मात्र ७ सय १६ लेभल पार गरेकी उनी ७ सय १७ लेभलमा भिडिरहेकी छन्। स्वेच्छा मात्र होइन, पछिल्लो समय स्मार्टफोन बोक्ने धेरैलाई क्यान्डी क्रसको लत लागेको छ। बसको प्रतिक्षालय होस् या अफिसभित्रै, खाजा खाँदा होस् वा कसैको प्रतीक्षा गर्दा, ४ देखि ७ इन्चका मोबाइल र ट्याबका स्त्रि्कनमा चोर र बूढी औंला दगुराउँदै क्यान्डी क्रसमा झुम्मिनेहरू बढेका छन्।एउटा चरण पार गरेपछि अर्काे खेल्नुपर्ने क्यान्डी क्रस कति लेभलसम्म छ र कतिमा गएर टुंगिन्छ भन्ने प्रयोगकर्ताहरू कसैलाई थाहा छैन। संसारलाई आकर्षित गरेको क्यान्डी क्रस सागाका डेभलपर टमी कार्ल पाल्म स्वयं पनि यो खेल कति लेभलमा पुगेर टुंगिन्छ भन्ने रहस्य खोल्न चाहँदैनन्।
एनसेलद्वारा आयोजित मोबाइल एप प्रतिस्पर्धाको छेकोमा निम्ताइएका पाल्मले आफैं पनि १ सय ९६ लेभल नाघ्न सकेका छैनन्। 'मै १ सय ९६ लेभलमा छु, बरु अरू कैयौं प्रयोगकर्ता ७ सय ७५ लेभलसम्म पुगेको भेटेको छु,' उनले शुक्रबार सोल्टी होटलमा आयोजित पत्रकार सम्मेलनमा भने। 
'एनसेल एप क्याम्प २०१४' अन्तर्गत युवा डेभलपर टिमलाई सम्बोधन गर्न बिहीबार राजधानी आएका उनले क्यान्डी क्रस मनोरञ्जनात्मक खेल भएकाले चरणबद्ध रूपमा लेभल थपिँदै जाने बताए।
प्रयोगकर्ताले पनि क्रमिक रूपमा लेभल थपिँदै गएको अनुभव गरेका छन्। स्वेच्छाले ७ सय लेभल नाघेपछि निश्चित समयमा अपडेट हुँदै नयाँ लेभल आउन थालेको बताइन्। 'मलाई पनि पहिला ७ सयपछि खेल सकिन्छ कि जस्तो लागेको थियो तर खेल्दै जाँदा नयाँ नयाँ लेभल आइरहेको छ,' उनले भनिन्, 'प्रत्येक लेभल पार गरेपछि अर्को लेभलका लागि अपडेट गर्नुपर्छ, मैले मोबाइलमा अटो–अपडेट गराइरहेकी छु।'
पाल्मले क्यान्डी क्रसजस्तो खेलमार्फत् 'क्रस प्ल्याटफर्म' विकास गर्ने निर्णय गरेका थिए। त्यहीअनुसार एक लेभलको खेल तयार पारे। सन् २०११ मा यो खेल किङ्स वेबसाइटमा राखियो। २०११ अप्रिलमा फेसबुकका लागि तयार पारियो। त्यसपछि नोभेम्बर २०१२ मा मोबाइल एपका रूपमा विकास गरिएको उनले बताए। 'अहिले त विश्वव्यापी हिट भयो,' उनले भने, 'यो एप विकास गर्न लगभग १ वर्षजति लाग्यो।' 
क्यान्डी क्रस खेल्न अरूमा जस्तो दिमाग लगाउनु नपर्ने हुँदा बढी लोकप्रिय रहेको उनको भनाइ छ। 'अरू काम गर्दै खेल्न सकिन्छ, समयको पाबन्दी छैन,' उनले भने, 'खेल मनोरञ्जनका लागि हुन्छ, यसले पक्का मनोरञ्जन दिन्छ।'
उनका अनुसार २०१३ नोभेम्बरसम्म क्यान्डी क्रस ५० करोडभन्दा बढी डाउनलोड भइसकेको छ। हालसालै ३३ करोड ८ लाख नयाँ प्रयोगकर्ता थपिएको उनले बताए।
क्यान्डी क्रस सागा बनाएको किङ डट कमका गेम्स गुरु पाल्म अन्तर्राष्ट्रिय एप उद्योगका उत्प्रेरक व्यक्तित्वमध्ये एक मानिन्छन्। प्रत्येक दिन ५ लाख डलर कमाइरहेको क्यान्डी क्रस सागाको सफलताको पछाडि उनकै सोच तथा डिजाइनको हात छ।
कोमोडोर ६४ का लागि सन् १९८६ देखि नै गेम्स प्रोग्रामिङ गर्दै आएका पाल्म १९९९ मा जेडस्टोन एबी नामक कम्पनी स्थापना गरेपछि विचार स्रष्टा तथा गेम डिजाइनरका रूपमा चर्चित हुन थालेका हुन्। यस क्रममा उनले च्याम्पियनसिप म्यानेजर अनलाइन, डर्क डागर, फ्रि जम्बी हिरो, वर्ल्ड इन वार र कोडो मी लगायत २० गेम्स एप बनाउन शीर्ष भूमिका खेलेका छन्। विगत १२ वर्ष अवधिमा उनको टोलीले १० वटा अवार्डका साथै अन्य थुप्रै मनोनयनमा परेका छन्। 
उनले सन् २००९ मा आफ्नो जेडस्टोन मोबाइल विभागलाई नयाँ कम्पनीमा परिणत गरेका थिए। २०१२ मा किङ डटकमले यो कम्पनी लिएपछि उनी त्यसैमा गेम्स गुरूका रूपमा कार्यरत छन्।
केटाकेटी पनि क्यान्डी क्रसजस्ता मोबाइल खेलको लतमा लागेर साथीभाइसँग जम्मा भएर खेल्न छाडेकोबारे जिज्ञासा राख्दा पाल्मले भने, 'क्यान्डी क्रस बच्चाहरूका लागि हुँदै होइन, हाम्रो अनुसन्धानअनुसार यसका ९२ प्रतिशत प्रयोगकर्ता २१ वर्ष नाघेका छन्। त्यसैले अधिकांश बच्चा यसमा झुम्मिएका छन् भन्ने मलाई लाग्दैन।' कसैले खेलेका भए पनि आफ्नै बाबुआमाको निगरानीमा खेलिरहेकाले उनीहरू सुरक्षित रहेको पाल्मले बताए।
क्यान्डी क्रसले पारिवारिक जीवन र समयको बर्बादी गरेको विषयमा पाल्मको भनाइ छ, 'मान्छे धेरै एडिक्ट नहोऊन् भनेर हामीले निरन्तर खेल्न नमिल्ने बनाएका छौं, निश्चित लाइफमा खेल पूरा भएन भने अर्काे लाइफ आउन समय लाग्छ। तैपनि यो खेल मात्र हो, यसले कुनै असर गर्दैन।'
अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।

प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस