काठमाडैं-बन्द अवस्थतामा रहेका आठवटा सार्वजनिक संस्थानलाई सर्त सहित निजिकरण गर्न उद्योग मन्त्रालय सहमत भएको छ। नेपाल सरकारको कम्तीमा ४९ प्रतिशत सेयर हुनेगरी व्यवस्थापन करारमा दिएर उद्योग संचालन गर्न मन्त्रालयले प्रकृया अगाडी बढाएको हो।केही दिन अघि बन्द रहेका आठ संस्थान संचालन गर्नको लागि उद्योगले अर्थ मन्त्रालयमा प्रस्ताव पेस गरेको थियो। प्रस्ताव पेस गरेका संस्थान संचालन गर्नको लागि ‘व्यवस्थापन भाड'मा दिएर चलाउने प्रकृयामा अगाडी बढाएको उद्योग मन्त्री महेश बस्नेतले बताए।
नेपाल ओरिएन्ट म्याग्नेसाइट, नेपाल मेटल कम्पनी, बुटवल धागो कारखाना, जनकपुर चुरोट कारखाना, वीरगन्ज चिनी कारखाना, कृषि औजार कारखाना, हेटौंडा कपडा उद्योग र गोरखकाली रबर उद्योगलाई सर्त सहित निजीकरण गरेर संचालन गर्ने प्रकृया अगाडी बढेको हो।
अर्थ मन्त्रालयमा प्रस्ताव पेस भएपछि अर्थ मन्त्री अध्यक्ष रहेको सार्वजकि निजिकरण समितीले ‘विस्तृत रुप'मा प्रस्ताव पेस गर्न भनेको मन्त्री बस्नेतले बताए। उनका अनुसार समितिले कुन संस्थानको कस्तो अवस्था र कुन अवधारणमा जान चाहन्छ त्यसलाई विस्तृत पेस गर्न समितिले भनेको छ।
साथै समितिले गोरखकाली रबर उद्योगलाई पनि प्रस्तावमा सामेल गर्न भनेको मन्त्री बस्नेतले जानकारी गराए। गोरखकाली रबर उद्योग सहित सात संस्थानलाई करार व्यवस्थापन र नेपाल औषधिलाई सरकारले नै संचालन गर्ने प्रकृया अगाडी बढेको छ।
‘समितिको अनुरोध अनुसार हप्ता दिनभित्रै विस्तृत प्रस्तास्ताव पेस गर्छौं,' मन्त्रालयका सह सचिव महेश्वर न्यौपानेले भने, ‘अहिलेसम्म ३ वटा संस्थानको विवरण संकलन गरिसकेका छौं। बाँकी पनि छिट्टै गर्छौं।' नेपाल औषधी, नेपाल मेटक कम्पनी र नेपाल ओरिण्ड म्याग्नेसाइटसँग छलफल र विवरण संकलन भइसकेको छ।
नेपाल औषधीलाई सरकारले नै संचालन गर्ने र नेपाल मेटल र नेपाल ओरिण्ड म्याग्नेसाइटलाई सर्वसाधरण र व्यवसायीलाई सेयर दिने गरि प्रकृया अगाडी बढेको न्यौपानेले बताए। प्रारम्भिक छलफल अनुसार नेपाल मेटलमा ४९ प्रतिशत र ओरेण्ड म्याग्नेसाइटमा ५१ प्रतिशत सेयर सर्वसाधरण, व्यवसायीलाई दिने प्रकृया अगाडी बढेको छ। अन्य उद्योगलाई पनि आन्तरिक छलफल र निजी क्षेत्रको सहमतीमा प्रकृया अगाडी बढाइने उनले जानकारी दिए।
नेपाल औषधी लिमिटेडलाई भने सरकारले नै संचालन गर्नु पर्ने मन्त्री बस्नेतले बताए। २२९ जना कर्मचारी भएको र ति कर्मचारीलाई अवकास दिन पनि ३३ करोड खर्च लाग्ने भएकाले सरकारले नै संचालन गर्ने गरी प्रकृया अगाडी बढाइएको मन्त्री बस्नेतले बताए। यसको लागि अर्थ, उद्योग मन्त्रालय र नेपाल औषधी लिमिटेडबीच आवश्यक छलफल गरेर बगाडी बढ्ने बताए।
बन्द संस्थान चलाउन लामो समयदेखि छलफल र अन्तर्क्रिया हुँदै आएको छ। निजीकरण गर्ने, भाडामा दिने, सरकारले नै चलाउने, सार्वजनिक–निजी साझेदारी, व्यवस्थापन करार अथवा बन्द गर्ने लगायत मोडलमा छलफल हुँदै आए पनि सहती हुन सकेको थिएन्।
केही संस्थान चलाउन निजी क्षेत्रले पनि चासो देखादै आएका छन्। म्याग्नेसाइट, वीरगन्ज चिनी, बुटवल धागोलगायत संस्थान चलाउन निजी क्षेत्रका व्यवसायीले प्रस्तावसमेत हालेका थिए। ती संस्थान चलाउन विभिन्न अध्ययन प्रतिवेदनले पनि सुझाए पनि उपयुक्त निर्णय अहिलेसम्म भएको छैन। विभिन्न मोडलबारे छलफल भए पनि भाडा र व्यवस्थापन करारमा अर्थले सकारात्मक संकेत दिएपछि उद्योग मन्त्रालय अगाडी बढेको हो।
मुलुकमा हाल ३६ सरकारी संस्थान छन्। अधिकांश घाटामा र धेरैजसो बन्द हुने अवस्थामा छन्। चलिरहेका संस्थानमा २१ घाटामा र १५ नाफामा छन्। हरेक वर्ष सार्वजनिक संस्थान घाटामा जाने क्रम बढ्दो छ।
कार्यकर्ता र आफन्त भर्तिकेन्द्रका रुपमा चिनिएका सार्वजनिक संस्थान सुधार्न सरकारले प्रयास गरे पनि यसमा सफलता पाएको छैन। केही संस्थान निजीकरण गरेर सुधार्ने प्रयास गरिए पनि सफल भएन। राष्ट्रिय बिमा संस्थान, उदयपुर सिमेन्ट कारखाना र नेपाल ओरिएन्ट एन्ड म्याग्नेसाइट लिमिटेडले आठ वर्षदेखि लेखापरीक्षण गरेका छैनन्। सार्वजनिक संस्थानमध्ये राष्ट्रिय वाणिज्य बैंक, दूरसञ्चार संस्थान (नेपाल टेलिकम), विद्युत प्राधिकरण अगाडि छन्। यिनीहरूमा पनि सुधार गर्नुपर्ने विज्ञहरू बताउँछन्।