इलाम- मेची पहाडबाट दिनका दिन तराई निकासी हुने काठको गोलिया अब पहाडमै प्रशोधन हुने बाटो खुलेको छ। उद्योग अभावले पहाडी क्षेत्रको वन पैदावर तराई लैजानुपर्ने बाध्यता अब हटेको छ। मन्त्रिपरिषदले वन पैदवार उद्योग स्थापनाको दायरा फराकिलो पारेपछि पहाडी क्षेत्रमै उद्योग खुल्ने अवस्था आएको हो। यसले वन पैदावर व्यवसायी हर्षित छन्।
केही समयअघि मन्त्रिपरिषद बैठकले वन पैदावरमा आधारित उद्योग स्थापना गर्न वन क्षेत्रसँगको दुरी घटाएको हो। यसअघि पहाडी क्षेत्रमा वनबाट तीन किलोमिटर टाढा मात्रै स–मिल र भेनियर उद्योग स्थापना गर्न मिल्ने व्यवस्था थियो। सामुदायिक र राष्ट्रिय वनबाहेक खोला, खोल्सी, पैनी, कुलो, गल्ली, पर्ति जग्गासमेतलाई वन क्षेत्र मानि“दा समस्या कायमै थियो।
'लामो समयदेखि गरेको मागबमोजिम दूरी परिवर्तनले पहाडी क्षेत्रमै उद्योग स्थापना गर्न मिल्ने अवस्था आएको छ,' वन पैदवार व्यवसायी हरि श्रेष्ठले भने, 'पहाडमै उद्योग खुल्यो भने गोलिया बेच्ने किसान, व्यापार गर्ने व्यवसायीदेखि सरोकारवाला सबैलाई फाइदा पुग्छ।' सरकारले अब वन क्षेत्रबाट एक किमीभित्र भेनियर र डेढ किमीभित्र स–मिल खोल्न दिने भएको हो।
यसअघि २०६३ सालमा पनि वन मन्त्रालयले पहाडी क्षेत्रमा एक किमीभन्दा बाहिर वन पैदावरमा आधारित उद्योग खोल्न पाउने निर्णय गरेको थियो। तर, अख्तियार दुरुप्रयोग अनुसन्धान आयोगले दुरी घटाउने निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएपछि पहिलेकै मापदण्ड लागू भएको थियो। त्यसयता पहाडको गोलिया तराई पुर्यावएर प्रशोधन गर्नुपर्थ्यो। पहाडमा उद्योग थिएनन्।
सरकारले तराई क्षेत्रमा पनि वन पैदावरमा आधारित उद्योग स्थापना गर्न खुकुलो नीति ल्याएको छ। पहिले वन क्षेत्रभन्दा पाँच किमी टाढामात्रै त्यस्ता उद्योग स्थापना गर्न पाउने प्रावधान संशोधन गर्दै अब तीन किमीभित्रै उद्योग खोल्न पाइने व्यवस्था ल्याइएको छ। सरकारको निर्णयअनुसार, पहाडमा वन क्षेत्रबाट पाँच सय मिटरभित्र जडिबुटी उद्योग पनि खोल्न पाइने भएको छ।
स्थानीय वन उपभोक्ता समूहले भने दुई सय ५० मिटरभित्रै त्यस्ता जडीबुटी उद्योग खोल्न पाउने छन्। सरकारले यस्तो नियम ल्याएपछि हर्षित भएका कतिपय व्यवसायीले इलामस्थित घरेलु तथा साना उद्योग समितिको कार्यालयमा उद्योग दर्ता गर्न निवेदन दिन थालेका छन्। तर, सरकारी निर्णय कार्यान्वयन गराउन अहिलेसम्म जिल्ला वन कार्यालयमा परिपत्र आएको छैन।
वनपैदावरमा आधारित उद्योग दर्ता गर्दा वन कार्यालयले दुरी प्रमाणित गर्नुपर्ने प्रावधान छ। नयाँ व्यवस्था लागू भएको जानकारी नआएकाले कार्यान्वयन गर्न समस्या भएको जिल्ला वन अधिकृत सागरनाथ रिमालले बताए। 'दुरी संशोधन गरिएको सुन्नमा आएको हो, तर कार्यान्वयन गराउन मन्त्रालयले पत्राचार गरेको छैन,' उनले भने, 'हामीलाई पत्र नआई केही गर्न सकिँदैन।'
घरेलु तथा साना उद्योग विकास समितिले वनपैदावरमा आधारित ३० भन्दा बढी उद्योग दर्ताका लागि वन क्षेत्रको दूरी प्रमाणित गरिदिन वन कार्यालयलाई पत्राचार गरिसकेको छ। इलाममा अहिले ३२ फर्निचर उद्योग र दुइटाहाते कागज उद्योग दर्ता भएका छन्। इलाम, पा“चथर र ताप्लेजुङमा गोलियाकै लागि हजारौं किसानले उत्तिस, मलातोजस्ता कु–काठ रोप्दै आएका छन्।
अघिल्लो आर्थिक वर्ष २०७०/०७१ मा मात्रै इलामबाट ३१ लाख ६४ हजार एक सय ३८ क्युबिक फुट गोलिया तराईका भेनियर तथा स–मिलमा निकासी भएको जिल्ला वन कार्यालयले जनाएको छ। त्यसरी निकासी हुने गोलियाको ढुवानी भाडा दर उच्च हुँदा किसान ठगिँदै आएका थिए। पहाडमै उद्योग खुलेमा ढुवानी खर्च कटौतीले किसानलाई निकै राहत हुनेछ।
'वनपैदावरको भण्डारै पहाड हो, यहीँ उद्योग खुल्ने स्थिति आएको छ,' व्यवसायी श्रेष्ठले थपे, 'यो निर्णय कार्यान्वयन गर्दा गोलिया बिक्रीबापत किसानले धेरै पैसा पाउनेछन्, व्यवसायीलाई पनि निकासी गर्नुपर्ने झन्झटिलो बाध्यता अन्त्य हुनेछ।' पहाडमा उद्योग नखुल्दा इलाम, पा“चथर र ताप्लेजुङबाट झापा, मोरङ, सुनसरीसम्म गोलिया निकासी हुँदै आएको थियो।