कोलकाता (भारत)- पाँच वर्षदेखि सञ्चालनमा आउने भनिएको विशाखापट्नम बन्दरगाह नेपालको अस्पष्ट धारणा र 'ट्रान्जिट रुट' हेर्ने निकाय किटान नहुँदा सञ्चालनमा आउन सकेको छैन। कोलकाता महावाणिज्य दूतावासले यसबारे नेपाललाई पटक–पटक ताकेता गर्दा पनि ट्रान्जिट रुट र क्षेत्राधिकार विस्तार गर्ने विषयमा जवाफ नआउँदा बन्दरगाह सञ्चालन अन्यौल बनेको हो। यही कारण बन्दरगाह सञ्चालन सम्बन्धी आशयपत्र (लेटर अफ इन्टेन्ट) मा हस्ताक्षरसमेत हुन सकेको छैन।
भारतका विभिन्न राज्यमा नेपाली कार्गोले झेल्नुपर्ने समस्या निकास दिन नेपालले प्रष्ट धारणा बनाएको छैन। कोलकाताबाटै सामान जाँदा धेरै ठाउँमा समस्या हुन्छ। त्यसैले विशाखापट्नम सञ्चालन आउनुअघि ट्रान्जिट रुट हेर्ने निकाय किटान गर्नुपर्ने कोलकाताका लागि नेपाली महावाणिज्यदूत चन्द्रकुमार घिमिरेले बताए।
'नेपालले या त कोलकाता महावाणिज्य दूतावासको क्षेत्राधिकार विस्तार गर्न अनुमति दिएर भारतसँग त्यसैअनुसार वार्ता गर्नुपर्योक,' उनले नागरिकसँग भने, 'यदि क्षेत्राधिकार विस्तार हुँदैन भने विशाखापट्नममै अर्को महावाणिज्य दूतावास खोल्नुपर्छ वा कोलकाताको एउटा युनिट त्यहाँ राख्नुपर्छ।' क्षेत्राधिकार हेर्ने निश्चित नभइ विशाखापट्नम सञ्चालन गर्नुको अर्थ नहुने उनको भनाइ छ।
सन् २००९ पछि माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा नेपाल र भारतीय प्रधानमन्त्री मनमोहन सिंहबीच बन्दरगाह सञ्चालन गर्ने विषयमा सहमति भए पनि हालसम्म काम अगाडि बढेको छैन। 'सम्झौता ढिलो–चाँडो टुंगो लाग्छ, तर त्यसपछि आउने समस्या समाधान गर्न नेपाल तयार हुनुपर्छ,' घिमिरेले भने। पूर्वतयारीबिना बन्दरगाह सञ्चालनमा ल्याउँदैमा नेपालले केही फाइदा लिन नसक्ने उनको तर्क छ।
कोलकाताबाट नेपालसम्म सामान जाँदा पश्चिम बंगाल, झारखण्ड, उत्तरप्रदेश र बिहार गरी भारतका चार प्रान्त पार गर्दा झन्डै १९ दिन लाग्छ। यहीँभित्र नेपाली आयातकर्ताले ठूलो समस्या भोग्दै आएको नेपाल फ्रेट फर्वार्डर्स एसोसिएसन (नेफा) का अध्यक्ष राजन शर्माले बताए। विशाखापट्नमबाट सामान ल्याउँदा अझ धेरै समय लाग्ने कारण समस्या समाधानको बाटो पहिल्यै खोज्नुपर्ने उपमहावाणिज्यदूत सुरेन्द्र थापाले बताए।
विशाखापट्नमबाट नेपालसम्म सामान जाँदा आन्ध्रप्रदेश र उडिसासमेत थपिन्छन्। यसमा सरकारले चासो दिनुपर्ने पनि थापाले बताए। 'कोलकाता महावाणिज्य दूतावासलाई पश्चिम बंगालभन्दा बाहिरको क्षेत्र हेर्ने वा त्यसबाहिर सामान रोकिए त्यसको निकास दिने अधिकार छैन,' उनले भने।
पूर्वतयारी गरेर नेपालले विशाखापट्नम बन्दरगाह सञ्चालन गर्न छिटो प्रयास गर्नुपर्ने पनि महावाणिज्य दूतावासका अधिकारी बताउँछन्। उक्त बन्दरगाहा कोलकाताको वैकल्पिक बन्दरगाह हुनेछ र त्यहाँबाट सामान आयात गर्दा सस्तो पर्नेछ। त्यहाँ पानीको सतह १७/१८ मिटरसम्म हुने हुँदा ठूलो जहाज (भेसल) सजिलै आउन सक्छन्। रासायनिक मललगायत ठूला सामान बोकेका जहाज आउने भएकाले विशाखापट्नम उपयुक्त हुन्छ।
कोलकाताबाट रासायनिक मललगायत सामान बोकेका जहाज पानीको सतह कम भएका कारण आउन बढी समय लाग्छ र नेपालमा मल ढिला पुग्ने गरेको छ। कोलकाता निकै सानो बन्दरगाह हो। यसमा करिब ८ हजार टनसम्मका मात्र भेसल आउन सक्छन्। त्यस्तै हल्दिया बन्दरगाहमा ३० हजार टनसम्मका आउँछन्। विशाखापट्नममा १ लाख ६० हजार टनसम्मका आउने हुँदा यहाँबाट सामान ल्याउँदा आयातकर्ताले चर्को मूल्य तिर्नुनपर्ने घिमिरेको भनाइ छ। आयात सस्तो हुँदा नेपाली औद्योगिक क्षेत्रको उत्पादन लागत कम हुन्छ। यसले नेपाली अर्थतन्त्रमा सकारात्मक असर पार्नुका साथै नेपाली उत्पादन अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बन्न सक्छ।