सार्क तयारी सक्न हम्मे
३० कार्तिक २०७१
•
८ मिनेट पाठ
सार्क तयारी सक्न हम्मे
काठमाडौं- सार्क शिखर सम्मलेनअन्तर्गत पाँच दिनपछि सहसचिवस्तरीय बैठक सुरु हुँदैछ, तर सरकारले अझै तयारी पूरा गर्न सकेको छैन। सार्क तयारीमा खर्चअनुसार काम नभएको भन्दै सभासदले समेत असन्तुष्टि जनाएका छन्।

सार्क सदस्य राष्ट्रका विदेश सहसचिव सहभागी हुने ४९ औं प्रोग्रामिङ कमिटी बैठक मंसिर ६ गते सुरु हुँदैछ। भारत, भुटान, बंगलादेश, श्रीलंका, माल्दिभ्स, पाकिस्तान र अफगानिस्तानका सहसचिव एक दिनअघि नै काठमाडौं आइसक्नेछन्। त्यसको भोलिपल्टै सार्क विदेश सचिवस्तरीय 'स्ट्यान्डिङ कमिटी' बैठक सुरु हुनेछ भने मंसिर ९ गते सार्क विदेशमन्त्रीस्तरीय बैठक बस्नेछ।
सहसचिव तथा सचिवस्तरको डेलिगेसन आउने दिन नजिकिँदा पनि उनीहरूलाई देखाउन भनी निर्माण थालिएको सडकको अवस्था उति राम्रो भइसकेको छैन। तीनकुने, बानेश्वर, माइतीघर, त्रिपुरेश्वर, टेकुलगायत सडक अझै धुलाम्य छन्। चौडा पारिएका सडकमा पेटीको निर्माण कार्य ज्युँका त्युँ छ। तीनकुनेस्थित खाली जग्गामा बगैंचा निर्माण गरिने भनेर आवश्यक बजेटमा अर्थ मन्त्रालयले सहमति जनाइसकेको छ। तर, त्यहाँ बगैंचा निर्माणको कुनै सुरसार छैन। आइतबारसम्म गाडी र मोटरसाइकल सिक्नेको ताँती लागेको थियो।
'कात्तिक २५ गतेभित्र काम सक्ने भनिए पनि अझै सकिएको रहेनछ,' व्यवस्थापिका संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिअन्तर्गत गठन भएको शान्ति–सुरक्षा तथा भौतिक व्यवस्थापन अध्ययन, अवलोकन तथा निरीक्षण उपसमितिका संयोजक बलबहादुर केसीले भने।
उपसमितिमा रहेका करिब एक दर्जन सभासदसहित केसी सार्कको तयारी निरीक्षण गर्न आइतबार निस्केका थिए। सभासदको निरीक्षण टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, शिखर सम्मेलनस्थल राष्ट्रिय सभागृह र आसपासका सडक अवलोकन गरेको थियो। सार्क शिखर सम्मेलनमा सहभागी हुन आउँदा प्रयोग हुने विमानस्थलस्थित विशिष्ट तथा अतिविशिष्ट कक्षसमेत टोलीले निरीक्षण गरेको थियो।
विमानस्थलमभित्र यत्रतत्र फोहोर भेटिएपछि उपसमितिका संयोजक केसीले उचित सरसफाइ गर्न सम्बन्धित अधिकारीलाई भनेका थिए। 'काम निकै सुस्त गतिमा भएको छ। छिटो सक्न भनेका छौं,' केसीले नागरिकसँग भने। 
मंसिर १० र ११ गते हुने १८ औं सार्क शिखर सम्मेलनमा आठवटै सदस्य राष्ट्रका प्रमुख तथा सरकार प्रमुख सहभागी हुनेछन्। सहसचिव, सचिव र मन्त्रीस्तरीय बैठक होटल सोल्टीमा हुनेछ भने शिखर सम्मेलन राष्ट्रिय सभागृहमा। 
सार्कका लागि अहिलेसम्म सरकारले १ अर्ब ९७ करोड रुपैयाँ खर्च गरिसकेको छ, जसअन्तर्गत सडक निर्माणमा ७८ करोड बजेटमै व्यवस्था गरिएको थियो भने ८४ करोड निकासा भइसकेको छ। त्यस्तै ३५ करोड रुपैयाँका लागि अर्थ मन्त्रालयले सहमति जनाइसकेको छ। मन्त्रालयमा अझै थप बजेट माग भइरहेको छ। 
अर्थ मन्त्रालय स्रोतका अनुसार बजेटमा व्यवस्था गरिएबाहेक सार्क तयारीका लागि सबैभन्दा बढी रकम लैजाने तथा खर्च गर्ने मन्त्रालयमा गृह परेको छ। गृहले सार्क तयारीका लागि अहिलेसम्म ३४ करोड ५० लाख अर्थबाट लगेर खर्च गरिसकेको छ भने जामर किन्न भनेर थप ४ करोड मागेको छ। त्यसमा अर्थले सहमति जनाइसकेको छ। 
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई भने सार्कका लागि काठमाडौंका केही सडक निर्माण तथा मर्मत गर्न भनी सरकारले आर्थिक वर्ष २०७१/७२ कै बजेटमा ७८ करोड रुपैयाँ छुट्ट्याएको थियो। मन्त्रालयले सडक निर्माणमा त्यही रकम खर्च गरिरहेको छ। मन्त्रालयले अर्थसँग थप रकम पनि माग गरेको छ। 
स्रोतका अनुसार सहरी विकास मन्त्रालयले अर्थबाट सार्क तयारीका लागि भनी २५ करोड लगिसकेको छ। मन्त्रालयले मर्मतसम्भार गर्ने जिम्मेवारी लिएको सम्मेलन आयोजनास्थल राष्ट्रिय सभागृह र ग्यालरी बैठक (पुरानो संसद भवन) मर्मतसम्भार कार्य सकिएको छैन। आइतबार निरीक्षण गर्न पुगेका सभासदले राष्ट्रिय सभागृहमा भनेअनुसारको कुर्सी तथा होल्डिङ रुप नबनेको जनाए। निरीक्षण गर्न गएका उपसमिति संयोजकले तत्काल कुर्सी फेर्नसमेत सम्बन्धित निकायलाई भनेका छन्। 
रक्षा मन्त्रालयले सार्क शिखर सम्मेलन तयारीका लागि भनी अर्थ मन्त्रालयबाट १२ करोड ६४ लाख रुपैयाँ लगिसकेको छ। परराष्ट्र मन्त्रालयले पनि ७ करोड ४६ लाख रुपैयाँ खर्चिसकेको अर्थ मन्त्रालय स्रोतले जनायो। यस्तै सार्क शिखर सम्मेलन तयारीका लागि भनी सूचना तथा सञ्चार मन्त्रालयले १ करोड ९७ लाख रुपैयाँ, संस्कृति मन्त्रालयले ३ करोड २ लाख र उद्योग मन्त्रालयले १० लाख रुपैयाँ खर्च गरिसकेका छन्। 
स्थानीय विकास मन्त्रालयले सार्क शिखर सम्मेलनमा सहभागी हुने राष्ट्र प्रमुख र सरकार प्रमुखलाई रिटि्रट दिने धुलिखेलमा हेलिप्याड बनाउन, काठमाडौंको तीनकुनेमा सुन्दर बगैंचा निर्माण गर्न, रानीपोखरीमा आकर्षक पानीको फोहोरा बनाउन र सहरका ठाउँठाउँमा झन्डा राख्ने खम्बा राख्न अर्थसँग ८ करोड रुपैयाँ बजेट मागेको थियो। उक्त बजेटमा अर्थले सहमति दिएको छ, तर काम हुन सकेको छैन। तीनकुनेमा बगैंचा बनाउने कार्य सुरु पनि भएको छैन। 'सार्क तयारीका लागि करिब दुई अर्ब रुपैयाँ सकिइसक्यो, सम्बन्धित निकायहरू अझै सार्ककै लागि भनेर बजेट मागिरहेका छन्,' स्रोतले भन्यो।
अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।

प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस