१८ औं सार्क समापन, सम्पर्क सञ्जाल बढाउने प्रतिबद्धता
११ मंसिर २०७१
•
१३ मिनेट पाठ
१८ औं सार्क समापन, सम्पर्क सञ्जाल बढाउने प्रतिबद्धता
काठमाडौं-सार्क ऊर्जा (विद्युत) सम्झौताको स्वागत गर्दै दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को १८ औं शिखर सम्मेलन ३६ बुँदे ‘काठमाडौं घोषणापत्र' जारी गरी बिहीबार सकिएको छ। आउँदो १९ औं सार्क शिखर सम्मेलन पाकिस्तानमा गर्ने घोषणासँगै काठमाडौं घोषणापत्र जारी गरिएको हो। ‘सार्क सदस्यराष्ट्रबीचको सहकार्यलाई सम्मेलनले बढावा दिएको छ,' १८ औं सार्क शिखर सम्मेलनको समापन घोषणापछि आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री सुशील कोइरालाले भने, ‘सम्मेलनले सबै सदस्यराष्ट्रबीच विश्वास र समझदारी कायम गर्न महत्वपूर्ण भूमिका खेलेको छ।'सार्क क्षेत्रमा सम्पर्क सञ्जाल बढाउन सडक, रेल, जलमार्ग, ऊर्जा ग्रिड, सञ्चार र हवाई सेवा विस्तार गर्न सदस्यराष्ट्रले घोषणापत्रमार्फत प्रतिबद्धता जनाएका छन्। यी सेवाको विस्तार भए मात्र सार्क क्षेत्रमा सहज रूपले सरसामान ओसारपसार, प्रविधि तथा जनताको आवतजावत हुनसक्ने विश्वास सदस्यराष्ट्रले व्यक्त गरेका छन्।
सदस्यराष्ट्रका सरकार तथा राष्ट्रप्रमुखले सार्कलाई मध्यएसियासँग सबै प्रकारका सम्पर्क सञ्जालमार्फत जोड्नुपर्ने घोषणापत्रमा प्रतिबद्धता जनाएका छन्।
सम्मेलनको अन्तिम दिन बिहीबार राष्ट्रिय सभागृहमा प्रधानमन्त्री कोइराला, अफगानिस्तानका राष्ट्रपति असरफ घानी, बंगलादेशकी प्रधानमन्त्री सेख हसिना, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, माल्दिभ्सका राष्ट्रपति अब्दुल्लाह यमिन, पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफ र श्रीलंकाका राष्ट्रपति महिन्दा राजापाक्षको उपस्थितिमा सार्क घोषणापत्रमा हस्ताक्षर भएको हो।




कुल २७ शीर्षक र ३६ बुँदामा जारी गरिएको घोषणापत्रमा यस क्षेत्रको शान्ति, स्थायित्व र समृद्धिका लागि गहिरो सहकार्यको आवश्यकता रहेको सार्क राष्ट्र तथा सरकारप्रमुखले औंल्याएका छन्। व्यापार, लगानी, वित्त, ऊर्जा, सुरक्षा, पूर्वाधार, सम्पर्क सञ्जाल र संस्कृतिका क्षेत्रमा गहिरो सहकार्य गर्ने प्रतिबद्धता सदस्यराष्ट्रले व्यक्त गरेका छन्। सार्क परियोजना, कार्यक्रम र क्रियाकलापलाई बढी परिणाममुखी र समयसापेक्ष बनाउँदै लग्नुपर्ने उनीहरूको जोड छ। 

‘साउथ एसियन इकोनोमिक युनियन' बनाउने पुरानो प्रतिबद्धतालाई काठमाडौं घोषणापत्रमा दोहोर्यारइएको छ। सार्कभित्रै पनि अति कम विकसित र भूपेरिपवेष्ठित राष्ट्रले उच्च पारवहन मूल्यका कारण बाह्य व्यापारमा घाटा बेहोर्नुपरेको घोषणापत्रमा औंल्याइएको छ। ‘सदस्यराष्ट्रले अति कम विकासित र भूपेरिवेष्ठित राष्ट्रलाई थप सघाउनुपर्ने प्रतिबद्धता जनाइएको छ,' घोषणापत्रमा उल्लेख छ। 

सार्क विकास कोषको ‘सोसियल विन्डो' मजबुत बनाउन सदस्यराष्ट्रहरू एकमत भएका छन्। उनीहरू कोषको ‘इकोनोमिक विन्डो' र ‘इन्फ्रास्ट्रक्चर विन्डो' लाई छिटो र प्रभावकारी रूपमा सञ्चालनमा ल्याउनसमेत सहमत देखिए। उनीहरूले दक्षिण एसियाबाट गरिबी हटाउने पुरानो प्रतिबद्धतासमेत दोहोर्यासए। गरिबी निवारणका लागि सार्क कार्ययोजना प्रभावकारी रूपमा लागू गर्न सम्बन्धित संयन्त्रलाई निर्देशनसमेत दिइएको छ। 

घोषणापत्रमा कृषि क्षेत्रको उत्पादन क्षमता बढाउन लगानी वृद्धि, अनुसन्धानलाई प्रवर्द्धन, प्रविधि विकास तथा सहकार्य, उपयुक्त प्रविधिको प्रयोगलगायत विषयमा ध्यानकेन्द्रित गर्नुपर्ने जनाइएको छ। यी विषयमा ध्यान दिए मात्र सार्क क्षेत्रका खाद्य सुरक्षाको सुनिश्चितता हुने उल्लेख छ। सार्क सदस्यराष्ट्रका सरकार तथा राष्ट्रप्रमुखले ‘सार्क बिज बैंक' सम्बन्धी सम्झौतापत्रमा पनि छिट्टै हस्ताक्षर गर्ने सहमति जनाएका छन्। उनीहरूले बिज बैंक बोर्ड गठन गर्नसमेत निर्देशन दिएका छन्।

सदस्यराष्ट्रहरूले ‘सार्क वातावरण तथा प्रकोप व्यवस्थापन केन्द्र' स्थापना गर्ने निर्णयको समेत स्वागत गरेका छन्। घोषणापत्रमा सन् २०३० भित्र एचआइभी/एड्सलाई सार्क क्षेत्रबाट निर्मूल गर्ने उद्देश्यले काम गर्नसमेत सम्बन्धित संयन्त्रलाई निर्देशन दिइएको छ।

सामाजिक तथा आर्थिक विकासका लागि स्पेस प्रविधि विकास गर्नुपर्नेमा सबै सदस्यराष्ट्र सहमत छन्। यस पृष्ठभूमिमा उनीहरूले भारतले गरेको सार्क राष्ट्रका लागि लक्षित स्याटलाइट विकास प्रस्तावको खुलेर स्वागत गरे। सार्क सदस्यराष्ट्रबीच टेलिफोन शुल्क कम गर्न पनि सदस्यराष्ट्रले सहमति जनाएका छन्। उनीहरूले दूरसञ्चार क्षेत्रमा कार्यरत निजी तथा सरकारी निकायलाई शुल्क घटाएर सार्कका जनताबीच सस्तो र प्रभावकारी सञ्चारको विकास गर्न निर्देशन दिएका छन्। 

सार्कका राष्ट्र तथा सरकारप्रमुखले यस क्षेत्रमा रहेका सम्पदा सूची तयार पारी ‘सार्क सम्पदा' का रूपमा प्रचारप्रसार गर्न सम्बन्धित संयन्त्रलाई निर्देशन दिएका छन्। उनीहरूले सन् २०१६ लाई सार्क सांस्कृतिक सम्पदा वर्षका रूपमा मनाउने घोषणासमेत गरेका छन्। यसका लागि कार्ययोजना निर्माण गर्न निर्देशन दिइएको छ। 

‘यस क्षेत्रमा रहेको गौतम बुद्धसँग सम्बन्धित ऐतिहासिक क्षेत्रलाई जोड्ने गरी सांस्कृतिक ट्रेल निर्माण गर्न सदस्यराष्ट्र सहमत भएका छन्,' घोषणापत्रमा उल्लेख छ। सार्क क्षेत्रमा रहेका हिन्दु, इस्लाम र क्रिश्चियनलगायत अन्य प्रमुख धर्मको पवित्र क्षेत्रमा आवतजावत गर्न जनतालाई सहज बनाउनसमेत सदस्यराष्ट्रहरू सहमत छन्।

सार्क सचिवालयलाई थप प्रभावकारी बनाउन आवश्यक नतिजामुखी कार्यक्रम र नीति बनाउन निर्देशन दिइएको छ। उनीहरूले सार्क सचिवालयको कार्यालय काठमाडौंभित्रै अन्यत्र सार्न अनुमति दिँदै सचिवालयको भूमिका बढाउन सहमति जनाएका छन्। 

राष्ट्र तथा सरकारप्रमुखले सार्कलाई बढी प्रभावकारी र अनावश्यक खर्च कम गर्न सार्कका तीन केन्द्र बन्द गर्न र चार वटालाई एउटैमा गाभ्ने सहमतिलाई स्वीकृति दिएका छन्। सार्क सूचना केन्द्र, मानव संसाधन केन्द्र र सार्क अभिलेख केन्द्र खारेज गरिने भएको छ। वन व्यवस्थापन केन्द्र, विपद व्यवस्थापन केन्द्र, तटीय क्षेत्र व्यवस्थापन केन्द्र र जलवायु अनुसन्धान केन्द्रलाई भने गाभेर एउटै केन्द्र बनाइनेछ। 

खारेज गर्ने निर्णय भएका केन्द्रमध्ये सार्क सूचना केन्द्रको कार्यालय नेपालमा छ। मानव संसाधन केन्द्रको कार्यालय पाकिस्तान र सार्क अभिलेख केन्द्रको कार्यालय भारतमा छ। गाभ्ने निर्णय गरिएका केन्द्रमध्ये वन व्यवस्थापन केन्द्रको कार्यालय भुटानमा, विपद व्यवस्थापनको भारतमा, तटीय क्षेत्र व्यवस्थापनको माल्दिभ्समा र जलवायु अनुसन्धान केन्द्रको कार्यालय बंगलादेशमा छ।

बंगलादेशमा कार्यालय रहेको सार्क कृषि केन्द्र, नेपालमा कार्यालय रहेको सार्क क्षयरोग केन्द्र, पाकिस्तानमा कार्यालय रहेको सार्क ऊर्जा केन्द्र र श्रीलंकामा कार्यालय रहेको सार्क सांस्कृतिक केन्द्रलाई भने जस्ताको त्यस्तै राखिने भएको छ।

वन व्यवस्थापन केन्द्र, विपद व्यवस्थापन केन्द्र, तटीय क्षेत्र व्यवस्थापन केन्द्र र जलवायु अनुसन्धान केन्द्रलाई गाभेर एउटै ‘सार्क वातावरण तथा विपद व्यवस्थापन केन्द्र स्थापना' गर्ने सहमति भएको हो। यो केन्द्र कुन देशमा स्थापना गर्ने भन्नेमा सहमति हुन सकेन। सार्क सदस्य नेपाल, भुटान र माल्दिभ्सबाहेक भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका र अफगानिस्तानले सार्क वातावरण तथा विपद व्यवस्थापन केन्द्र आ–आफ्नो देशमा स्थापना गर्न माग गरेका थिए।

घोषणापत्रमा सबै सदस्यराष्ट्रले सार्कको शिखर सम्मेलन प्रत्येक दुई वर्षमा गर्ने र आवश्यक परे सबैको सहमतिमा त्यसभन्दा कम समयमा गर्न सकिनेमा सहमति जनाएका छन्। उनीहरूले सार्क विदेशमन्त्रीस्तरीय बैठक प्रत्येक वर्षमा एकपटक, सचिवस्तरीय स्ट्यान्डिङ कमिटी बैठक पनि प्रत्येक बर्षमा एकपटक र सहसचिवस्तरीय कार्यक्रम समितिको बैठक प्रत्येक वर्ष कम्तीमा दुईपटक गर्ने सहमति गरेका छन्।

वर्तमान सार्क पर्यवेक्षकलाई अझ ‘डाइलग पार्टनर' बनाउने भनी सचिवालयले पेस गरेको प्रतिवेदनलाई घोषणापत्रमा स्वागत गरिएको छ। राष्ट्र तथा सरकारप्रमुखले सार्क पर्यवेक्षकलाई बढी उपलब्धिमूलक बनाउन कार्यक्रम समितिलाई निर्देशन दिएका छन्। सदस्यराष्ट्रको आवश्यकताअनुसार पर्यवेक्षक राष्ट्रलाई परियोजनामा आधारित कार्यक्रममा संलग्न गराउनसमेत भनिएको छ।
अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।




प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस