भारतसँग १० सम्झौतामा हस्ताक्षर
०९ मंसिर २०७१
•
७ मिनेट पाठ
भारतसँग १० सम्झौतामा हस्ताक्षर
काठमाडौं-नेपाल र भारतबीच ९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत आयोजनाको ‘पिडिए' सहित १० वटा छुट्टाछुट्टै सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर भएको छ।

प्रधानमन्त्री सुशील कोइराला र भारतीय समकक्षी नरेन्द्र मोदीबीच सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भेटवार्तालगत्तै बसेको नेपाल–भारत द्विपक्षीय बैठकमा दुई देशका सम्बन्धित अधिकारीले विभिन्न १० समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।
ती सम्झौता तथा सहमतिपत्रमा अरुण तेस्रो जलविद्युत आयोजना विकास सम्झौता (पिडिए), एक अर्ब अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहयोग सम्झौता, मोटर भेइकल सम्झौता, नेपाल प्रहरी प्रतिष्ठान निर्माणका लागि आर्थिक सहायतासम्बन्धी समझदारीपत्र, पर्यटन विकाससम्बन्धी समझदारीपत्र, युवा विकाससम्बन्धी समझदारीपत्र, परम्परागत उपचार पद्धतिसम्बन्धी समझदारीपत्र, जनकपुर र अयोध्या, काठमाडौं र बनारस तथा लुम्बिनी र बोधगया भगिनी सहर सम्झौता छन्।
‘नेपाल–भारतबीच दुई देशका प्रधानमन्त्रीको उपस्थितिमा विभिन्न १० सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर भयो,' परराष्ट्र मन्त्रालयका प्रवक्ता खगनाथ अधिकारीले जानकारी दिए।
अरुण तेस्रोको आयोजना विकास सम्झौता (पिडिए) मा नेपालका तर्फबाट लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत राधेश पन्त र भारतका तर्फबाट सतलज विद्युत निगमका प्रतिनिधिले हस्ताक्षर गरेका थिए।
एक अर्ब अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहयोग सम्बन्धी सम्झौतामा नेपालका तर्फबाट अर्थ मन्त्रालयका सहसचिव मधुकुमार मरासिनी र भारतका तर्फबाट एक्जिम बैंकका उपमहाप्रबन्धकले हस्ताक्षर गरे। सम्झौताअनुसार भारतले नेपाललाई एक अर्ब अमेरिकी डलर सहुलियतपूर्ण ऋण उपलब्ध गराउनेछ। नेपाल सरकारले पहिचान गरेका तथा प्राथमिकतामा राखेका ऊर्जा आयोजना र पूर्वाधार विकासमा यो सहुलियतपूर्ण ऋण खर्च गरिने जनाइएको छ। 

मंगलबार भएको मोटर भेइकल सम्झौतामा नेपालका तर्फबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव र भारतका तर्फबाट यातायात मन्त्रालयका सहसचिवले हस्ताक्षर गरेका थिए। सम्झौतामा नेपाल र भारतबीच तीन रुटमा व्यावसायिक रुपमा भाडाका सवारीसाधन सञ्चालन गर्ने उल्लेख छ। निजी सवारीसाधन सहज रुपमा नेपाल र भारतबीच आवतजावत गर्न पनि सम्झौतामा व्यवस्था गरिएको छ। 
मोटर भेइकल सम्झौताअनुसार नेपाल र भारतबीच व्यावसायिक रुपमा काठमाडौं–भैरहवा–सुनौली–गोरखपुर–लखनउ–नयाँदिल्ली, काठमाडांै–भैरहवा–सुनौली–अजामगढ–वाराणसी र पोखरा–भैरहवा–सुनौली–गोरखपुर–लखनउ–नयाँदिल्ली सवारीसाधन चलाइनेछ। यसमध्ये काठमाडौं–भैरहवा–सुनौली–गोरखपुर–लखनउ–नयाँदिल्ली रुटमा मंगलबारै बससेवा उद्घाटन गरियो।
नेपाल प्रहरी प्रतिष्ठान निर्माणका लागि आर्थिक सहायतासम्बन्धी समझदारीपत्रमा नेपालका तफबाट अर्थ मन्त्रालयका सचिव सुमनप्रसाद शर्मा र भारतका तर्फबाट गृह मन्त्रालयका सचिवले हस्ताक्षर गरे। सम्झौताअनुसार भारतीय आर्थिक सहयोगमा काभ्रेको पनौतीमा अत्याधुनिक उपकरणजडित नेपाल प्रहरी प्रतिष्ठान निर्माण गरिनेछ। १८ वर्षअघि नेपालले प्रहरी प्रतिष्ठान निर्माणमा सहयोग गर्न भारतसमक्ष प्रस्ताव गरेको थियो। सोही प्रस्तावअनुसार मंगलबार समझदारीपत्रमा हस्ताक्षर भएको हो। 
पर्यटन विकाससम्बन्धी समझदारीपत्रमा नेपालका तर्फबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेशमान श्रेष्ठ र भारतका तर्फबाट नेपालका लागि भारतीय राजदूत रणजित रायले हस्ताक्षर गरे। समझदादीपत्रमा पर्यटनका क्षेत्रमा द्विपक्षीय सहयोग वृद्धि गर्ने उल्लेख छ। यस्तै, युवा विकाससम्बन्धी समझदारीपत्रमा नेपालका तर्फबाट युवा तथा खेलकुद मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्मा र नेपालका लागि भारतीय राजदूत रायले हस्ताक्षर गरेका थिए।
परम्परागत उपचार पद्धतिसम्बन्धी समझदारीपत्रमा भने नेपालका तर्फबाट स्वास्थ्य सचिव शान्तबहादुर श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत रायले हस्ताक्षर गरेका थिए। यो समझदारीको उद्देश्य परम्परागत उपचार पद्धतिको विकास र प्रवर्द्धन गर्नु रहेको छ। यस्तै, अन्य तीन सम्झौता गरी जनकपुर र अयोध्या, काठमाडौं र बनारस तथा लुम्बिनी र बोधगयाबीच भगिनी सम्बन्ध स्थापित गरिएको छ।
यस्तै, भारतले मंगलबार नै नेपाललाई एउटा माटो परीक्षण घुम्ती प्रयोगशाला (गाडी) उपलब्ध गराएको छ। कृषि सचिव जयमुकुन्द खनाललाई उक्त गाडी हस्तान्तरण गरिएको थियो। भारतीय प्रधानमन्त्रीले मंगलबार नै ट्रमा सेन्टर नेपाललाई हस्तान्तरण गरेका थिए।
अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।

प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस