काठमाडौं- सर्वोच्च अदालतले दूरसञ्चार क्षेत्रको अनुमति वितरणको कार्य सरकार र दूरसञ्चार प्राधिकरण दुवैले गर्न सक्ने गरी व्याख्या गरेको छ। अधिवक्ता नारायणप्रसाद देवकोटाले दायर गरेको निवेदनमा फैसला गर्दै सर्वाेच्चले दुवै निकायसँग अख्तियारी रहेको निर्णय सुनाएको हो। सर्वाेच्चले २०७० असोज १ गते गरेको फैसलाको पूर्णपाठ एक साताअघि मात्र आएको थियो।
सर्वाेच्च अदालतका तत्कालीन कामु प्रधानन्यायाधीश दामोदरप्रसाद शर्मा र तर्कराज भट्टको संयुक्त इजलासले दूरसञ्चार सेवाको अनुमति प्रदान गर्ने अख्तियारी नेपाल सरकार र दूरसञ्चार प्राधिकरणलाई रहेको फैसला गरेको हो।
'दूरसञ्चार सेवाको अनुमतिपत्र सम्बन्धमा भएको उपयुक्त कानुनी व्यवस्थाको समग्र अध्ययन गरी हेर्दा अनुमतिपत्र प्रदान गर्ने समबन्धमा दुईवटा निकायलाई अख्यितार प्राप्त भएको देखिन्छ,' फैसलामा भनिएको छ, 'दूरसञ्चार ऐनको दफा २२ बमोजिमको कानुनी व्यवस्थाअनुसार पहिलो निकायको रुपमा नेपाल दूरसञ्चार प्राधिकरणले अनुमतिपत्र प्रदान गर्न सक्ने देखिन्छ।'
यस प्रयोजनको लागि प्राधिकरणले अनुमतिपत्रको लागि निवेदन दिन सूचना प्रकाशन गर्नुपर्ने र दूरसञ्चार सेवा सञ्चालन गर्न चाहने तोकिएबमोजिमको पुँजी, प्राविधिक निपूणता तथा पेसासम्बन्धी दक्षता भएका योग्य व्यक्तिले आवश्यक विवरण उल्लेख गरी प्राधिकरणसमक्ष निवेदन दिनुपर्ने व्यवस्था भएको पाइन्छ। यस प्रक्रियाबाट प्राधिकरणसमक्ष दफा २३ को उपदफा (१) अन्तर्गत निवेदन दिने एकजनाभन्दा बढी व्यक्तिहरु त्यस्तो दूरसञ्चार सेवा सञ्चालन गर्नयोग्य भएको अवस्थामा प्राधिकरणले अनुमतिपत्र दस्तुर, नवीकरण दस्तुर तथा रोयल्टीको सम्बन्धमा बढाबढ गर्न सूचना दिई बढाबढमा सबैभन्दा बढी बोलकबोल गर्ने व्यक्तिलाई अनुमतिपत्र दिनुपर्ने व्यवस्था भएको देखिन आएको फैसलामा उल्लेख छ।
'दफा २३ को उपदफा (२) को कानुनी व्यवस्थाअनुसार दूरसञ्चार सेवाको अनुमति प्रदान गर्ने दोस्रो निकायको रुपमा नेपाल सरकारलाई अख्तियारी प्रदान भएको देखिन्छ,' फैसलामा भनिएको छ। सो प्रयोजनका लागि दूरसञ्चार प्राधिकरणको सिफारिसमा नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशन गरी तोकेबमोजिमको दूरसञ्चार सेवा सञ्चालन गर्ने अनुमतिपत्रको लागि जुनसुकै बखत निवेदन दिन सकिने भन्ने कुरा सोही उपदफा (२) मा उल्लेख भएको देखिएको पूर्णपाठमा उल्लेख छ।
सर्वाेच्चले दूरसञ्चार ऐन २०५३ को परिच्छेद ५ अन्तर्गतको दफा २२ दफा २३ लर दफा २४ को समग्र अध्ययन गर्दा नेपाल दूरसञ्चार प्राधिकरणले प्रदान गर्न अनुमतिपत्र सम्बन्धी व्यवस्था र नेपाल सरकारले प्रदान गर्ने अनुमतिपत्रसम्बन्धी व्यवस्था अलगअलग र स्वतन्त्र रहेको देखिन आएको व्याख्या गरेको छ।
दूरसञ्चार ऐन २०५३ को दफा २३ को उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि भन्ने शब्दावलीले नेपाल सरकारलाई उक्त कानुनी व्यवस्थाबमोजिम दूरसञ्चार सेवाको अनुमतिपत्र प्रदान गर्ने सम्बन्धमा छुट्टै र विशेष अधिकार प्रदान भएको मान्नुपर्ने देखिन आएको फैसलामा उल्लेख छ।
प्राधिकरणका अध्यक्ष दिगम्बर झाले सर्वाेच्चको फैसलाले अन्योलग्रस्त बनाएको बताए। 'प्राधिकरण पनि सरकारी नै निकाय हो, सरकारकै मातहतमा रहेको निकायले अनुमतिपत्र जारी गरेका छ, तर नयाँ ब्याख्याले अन्योल बनायो,' उनले भने। हामीले सरकारकै लागि काम गर्ने हो, उनले भने, 'जे हुन्छ दूरसञ्चार ऐनअनुसार नै हुन्छ। प्राधिकरण अहिले फैसलाको अध्ययनमा लागिरहेको छ।'
अधिवक्ता देवकोटाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, सूचना तथा सञ्चार मन्त्रालय, दूरसञ्चार प्राधिकरण, नेपाल स्याटलाइट टेलिकम प्रालि, युनाइटेड टेलिकम लिमिटेड, स्मार्ट टेलिकम प्रालि, एसटिएम टेलिकम सञ्चारविरुद्ध रिट दायर गरेका थिए।