काठमाडौं- नेपालको उड्डयन क्षेत्रले युरोपेली आयोगको कालोसूचीबाट बाहिर निस्किन एक वर्षदेखि गरेको प्रयास असफल भएको छ। युरोपेली आयोगले युरोपेली युनियन (इयू) भित्रका देशमा उडान सञ्चालन गर्न निषेध गरिएको 'ईयु हवाई सुरक्षा सूची' अद्यावधिक गर्दै नेपालको कालोसूचीलाई निरन्तरता दिएको हो। यसले गर्दा नेपालका कुनै पनि वायुसेवा कम्पनीले युरोप आउन र इयूभित्र उडान गर्न पाउँदैनन्।'इयू हवाई सुरक्षा सूचीमा रहेका चारवटा बाहेक अन्य देशका उड्डयन क्षेत्र र वायुसेवा कम्पनीले उड्डयन क्षेत्रमा गरेको सुधार सन्तोषजनक देखिएन,' युरोपेली आयोगले जारी गरेको विज्ञप्तिमा इयूको यातायात हेर्ने प्रमुख भायोलेटा बल्कको भनाइ छ, 'त्यसकारण पछिल्लो पटकको कालोसूचीलाई निरन्तरता दिइएको छ।'
आयोगले इयू हवाई सुरक्षा समितिको मंसिर ९ र १० मा बसेको बैठकबाट प्राप्त निर्णयलाई आधार गर्दै कालोसूचीलाई निरन्तरता दिएको जनाएको छ। उक्त समितिको निर्णयलाई युरोपेली संसद र मन्त्रिपरिषदबाट पनि सकारात्मक प्रतिक्रिया प्राप्त भएको उल्लेख गरेको छ।
कालोसूचीमा पर्ने वायुसेवा कम्पनीहरूले अन्तर्राष्ट्रिय उड्डयन सुरक्षा मापदण्डको सम्मान गर्न असमर्थ रहेको तथा नागरिक उड्डयन प्राधिकरणहरूले अपेक्षाअनुसार अन्तर्राष्ट्रिय उड्डयन सुरक्षा नियम पालना गराउन नसकेपछि कालोसूचीलाई निरन्तरता दिइएको युरोपेली आयोगले उल्लेख गरेको छ।
युरोपको कालोसूचीमा परेपछि मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नागरिक उड्डयन प्राधिकरणले त्यसबाट उम्किन उड्डयन क्षेत्र सुधारिएको सम्बन्धी आवश्यक सम्पूर्ण कागजात गत भदौ २६ मा युरोपेली आयोगमा पठाएको थियो।
प्राधिकरणले पाँच विषयलाई केन्द्रमा राखेर युरोपेली आयोगलाई कागजात पठाएको थियो। अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को 'युनिभर्सल सेफ्टी अडिट प्रोग्राम' (युसप–२००९) र 'आइकाओ भ्यालिडेटेड कोअर्डिनेसन मिसन' (आइसिभिएम) अनुसार भएका सुधार, वायुसेवा सञ्चालन तथा अनुमति प्रमाणपत्र (एओसी) को पुनर्वैधानिकीकरण, एओसीको अवस्था तथा जहाज दुर्घटना छानविन आयोगले दिएका सुझाव र तिनको कार्यान्वयनको अवस्था समेटेर कागजात पठाएको थियो।
'नियमित उडान गरिरहेका सबै वायुसेवा कम्पनी तथा हेलिकोप्टर सेवा प्रदायक कम्पनीले उपलब्ध गराएका कागजात हेर्दा युरोपको कालोसूचीबाट निस्कन सकिन्छ कि भन्ने आशा छ,' कागजात पठाएलगत्तै उड्डयन प्राधिकरणका महानिर्देशक रतिशचन्द्रलाल सुमनले त्यसबेला नागरिकसँग भनेका थिए, 'तर, यो सबै आयोगमाथि निर्भर छ।'
महानिर्देशक सुमनले त्यसबेला जे भनेका थिए, अहिले ठ्याक्कै त्यही भएको छ। युरोपेली आयोगले नेपालको उड्डयन क्षेत्र (वायुसेवा कम्पनीसहित) को कालोसूचीलाई यथावत राखेको छ। यसबाट नेपालमा दर्ता भएका कुनै पनि वायुसेवाले युरोपको आकासमा उडान गर्न नपाउने प्रतिबन्धले निरन्तरता पाएको छ।
प्राधिकरणका अनुसार आयोगमा चार तरिकाबाट काम अगाडि बढेको थियो। सबैभन्दा पहिला सम्पूर्ण कागजात पेस गरिएको थियो। त्यसपछि गत असोज दोस्रो साता प्राधिकरण र आयोगका अधिकारीबीच उड्डयन सुरक्षाबारे 'भिडियो कन्फरेन्स' भएको थियो। त्यसपछि बेल्जियमको ब्रसेल्समा उड्डयन सुरक्षासम्बन्धी बैठक भएको थियो।
