काठमाडौं-दैनिक १५ सय कामदार कामको खोजीमा बिदेसिन्छन्।
दैनिक औसत तीनवटा नेपालीको शव विदेशबाट आउँछ।
गत वर्ष पाँच खर्ब ४३ अर्ब रुपैयाँ विप्रेषण भित्रिएको छ।यी तथ्यांक क्रमशः वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार प्रवर्द्धन बोर्ड र नेपाल राष्ट्र बैंकका हुन्। स्वदेशमा काम नपाएर बिदेसिने नेपालीले रगत र पसिना साटेर कमाइ गरे पनि उनीहरुको हक, अधिकार सुरक्षित छैन। दैनिक १५ सय नागरिक कामको खोजीमा बिदेसिने गरेको नेपालले तिनका लागि सुरक्षित आप्रवासन नीतिमा समेत जोड दिएको छैन।
नेपालीका लागि खुल्ला गरिएको एक सय १० देशमध्ये सरकारले पाँचवटासँग मात्र श्रम सम्झौता गरेको छ। मुख्य गन्तव्य मलेसिया, साउदी अरब, कुवेतसँगै श्रम सम्झौता नहुँदा कामदारको हक र अधिकार सुनिश्चित हुन सकेको छैन।
आज (बिहीबार) ‘सुरक्षित आप्रवासनको आवश्यकता : हामी सबैको प्रतिबद्धता' नारासाथ २४ औं अन्तर्राष्ट्रिय आप्रवासन दिवस मनाइँदै छ। तर सरकारले आफ्ना नागरिक पुगेका मुलुकमा श्रम सहचारी नराख्दा र श्रम सम्झौता नगर्दा तिनले तलब, सुविधा नपाउने र श्रम शोषणमा परिरहेका छन्। स्वदेशमै एजेन्ट र म्यानपावर कम्पनीबाट ठगिने र विदेशमा अलपत्र पर्ने संख्या बढ्दो छ।
बोर्डका अनुसार दैनिक औसत तीन कामदारको शव विदेशबाट आउँछ। विदेशमा नेपाली कामदारको समस्या बढ्दै गए पनि सरकारी स्तरबाट अपेक्षाकृत काम हुन सकेको छैन। कामदारको समस्या सम्बोधन हुन नसकेकै बेला सरकारले जनचेतना जगाउन भन्दै एकहप्ते आप्रवासन दिवस मनाइरहेको छ। १९९० डिसेम्बर १८ मा आप्रवासी कामदारको हितका पक्षमा संयुक्त राष्ट्रसंघले महासन्धि पारित गरी २००३ जुलाई १ मा लागू गरेको थियो। नेपालले सन २००६ देखि यो दिवस मनाउँदै आएको छ। नेपालले महासन्धि हस्ताक्षर भने गरेको छैन।
नेपालमा वार्षिक चार लाख ५० हजारभन्दा बढी युवा श्रम बजारमा प्रवेश गर्छन्। वैदेशिक रोजगार विभागको आर्थिक वर्ष २०५०/२०५१ देखि २०७०/२०७१ सम्मको तथ्यांकले श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ३४ लाख ४७ हजार ५६ पुगेको देखाउँछ। भारत र बिनाअभिलेख बिदेसिनेको संख्या पनि उत्तिकै रहेको अनुमान छ।
नेपालले महासन्धिमा हस्ताक्षर नगर्नाले विदेशमा नेपाली कामदार सुविधा र अधिकारबाट वञ्चित भएको श्रमविज्ञ गणेश गुरुङ बताउँछन्। उनी भन्छन्, ‘सरकारले आप्रवासनका विषयमा केही कुरा गरे पनि ठूला कुरा गर्न सकेको छैन। कामदारको दृष्टिबाट हेर्दा त झन् कुनै पनि उपलब्धि भएकै छैन।' उनका अनुसार विदेशमा नेपाली कामदारको तलब बढेको छैन। सुविधा थपिएको छैन। विदेश जाने लागत, असुरक्षा र ठगी झन् बढेको छ। विदेशबाट लास आउने ग्राफ पनि उकालो चढेको छ। राहदानीको समस्या आफ्नै ठाउँमा छ। बिदेसिने बढेका छन्। उपलब्धि छैन। समस्या झन् बढेको छ।
‘सरकारले पोहोरको दिवसदेखि यो दिवससम्ममा एउटा नयाँ मुलुकसँग श्रम सम्झौता गर्न सकेन। नीति ल्याएको भन्छ तर त्यसको परिणाम आएको छैन,' उनले भने।
महासन्धिमा हस्ताक्षर नगर्दा अन्तर्राष्ट्रिय मञ्चमा गएर नेपालले सुविधा माग्न सक्दैन। आफ्ना कामदारको लागि हक अधिकारको कुरा गर्न सक्दैन। यो एउटा औजार हो त्यसमा दाबी गर्नुपर्ने हो तर सरकारले हस्ताक्षरका लागि न्यूनतम प्रक्रिया पनि नथालेको उनले बताए। नेपालमा पनि भारतीय कामदार भएकाले सुविधा दिनुपर्ने डरले सरकारले हस्ताक्षर नगरेको उनी बताउँछन्।
महासन्धिले आप्रवासी कामदारको तलबलगायत सेवा, सुविधा, न्यूनतम मानवअधिकार र विदेशी नागरिक भएको कारणबाट आप्रवासीमाथि हुने विभेदलाई ध्यानमा राखेर अधिकारहरूको संरक्षण गरेको छ। यो महासन्धि ४५ मुलुकले अनुमोदन गरिसकेका छन्। गन्तव्य मुलुकमा कामदार पठाउन नेपालसँग प्रतिस्पर्धा गरेका श्रीलंका र बंगलादेशले पनि अनुमोदन गरिसकेका छन्।
श्रम तथा रोजगार मन्त्रालयका सचिव भोलाप्रसाद शिवाकोटीले सुरक्षित आप्रवासनका लागि सरकारले काम गरिरहेको बताए। ‘कानुनी र नीतिगत सुधार भएका छन्। केही नीति संशोधन हुने तयारीमा छन्,' उनले भने, ‘मलेसिया, साउदी अरब, कुवेत लगायतसँग श्रम सम्झौता हुने अन्तिम तयारी छ। केही मुलुकमा श्रम सहचारीको व्यवस्था भएको पनि छ।'
महासन्धिमा हस्ताक्षर गर्ने विषय अध्ययनकै प्रक्रियामा रहेको उनले बताए। ‘हामीले दायित्व पूरा नगरी हस्ताक्षर गर्ने कुरा भएन दायित्व पूरा गर्ने हाम्रो मन्त्रालय र सरकारमात्र होइन अन्य धेरै निकाय छन्। सबैको दायित्व पूरा हुनुपर्छ,' उनले भने।
गत वर्ष पाँच खर्ब ४३ अर्ब रुपैयाँ विप्रेषण भित्रिएको तथ्यांक छ। कुल गार्हस्थ उत्पादनको एक तिहाइ बराबर विप्रेषण आए पनि सरकारले यो क्षेत्रलाई व्यवस्थित बनाउन नसक्दा आप्रवसान क्षेत्र अस्तव्यस्त बनेको सरोकारवाला बताउँछन्।
श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङ कामदारले पठाएको विप्रेषणले स्वास्थ्य, शिक्षा, सामाजिक क्षेत्रमा सकारात्मक प्रभाव पारेको बताउँछन्। ‘केही अंश बचत र लगानी पनि भएको छ। रेमिटेन्सकै कारण गरिबीको दर घटेको छ,' उनले भने। उनले यसको सबल पक्ष भए पनि कामदारको ठगी, सम्झौता अनुसार सुविधाबाट बञ्चित, श्रम तथा यौन शोषण, बिरामी, मृत्यु जस्ता अँध्यारा पक्ष पनि रहेकाले यसलाई हटाउन सरकार लागिपरेको बताए। ‘हामीले यस क्षेत्रमा धेरै ऐन र नियमावली ल्याएर कार्यान्वयन गरेका छौं। अझ सुधारको खाँचो छ,' उनले भने।
वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वनाथ ढकालले वैदेशिक रोजगारलाई सुरक्षित र मर्यादित बनाउन राम्रा प्रयास र काम भएको दाबी गरे। ‘हामीले चारवटा कार्यालय स्थापना गरेर सेवा दिएका छौं। उजुरी र गुनासो सुनेर कारबाही भइरहेको छ। सरकारले घोषणा गर्नुअघि नै १२ घन्टे सेवा दिइरहेका छौं,' उनले भने, ‘एसएमएस मार्फत सुसूचित गराउने काम भएको छ। यो प्रणाली दक्षिण एसियामै उत्कृष्ट भएर हामीलाई पुरस्कृत पनि गर्दैछन्।'
सरकारले विभिन्न निकायसँग मिलेर एक सातादेखि अन्तर्राष्ट्रिय आप्रवासन दिवस मनाइरहेको छ। बिहीबार मूल कार्यक्रम छ। अहिले संसारभर दुई अर्ब ३२ करोड मानिस आप्रवासीको रुपमा छन्। यसमध्ये करिब २५ प्रतिशत एसिया तथा प्रशान्त क्षेत्रमा छन्।