काठमाडौं- मन्त्रालयसँगका पटके काम र छरिएका कार्यक्रम परिचालन एवं अनुगमनको पुरानो ढर्रा फेर्दै आर्थिक विकासलाई बढी परिणामुखी बनाउन राष्ट्रिय योजना आयोगको पुनःसंरचना गरिने भएको छ।राज्य संघीय संरचनामा गइसकेकाले विकास–निर्माणमा सोहीअनुरुप परिवर्तन आवश्यक देखिएको भन्दै सरकारले आयोगलाई नीतिगत र संरचनागत पुनःसरचना गरी समयसापेक्ष बनाउन लागेको हो।
साना तथा खुद्रे कार्यक्रममा समेत संलग्न भइरहेको आयोगले अब यो जिम्मेवारी सरोकारवाला मन्त्रालय तथा स्थानीय निकायमा हस्तान्तरण गर्ने आयोग सदस्य स्वर्णिम वाग्लेले जानकारी दिए।
'विकास–निर्माण सबै राज्यको अधीनमा हुनुपर्छ भन्ने राणाकालीन मानसिकता अब परिवर्तन हुनुपर्छ,' वाग्लेले शनिबार नागरिकसँग भने, 'आर्थिक विकासका लागि राज्यका विविध अंगमा उत्तरदायित्वबोध हुने गरी जिम्मेवारी बाँडफाँट हुनुपर्छ, यसले मात्र विकासको नतिजा दिन्छ।'
आयोगले अब आफ्नो काम दिगो एवं नतिजामुखी अनुगमन तथा मूल्यांकनमा केन्द्रित गर्ने पनि उनले बताए। 'विकास–निर्माणमा सहभागी निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीतिगत व्यवस्था गर्दै आयोगले रणनीतिक रुपमा काम गर्नेछ,' उनले जानकारी दिए, 'राष्ट्रिय योजना आयोगको नाम परिवर्तन गरी 'राष्ट्रिय नीति तथा योजना आयोग' राखिनेछ।'
भदौ २९ गते बसेको आयोग सञ्चालक समिति बैठकले आयोग सदस्य गोविन्द नेपालको संयोजकत्वमा पुनःसंरचनाका लागि ७ सदस्यीय कार्यदल गठन गरेको थियो। कार्यदललाई ४ महिनाभित्र यस क्षेत्रको अध्ययन, अनुसन्धान र अन्तर्त्रि्कयाका आधारमा आयोगसमक्ष प्रतिवेदन बुझाउन निर्देशन दिइएको थियो।
त्यहीअनुसार कार्यदलले अघिल्लो साता प्रारम्भिक प्रतिवेदन तथा अवधारणापत्र बुझाएको संयोजक नेपालले जानकारी दिए।
कार्यदलमा प्रेमप्रसाद दंगाल, यज्ञबहादुर कार्की, स्वर्णिम वाग्ले, आयोग सचिव शारदाप्रसाद त्रिताल, सहसचिवद्वय लालशंकर घिमिरे र तीर्थप्रसाद ढकाल सदस्य छन्। एक महिनाभित्र सर्वसाधारणको सुझाव समेटेर अन्तिम प्रतिवेदन बुझाइने नेपालले जनाए। 'पुनःसंरचनापछि आयोगले योजना कार्यान्वयनभन्दा मूल्यांकन, अनुगमन र अनुसन्धानमा जोड दिनेछ,' उनले भने।
गठन तथा सञ्चालन आदेशको भरमा सञ्चालन हुँदै आएको आयोगले हालसम्म विकास–निर्माण तथा कार्यक्रम परिचालन र अनुगमन समग्रमा हेर्दै आएको छ। २०६७ को गठन आदेशअनुसार वार्षिक बजेटमा छलफल, अर्थ मन्त्रालयसँग समन्वय, कार्यक्रम स्वीकृति र कार्यक्रम परिचालनभित्र १९ वटा जिम्मेवारी दिइएको सदस्य वाग्लेले जनाए।
'यो संरचनाले अब काम गर्न सक्दैन, सरकारबाहिर रहेको दुई तिहाइ निजी क्षेत्रलाई समेत विकास निर्माणमा सहभागी गर्ने नीति बन्नुपर्छ,' उनले भने, 'यही अवधारणामा आयोगको पुनःसंरचना हुन लागेको हो।'
मन्त्रालयले चार/चार महिनामा प्रगति समीक्षा तथा कार्यक्रम स्वीकृत गर्नुपर्ने झन्झट नयाँ संरचनामा रहनेछैन। यसले मन्त्रालयलाई प्रगतिमा ध्यान दिन र आयोगलाई अनुसन्धानका काम गर्न सहयोग पुग्ने उनले बताए।
तोकिएका कामको समसामयिक परिवर्तन गर्दै मुख्यतः अनुसन्धानमा आधारित नीतिनिर्माण, योजना तर्जुमा, अनुगमन तथा मूल्यांकन र सरकारको 'थिंक ट्यांक' का रुपमा काम गर्ने गरी छुट्याएर सोहीअनुसार आयोगको कार्यक्षेत्र र जिम्मेवारी तोकिएको छ। हालको आयोगले समग्र आर्थिक र सामाजिक विकासका क्षेत्रगत कामसमेत हेर्दै आएको छ।
वर्तमान संरचना अस्थायी र दिगो नभएकाले पनि विकासमा परिणाम नदेखिएको बताउँदै नेपालले भने, 'सरकार फेरिँदैपिच्छे राजनीतिक आस्थाका आधारमा आयोग पदाधिकारी फेरिने परम्परा अन्त्य हुनेछ। उनका अनुसार आयोग पदाधिकारीको कार्यावधि नयाँ संरचनामा कानुनमै ५ वर्ष तोकिनेछ। यसो गर्दा विकास–निर्माणको नतिजा देखिने उनले प्रस्ट्याए।
मन्त्रालयसँग अब बजेटबारे साना छलफल छाडेर नीतिगत समन्वयमा जोड दिइनेछ। यसो हुँदा आर्थिक विकासमा मात्र नभई नियमित काममा समेत आयोगले फड्को मार्ने वाग्लेको भनाइ छ। सरकारको परिणाममुखी सल्लाहकारका रुपमा विकास गरी आयोगलाई चुस्त बनाउन लागिएको सदस्यहरु बताउँछन्।
आयोग पुनःसंरचनापछि पनि प्रधानमन्त्री अध्यक्ष रहने व्यस्था कायम रहनेछ भने उपाध्यक्ष मन्त्री र सदस्यहरु राज्यमन्त्रीसरह हुनेछन्। हालको संरचनामा उपाध्यक्ष राज्यमन्त्री सरह मात्र हुने व्यवस्था छ। आयोगको काम र जिम्मेवारी प्रभावकारी बनाउन सञ्चालक समितिको संख्या ९ बाट घटाएर ७ कायम गरिने नेपालले जानकारी दिए।
योजना आयोग सिंगो राष्ट्रको विकास–निर्माण, नीति तथा कार्यक्रम तर्जुमा र योजना परिचालनको सर्वोच्च निकाय हो। राष्ट्रप्रमुखले यसको नेतृत्व गर्दै आए पनि विकास–निर्माणमा ठोस परिवर्तन नदेखिएको औंल्याउँदै विकाससँग सम्बन्धित काममा जोड दिनुपर्ने प्ररम्भिक प्रतिवेदमा उल्लेख छ। २०२५ पछि गठन तथा कार्यादेशमा सामान्य हेरफेर हुने गरे पनि परिणाममुखी काम नदेखिएको कार्यदलका सदस्यको तर्क छ।
राज्य संघीय ढाँचामा जाँदा अहिलेकै संरचनाले काम नगर्ने र सर्वसाधारणको चाहनाअनुसार विकासमा क्षेत्रीय सन्तुलन मिलाउन पनि पुनःसंरचना खाँचो देखिएको आयोग सहसचिव घिमिरेले बताए।
विकास–निर्माणमा स्रोत जुटाउने र परिचालन गर्ने प्रभावकारी प्रणाली बसाउन आयोगलाई जिम्मेवार बनाइने प्रतिवेदनमा उल्लेख छ। अनुसन्धान र दिगो नीति तर्जुमाका काम समेटेर आयोगले वार्षिक एउटा प्रतिवेदन व्यवस्थापिका संसदमा प्रस्तुत गर्नुपर्ने नयाँ व्यस्थासमेत राखिनेछ।
२०६७ को गठन आदेशका आधारमा सञ्चालन भएकाले तत्काल यसलाई खारेज गरी नयाँ गठन आदेशद्वारा प्रतिवेदन कार्यान्वयन गरिनेछ। नेपालका अनुसार प्रतिवेदनको दिगो कार्यान्वयन गर्न 'राष्ट्रिय नीति अनुसन्धान तथा योजना आयोग ऐन' बनाइनेछ।
नयाँ संरचनामा ७ पदाधिकारीबाहेक थप ७ आमन्त्रित सदस्य रहने व्यवस्था गरिएको छ। जसअनुसार राज्य संघीयतामा जाँदा तोकिएको प्रादेशिक नीति तथा योजना आयोग प्रमुख, नेपाल राष्ट्र बैंकका गभर्नर, मुख्य सचिव, नेपाल वित्त आयोग सदस्य, अर्थ मन्त्रालयका सचिव, महालेखा नियन्त्रक पदेन सदस्य र आयोगका सचिव सदस्यसचिव रहनेछन्।
पदेनबाहेक आयोग आयोग सदस्य हुन विकासका कुनै विधामा विद्यावारिधि गरेको हुनुपर्नेछ। यसमा ३३ प्रतिशत महिला सहभागितालाई अनिवार्य बनाइएको छ। यस्तै, सदस्य हुन इच्छुक व्यक्तिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा विकास विषयका काममा १५ वर्षको अनुभव हुनुपर्ने व्यवस्था पनि प्रतिवेदनमा गरिएको छ।