कालोसूची प्रकरणपछि प्राधिकरण उडान सुरक्षामा थप गम्भिर हुँदै आएको थियो। सबै वायुसेवालाई उडान सुरक्षा सुधार गरी कागजात पेस गर्न प्राधिकरणले निर्देशन दिएको थियो। उनीहरूको एओसी पनि सीमित अवधिका लागि मात्र नवीकरण गरिएको छ। युरोपको कालोसूचीपछि वायुसेवाहरू पनि सुरक्षा सुधार्न बाध्य थिए।
युरोपेली आयोगले २०७० मंसिर २० गते नेपालका सम्पूर्ण वायुसेवा कम्पनीलाई (इयूअन्तर्गतका मुलुकमा उडान गर्न निषेध गरेको थियो। त्यतिमात्र नभई आयोगले युरोपेली नागरिकलाई नेपालमा दर्ता भएका जहाजमा यात्रा नगर्नसमेत आग्रह गरेको थियो। नेपालको उड्डयन इतिहासमै पहिलो पटक यति ठूलो घटना भएको हो।
विभिन्न स्रोतबाट प्राप्त नेपालको उड्डयन सुरक्षासम्बन्धी जानकारी तथा नेपाल नागरिक उड्डयन प्राधिकरणका उच्च अधिकारी एवं नेपाली वायुसेवा कम्पनीका अधिकारीको भनाइ सुनेपछि आयोगले त्यसबेला ईयु हवाई सुरक्षा सूचीमा नेपाली वायुसेवालाई राखेको थियो।
नेपाली उड्डयन विज्ञहरूले भने युरोपेली आयोगले हवाई सुरक्षा भन्दै नेपाली वायुसेवालाई निषेध गरे पनि यसको भित्री कारण भने 'चीनमा निर्मित ५८ सिटयुक्त 'मोडर्न आर्क' (एमए-६०) सिरिजका जहाजलाई नेपालमा उडानयोग्य प्रमाणपत्र (टाइप सर्टिफिकेट) दिइनु' भएको बताएका थिए। युरोप र अमेरिकाले यो जहाजलाई हालसम्म पनि उडानयोग्य प्रमाणपत्र दिएका छैनन्। यस्ता जहाजका उडान सुरक्षा कमजोर रहेको युरोपली आयोग र इयूको ठहर छ।
नेपाली टोलीले २०७० मंसिर ४ मा नेपालको उड्डयन सुरक्षा अवस्था र एमए-६० जहाजबारे युरोपेली आयोगको उड्डयन सुरक्षा समितिलाई ४० मिनेटसम्म जवाफ दिएका थिए। उड्डयन सुरक्षाभन्दा चिनियाँ एमए-६० जहाजलाई उडानयोग्य प्रमाणपत्र दिइएको विषयलाई आयोगले गम्भीरताका साथ लिएको थियो। त्यसपछि आयोगले ६ महिनामा सबै सुधार गर्न निर्देशन दिएपछि ढुक्क भएर आएका नेपाली अधिकारीले अकस्मात निषेध गरिएको खबर पाएका थिए।
त्यसैगरी लगत्तै माघ १८ मा युरोपेली आयोको ६ सदस्यीय टोली नेपाल आएर एक सातासम्म प्राधिकरण र ६ वटा वायुसेवा कम्पनीको उडान सुरक्षालगायत विषयको स्थलगत निरीक्षण गरेको थियो। टोलीले प्राधिकरण तथा नेपाल वायुसेवा निगम, बुद्ध एयर, यती एयरलाइन्स, तारा एयर, सीता एयर, श्री एयरलाइन्सको अवस्था जाँच गरेको थियो। टोलीले ती वायुसेवाको उडान सुरक्षा व्यवस्थापन प्रणाली, जोखिम विश्लेषण, पहिचान र न्यूनीकरणबारे जाँच गरेको थियो। 'युरोपको कालोसूचीबाट हट्ने वा नहट्ने कुनै छनक' नदिई माघ २५ मा उक्त टोली फिर्ता गएको थियो।
'युरोपको निषेध सूचीमा पर्नु भनेको नाकाबन्दीजस्तै हो। अब विस्तारै उताबाट आउने सहयोग कम हुँदै जान्छ र कालान्तरमा बन्दै हुनसक्छ,' एक हवाई विज्ञले भने, 'केहीले यो विषयलाई हामी युरोप जाने होइन निषेध गरेर के भो त भन्दै हल्का रूपमा लिए पनि यसबाट दीर्घकालसम्म गम्भीर असर परिरहन्छ।'
उड्डयन सुरक्षामा ध्यान नदिएका २१ देशका ३ सय ८ वायुसेवा कम्पनीलाई युरोपेली आयोग र इयूले आफ्नो आकासमा उड्न प्रतिबन्ध लगाएका छन्। यसमा नेपालसँगै अफगानिस्तान, अंगोला, कंगो, गिनिया, इरिटि्रया, गाबोन, इन्डोनेसिया, काजकस्तान, किर्गिस्तान, लाइबेरिया, मोजाम्बिक, फिलिपिन्स, सियरा लियोन, सडान, स्वाजिल्यान्ड, जाम्बियालगायत देशको कालोसूचीले निरन्तरता पाएका छन् भने यसपालि अफ्रिकी राष्ट्र लिबिया पहिलो पटक कालोसूचीमा परेको छ।