आठ बन्द संस्थान चलाउन प्रस्ताव
२० मंसिर २०७१
•
१२ मिनेट पाठ
आठ बन्द संस्थान चलाउन प्रस्ताव
काठमाडौं- लामो समयदेखि बन्द रहेका आठवटा सरकारी संस्थान फेरि सञ्चालनमा ल्याउने निर्णय गर्दै उद्योग मन्त्रालयले अर्थ मन्त्रालयमा प्रस्ताव पेस गरेको छ। उद्योगले नेपाल ओरिएन्ट म्याग्नेसाइट, नेपाल मेटल कम्पनी, बुटवल धागो कारखाना, जनकपुर चुरोट कारखाना, नेपाल औषधी लिमिटेड, वीरगन्ज चिनी कारखाना, कृषि औजार कारखाना र हेटौंडा कपडा उद्योग चलाउन अर्थमा प्रस्ताव पेस गरेको हो। एक साताअघि उद्योगको निर्णयअनुसार ती संस्थान सञ्चालन गर्न आवश्यक व्यवस्थाका लागि अर्थलाई अनुरोध गरिएको थियो।'सम्भावना देखिएका आठ संस्थान चलाउन सकिन्छ भनेर अर्थमा प्रस्ताव पेस गरेका छौं,' उद्योग मन्त्री महेश बस्नेतले भने। अर्थ मन्त्री अध्यक्ष रहेको सार्वजनिक संस्थान निजीकरण समितिले छिट्टै छलफल गरेर यसमा निर्णय गर्ने मन्त्री बस्नेतको विश्वास छ। 
बन्द संस्थान चलाउन लामो समयदेखि छलफल र अन्तर्क्रिया हुँदै आएको छ। निजीकरण गर्ने, भाडामा दिने, सरकारले नै चलाउने, सार्वजनिक–निजी साझेदारी, व्यवस्थापन करार अथवा बन्द गर्ने लगायत मोडलमा छलफल हुँदै आएको छ। केही संस्थान चलाउन निजी क्षेत्रले पनि चासो देखाएको छ। 
म्याग्नेसाइट, वीरगन्ज चिनी, बुटवल धागोलगायत संस्थान चलाउन निजी क्षेत्रका व्यवसायीले प्रस्तावसमेत हालेका थिए। ती संस्थान चलाउन विभिन्न अध्ययन प्रतिवेदनले पनि सुझाए पनि उपयुक्त निर्णय अहिलेसम्म भएको छैन। वीरगन्ज चिनी १३ वर्षदेखि र बुटवल धागो सात वर्षदेखि बन्द छन्। विभिन्न मोडलबारे छलफल भए पनि भाडा र व्यवस्थापन करारमा अर्थले सकारात्मक संकेत दिएपछि सोही प्रस्ताव राखिएको मन्त्री बस्नेतले बताए। 
उद्योगको प्रस्तावमा अर्थ पनि सकारात्मक छ। अर्थका संस्थान समन्वय महाशाखा प्रमुख रामशरण पुडासैनीले संस्थान सञ्चालनका लागि प्रस्ताव आएको र अर्थ पनि यसमा सकारात्मक रहेको बताए। 'यसबारे छिट्टै निर्णय हुनेछ,' पुडासैनीले भने। 
एउटा विकल्पमा निजी क्षेत्रलाई भाडामा दिएर सञ्चालन गर्न सकिने प्रस्ताव राखिएको छ। अहिले पनि सरकारले निजी क्षेत्रसँग केही वर्षको सम्भौता गरेर केही संस्थान चलाइरहेको छ। अर्को विकल्पमा व्यवस्थापन करार छ। यसअन्तर्गत संस्थानको व्यवस्थापन गर्ने जिम्मा निश्चित विज्ञ समूहलाई दिइने छ। उद्योग सञ्चालन, कर्मचारीलगायत अन्य काम सरकारले नै गर्नेछ।
निजी क्षेत्र पनि यी संस्थान चलाउन सकारात्मक देखिएको मन्त्री बस्नेतको भनाइ छ। राज्यले पनि सञ्चालन गर्न चाहेको र निजी क्षेत्र पनि सकारात्मक देखिएकाले प्रस्ताव अगाडि बढाइएको उनले बताए। 
मुलुकमा हाल ३६ सरकारी संस्थान छन्। अधिकांश घाटामा र धेरैजसो बन्द हुने अवस्थामा छन्। चलिरहेका संस्थानमा २१ घाटामा र १५ नाफामा छन्। हरेक वर्ष सार्वजनिक संस्थान घाटामा जाने क्रम बढ्दो छ। १९९४ सालमा नेपाल बैंक लिमिटेडको रुपमा पहिलो सार्वजनिक संस्थान स्थापना भएको थियो।
कार्यकर्ता र आफन्त भर्तिकेन्द्रका रुपमा चिनिएका सार्वजनिक संस्थान सुधार्न सरकारले प्रयास गरे पनि यसमा सफलता पाएको छैन। केही संस्थान निजीकरण गरेर सुधार्ने प्रयास गरिए पनि सफल भएन। राष्ट्रिय बिमा संस्थान, उदयपुर सिमेन्ट कारखाना र नेपाल ओरिएन्ट एन्ड म्याग्नेसाइट लिमिटेडले आठ वर्षदेखि लेखापरीक्षण गरेका छैनन्। सार्वजनिक संस्थानमध्ये राष्ट्रिय वाणिज्य बैंक, दूरसञ्चार संस्थान (नेपाल टेलिकम), विद्युत प्राधिकरण अगाडि छन्। यिनीहरूमा पनि सुधार गर्नुपर्ने विज्ञहरू बताउँछन्। 




प्रस्तावित संस्थाको अवस्था 
नेपाल ओरिएन्ट म्याग्नेसाइट– दोलखा लाकुरीडाँडा–७ स्थित यो कम्पनी सञ्चालनमा आएको १० वर्ष नबित्तै बन्द भएको थियो। उत्पादित वस्तुले उचित बजार नपाएको र लागानीकर्ताबीच विवाद भएकाले बन्द भएको भनिएको छ। २०३६ सालमा सञ्चालनमा आएको यसमा सरकारको ७५ प्रतिशत, भारतीय कम्पनी उडिसा इन्डस्ट्रिज लिमिटेडको १२.५ र नेपाली लगानीकर्ता मोहनगोपाल खेतानको पनि १२.५ प्रतिशत नै लगानी छ। भारतीय कम्पनीले लगानी फिर्ता मागेपछि सरकारले दिइसकेको जनाएको छ। उद्योग सञ्चालनका लागि निर्माण गरिएका भौतिक संरचना भग्नावशेष अवस्थामा छन्। यो क्षेत्रमा ३० करोड टन म्याग्नेसाइट रहेको अध्ययनले देखाएको थियो। यो दक्षिण एसियाकै ठूलो खानी मानिन्छ। नयाँ प्रविधिसहित चलाउने हो भने ४० करोड रुपैयाँ लाग्ने अनुमान छ। 
नेपाल मेटल कम्पनी– २०२४ सालमा भारतको बिडला कम्पनीले खानी अन्वेषण सुरु गरेको यो कम्पनीलाई २०३३ सालमा सरकारले लिएको थियो। सशस्त्र द्वन्द्व चर्किएपछि सुरक्षाका कारण उत्खनन रोकिएको कम्पनी आर्थिक वर्ष २०६३/६४ बाट पूरै बन्द हुन पुग्यो। कम्पनीमा सरकारको ७१, खेतान समूहको १३ र भारतको हैदराबाद इन्डस्ट्रिजको १६ प्रतिशत लगानी छ। यहाँ ४ लाख २१ हजार टन जस्ता, ८८ हजार टन सिसा र ६० हजार किलो चाँदी रहेको प्रारम्भिक अध्ययनले देखाएको छ। धादिङ र रसुवा सीमानामा पर्ने गणेश हिमाल फेदी र आसपास क्षेत्रको जस्ता र सिसा उत्खनन र प्रशोधन गर्ने उद्देश्यले कम्पनी स्थापना भएको थियो। 
बुटवल धागो कारखाना– २०३९ सालमा स्थापना भएको कारखाना २०६४ मा बन्द भएको थियो। माओवादी द्वन्द्वको चपेटामा परेको कारखाना लोडसेडिङका कारण बन्द हुन पुग्यो। ६० करोड लगानीमा सुरु भएको यसले २०४८ सालदेखि उत्पादन सुरु गरेको थियो। यसले दैनिक ७ सय टन धागो उत्पादन गर्दै आएको थियो। 
जनकपुर चुरोट कारखाना– सरकारले २०२१ सालमा ४ करोड ८ लाख ३७ हजार रुपैयाँ चुक्ता पुँजीमा स्थापना गरेको थियो। कारखानाले ३५ विघा जग्गा खरिद गरी ३ सय कर्मचारीबाट कारखाना सुरु गरेको थियो। २०६८ फागुनमा बन्द हुन पुगेको कारखानामा कार्यरत ७ सय २८ कर्मचारीलाई २०७० असारमा अवकाश र सञ्चालक समिति विघटन गरिएको थियो। प्रजातन्त्र स्थापनापछि राजनीतिक हस्तक्षेपमा परेको कारखानाले कुनै समय सरकारलाई सबैभन्दा बढी राजस्व बुझाउँथ्यो।
नेपाल औषधी लिमिटेड– २०२९ सालमा स्थापना भएको यो संस्थाले २०५८ सम्म नाफा कमाएको थियो। यसमा २ सय ४७ कर्मचारी कार्यरत रहेको र सरकारकै कारण घाटामा गएको बताइएको छ। अहिले यसले घर भाडामा दिएको छ भने पानी उत्पादन गर्दै आएको छ। कर्मचारी तलब २८ देखि ३० लाखसम्म हुन्छ। पूर्वाधार भए पनि अन्तर्राष्ट्रिय गुणस्तर डब्लुएचओ/जिएमपी नभएर उत्पादन बन्द भएको बताइएको छ। सरकारले पुनः सञ्चालन गर्ने जनाउँदै आएको छ। 
वीरगन्ज चिनी कारखाना– २०२१ सालमा तत्कालीन सोभियत संघको आर्थिक र प्राविधिक सहयोगमा स्थापना भएको यो कारखाना विभिन्न कारण २०४९ सालदेखि निरन्तर घाटामा गइ २०५९ सालमा बन्द भएको थियो। झन्डै १० वर्षअघि खारेज भएको कारखानामा १ सय १४ कर्मचारी अ्कझै कार्यरत छन्। सुरुमा नाफा कमाउन सफल कारखानालाई करिब २० करोड थप गरेर सञ्चालनमा ल्याउन सकिने अध्ययनले देखाएको छ।
कृषि औजार कारखाना– तत्कालीन सोभियत संघको सहयोगबाट २०२२ सालमा वीरगन्जमा सञ्चालनमा आएको कारखाना राजनीतिक हस्तक्षेपले २०५६ मा बन्द भएको थियो। यसले कृषिसम्बन्धी ट्र्याक्टरको टिलर, विभिन्न पुर्जा, सुधारिएको हलो, औजार लगायत उत्पादन गर्दै आएको थियो। बन्द हुनुअघि यसले वार्षिक साढे ७ करोडको सामग्री उत्पादन गर्थ्यो। 
हेटौंडा कपडा उद्योग– साढे ८ सय रोपनी क्षेत्रफल ओगटेको उद्योगमा ५५ प्रतिशत स्वामित्व उद्योग मन्त्रालय, ३७ प्रतिशत अर्थ मन्त्रालय र बाँकी नेपाल औद्योगिक विकास निगमको छ। २०३५ सालदेखि उत्पादन सुरु गरेको यो उद्योग २०५४ मा बन्द भएको थियो।
अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।




प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस