यस्तो छ सार्क अवधिको उडान व्यवस्थापन
०४ मंसिर २०७१
•
१० मिनेट पाठ
यस्तो छ सार्क अवधिको उडान व्यवस्थापन
काठमाडौं- मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) शिखर सम्मेलन अवधिभरका लागि नयाँ उडान–अवतरण तालिका बनाएको छ। आन्तरिक वायुसेवा कम्पनी तथा नेपाल उडान गरिरहेका अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका अधिकारीहरूसँग बुधबार र बिहीबार छलफल गरेपछि विमानस्थल व्यवस्थापनले नयाँ तालिका बनाएको हो।




नयाँ तालिकाअनुसार उडान–अवतरण गर्न आग्रह गर्दै विमानस्थलले व्यवस्थापनले आन्तरिक वायुसेवा कम्पनीहरूको छाता संगठन वायुसेवा सञ्चालक संघ तथा यहाँ उडान गरिरहेका अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीको छाता संगठन 'बोर्ड अफ एयरलाइन्स रिप्रेजेन्टेटिभ्स इन नेपाल' (बार्न) लाई पत्राचार गरेको छ। 
विमानस्थलको पत्रअनुसार आगामी मंगलबार (मंसिर ९) बिहान ९ देखि साँझ ५ बजेसम्म सार्क सम्मेलनमा सहभागी हुन आउने विशिष्ठ पाहुनाका जहाज बाहेक कुनै पनि आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान–अवतरण हुनेछैनन्। बिहान ९ अघि र साँझ ५ पछि भने सबै उडान यथावत हुनेछन्। 
त्यसैगरी बुधबार (मंसिर १० मा) भने उडान–अवतरण यथावत हुनेछन्। तर, विमानस्थलमा जहाज पार्किङका लागि सीमित स्थानमात्र उपलब्ध हुने पत्रमा उल्लेख छ। आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवैतर्फ पार्किङ सीमित गरिएको पत्रमा छ। हाल आन्तरिकतर्फ करिब दुई दर्जन र अन्तर्राष्ट्रियतर्फ करिब एक दर्जन जहाज पार्किङ गर्न सकिन्छ। 
सम्बद्ध एक वायुसेवा कम्पनीका अनुसार आगामी बिहीबार (मंसिर ११ मा) बिहान ७ देखि १० बजेसम्म पनि उडान–अवतरण गर्न पाइनेछैन। १० देखि दिउँसो १ सम्म सबै उडान यथावत हुनेछन्। त्यसपछि १ बजेदेखि ४ बजेसम्म फेरि उडान नगर्न आग्रह गरिएको छ। ४ बजेपछि भने पूरै समय उडान सञ्चालन हुनेछन्। 
त्यस्तै सार्क शिखर सम्मेलन सकिएको भोलिपल्ट आगामी शुक्रबार (मंसिर १२ मा) भने बिहान ८ देखि दिउँसो २ बजेसम्म कुनै पनि उडान गर्न पाइनेछैन। त्यस समयमा विशिष्ठ पाहुनाहरूका जहाज फर्कने तालिका छ। दिउँसो २ बजेपछि मात्र विमानस्थल सामान्य अवस्थामा फर्कने छ। 
आगामी मंगलबारदेखि बिहीबारसम्म यहाँ आउने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका जहाजलाई रात बिताउन नदिने निर्णय पनि विमानस्थल व्यवस्थापनले गरेको छ। 'धेरै वा थोरै जति जहाज भए पनि हामीलाई सकेसम्म सबै जहाज काठमाडौं बाहिरका विमानस्थलमा राख्न भनिएको छ,' अर्को एक आन्तरिक वायुसेवाका अधिकारीले भने, 'अब कुन विमानस्थलमा जहाज राख्ने हो, त्यसबारे आन्तरिक छलफल गर्दैछौं।'
उनका अनुसार आगामी मंगलबार ९ बजेभन्दा अघि नै सकेसम्म धेरै उडान सञ्चालन गरिने छ। अन्तिममा जाने जहाज जुन गन्तव्य जाने हो, उतै रात बस्ने छ र भोलिपल्ट मात्र यात्रु लिएर काठमाडौं फर्कने छ। 
त्रिभुवन विमानस्थल व्यवस्थापनले आन्तरिक वायसेवा कम्पनी बुद्ध एयर र यती एयरलाइन्सलाई आगामी मंगलबार दुई–दुईवटा मात्र जहाज यहाँ राख्न भनेको छ। त्यस्तै अर्को कम्पनी सिमि्रक एयरलान्सलाई भने एउटामात्र राख्न दिने भएको छ। 
बुद्धले भने दुईवटा आफ्नो ह्यांगरमा तथा बाँकी अन्य विमानस्थलमा राख्ने तयारी गरेको छ। बुद्धसँग हाल ८ वटा जहाज सञ्चालनमा छन्। यतीसँग सात जहाज छन्। चारवटा जहाज भएको सिमि्रकको एउटा जहाज सधैं पोखरामै रहने गर्छ। त्यसले पोखराबाट मुस्ताङ उडान गरिरहेको छ। उसले बाँकी दुईवटा अन्य विमानस्थलमा राख्ने छ।
त्रिभुवन विमानस्थलमा हाल आन्तरिक र अन्तर्राष्ट्रिय गरी दैनिक अधिकतम ४ सयजति उडान–अवतरण हुने गरेका छन्। यिनमा ३ सय ३० देखि ४० जति आन्तरिक र बाँकी अन्तर्राष्ट्रिय उडान–अवतरण हुने गर्छन्।
यही चाप व्यवस्थापन गर्न विमानस्थल व्यवस्थापनले आगामी सोमबारदेखि शुक्रबार (मंसिर ८ देखि १२) सम्म सम्पूर्ण उडान–अवतरण तालिका परिवर्तन गरेको हो। सुरक्षा तथा अन्य विविवध कारण पाँच दिनसम्म उडान–अवतरण समय परिवर्तन गरिएको तथा उक्त पाँच दिनका लागि विमानस्थल चौबीसै घन्टा खुला गर्ने निर्णयसमेत भएको विमानस्थल व्यवस्थापनले जानकारी दिएको छ। 
त्रिभुवन विमानस्थल सामान्य अवस्थामा बिहान ६ बजे खुलाउने गरिन्छ भने मध्यरात साढे १२ बजे बन्द हुने गर्छ। सामान्य मौसमका बेला बिहान करिब एक दर्जन अन्तर्राष्ट्रिय जहाज अवतरण गर्छन्। विमानस्थल मध्याह्न १२ बजेदेखि दिउँसो ४ बजेसम्म आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानको चाप सबैभन्दा धेरै हुने गर्छ। ती सबैले 'स्लट' मिलाउँदै उडान सञ्चालन गर्ने जानकारी गराइसकेका छन्। अहिले २९ वटा अन्तर्राष्ट्रिय वायुसेवाले नेपाल उडान गरिरहेका छन्।
चौबीसै घन्टा विमानस्थल सञ्चालन गर्नका लागि त्यहाँस्थित अध्यागमन कार्यालय, ड्युटी फ्रि पसल, विमानस्थल ट्याक्सी, सुरक्षा निकायलगायत सम्बद्ध सबैबाट सहयोग र सहकार्य गर्ने प्रतिबद्धता आइसकेको विमानस्थलका महाप्रबन्धक वीरेन्द्र श्रेष्ठले जानकारी दिए। उनका अनुसार विराटनगर, भैरहवा र नेपालगन्ज विमानस्थल साकै शिखर सम्मेलन अवधिभर चौबीसै घन्टा खुला रहनेछन्। यी तीनवटै विमानस्थलमा रात्रि उडान गर्ने सबै सुविधा उपलब्ध छन्। 
सम्बद्ध स्रोतका अनुसार माल्दिभ्सको प्रतिनिधिमण्डल सिंगापुरको सिल्क एयरको नियमित उडानबाट काठमाडौं आउने छ। बंगलादेशको प्रतिनिधिमण्डल पनि विमान बंगलादेशको नियमित उडानबाटै आउने तालिका छ। त्यसैगरी भुटानी प्रतिनिधिमण्डल ड्रुक एयरको नियमित उडानबाट आउने छ। पाकिस्तानी टोली चार्टर जहाज लिएर आउने छ।
यता आन्तरिक वायुसेवा कम्पनीहरूले भने विमानस्थल व्यवस्थापनले 'जबर्जस्ती स्लट' दिएका कारण उडान–अवतरणमा ठूलो समस्या आइरहेको गुनासो गरेका छन्। 'सार्क सम्मेलनका कारण भन्दा पनि जतिबेला मन लाग्यो त्यतिबेला उडान समय दिएपछि आन्तरिकमात्र नभई अन्तर्राष्ट्रिय जहाज भनेको समयमा उड्न र बस्न कठिन भइरहेको छ,' एक कम्पनीका अधिकारीले भने, 'गएको १० दिनदेखि कम्तीमा एक घन्टा आकासमै होल्ड गर्नेदेखि उडान डिले र रद्दसमेत भइरहेका छन्।'

मंसिर ९ : बिहान ९ देखि साँझ ५ बजेसम्म सार्कका पाहुनाबाहेक कुनै पनि जहाज उडान–अवतरण बन्द
मंसिर १० : सम्पूर्ण उडान यथावत तर जहाज पार्किङ क्षेत्र सीमित
मंसिर ११ : बिहान ७ देखि १० तथा दिउँसो १ देखि ४ बजेसम्म सार्क बाहेकका उडान–अवतरण बन्द 
मंसिर १२ : बिहान ८ देखि दिउँसो २ बजेसम्म सार्क बाहेकका उडान–अवतरण बन्द
मंसिर ९, १० र ११ गते सार्कबाहेकका कुनै पनि जहाज रात बस्न नपाउने
अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।




प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस