काठमाडौं- नेपाल विद्युत प्राधिकरणको योजनामा रहेका २५ मेगावाटसम्मका सौर्य ऊर्जा आयोजना (प्लान्ट) का जडान लागि विश्व बैंकले करिब १३ अर्ब रुपैयाँ (१३ करोड अमेरिकी डलर) ऋण सहयोग दिने भएको छ। तीन वर्षमा लोडसेडिङ अन्त्य गर्ने सरकारको योजनामा सघाउँदै बैंक उक्त रकम दिन तयार भएको हो। सरकारले चालु वर्षको बजेटमा तीन वर्षभित्र लोडसेडिङ अन्त्य गर्ने घोषणा गर्दै जलविद्युतसँगै सौर्य ऊर्जा जडानको कार्यक्रमसमेत समेटेको थियो।
प्राधिकरणले यसअघि २० मेगावाटसम्मका सौर्य ऊर्जा प्लान्ट आफ्नै लगानीमा जडान गर्ने गरी विराटनगर, हेटौंडा, बुटवललगायतका ठाउँ छनोट गरेको थियो। 'ग्रिड सोलार प्रोजेक्ट' अन्तर्गत पाँच मेगावाट थप गरी नयाँ योजना तथा कार्यक्रम तय गरेको छ। विश्व बैंकले सोही योजनाका आधारमा सहयोग दिने निर्णय गरेको ऊर्जा मन्त्रालयका अधिकारी बताउँछन्।
बैंकले उपलब्ध गराउने उक्त रकमकै आधारमा प्राधिकरणले उच्च रहेको विद्युत चुहावटसमेत नियन्त्रण गर्नुपर्नेछ। लोडसेडिङ अन्त्य गर्न जलविद्युत तथा सौर्य ऊर्जा मात्रै विकास गरेर नहुने र प्राधिकरणले चुहावट नियन्त्रण गर्नुपर्नेमा बैंकले जोड दिएको छ। उसले यसअघि समेत उच्च चुहावट घटाउन आग्रह गर्दै आएको थियो।
प्राधिकरणले उत्पादन गर्ने वा विकास गर्ने सौर्य ऊर्जा प्लान्ट सोझै केन्द्रीय प्रसारण लाइनमा जडान गरिनेछ। ऊर्जा मन्त्रालयले तीन वर्षभित्र करिब दुई सय ५० मेगावाट बिजुली सोलारबाट उत्पादन गर्ने लक्ष्य राखेको छ। मन्त्रालयका अनुसार यही लक्ष्यमा सघाउन विश्व बैंकको सहयोग प्राप्त भएको हो।
ऋण दिने विषयमा छलफल टुंगिइसकेकाले पुसको दोस्रो सातासम्म 'ऋण सम्झौता' हुने अर्थ मन्त्रालय अन्तर्राष्ट्रिय सहयोग समन्वय महाशाखा प्रमुख मधुकुमार मरासिनीले बताए। 'ग्रिड कनेक्टेड सोलार र प्राधिकरणको चुहावट नियन्त्रण गर्न विश्व बैंकले रकम दिने हो,' उनले आइतबार नागरिकसँग भने, 'प्राधिकरणले २० मेगावाटसम्मका सौर्य प्लान्ट सन् २०१५ को जुन र बाँकी पाँच मेगावाट सेप्टेम्बरसम्म जडान गरिसक्नुपर्छ।'
सौर्य ऊर्जा प्लान्ट राख्न प्राधिकरणले सञ्चालित विद्युतगृहमा रहेको खाली जग्गा छनोट गरेको छ। नुवाकोटको देवीघाट, काठमाडौंको फर्पिङ र मकवानपुरको कुलेखानी जलाशय क्षेत्रमा यस्ता प्लान्ट राखिने छ। कुलेखानी पहिलो र दोस्रो विद्युतगृहस्थित खाली जग्गामा प्लान्ट राखिने प्राधिकरणका एक इन्जिनियरले जानकारी दिए।
प्राधिकरणको झन्डै २५ प्रतिशतसम्म रहेको प्रणाली चुहावट सन् २०१८ सम्म १० प्रतिशतमा झार्न पनि विश्व बैंकले सुझाएको छ। वर्षको एक प्रतिशतले चुहावट नियन्त्रण गर्ने योजना बनाए पनि सोअनुरुप प्राधिकरणले काम गर्न सकेको छैन। तीन वर्षअघि नै उसले चुहावट २० प्रतिशतसम्म झार्ने योजना बनाएको थियो।
संस्था पुनर्संरचनाको पहिलो सर्तमा बैंकले चुहावट घटाउनुपर्ने सर्त राख्दै आएको छ। यसअघि दिएको सहयोग प्रभावकारी हुन नसकेको भन्दै आयोजना विकाससँगै संरचना मर्मत र चुहावट नियन्त्रण गर्न बैंकले नैतिक दबाबसमेत दिएको छ। बैंकले जगेडा उपकरणसमेत कुल पुँजीको १ प्रतिशतभन्दा बढी नराख्न निर्देशन दिएको छ।
सौर्यऊर्जा योजनासँगै चुहावट नियन्त्रणको कामसमेत प्राधिकरणले सँगै अगाडि बढाउनुपर्ने मरासिनीले बताए। 'अर्थ मन्त्रालयसँगको छलफल सकिएको छ। अब विश्व बैंकको बोर्डले पास गरिसकेपछि ऋण सम्झौता हुनेछ,' उनले भने। बैंकले सरकारलाई वार्षिक एक प्रतिशत ब्याजदरमा ऋण दिने मन्त्रालयले जानकारी दिएको छ।
सरकारलाई एक प्रतिशतमा प्राप्त हुने उक्त ऋण एक प्रतिशत सेवा शुल्क लिएर प्राधिकरणलाई दिइने ऊर्जा मन्त्रालयका सिडिई राजु महर्जनले बताए। अमेरिकी डलरमा उतारचढाव आउँदा हुने जोखिम भने प्राधिकरणले नै लिनुपर्छ। अर्थ मन्त्रालयले यसअघि दाताबाट आउने ऋण बिनाजोखिम पाँचदेखि आठ प्रतिशतसम्मको ब्याजमा प्राधिकरणलाई दिने गर्थ्यो।
प्राधिकरणले संस्थाको नाममा दाताबाट ऋण तथा अनुदान सहयोगमा सरकारले उच्च दरको ब्याज लिएको भन्दै गुनासो गरेपछि पछिल्लो समय मन्त्रालयले सेवाशुल्क मात्रै लिएर प्राधिकरणलाई यस्तो रकम दिने गरेको छ। विश्व बैंकबाट उपलब्ध ऋण सहयोगबाट प्राधिकरणले इपिसी कन्ट्र्याक्ट (निर्माण, उपकरण आयात र जडान) अनुसार गर्नुपर्ने प्रावधान राखिएको छ।