काठमाडौं— बैंकको एटिएम कार्डको पिन नम्बर चोरी गरी ५ करोड ७५ लाख रुपैयाँ निकालेको अभियोगमा फरार हिमालयन बैंकका तत्कालिन सहायक प्रबन्धक अनिशभक्त सुवाल दुई वर्षपछि पक्राउ परेका छन्।बैंकको कार्ड सिस्टममा काम गर्ने सुवालले विभिन्न ग्राहकको एटिएम कार्डको पिनकोर्ड चोरी गरी ५ करोड ७५ लाख रुपैयाँ निकालेर ठगी गरेको अभियोग लागेपछि उनी भागेर भारत पुगेका थिए । भारतको नयाँ दिल्लीमा बस्दै आएका उनले उतैबाट समेत कार्डबाट रुपैयाँ निकालेका थिए । घटना अनुसन्धान गर्दै आएको महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले भारतबाटै उनलाई नियन्त्रणमा लिएर सोमबार काठमाडौं ल्याएको छ ।
१० वर्षअगाडि कार्ड सेन्टरका काम सुरु गरेका उनी दुई वर्षअगाडिसम्म सोही बैंकमा कार्यरत थिए । सन् २००४ मा हिमालयन बैंकको पुल्चोक शाखाबाट आइटी अफिसरका रुपमा उनले सेवा सुरु गरेका थिए । एटिएम मेसिन रहेको शाखा कार्यलयले बैंकले जारी गरेको भिसा मास्टर कार्डको रिसेम्बल अकाउन्टमा हिसाब नमिलेपछि आइटी शाखामा सो समस्याबारे जानकारी गरायो, जहाँ सुवाल नै कार्यरत थिए ।
आइटी शाखामा उक्त समस्या आइपुग्दा सुवाल बिदामा थिए । उनी एक महिने बिदा बसेका बेला सोही शाखाका सहायक गिरिशराज पाण्डेले बैंकको डाटासँग भिसा कार्डको रिपोर्ट जाँच गर्दा अनिशकी श्रीमतीको कार्डमा समेत हिसाब नमिलेको खुलेको थियो ।
अनुसन्धान गर्दै जाँदा सन् २००७ बाटै बैंकको एटिएममार्फत विभिन्न ग्राहकको खाताबाट अनधिकृत रुपमा रकम निकालिएको खुल्यो । आइटी डिमार्टमेन्टमा रहेका अनिशले बैंकको डाटाभित्र प्रवेश गरी विभिन्न ग्राहकको एटिएमको पिन नम्बर र पासवर्ड पत्ता लगाएर अनधिकृत रुपमा पैसा निकाल्ने गरेका रहेछन् ।
अपराध महाशाखाले सोमबार सार्वजनिक गरेको तथ्यअनुसार पहिलो वर्ष उनले ९ लाख ४९ हजार निकाले । पैसा निकाल्दा बैंकमा त्यसको कुनै प्रतिक्रिया नआएपछि उनले ८ वटा कार्डमार्फत भटाभट पैसा निकाल्न थाले ।
सन् २००८ मा २७ लाख ४५ हजार, २००९ मा ९१ लाख, २०१० मा ७२ लाख २५ हजार, २०११ मा १ करोड ६१ लाख र सन् २०१२ मा १ करोड ८० लाख रुपैयाँ निकाले । बैंकले आफ्ना ग्राहकको खाताबाट अनधिकृत रुपमा रकम निकालिएको संकेत पाउँदा उनले ५ करोड ४२ लाख ६५ हजार झिकिसकेका थिए ।
उनले अनधिकृत रुपमा पैसा निकाल्दा अन्य ग्राहकको पिन नम्बर निकालेर त्यसैको आधारमा नक्कली एटिएम कार्ड बनाएका थिए । सँगै उनले श्रीमतीको कार्डबाट समेत ३२ लाख ८३ हजार रुपैयाँ निकालेपछि बदमासी फेलाप¥यो ।
प्रारम्भमा सुवालको बदमासीबारे जानकारी पाएपछि बैंक प्रशासनले पैसा फिर्ता गराउन सुवाललाई मनाउँदै घटना गोप्य राखेको थियो । हिमालयन बैंकका सिइओ अशोक राणाका अनुसार सुवालले एटिएम कार्डमार्फत रकम निकालेपछि सो विवरण आफैंले मेटाएका थिए । घटनामा सुवालको संलग्नता खुलेपछि उनी सम्पर्कमा आएको र उनको परिवारलाई बोलाएर छलफल गरेको राणाले जानकारी दिए ।
'उनको बुबालाई बोलाएर सुवालको बदमासीबारे जानकारी गराएपछि उहाँले पैसा तिर्न कबुल गर्नुभयो, पाँच करोडजतिको अचल सम्पत्ति रोक्का पनि भयो,' राणाले नागरिकसँग भने, 'तर पछि जबर्जस्ती कागज गराएको र छोरालाई बेपत्ता बनाएको भन्दै उहाँहरु अदालत जानुभयो, दुई महिनाअगाडि त्यो मुद्दा बैंकले जित्यो, अहिले सुवाल नै पक्राउ परे ।'
घटना अनुसन्धानको नेतृत्व गरिरहेको अपराध महाशाखाका प्रमुख पुष्कर कार्कीका अनुसार सुवाल सन् २००८ बाट क्यासिनो जान थालेका थिए । प्रारम्भमा केही पैसा जिते पनि नियमित जानेक्रममा ५० लाख रुपैयाँ हारेपछि उनले आफ्नो जिम्मेवारीको दुरुपयोग गरेका थिए ।
बैंकको सफ्टवेयर आफैंले बनाएकाले उनले सहजै त्यसको दुरुपयोग गरेका थिए । अनधिकृत रुपमा झिकिएको पैसा फिर्ता गर्न उनी राजी भएपछि बैंक व्यवस्थापक मौन बस्यो । त्यही मौकामा उनी भारत गए । फरार भएपछि मात्रै प्रहरीले उनको बदमासीबारे जानकारी पाएको थियो ।
सुवाल भारत पुगेपछि पनि आइटी सिस्टम दुरुपयोग गरी रकम निकाल्ने क्रम भने रोकिएन । उनले भारतमै बसेर हिमालयन बैंकको सिस्टममा रहेका एनआइसी र एस विकास बैंकको खाताबाट समेत रकम झिकेका थिए । भारतबाट समेत रकम झिक्न थालेपछि बैंकले सिस्टम नै फेरेर ग्राहकलाई एटिएमको पिन नम्बर बदल्न लगाएको थियो ।
अनुसन्धान स्रोतका अनुसार उनले भारतीय रासनकार्ड बनाइसकेका थिए । उतै सेटल हुने तरखरमा रहेका उनले जुवाको लत छाड्न सकेनन् । सिक्किम र गोवाका क्यासिनो समेत धाउन थालेका थिए ।
हिमालयन बैंकको यो प्रकरणमा सुवाल एक्लै संलग्न रहेकोमा अनुसन्धानरत प्रहरी विश्वस्त छैन । सो घटनामा बैंकका अन्य कर्मचारीसमेत संलग्न रहेको आशंकामा अनुसन्धान अगाडि बढाइएको महाशाखा प्रमुख कार्कीले जानकारी दिए ।
नक्कली एटिएममार्फत अनधिकृत रुपमा रकम निकाल्न पिनकोडबारे जानकारी हुने बैंक कर्मचारीको संलग्नताबिना सम्भव नभएको एसएसपी कार्की बताउँछन् । 'बाहिरी व्यक्तिमात्र लागेर एटिएमबाट अनधिकृत रुपमा पैसा निकाल्न सम्भव हुन्न,' उनले भने, 'यसबाट जोगिन बैंकले आफ्नो सिस्टम बलियो बनाउनुपर्छ ।'
अन्य एटिएम काण्डको अनुसन्धान निष्कर्षले समेत कार्कीको भनाइ पुष्टि गर्छ । यसअगाडि नबिल बैंकको कार्ड विभागमा कार्यरत कर्मचारीले यसैगरी ग्राहकको पिन नम्बर लिक गराएर नक्कली कार्डमार्फत अनधिकृत रुपमा पैसा निकालेका थिए ।
बैंकका कर्मचारी सविन रिमालले भाइ रितेशको सहयोग लिएर ८० लाख रुपैयाँ निकालेपछि बैंकले चाल पाएको थियो । १७ महिना बैंकमा काम गरी ग्राहकको गोप्य पिन नम्बर संकलन गरेपछि उनले जागिर छाडेर सोही नम्बरमार्फत नक्कली कार्ड बनाएर अरुको खाताबाट रकम झिकेका थिए ।
उनीहरुले ग्राहकको पिन नम्बर फेला पारेपछि बैंककबाट म्याग्नेट र पिनकोड राख्ने मेसिन ल्याएर एटिएम बनाउने गरेको खुलेको थियो । महाशाखाले नै यी दाजुभाइलाई पक्राउ गरेको थियो । एक वर्षअगाडि एन्भेस्टमेन्ट, नबिल, सिदार्थ र सनराइज बैंकको एटिएम कार्ड प्रयोग गरी अनधिकृत रुपमा रकम निकालिएको घटना सार्वजनिक भएको थियो । अनुसन्धानमा नक्कली एटिएम प्रयोग गरेर अनधिकृत रुपमा पैसा निकालेको अभियोगमा भारतीय नागरिक सुरेशसिंह विष्टसँगै नेपाली नागरिक मोहनसिंह विष्ट र चन्द्रसिंह विष्ट पक्राउ परे ।
अनुसन्धानमा उनीहरुले बैंकक र भारतमा नक्कली एटिएम कार्ड बनाउने गरेको खुलेको थियो । नक्कली कार्ड उता बने पनि ग्राहकको गोप्य पिन नम्बर कसरी लिक भयो भन्नेबारे अनुसन्धान नै भएन । एक वर्षअगाडि केन्द्रीय अनुसन्धान ब्युरोले स्ट्यान्डर्ड चार्टर्ड, ज्योति विकास बैंक, नेपाल इन्भेष्टमेन्ट, हिमालयन र बैंक अफ काठमाडौंको नक्कली एटिएम कार्डसहित केवलप्रताप राणा, वीरबहादुर बोहोरा र नरेशकुमार अग्रवाललाई पक्राउ गरेको थियो । डिपार्टमेन्ट स्टोरमा नक्कली एटिएमबाट भुक्तानी गर्ने क्रममा उनीहरु पक्राउ परेका थिए ।
मंसिर ४ मा ब्युरोले नक्कली एटिएम, मास्टर कार्ड र क्रेडिट कार्ड प्रयोग गरेर अन्यको खाताबाट रकम निकाल्न सक्रिय अन्तर्राष्ट्रिय समूहका सदस्य टर्कीका मेहत गुलेनलाई ३० लाख रुपैयाँसहित पक्राउ गरेको थियो । ब्युरो अधिकारीका अनुसार हालसम्मको अनुसन्धानमा उनले नेपाली बैंकको खाताबाट रकम निकालेको खुलेको छैन ।
आइटी डिमार्टमेन्टका कर्मचारीमाथि निगरानी बढाउने, एकै व्यक्तिलाई लामो समय जिम्मेवारी नदिने र क्रस चेक गर्ने सिस्टम बसाए यस्ता आपराधिक घटना रोकिनसक्ने कार्कीले बताए ।

क्यासिनोको लतले अपराध

कर्मचारी नै अपराधमा