मेलम्ची समयमा नसकिने पक्का
०५ पौष २०७१
•
८ मिनेट पाठ
मेलम्ची समयमा नसकिने पक्का
मेलम्ची (सिन्धुपाल्चोक)-काठमाडौं उपत्यकामा खानेपानीको सहज आपूर्ति गर्ने लक्ष्यसहित निर्माण सुरु भएको बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजना पछिल्लोपटकको निर्धारित समयभित्र पनि नबन्ने भएको छ।मेलम्ची खानेपानी विकास समितिले तोकिएअनुसार काम नगरेपछि चिनियनँ सिआरसिसी–सिएमआइई चाइना जेभीसँग ठेक्का तोडेर प्रतिस्पर्धाबाट इटालियन ठेकेदार नियुक्त गरेको थियो। तर ‘इटालीको को–अपरेटिभ मुराटोरी ई सिमेन्टिस्टी सिएमसी दी राभेना' ठेकेदारले पुरानोले पूरा गरेको खण्डको काममा समेत समय लाग्ने भएकाले सम्झौता मितिमा काम नसकिने संकेत दिएको छ।
ठेकेदारले समयभन्दा निकै ढिलो काम गरिरहेको भन्दै समितिका अध्यक्ष घनश्याम भट्टराईले कामको गति बढाउन परामर्शदातामार्फत दबाब दिँदै आएको बताए। ‘ठेकेदारले कामका लागि आवश्यक उपकरण जगेडा राख्ने गरेको छैन, समितिले सहयोग नगरेर उपकरण ल्याउन नपाएको जस्ता बहाना बनाएको छ,' उनले भने, ‘काममा ढिलाइ भए पनि सम्झौता मितिमै काम सक्छु भनेको छ तर तोकिएको समयमा पूरा गर्न गाह्रो छ।'
ठेकेदारको कार्यक्षमता बढाएर स्थानीय समस्या न्यूनीकरण गर्न सके समयमा काम सकिने भट्टराईले बताए। तर, निर्माणको अनुगमन एवं ठेकेदारको कामको प्रगति अद्यावधिक गर्नमा भने समितिले ध्यान पुर्याकउन सकेको छैन। ठेकेदारले विभिन्न बहानामा सम्झौता मितिभन्दा थप ६ महिना समय र करोडौं रुपैयाँ दाबी भुक्तानी गर्न माग गरेको समितिका एक अधिकारीले बताए।
‘आयोजनाको परामर्शदाताको रुपमा काम गरिरहेको पोयरी हिफाब जेभीको सम्झौता अवधि सकिएको थप्नुपर्ने छ तर समितिले समयमा प्रक्रिया अगाडि बढाएको छैन,' परामर्शदाता एक नेपाली एजेन्टले भने। यही कारणले परामर्शदाता ठेकेदारको प्रभावकारी अनुमगन नगर्दा यसको असर निर्माणमा देखिएको उनले बताए।
कछुवा गतिमा भइरहेको काममा एक साताअघि संसदको विकास समितिले निर्देशन दिएपछि केही सुधार आएको छ। तर सामान्य गति दिँदैमा सम्झौता मितिभित्र काम सकिँदैन। सरोकारवाला सबै अंग परिचालन गरेर छिटो काम गर्न शुक्रबार आयोजनास्थलको अवलोकन गरेर समितिले पुनः निर्देशन दिएको छ।
मेलम्ची विकास समितिले इटालियन ठेकेदारसँग २०७० असार ३१ गते गरेको ठेक्का सम्झौताअनुसार ठेकेदारले २०७३ असोज १४ भित्र काम सक्नुपर्नेछ। सहरी विकास मन्त्रालयले यसअघि २०७३ वैशाखभित्र मेलम्चीको पानी काठमाडौंमा ल्याउने प्रतिबद्धता समेत जनाएको थियो। तर यो सम्भव नहुने अहिले मन्त्रालयका अधिकारी बताउँछन्।
निर्माणको अनुगमन र मूल्यांकन गरी छिटो काम सक्न समितिलाई निरन्तर दबाब दिइने विकास समितिका सभापति रवीन्द्र अधिकारीले बताए। ‘२०७३ असोजभित्र निर्माण पूरा नभए पनि यही वर्षभित्र काम पूरा गर्न समितिले प्रत्यक्ष निगरानी राख्नेछ,' उनले नागरिकसँग भने, ‘छिटो काम गर्न समितिले गर्ने सहयोग तथा सरकारी काममा हुने समस्या फुकाइदिनेछ।'
पहिलोपटक चिनियाँ ठेकेदारसँग चार अर्ब २९ करोड रुपैयाँ ठेक्का सम्झौता भएको थियो। उसले पटकपटक गरी सम्झौता रकमको ५० प्रतिशत दाबी गरिसकेको थियो। उक्त ठेकेदारले सम्झौताअनुसार काम गर्न नसकेपछि सरकारले सम्झौता तोडेर इटालियन ठेकेदारसँग ७ अर्ब २३ करोड रुपैयाँमा दोस्रो ठेक्का सम्झौता गरेको छ।
सरकारले सम्झौता मितिभन्दा अगाडि नै निर्माण पूरा भए सम्झौता रकमको ०.०५ प्रतिशतका दरले अधिकतम ९ प्रतिशतसम्म (करिब ६५ करोड रुपैयाँ) बोनस दिने समेत निर्णय गरेको छ। उसले बढी समय लगाएमा सोहीअनुसार क्षतिपूर्ति तिर्नुपर्ने प्रावधान छ। ठेकेदारले बोनस पाउन र जरिवानाबाट जोगिन ६ महिनासम्म थप समय मागेको छ।
चिनियाँ ठेकेदारसँग ठेक्का तोड्दा मेलम्ची विकास समितिले हिमालयन बैंक र बैंक अफ काठमाडौंमा रहेको उसको करिब डेढ अर्ब रुपैयाँ धरौटी जफत गरेको थियो। तर सो रकम बैंकले अझैसम्म समितिलाई उपलब्ध गराएका छैनन्। बैंकले पाटन पुनरावेदन अदालतमा रकम निकासा निषेध गरी पाउँ भन्दै दायर गरेको मुद्दा पाटन पुनरावेदन अदालतमा विचाराधीन छ। रकम अभावका कारण भुक्तानीमा समस्या देखिएको भट्टराईले बताए।
‘सरकारले जफत गरेको रकम झिक्न कुनै सर्त वा निषेधाज्ञा नलाग्ने र चाहिएको बेला झिक्न पाउनुपर्ने तर्क दिँदै कार्यकारी निर्देशक भट्टराईले भने, ‘यसमा बैंकहरुले नकारात्मक भूमिका खेले।' अहिलेसम्म कुल आयोजनाको करिब १७ प्रतिशतमात्र काम भएको छ। तोकिएको ४० प्रतिशत समय सकिइसकेको छ।
साढे २६ किलोमिटर सुरुङ खन्नुपर्नेमा अहिलेसम्म जम्मा १० किलोमिटर मात्रै खनिएको छ। सुन्दरीजलमा निर्माण हुने पानी शुद्धीकरण आयोजनाको काम पनि सम्झौता तालिकाभन्दा निकै सुस्त छ। उक्त सुरुङबाट दैनिक १७ करोड लिटर पानी काठमाडौं उपत्यका ल्याउने लक्ष्य छ।
आयोजनाको दोस्रो र तेस्रो चरणमा यांग्री र लार्के खोलाबाट १७/१७ करोड लिटरका दरले थप पानी काठमाडौं ल्याउने योजना छ। मेलम्चीबाट ल्याइने १७ करोड लिटर पानी सन् २०२५ सम्मको मागलाई मात्र पूरा गर्ने योजना थियो। पानीको माग बढ्दै गएकाले उक्त दुई खोलाको पानी पनि काठमाडौं ल्याउन पूर्वनिर्धारित योजनामा संशोधन गरिएको हो। आयोजनाका लागि एसियाली विकास बैंक, ओपेक र जाइकाले ऋण उपलब्ध गराएका छन्। अपुग रकम सरकारले उपलब्ध गराउनेछ।
अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।

प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस