काठमाडौं-सरकारले लगानी बोर्डको क्षेत्राधिकारमा पारेका १४ मध्ये आधा आयोजना निष्क्रिय अवस्थामा छन्। जनशक्ति अभाव र जलविद्युत आयोजनामा मात्र बोर्डको ध्यान केन्द्रित हुँदा आयोाजना अगाडि बढ्न नसकेका हुन्।सरकारले २०६८ सालमा ‘लगानी बोर्ड ऐन' जारी गर्दै जलविद्युतका पाँच सय मेगावाटभन्दा ठूला, पूर्वाधार र अन्य क्षेत्रका सरकारले तोकेका आयोजनाको निर्माण तथा कार्यान्वयन बोर्डमार्फत गर्ने निर्णय गरेको थियो। ऐनअनुसार जलविद्युतका पाँच, होटल, विमानस्थल, सडकलगायतका आयोजना बोर्डले अगाडि बढाउने जिम्मा पाएको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतका काठमाडौं–तराई द्रुत मार्ग, उत्तर–दक्षिण करिडोर, काठमाडौं मेट्रो रेलको कागजी कामसमेत बोर्डले गर्न सकेको छैन। यस्तै पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पर्ने निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरवृद्धि, पोखरामा बनाउने भनिएको पाँचतारे होटल र भौतिक पूर्वाधार विकास बैंक बनाउने योजना पनि त्यत्तिकै थन्किएका छन्।
जलविद्युत आयोजनाजस्तो अन्य आयोजना निर्माण प्रक्रियामा गति दिन नसकिए पनि आन्तरिकरुपमा काम भइरहेको बोर्डका प्रमुख कार्यकारी अधिकृत राधेश पन्तले बताए। ‘काठमाडौं–तराई द्रुतमार्ग बोर्डमा कहिल्यै आएन, केही आयोजना कार्यान्वयन प्रक्रिया सरकारले तोकेको हकमा भन्ने उल्लेख छ,' उनले नागरिकसँग भने, ‘मन्त्रालयले उचित सहयोग नगर्दा पनि आयोजनाको प्रगति हुन सकेको छैन।'
सरकारले ती आयोजना बोर्डको क्षेत्राधिकारभित्र परेको घोषणा गरेलगत्तै सरोकारवाला मन्त्रालयले असहयोग गर्दै आएका छन्। कार्यान्वयन प्रक्रिया सहज बनाउन ऊर्जा, पर्यटन, उद्योग, भौतिक योजना तथा सहरी विकास मन्त्रालयसँग बोर्डले पनि समन्वय गरेर काम गर्न सकेको छैन।
मन्त्रालयको असहयोगका कारण पनि आयोजना कार्यान्वयनमा समस्या देखिएको बोर्ड अधिकारी बताउँछन्। ठूला जलविद्युत आयोजना सरकारले ऊर्जा मन्त्रालयबाट खोसेर बोर्डलाई दिएको भन्दै मन्त्रालयले सुरुदेखि नै असन्तुष्टि जनाउँदै आएको थियो। अहिले पनि पश्चिम सेती बोर्डमार्फत निर्माणमा जान नसक्ने मन्त्रालयले दाबी गर्दै आएको छ।
द्रुतमार्ग बोर्डमा हस्तान्तरण गर्न नमानेको भौतिक पूर्वाधार मन्त्रालयले आफैंले अगाडि बढाइरहेको छ। यस्तै निजगढ विमानस्थल र पाँचतारे होटल निर्माणको प्रक्रियासमेत पर्यटन मन्त्रालयले नै अगाडि बढाउने तयारी गरेको बोर्डका एक अधिकारीले बताए। ती अधिकारीले भने, ‘काठमाडौं मेट्रो रेल, उत्तर–दक्षिण करिडोर र पूर्वाधार विकास बैंक अहिलेकै स्थितिमा बन्न सक्ने अवस्था छैन।' बोर्डमा दक्ष जनशक्ति नभएकाले पनि अन्य आयोजना कार्यान्वयन गर्न ऊ अक्षमजस्तै देखिएको छ।
लामो समयदेखि विवादमा तानिए पनि नौ/नौ सय मेगावाटका माथिल्लो कर्णाली र अरुण तेस्रो आयोजनाका लगानीकर्तासँग भने बोर्डले आयोजना विकास सम्झौता (पिडिए) सम्पन्न गरेको छ। यी आयोजनाको पिडिए गर्नसमेत बोर्डले अधिकांश परामर्शदाताको सहयोगमा काम पूरा गरेको हो।
साढे ६ सय मेगावाटको तामाकोसी–३ र ६ सय मेगावाटको माथिल्लो मर्स्याङ्दी–२ को पिडिए पनि अब चार महिनाभित्र टुंग्याउने पन्तले जानकारी दिए। उनका अनुसार पिडिए भइसकेका माथिल्लो कर्णाली र अरुण–३ को कार्यान्वयन अगाडि बढिसकेको छ। कर्णालीको प्रवर्द्धक भारतीय जिएमआर कम्पनीले काम थाल्नुअघि जम्मा गर्नुपर्ने धरौटीबापतको साढे चार करोड रुपैयाँ जम्मा गरिसकेको छ।