चिसापानी (कैलाली)-कर्णाली नदीको पानी खेतमा पुर्याउन कैलालीका १० हजारभन्दा बढी किसान रानी, जमरा, कुलरिया कुलो खन्ने काममा सक्रिय छन्। जंगलमै बास बसेर उनीहरुले काम गरिरहेका छन्। कैलालीको पूर्वी भेगका किसानले हिउँदमा महिनौं जंगलमै बसेर कुलो खन्न थालेको सय वर्ष नाघिसकेको स्थानीयको भनाइ छ। यो वर्ष दुई साताअघि कुलो खन्न थालेका हुन्।‘समूहमा खाना खान्छौं, थकाइ मेट्न नाचगान पनि गरिन्छ। जंगलमै पाल र रुखमुनि रात काट्छौं। काम नसकी घर जाँदैनौं,' दुर्गौली–६ का मानबहादुर चौधरीले भने। सबैजना महिनौंसम्म कुलो खन्न जाने परम्परालाई स्थानीयले ‘देशावर' जाने भन्छन्। यो चलन एक सय १७ वर्षअघि सुरु भएको मानिन्छ।
हिउँदमा प्रत्येक घरबाट एकजना कुलो खन्न जान्छन्। कैलालीको पूर्वी भेगको एक नगरपालिका र आठ गाविसका प्रत्येक घरका एकजनाले कुलो खनिरहेको मुल कुला समितिका कोषाध्यक्ष दामोदर खड्काले बताए।
‘प्रत्येक घरबाट १–१ जना गरेर १० हजारभन्दा बढी किसानले दुई सातादेखि कुलो खनिरहेका छन्,' उनले भने। काम गर्न सजिलोको लागि गाउँपिच्छे अलगअलग समूह बनाएर काम जिम्मा दिइएको छ। प्रत्येक समूहको खाना बेग्लाबेग्लै पाक्छ। कर्णालीको पानी खेतमा नपुग्दासम्म कुलो खन्ने काम जारी रहने उनले बताए। किसानहरु ओढ्ने, ओच्छ्याउने र रासन बोकेर कुलो खन्न जान्छन्।
‘घरबाट कपडा, रासन बोकेर आएकी छु। काम सकेपछि फर्कने हुुँ,' टीकापुर–७ की तुलसीदेवी चौधरीले भनिन्, ‘हरेक वर्ष यस्तै हो।' टीकापुर नगरपालिकाका साथै पथरैया, दुर्गौली, मुनुवा, धनसिंहपुर, नारायणपुर, बलिया, जानकीनगर र प्रतापपुर गाविसका किसानले कुलो खनिरहेका छन्।
मुल कुला समितिका उपाध्यक्ष लालविर चौधरीले २०२८ सालदेखि आफूले निरन्तर कुलो खनिरहेको बताए। ‘निःशुल्क श्रमदान गरिने देशावर यहाँका किसानले महत्वपूर्ण पर्व मान्छन्। समूहमा काम गर्दा रमाइलो भएर काम गरेको थाहा नै नहुने बन्दीपुरका किसान गुलावी देवी चौधरीले बताइन्। कामसँगै थकाइ मेटाउन नाचगान समेत गर्ने गरेको उनले बताइन्।
काम गर्न जान नसक्ने घरधुरीले जरिवाना तिर्नुपर्ने चलन छ। उनीहरुबाट उठेको रकमको कुलो खन्न आएका बंगुर, सुँगुर, खसी किनेर ख्वाउने गरिएको कोषाध्यक्ष खड्काले बताए। कर्णाली नदीबाट किसानले खनेको कुलोमा लगिएको पानीले एक नगरपालिका र आठ गाविसको १४ हजार हेक्टर खेतमा सिँचाइ हुने उनले जानकारी दिए।
अहिले खनेको कुलोवाट हिउँदे र बर्खे दुवै खेतीमा सिँचाइ हुने उपाध्यक्ष चौधरीले बताए। बर्खामा कर्णालीमा आएका बाढीले मुहान र कुलो भत्काइदिने गरेकोले प्रत्येक हिउँदमा कुलो खन्नु परेको हो। यो परम्परा एक सय १७ वर्षअघि सुरु भए पनि २०४० सालको बाढीले कुलोको मुहान नै पुरिदिएपछि त्यसयता बढी मेहनत गर्नु परेको किसान बताउँछन्।
१९५३ सालमा यस क्षेत्रकी रानीले किसान जम्मा गराएर कुलो खन्न लगाएको र त्यसपछि यसले निरन्तरता पाएको उपाध्यक्ष चौधरीले बताए। ‘०४० सालमा कुलो खन्न चार महिना लागेको थियो,' उनले भने, ‘हामी चार महिनापछि घर फर्किएका थियौं।' यो काम थारु र पहाडे समुदायका किसान मिलेर काम गर्ने गरेका छन्। कुलोको लम्बाइ करिब १५ किलोमिटर छ।
जनस्तरवाट स्वःस्फुर्त रुपमा हुने यो श्रमदानलाई एसियाकै ठूलो भन्छन्, स्थानीय। २०४४ सालमा एउटा अन्तर्राष्ट्रिय संस्थाले चितवनमा आयोजना गरेको सचिवस्तरीय अन्तर्राष्ट्रिय बृहत गोष्ठीका सहभागीले यसलाई दक्षिण एसियाकै सबैभन्दा ठूलो जनश्रमदान भनेर प्रशंसा गरेको चौधरीको भनाइ छ। गोष्ठीमा सहभागी उनले भने, ‘हामीले भिडियो प्रस्तुत गर्दा अमेरिका लगायत देशले एसियाकै उदाहरण भनेर प्रंशसा गरेका थिए।'
१९५३ सालमा रानी पदमकुमारी शाहले रानीकुलो खन्न लगाएकीले यसको नाम रानी कुलो राखिएको स्थानीय बताउँछन्। १९६० सालमा ढुण्डीराज शाहीले जमरा कुलो र १९७२ मा मधु र कन्हैया महतोले कुलरिया कुलो खन्न लगाएको स्थानीको भनाइ छ। यी तीन कुलो समेटेर सरकारले रानी, जमरा, कुलरिया सिँचाइ आयोजना निर्माण गरिरहेको छ।
करिब १५ अर्ब लागतको रानी–जमरा–कुलरिया सिँचाइ आयोजनाको निर्माण २०६६ सालमा सुरु भएको हो। यो आयोजनाबाट जिल्लाको ४४ हजार हेक्टर सिँचित गर्ने लक्ष्य छ। सरकारले यसलाई महत्वको आयोजना भनेको छ।