काठमाडौं- जलविद्युत विकासमा अनावश्यक हस्तक्षेप गरेर आयोजनाको अनुमतिपत्र खारेज गर्न निर्देशन दिएको भन्दै एकपछि अर्को संसदीय समिति अख्तियार दुरुपयोग अनुसन्धान आयोगविरुद्ध उत्रिएका छन्। आफ्नो क्षेत्राधिकारबाहिर गएर काम गर्ने र यसबारे जानकारी गराउन आग्रह गर्दासमेत अख्तियार प्रमुखले समितिको अवमूल्यन गरेको भन्दै अख्तियारको चर्को आलोचना भएको हो। कृषि तथा जलस्रोत, अर्थ र लेखा समितिमा अधिकांश सभासदले अख्तियार प्रमुख आयुक्त लोकमानसिंह कार्कीको आलोचना गरेका छन्। जलविद्युत विकासमा अख्तियारले अनावश्यक हस्तक्षेप गरेको तर समितिलाई जानकारी गराउन नमानेको भन्दै यसबारे ध्यानाकर्षण गर्न समितिले लिखित रुपमा सभामुख सुवासचन्द्र नेम्वाङको ध्यानाकर्षण गरिएको छ।
कृषि तथा जलस्रोत समितिको आइतबारको बैठकमा जलविद्युत आयोजनाको अनुमति के कति कारणले खारेज गरिएको हो, जानकारी गराउन कार्कीलाई बोलाइएको थियो। तर कार्कीले आफ्नो क्षेत्र सुशासन समितिअन्तर्गत पर्ने भएकाले यस समितिमा उपस्थित नहुने आसयको पत्र पठाएका थिए।
अख्तियारले यसअघि उत्पादन अनुमति लिएका नौ र सर्वेक्षण अनुमति लिएका चार आयोजनाको अनुमतिपत्र खारेज गर्न सरकार र ऊर्जा मन्त्रालयका नाममा निर्देशन दिएको थियो। निजी क्षेत्रका उत्पादकले सम्बन्धित निकायलाई जानकारी नदिई खारेज गर्न दिएको निर्देशनप्रति आपत्ति जनाउँदै आएका छन्। संसदीय समितिमा यसपछि निरन्तर छलफल र वहस हुँदै आएको छ।
समितिले आफूलाई बोलाउने अधिकार नभएको भन्ने अख्तियार प्रमुख कार्कीको अभिव्यक्ति अन्तरिम संविधानविपरीत भएको समितिका सभापति गगन थापाले बताए। 'अब अख्तियारको नियतमा शंका गर्ने प्रशस्त ठाउँ देखियो,' उनले भने, 'अख्तियारले नै अधिकार दुरुपयोग गरेको छ, सिंगो समितिको मान–मर्यादाको उल्लंघन भएको छ।'
अख्तियारले समितिको निर्णयलाई ठाडो चुनौती दिएकाले यसबारे सभामुखलाई लिखित रुपमा ध्यानाकर्षण गराइने पनि थापाले बताए। समितिमा जानकारी दिँदै ऊर्जा समितिमा राजेन्द्रकिशोर क्षेत्रीले अख्तियारको निर्देशन कार्यान्वयन गर्ने क्रममा पुनः समितिबाट अवरोध भएको बताए।
सचिव क्षेत्रीले अख्तियारको निर्देशन कार्यान्वयन गर्न आफू प्रतिबद्ध रहेको जनाए पनि यसरी अनुमति खारेज गर्दा झन्डै १३ हजार मेगावाट बराबरका आयोजनाको अनुमति खारेज गर्नुपर्ने अभिव्यक्ति दिए। उनले भने, 'यसले जलविद्युत विकासमा ठूलो समस्या सिर्जना गर्छ।'
सचिवको द्वैध अभिव्यक्तिप्रति सभासदले रोष प्रकट गर्दै झोलामा खोला बोक्नेलाई कारबाही गर्नुपर्ने र सक्षम प्रवर्द्धकलाई प्रोत्साहन गर्नुपर्ने बताए। सभासद ज्ञानेन्द्रबहादुर कार्कीले जारी गरिएका १३ हजार मेगावाटका आयोजना सबैलाई एकै प्रकारको कारबाही गर्न नहुने बताए। संसदलाई नै अपमान गर्ने गरी अख्तियार प्रमुख नआएकोमा गम्भीर ध्यानकर्षण भएको अधिकांश सभासदको भनाइ थियो।
अख्तियारले गत भदौ २० गते १० र एक महिनाअघि ४ आयोजनाको अनुमति खारेज गर्न निर्देशन दिएको थियो। ४ सय मेगावाट तल्लो सोलु, १८ मेगावाट माथिल्लो सोलुखोला, साढे १७ मेगावाट छहरेखोला, १४.३ मेगावाट माथिल्लो मैलुङको अनुमति खारेज गर्न निर्देशन दिएको थियो।
यसैगरी, ६.८, ४.५ र ३.४ मेगावाटका क्रमशः माथिल्लो खोरंगा, तल्लो इन्द्रावती र बुकु खोलाको उत्पादन अनुमतिपत्र खारेज गर्न निर्देशन दिएको थियो। पाँच वर्ष पुगेका र रद्द नभएका सर्वेक्षण अनुमतिपत्रमा ६० मेगावाट भोटेकोसी–५, ३६ मेगावाटको करुवाखोला र ६ मेगावाटको बुकुखोला पनि खोजी गर्नुपर्ने अख्तियारको निष्कर्ष थियो।
विश्व बैंकले लगानी गर्ने प्रतिबद्धता जनाएको ३७.६ मेगावाटको काबेली 'ए'को अनुमतिसमेत खारेज गर्न निर्देशन दिइएको थियो। आयोजनाका प्रवर्द्धकले काम गरिरहेको र म्याद थप्न ऊर्जा मन्त्रालय तथा विद्युत विकास विभागमा आवेदन दिँदादिँदै जानकारी नै नदिई खारेजीको निर्देशन दिइएको निजी क्षेत्रको तर्क छ।
स्वतन्त्र ऊर्जा उत्पादकको संस्था (इपान) का महासचिव कुमार पाण्डेले धेरै कुरामा सरकारी निकायको ढिलासुस्तीले काम नहुने बताए। 'अनुमति खारेज गर्दा प्रवर्द्धकलाई सोधिनुपर्थ्यो,' उनले भने, '२२ वर्षअघिका ऐन कानुनमा रहेर काम गर्नुपर्छ, त्यसमाथि सरकारी निकायले नै अवरोध गर्दै आएका छन्।'
विद्युत ऐन, २०४९ को दफा ५ (१) मा सर्वेक्षण अनुमतिपत्रको म्याद पाँच वर्ष तोकिएको छ। उक्त अवधि नाघेका आयोजना स्वतः रद्द हुने प्रावधान छ तर ऊर्जा मन्त्रालयले आफूमा निहित अधिकार प्रयोग नगरेको पनि सभासदको आरोप थियो।
उत्पादन अनुमतिपत्र दिँदा तोकिएको अवधिमा वित्तीय व्यवस्थापन र विद्युत खरिद सम्झौता (पिपिए) पूरा गर्नुपर्ने सर्त राखिन्छ। उत्पादन अनुमतिपत्रको सर्त ७ (ङ) अनुसार उक्त सर्त पूरा नगरे अनुमति स्वतः खारेज हुन्छ। तर सोही सर्तको (ढ) मा म्याद थप्नुपरे सरकार र प्रवर्द्धकको अपसी सहमतिमा थप्न सकिने व्यवस्था रहेको विभागका महानिर्देशक दिनेश घिमिरेले बताए।