सिड्नी घटनाबारे नेपाली प्रत्यक्षदर्शी,‘काम छाडेर भागाभाग भयो' (केही दृष्यसहित)
२९ मंसिर २०७१
•
८ मिनेट पाठ
सिड्नी घटनाबारे नेपाली प्रत्यक्षदर्शी,‘काम छाडेर भागाभाग भयो' (केही दृष्यसहित)
काठमाडौं-‘तपाईंहरू अझै यहाँ काम गर्दै हुनुहुन्छ, तल लिन्ड्ट क्याफे आतंकवादीहरूले कब्जामा लिइसके, प्रहरीले यो भवन पूरै खाली गराउँदैछ।'
एक जना अपरिचित व्यक्तिले हड्बडाउँदै यस्तो खबर ल्याएपछि अस्ट्रेलियाको व्यापारिक राजधानी सिड्नीको जिलिया क्याफेमा सनसनी फैलियो। ग्राहकहरू तात्तातो कफी छाडेर हस्याङफस्याङ गर्दै बाहिर निस्किए। कामदार पनि काम बीचैमा छाडेर लिफ्ट झर्न थाले।
तिनैमध्ये एक थिए बर्दिया, गुलरियाका भावेश अधिकारी।sidny7

सोमबार दिउँसो एक जना बन्दुकधारीले सिड्नीको लिन्ड्ट क्याफेका कामदार तथा ग्राहकलाई बन्धक बनाउँदा भावेश त्यही भवनको छैठौं तलास्थित जिलिया क्याफेमा काम गरिरहेका थिए।
मार्टिन प्लेसस्थित अति व्यस्त व्यापारिक केन्द्र ‘सेन्ट्रल बिजनेस डिस्ट्रिक्ट' (सिबिडी) को त्यो भवनमा एउटै छानामुनि रेल्वे स्टेसन, लिन्ड्ट क्याफे, जिलिया क्याफे लगायत थुप्रै रेस्टुरेन्ट तथा अफिस छन्। भावेश सधैंझैं स्थानीय समयअनुसार बिहान ८ बजे क्याफे पुग्दा ग्राहक भरिभराउ थिए। उनी अरू कामदारसँग मिसिएर काममा व्यस्त भइहाले।

sidny3
करिब साढे तीन घन्टापछि साढे ११ बजेतिर अपरिचित व्यक्तिले ल्याएको ‘आतंकवादी हमला' को खबरले क्याफेमा हलचल मच्चियो। बन्दुकधारीले रेस्टुरेन्टका एक–दुई जनालाई मारिसकेको हुनसक्छ भन्ने अपुष्ट सनसनी फैलियो। यो सुनेर त सबका ओठतालु सुके। के गर्ने, कसो गर्ने... कसैले, केही सोच्नै सकेनन्।
‘हामी खबर सुन्नेबित्तिकै काम बीचमै छाडेर क्याफेका सबै ढोका बन्द गरी तल झर्यौं्,' सिड्नी क्याफे कब्जा घटनाका प्रत्यक्षदर्शी भावेशले सोमबार टेलिफोनमा नागरिकसँग भने, ‘अगाडिको बाटो तल झर्दा खतरा हुन सक्थ्यो, त्यसैले हामीले पछाडिको बाटो समात्यौं।'

sidny5
उनका अनुसार त्यसबेला ‘सुरक्षा कारणले' भवनका तल्ला ढोका सबै बन्द गरिएका रहेछन्। धन्न! सुरक्षा गार्ड त्यहीँ थिए। ती गार्डले हत्तपत्त ढोका खोलिदिए। उनीहरू सबै सडकबाहिर निस्किए।
‘हामी बाहिर निस्कँदा सडकमा पूरै खल्बली मच्चिइसकेको रहेछ,' उनले भने, ‘रेस्टुरेन्ट भएको भवन मात्र होइन, प्रहरीले वरपरका अरू भवनबाट पनि धमाधम मान्छे बाहिर निकालिरहेका रहेछन्। वरपरका सबै पसल बन्द भइसकेका रहेछन्। सुरक्षाकर्मीहरू चिच्याउँदै मान्छेलाई झ्यालतिर नआउन सूचित गरिरहेका थिए।'

sidny
भावेशले देखे, बाहिर सडकमा लिन्ड्ट क्याफे वरपर सुरक्षा सतर्कताको निम्ति पहेँलो डोरी बाँधिएको थियो। प्रहरी एक घेरा बनाएर उभिएका थिए। कालो कपडा लगाएका कमान्डो प्रहरी भवन वरिपरि यताउति दौडिरहेका थिए। हेलिकप्टरले लगातार भवनको फन्का मारिरहेको थियो। ठूलो संख्यामा टेलिभिजन र पत्रपत्रिकाका पत्रकार क्यामरा तेर्स्याएर बाहिर उभिएका थिए। सर्वसाधारणको बाक्लो भिड जम्मा भइसकेको थियो। धेरैले आ–आफ्नो मोबाइल क्यामरा लिन्ड्ट क्याफेतर्फ सोझ्याएर राखेका थिए। 
‘तल झर्दासम्म त्यो भवनमा वास्तवमा के भएको थियो भन्ने हामीलाई थाहा थिएन। हामी कुद्दै तल आइपुग्दा ठूलो संख्यामा प्रहरी र सञ्चारकर्मीको उपस्थिति थियो। पत्रकार मात्र होइन, सर्वसाधरण पनि हाम्रो फोटो खिचिरहेका थिए,' भावेशले भने, ‘सबैले हामीलाई तपाईं कुन तलामा हुनुहुन्थ्यो, माथि के भइरहेको छ, कसरी तल झर्नुभयो भनेर सोधिरहेका थिए।'
भावेशले बाहिर निस्केपछि मात्र थाहा पाए, लिन्ड्ट क्याफेमा बन्दुकधारी छिरेर त्यहाँ कार्यरत कामदार र ग्राहकलाई बन्धक बनाएका रहेछन्। उनी कार्यरत क्याफेबाट हिँडेर लिन्ड्ट पुग्न बढीमा दुई मिनेट मात्र लाग्छ। उनी त्यसैको ढोका नाघेर बिहान ८ बजे आफ्नो कार्यस्थल पुगेका थिए। यो घटना भने बिहान ९ः४५ बजेको थियो।

sidny6
घटनाको ६ घन्टापछि लिन्ड्ट क्याफेमा बन्धक बनेका दुई महिलासहित पाँच जना बन्धकको कब्जाबाट उम्केर बाहिर आएका थिए। कब्जाबाट उम्किन सफल पाँचमध्ये तीन जना त्यही क्याफेमा कार्यरत वेटर थिए भने दुई जना ग्राहक। घटना हुँदा क्याफेभित्र १० जना कामदार र ३० जना ग्राहक हुनसक्ने अनुमान गरिएको थियो। बन्दुकधारीले झ्यालबाट कालो इस्लामिक झन्डा देखाएका थिए। 
घटनालगत्तै प्रहरीले वरपरका सडक सिल गर्दै वरपरका कार्यालय तथा क्याफे बन्द गरेको थियो। भावेश काम गर्ने जिलिया क्याफेमा मंगलबार छुट्टी दिइएको छ। प्रहरीले पनि वरपर चार किल्ला तोकी त्यसभित्रका कार्यालय, क्याफे मंगलबार बन्द गर्न भनेको छ। ओपेरा हाउस पनि खाली गरेको छ।

sidny64

आतंकवादीहरूले मार्टिन प्लेस रेल स्टेसनलाई केही समयदेखि ‘टार्गेट' गर्दै विभिन्न माध्यममार्फत धम्की दिँदै आएका थिए। यो रेल स्टेसन त्यही भवनमा छ, जहाँ सोमबार बन्दुकधारीले क्याफेभित्र थुप्रैलाई बन्धक बनाएका थिए। घटना भएको भवनको सामुन्ने च्यानल सेभेनको कार्यालय छ भने अर्कोतर्फ रिजर्भ बैंक अफ अस्ट्रेलियाको कार्यालय छ। नजिकै न्यु साउथ वेल्सको संसद भवनसमेत छ। केही दिनअघि सिड्नीमै इस्लामिक समूह आइएसआईएससँग सम्बद्ध एक युवकले प्रहरीमाथि छुरा प्रहरा गरेका थिए। 
अस्ट्रेलियामा ७० हजार नेपाली रहेको अनुमान छ। तीमध्ये सबैभन्दा बढी सिड्नीमै ३० हजार हाराहारी छन्।

तस्बिरहरु : एपी, रोयटर्स
अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।

प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस