काठमाडौं-उद्योग मन्त्रालयले लगानीको सीमा (थ्रेसहोल्ड) नराखी वैदेशिक लगानी नीतिको मस्यौदालाई अन्तिम रुप दिएको छ। मन्त्रालयले मन्त्रिपरिषदमा पेस गर्न ठिक्क पारेको मस्यौदामा विदेशीले नेपालमा लगानी गर्ने सीमा र नेपालीले विदेशमा लगानी गर्ने प्रावधान छैन।थ्रेसहोल्डको विषयमा खुकुलो नीति लिएको उद्योगमन्त्री महेश बस्नेतले बताए। ‘हामीले थ्रेसहोल्ड नराखीकनै नीतिलाई अन्तिम रुप दिएका छौं,' उनले भने, ‘यसले विवादमा रहेका विषय समाधान भएर नीति र ऐन बन्ने प्रक्रियामा जानेछ।'
यसअघि वैदेशिक लगानी नीतिमा व्यवस्था गरिएको थ्रेसहोल्ड र नेपालीले विदेशमा लगानी गर्न पाउने विषयमा विवाद भएको थियो। विवादका कारण नीतिको मस्यौदा मन्त्रिपरिषदमा पेस गर्न सकिएको थिएन। यसअघिको मस्यौदामा विदेशीले नेपालमा ५० लाख रुपैयाँभन्दा कम लगानी गर्न नपाउने उल्लेख थियो।
केही व्यवसायीले विदेशी लगानीको सीमा र क्षेत्र तोक्न नहुने भन्दै विरोध गरेका थिए। केही थोरै लगानी गर्ने विदेशी पनि छिर्न थाले भने अन्य गतिविधि बढ्न सक्छ भन्दै थ्रेसहोल्ड राख्नुपर्ने पक्षमा थिए।
यिनै विषयलाई ध्यान दिँदै सरोकारवालासँग गम्भीर छलफल गरेर नीतिलाई अन्तिम रुप दिइएको मन्त्री बस्नेतले बताए। ‘सानो लगानी हुने क्षेत्रमा धेरै रोजगारी र उत्पादन हुन सक्छ,' मन्त्री बस्नेतले भने, ‘अन्य गतिविधि हुन सक्छ भन्ने शंका लागे सरकारले राम्रो अनुगमन गर्नुपर्छ।'
त्यस्तै नयाँ मस्यौदामा नेपालीले विदेशमा लगानी गर्न पाउने प्रावधान पनि हटाइएको छ। यो प्रावधान नै नराखी मस्यौदा बनाइएको मन्त्रालयले जनाएको छ। नेपाली व्यवसायीलाई विदेशमा लगानी गर्न दिनुहुन्न भन्दै केही राजनीतिक दलले विरोध जनाएका थिए। विरोधले गर्दा ऐन बन्ने प्रक्रियामै नजाने भएकाले कम्तीमा ऐन बन्ने प्रक्रियामा जाओस भनेर यो प्रावधानबिनै मस्यौदालाई अन्तिम रुप दिइएको मन्त्रालयले जनाएको छ।
अहिले नेपालीलाई विदेशमा लगानी गर्न वैधानिक रुपमा रोकिएको छ। तर कतिपयले भित्रभित्रै लगानी गरिरहेका छन्। यस्ता गतिविधि रोक्न पनि विदेशी लगानी नीति आवश्यक भएको विज्ञहरू बताउँछन्।
मस्यौदामा कानुन मन्त्रालय र सरोकारवालाको राय लिइसकेको र सार्क सम्मेलन सकिएपछि मन्त्रिपरिषदमा पेस गर्ने मन्त्री बस्नेतले बताए। उक्त मस्यौदा मन्त्रिपरिषदले सिधै पास गर्न वा विधेयक समितिमा छलफलका लागि पठाउन सक्छ। नीति बनेपछि ऐन बनाउने बाटो खुल्ने र ऐन बनाउँदा नीतिभन्दा केही फरक पनि पर्न सक्ने विज्ञ बताउँछन्।
नीतिको मस्यौदामाथि छलफल हुँदा रोजगारीका अवसर सिर्जना गर्ने गरी वैदेशिक लगानी नीति बनाउनुपर्ने सुझाव विज्ञहरूले दिएका थिए। देशको आर्थिक विकासको लागि विदेशी लगानी नीति स्पष्ट हुनुपर्ने व्यवसायीको राय छ।
मस्यौदामा विभिन्न सात क्षेत्रमा विदेशी लगानीलाई छुट दिन नहुने उल्लेख छ। लघु उद्यम र परम्परागत घरेलु उद्योग, हातहतियार, खरखजाना, बारुद तथा विस्फोटक पदार्थ उत्पादन गर्ने उद्योग, मुद्रा तथा सिक्का व्यवसाय, घरजग्दा खरिदबिक्री (रियल स्टेट व्यवसाय, हाउजिङ, अपार्टमेन्ट) व्यवसाय (निर्माण उद्योग बाहेक), नेपालमा स्थिर पुँजी पाँच लाख रुपैयाँभन्दा कम लगानीको बहुब्रान्ड खुद्रा व्यापारमा विदेशी लगानी प्रोत्साहित गर्न नहुने मस्यौदामा उल्लेख छ। सोभन्दा माथि लगानीको हकमा दुईभन्दा बढी देशमा व्यवसाय गरेको हुनुपर्ने, तीनतारेभन्दा कम स्तरका होटल, पर्यटनमा संलग्न गाइड, भरिया (घोडा, खच्चड, याकसहित), भान्छेलगायत क्षेत्र निर्धारण गरिएको छ।
विज्ञहरू विदेशी लगानी ल्याउनुअघि स्वदेशमा कुन–कुन क्षेत्रमा विदेशी लगानी खाँचो छ, त्यसलाई पहिल्याउनुपर्ने र कति वर्षमा कति लगानी भिœयाउने हो त्यो प्रस्ट हुनुपर्ने बताउँछन्। यसको लागि २०/२५ वर्षको योजना हुुनुपर्ने उनीहरूको सुझाव छ।
नयाँ नीतिले वैदेशिक लगानी नीति २०४९ लाई विस्थापित गर्ने छ। २२ वर्ष पुरानो नीतिले विदेशी लगानी आकर्षित गर्न नसक्ने भन्दै मन्त्रालयले नीति परिवर्तन गर्न लागेको हो।