सुविधा नघटाउन महिला उद्यमीको आग्रह
०६ मंसिर २०७१
•
६ मिनेट पाठ
सुविधा नघटाउन महिला उद्यमीको आग्रह
काठमाडौं-महिला उद्यमीले औद्योगिक व्यवसाय ऐनको मस्यौदामा समेटिएका सुविधा नघटाईकन पास गर्न सरकारसँग अनुरोध गरेका छन्। महिला उद्यमीले दिएका सुझाव काँटछाँट गरेर मस्यौदा पास गर्न लागेको भन्दै उनीहरुले त्यसो नगर्न आग्रह गरेका हुन्।औद्योगिक व्यवसाय ऐन लामो समयदेखि मन्त्रिपरिषदमा अड्किएको छ। अर्थ मन्त्रालय र उद्योग मन्त्रालयबीच ऐनको मस्यौदामा रहेका केही बुँदामा सहमति हुन नसकेपछि मन्त्रिपरिषदले पास गर्न नसकेको हो। ऐन मस्यौदामा उल्लेख उद्योगलाई दिइने छुट, सुविधा वा सहुलियतसम्बन्धी व्यवस्थामा अर्थ मन्त्रालयले असहमति जनाएको छ। अर्थको असहतिले मस्यौदा मन्त्रिपरिषदबाट पास हुन नसकेको हो।
यसै विषयलाई सम्बोधन गर्न बुधबार महिला उद्यमी महासंघ नेपालले औद्योगिक व्यवसाय ऐन सम्बन्धी अन्तर्क्रिया कार्यक्रम गरी सरकारको ध्यानाकर्षण गरेको हो। उक्त कार्यक्रममा सभासदहरू, महासंघका प्रतिनिधि तथा विभिन्न संघ–संस्थाका महिला प्रतिनिधि सहभागी थिए।
कार्यक्रममा औधोगिक नीति २०६७ मा रहेको लघु, घरेलु तथा साना उद्योगका लागि विषेश सुविधा एवं सहुलियत र महिला उद्यमीका लागि विशेष व्यवस्था बुँदामा छलफल केन्द्रित थियो। औद्योगिक नीतिमा भएका बुँदा संसदमा छलफल हुँदा कटौटी नगरी पास गराइदिन सरकार र कार्यक्रममा सहभागी सभासलाई अनुरोध गरिएको महासंघ अध्यक्ष रिता भण्डारीले बताइन्।
सुरुमा मस्यौदा बनाउँदा २१ किसिमका सुविधाको व्यवस्था गरिए पनि पछि १४ वटालाई मात्र समावेश गरेर मन्त्रिपरिषदमा पेस गरिएको बताइन्। ‘अहिले त्यो १४ लाई पनि घटाएर चारमा झारिएको सुनेकी छु,' भण्डारीले भनिन्, ‘व्यवस्था गरिएका सुविधा कटौती नगर्न सरकारसँग आग्रह गरेका छौं।'
त्यस्तै लघु, घरेलु, साना उद्योगलाई १० बुँदामा उल्लेख गरिएका सुविधा कटौती गरेर एउटामात्र राख्न खोजिएको जानकारी प्राप्त भएको पनि उनले बताइन्। ‘धेरै महिला लघु, साना, घरेलु उद्योगमा छन्,' भण्डारीले भनिन्, ‘यी उद्योगका सुविधा कटाउँदा महिला उद्यमीलाई केही फाइदा हुँदैन्।'
मन्त्रिपरिषदमा रहेको मस्यौदामा महिला उद्यमीको लागि दफा २५ अर्न्तगत चारवटा बुँदामा विशेष व्यवस्था गरिएको छ। उक्त दफामा प्रचलित कानुनमा जेसुकै व्यवस्था भए पनि महिला उद्यमीको मात्र स्वामित्व रहने गरी उद्योग दर्ता गर्दा ३५ प्रतिशत दर्ता दस्तुर छुट हुने प्रावधान छ।
अर्को बुँदामा महिला स्वामित्व रहने उद्योगमा प्रयोग गरिने औद्योगिक सम्पत्ति दर्ता गराउँदा लाग्ने दस्तुरमा थप २० प्रतिशत छुट दिने व्यवस्था छ। महिलाले औद्योगिक क्षेत्रमा उद्योग स्थापना गर्न चाहे प्राथमिकताका आधारमा स्थान उपलब्ध गराइने तेस्रो बुँदामा उल्लेख छ।
चौथो बुँदामा महिला उद्यमीको मात्र स्वामित्व रहेको उद्योगले आफ्नो औद्योगिक उत्पादन निर्यात गर्ने प्रयोजनको लागि कर्जा माग गरे महिला उद्यमीको व्यवसायको वित्तीय स्थितिको आधारमा तोकिए बमोजिम निर्यात कर्जा उपलब्ध गराइने व्यवस्था छ।
दुई मन्त्रालयबीच मस्यौदामा सहमति हुन नसकेपछि समस्या समाधनको लागि प्रधानमन्त्री कार्यलयका सचिवको अध्यक्षतामा उद्योग मन्त्रालयका सचिव सहितको उपसमिति गठन गरिएको छ। यो उपसमितिले विवादित बुँदामा छलफल गरेर सुझाव पेस गर्नेछ।
काठमाडौं उपत्यकामा घरेलु र वाणिज्यमा करिब ३ हजार महिलाले उद्योग दर्ता गरेको भण्डारीले बताइन्। यो दर्ताको मात्र आंकडा हो भन्दै उनले देशभर कति महिलाले कस्ता उद्योग सञ्चालन गरिरहेका छन् भनेर सरकारसँगै तथ्यांक नभएको बताइन्। महिलालाई विशेष सुविधा र प्रोत्साहन दिएर उद्योग सञ्चालनमा आकर्षित गर्नुपर्ने उनको भनाइ छ। देशमा कृषि तथा हस्तकलामा धेरै महिला रहेको तर उनीहरूले दर्ता गराउन नआएको उनको भनाइ थियो।
उद्योग दर्ता गर्दा भोग्नुपर्ने झन्झट र सरकारले विशेष सुविधा उपलब्ध नगराउँदा महिला उद्यमी अगाडि आउन नसकेको भण्डारीको तर्क छ।


अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।




प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस