५ सय र हजार भारू फेरि चल्ने
०९ मंसिर २०७१
•
६ मिनेट पाठ
५ सय र हजार भारू फेरि चल्ने
काठमाडौं-भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा ५ सय र १ हजार दरका भारतीय रुपैयाँ (भारू) नोटको कारोबार पुनः खुला गर्न पहल गर्ने बताएका छन्।
गत वर्ष पुसमा नेपाल र भारतका वाणिज्य सचिवस्तरीय अन्तरसरकारी समिति बैठकमा दुवै पक्षले ५ सय र हजार दरका भारूको कारोबार नेपालमा खुला गर्ने सहमति गरे पनि लागू भने हुन सकेको थिएन।भारतीय प्रधानमन्त्री मोदीले ती दरका भारू पुनः कारोबार गर्न सकिने संकेत गरेका छन्। सार्क को १८ औं शिखर सम्मेलनमा सहभागी हुन मंगलबार काठमाडौं आएका मोदीले ५ सय र हजार दरका गरी प्रतिव्यक्ति २५ हजार भारूसम्म भारतबाट नेपाल निर्वाध ल्याउन पाउने व्यवस्था आफ्नो तर्फबाट गर्ने बताएका हुन्। 
भारतको आग्रहपछि नेपाल राष्ट्र बैंकले यी दुवै दरका नोट सन् २००२ बाट नेपालमा कारोबार गर्न प्रतिबन्ध लगाएको छ। तर, पछिल्लोपटक यी नोटको कारोबार खुला गर्न राष्ट्र बैंक आफैंले पहल गर्दै आएको छ। ठूला दरका भारू प्रयोगमा प्रतिबन्ध लागेपछि यताबाट रोजगारका लागि भारत जाने नेपाली कामदारले ठूलो समस्या भोगिरहेका छन्। 
‘हामी पनि ५ सय र हजार दरका भारूको कारोबार पुनः खुला गराउन पहल गरिरहेका थियौं,' राष्ट्र बैंकका प्रवक्ता मनमोहनकृष्ण श्रेष्ठले मंगलबार नागरिकसँग भने, ‘अहिले भारतीय प्रधानमन्त्रीबाट औपचारिक रूपमा यी दरका नोटको कारोबार खुला गर्ने वक्तव्य आउनु हाम्रा लागि असाध्यै सकारात्मक पक्ष हो।'
ठूला दरका भारू प्रयोग गर्न नपाउने भएपछि यसबाट व्यावहारिक रूपमा परेका समस्याबारे लामो समयदेखि गुनासो आइरहेका थिए। भारतीय सीमा क्षेत्रबाट ५ सय र हजार दरका भारू ल्याउन नपाउने समस्या त छँदै थियो, त्यसमाथि लुकाइछिपाइ ल्याए पनि प्रयोग गर्न पाइँदैनथ्यो। लुकाइछिपाइ ल्याउने पनि प्रहरीको फन्दामा पर्ने गरेका छन्। त्यसबाहेक ठूला दरका भारू बोकेर आएका नेपाली कामदार दुवै देशको सिमानामा लुटिने घटना पनि बढिरहेका छन्। 
राष्ट्र बैंक आफैंले पनि उताबाट भारू खरिद गर्दा ५ सय र हजार दरका नोट ल्याउन पाउँदैन। ‘सबैभन्दा ठूलो भारू प्रयोग गर्न पाउने भनेकै एक सय दरका छन्,' केन्द्रीय बैंकका प्रवक्ता श्रेष्ठले भने, ‘उताबाट ठूलो परिमाणमा ल्याउँदा सय दरका नोट बढी हुन्छन् र तौल पनि बढी हुन्छ। त्यसमाथि ल्याउने खर्च पनि धेरै लागिरहेको छ। हामी आफैं पनि समस्यामा छौं।'
एक सयभन्दा साना दरका भारू नोटमात्र प्रयोग गर्नुपर्ने बाध्यताका कारण दुवै देशमा व्यापार गर्नेदेखि भारतमा उपचार गर्न जाने, अध्ययनका लागि जानेले बढी समस्या भोग्दै आएका छन्। नेपाल भ्रमणमा आउने भारतीय पर्यटकले पनि ठूला भारू प्रयोग गर्न नपाउँदा समस्या खेपिरहेका छन्। 
भारतीय पक्षले नेपाल हुँदै पाकिस्तान, बंगलादेश र भुटानबाट नक्कली भारू आफ्नो देश भित्रिने गरेको दाबी पनि गर्दै आएको छ। नेपाल हुँदै नक्कली भारू भित्रिएको भन्दै भारतको गृह मन्त्रालयले १२ वर्षअघि ५ सय र हजार दरका भारू नेपाल र भुटानमा प्रयोग गर्न नपाइने गरी आफ्नो कानुन संशोधन गरेको थियो। त्यसअघि नेपाल र भुटान दुवैमा यी दरका नोट निर्वाध प्रयोग गर्न पाइन्थ्यो। बाँकी सार्क राष्ट्रमा भने भारू कारोबार गैरकानुनी मानिन्छ। 
भारतीय प्रधानमन्त्री मोदीको औपचारिक भनाइपछि ५ सय र हजार दरका ठूला भारू ठ्याक्कै कहिलेदेखि नेपालमा प्रयोग गर्न पाइन्छ भन्ने यकिन अझै भएको छैन। राष्ट्र बैंक उच्च स्रोतले भने सन् २०१५ जनवरी १ (आगामी पुस १७) बाट ठूला दरका भारूको कारोबार नेपालमा पुनः खुला हुने सम्भावना व्यक्त गरेको छ। 
गत वर्ष पुसमा भएको द्विपक्षीय वाणिज्य सचिवस्तरीय बैठकले सिमानामा नोट साट्ने काउन्टर खोल्ने सहमति गरेको थियो। उक्त सहमतिअनुसार नेपालबाट भारत जाने र उताबाट आउनेले आफूअनुकूल भारू साटेर लान पाइने छ। 
यहाँ ५ सय र हजार दरका भारू नोटको कारोबार अवैध भए पनि तराई भेगमा भने चलनचल्तीमा देखिन्छ। वीरगन्ज, भैरहवा, विराटनगरजस्ता भारतीय बढी ओहोरदोहोर हुने सहरमा यस्ता ठूला दरका भारू चल्तीमै छन्। त्यसबाहेक काठमाडौंका व्यापारिक स्थलमा पनि यस्ता नोट अनौपचारिक रूपमा चलिरहेका छन्।
अर्को समाचार
नेपालमा भारू ५ सय र हजारका नोट चल्ने
०८ पौष २०७०
•
५ मिनेट पाठ
नेपालमा भारू ५ सय र हजारका नोट चल्ने
काठमाडौं— तेह्र वर्षदेखि नेपालमा प्रतिबन्ध लगाइएको भारतीय पाँच सय र एक हजार रुपैयाँ दरको नोट अब चल्ने भएको छ। आइतबार सम्पन्न नेपाल–भारत वाणिज्य सचिवस्तरीय अन्तरसरकारी समिति (आइजिसी) बैठकमा यस्तो सहमति भएको हो।

प्रतिव्यक्ति २५ हजार रुपैयाँसम्म मात्र नेपाल ल्याउन पाइने सीमा भने तोकिएको छ।

'पाँच सय र हजारका भारू नोट निश्चित सीमासम्म नेपालमा निर्वाध चलाउन दुवै पक्षबीच सहमति भएको छ,' वाणिज्य मन्त्रालयका सहसचिव जीवराज कोइरालाले सोमबार नागरिकसँग भने, 'भारू चलाउने संयन्त्रका लागि दुवै देशको सीमामा सटही काउन्टर राखिनेछ ।'

नेपालमा २०५७ सालदेखि यी दुई ठूला दरका भारू नोट चलाउन प्रतिबन्ध लगाइएको हो । भारतमा सन् २००० मा फोरेन एक्सचेन्ज म्यानेजमेन्ट (विदेशी मुद्रा विनिमय व्यवस्थापन) ऐन आएपछि नेपालमा ठूला दरका भारू चल्न छाडेको थियो । ऐन आउँदा भारतमा हजारका नोट चलनचल्तीमा थिएन ।

यो ऐनअन्तर्गत बनेका चार नियमावलीमध्ये एउटामा 'नेपाल र भुटानमा पाँच सय रुपैयाँभन्दा ठूला नोट लैजान वा पठाउन प्रतिबन्ध गरिएको छ' भन्ने वाक्यांश परेपछि ठूला दरका भारू नोटको कारोबार बन्द भएको हो । ठूला दरका नोट बढी तस्करी हुने भन्दै आन्तरिक सुरक्षाका लागि यस्तो प्रतिबन्ध लगाएको भारतीय पक्षको भनाइ थियो ।

भारतले प्रतिबन्ध लगाएपछि नेपालमा सय दरभन्दा कमका भारू नोट मात्र चल्दै आएको छ । यसले भारतमा काम गर्न गएका नेपालीका साथै भारतीय पर्यटकलाई पैसा ल्याउन कठिनाइ भइरहेको छ ।

यही समस्या हेरेर राष्ट्र बैंकले लामो समयदेखि ठूला दरका भारू नेपालमा चलाउन दिन भारतसँग आग्रह गर्दै आएको थियो । राष्ट्र बैंकले भारतीय राजदूत, भारतीय केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया (आरबिआई) का गभर्नर, डेपुटी गभर्नरलाई समेत औपचारिक तथा अनौपचारिक रूपमा यस्तो आग्रह गरिसकेको छ । सरकारले पनि भारतीय विदेश मन्त्रालयका अधिकारीलाई उक्त प्रतिबन्ध हटाउन बारम्बार आग्रह गर्दै आएको थियो । यसपालि आइजिसी बैठकमा पनि राष्ट्र बैंकको आग्रहअनुसार वाणिज्य मन्त्रालयले भारूको मुद्दा उठाएको हो ।

'अब पाँच सय र हजार दरका भारू नोट चल्ने भएपछि यसको व्यवस्थापन गर्न हामीलाई निकै सहज हुन्छ,' राष्ट्र बैंकका एक उच्च अधिकारीले भने, 'साना दरका नोटको आधिकारिकता छुट्याउनभन्दा ठूला दरको छुट्याउन सजिलो हुन्छ ।'

भारतले नेपालमा पाँच सयमाथिका भारू लैजान नपाउने व्यवस्था गरेपछि राष्ट्र बैंकले पनि नेपालमा ठूला नोटको कारोबार नगर्न निर्देशन दिएको थियो । राष्ट्र बैंकले आफूले संकलन गरेका ठूला नोट रिजर्भ बैंक अफ इन्डियामा नसाटिने भएपछि नेपालभित्रको कारोबार अवैध भएको भन्दै सार्वजनिक सूचना जारी गरेको थियो ।

नेपालमा ठूला दरका भारू नोट अवैधानिक भए पनि चलचल्तीमा भने छँदैछ । सीमावर्ती सहरमा ठूला दरका भारू नोट चल्दै आएका छन् । भारतीय पर्यटक बढी आउने विराटनगर, वीरगन्ज, भैरहवाका साथै राजधानीका व्यापारिक स्थलमा भारू ५ सयमाथिका नोट चल्दै आएको छ । औपचारिक व्यापार तथा बैंकिङ प्रणालीमा नचल्ने भएकाले यसबाट भारतमा रहेका नेपाली कामदारलाई अप्ठेरो पर्ने गरेको छ ।

नेपालमा अवैध छ भन्ने थाहा नपाई पाँच सयभन्दा माथिका भारू नोट बोकेर आउने नेपाली (भारतमा काम गर्न गएका) अवैध भारू कारोबारको आरोपमा पक्राउ पर्दै आएका छन् । कतिपय नेपालीले सीमा क्षेत्रमा नोट साट्न बसेका दलाललाई प्रचलित विनिमय दर (भारू १०० बराबर नेपाली १६० रुपैयाँ) भन्दा कममा बिक्री गर्नुपर्ने बाध्यता पनि छ ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस