काठमाडौं- वैदेशिक रोजगारीमा जाने नेपाली कामदारका लागि मलेसिया मुख्य गन्तव्यको रुपमा छ। खाडीमा भन्दा तलब र सुविधा बढी हुने भएकाले मलेसिया पहिलो श्रम गन्तव्यको बनेको हो।नेपालबाट गएका कामदार यहाँ भनिएभन्दा फरक कम्पनी र तलबमा काम गर्नुपर्दा भाग्ने र अवैधानिक भएर फर्किरहेको बेला केही कम्पनीमा उच्च पद र पारिश्रमिकमा उनीहरु कार्यरत छन्।
धरानका विकास शाक्य एक दसकदेखि मलाकाको डिसिएस कम्पनीमा कार्यरत छन्। मासिक लाखभन्दा बढी कमाउने शाक्य कम्पनीको गुणस्तर नियन्त्रण विभागमा सुपरभाइजर छन्। सामान्य कामदार शाक्य थोरै लागतमा राम्रो पारिश्रमिक पाउन मलेसिया राम्रो गन्तव्य रहेको बताउँछन्। ‘यहाँ नौ सय रिंगेटबाट तलब सुरु हुन्छ। धैर्य गरेर एउटै कम्पनीमा बस्न सक्नुपर्छ केही वर्षमै लाख रुपैयाँभन्दा बढी कमाउन सकिन्छ,' उनले भने।
स्वदेशी र मलेसियन एजेन्टले फरक तलब र कम्पनीमा पारिदिँदा कामदार त्यस्तो कम्पनी छोडेर भाग्न बाध्य हुन्छन्। कम्पनी छोडेपछि गैरकानुनी हुने भएकाले प्रहरीले पक्राउ गरी स्वदेश फर्काइदिन्छ।
कामदारले जस्तो भए पनि आफू गएको कम्पनी छाड्न नहुने मलेसियामै १० वर्षदेखि कार्यरत भोजपुर ब्याउलीका प्रेमकुमार कार्की बताउँछन्। ‘कम्पनी छोडेर भागेपछि आफू नै अवैधानिक भइन्छ, अनि उजुर गर्ने ठाउँ नै हुँदैन। पहिला कम्पनीमै रहेर प्रक्रिया गर्ने हो,' उनले भने। कार्की मलेसियाकै क्याम्बेल सुप कम्पनीमा काम गर्छन्। उनले तलब र भत्ता गरेर महिनाको एक लाख रुपैयाँ हुने बताए।
नेपालीका लागि मलेसियामा अवसर नै अवसर रहेको उनी दाबी गर्छन्। ‘धैर्यमात्र हुनुपर्छ युरोप बराबर कमाइ हुन्छ,' उनले भने, ‘पहिला म अपरेटर थिएँ, अहिले लाइन म्यानेजमेन्ट हेर्छु। कामदारको ड्युटी मिलाउनेसम्मको जिम्मेवारी हुन्छ। कामदार भिसामा आएकोले यहाँभन्दा बढी के खोज्नु?' होस्टेल पनि निःशुल्क पाएको उनले सुनाए।
कम्पनीको पृष्ठभूमि नै नबुझी आउनेले दुःख पाउने उनले बताए। ‘म्यानपावर र मलेसियामा काम गर्ने कम्पनीको विषयमा सामान्य रुपमा बु‰न सकिन्छ। तर पनि कामदारले त्यो नबु‰दा दलालले फसाउँछन्,' उनले भने।
नवलपरासी, कावासोतीका तुलबहादुर पुर्जामगर पनि कार्की झैं सोही कम्पनीमा काम गर्छन्। मगरले पनि मासिक लाख कमाउँछन्। धेरै नेपालीले कम्पनी छोड्ने र भाग्ने गरेकाले समस्या भए जस्तो देखिए पनि काम गर्दै गए राम्रो कमाइ हुने उनको भनाइ छ। ‘सामान्य अंग्रेजी बोल्ने कामदार भयो भने अझ सजिलो हुन्छ,' उनले भने।
मलेसियामा सुरक्षा गार्ड, औद्योगिक, रेन्टुरेन्ट क्षेत्रमा पनि नेपाली कामदारको तलब र सुविधा विस्तारै बढिरहेको छ। त्यहाँ दक्ष कामदारका लागि ठूलो अवसर रहेको बताइन्छ।
मलेसियाका लागि नेपाली राजदूत निरन्जनमानसिंह बस्न्यातले त्यहाँको हरेक क्षेत्रमा नेपालीको प्रशंसा हुने बताए। ‘आप्रवासीमध्ये नेपालीलाई सोझा र इमानदारको रुपमा लिइन्छ, त्यसैले पनि यहाँ नेपाली कामदारको माग उच्च छ,' उनले भने, ‘सामान्यसँगै ठूलै पदमा पनि नेपाली कार्यरत छन्।'
आफूहरुले मलेसियाको कम्प्युटर एसोसिएसनका पदाधिकारीसँग छलफल गरेर नेपालमा आइटीका दक्ष कामदार रहेको जानकारी गराएको उनले बताए। त्यसमा मलेसियालीले चासो देखाएका छन्। आइटीमा काम गर्नेले दुईदेखि चार लाख रुपैयाँसम्म कमाउन सक्ने उनी बताउँछन्। ‘अहिले यस्ता कामदार थोरै मात्र आइरहेका छन्। हामीले बढाउन प्रयास गरेका छौं,' उनले भने। सिभिल इन्जिनियरका लागि पनि कुरा भएको राजदूत बस्न्यातले जानकारी दिए।
मलेसियाको पेट्रोम्याक्सदेखि सामान्य कम्पनीसम्ममा नेपाली छन्। औद्योगिक क्षेत्रमा कामदारको हकमा समस्या रहे पनि अन्यमा धेरै नै राम्रो वातावरण रहेको उनले बताए। ‘केहीले काम गर्न नसकेर, कुनै ठाउँमा तलब थोरै भएर र काम फरक परेर कम्पनी छोड्ने क्रम पनि छ। यस्ता समस्या दूतावासले सम्बोधन गर्ने भएकाले पहिला दूतावासलाई नै खबर गर्नुपर्छ,' उनले भने।
मलेसिया जाँदा ८० हजार रुपैयाँभन्दा बढी लिन नपाइने नियम भए पनि म्यानपावरले डेढ लाखसम्म लिन्छन्। चालु आर्थिक वर्षको असोजसम्ममा ५७ हजार सात सय ९६ नेपाली कामदार मलेसिया गएको तथ्यांक छ। यसमा १६ सय ७० महिला रहेको वैदेशिक रोजगार विभागको तथ्यांक छ।
मलेसियाबाट पछिल्लो चार महिनामा करिब ६ हजार अवैधानिक कामदारको उद्धार गरिएको छ। जुलाई १५ देखि नोभेम्बर १५ सम्ममा नेपाली दूतावासको सक्रियतामा पाँच हजार सात सय ५५ कामदार नेपाल ल्याइएको छ।