लामो समयदेखि पोल्ट्री व्यवसायमा लागेका गुणचन्द्र बिष्ट हाल ग्यास उद्योगीका रुपमा चिन्छिन। पोल्ट्री व्यवसायबाट पनि राम्रै सफलता पाएका बिष्टले हाल नेपाल ग्यास उद्योगको पनि जिम्मेवारी सम्हालेका हुन। व्यवसायलाई मर्यादित र प्रतिस्पर्धात्मक रुपमा सञ्चालन गर्नुपर्ने धारण राख्ने बिष्टसँग नागरिकका सुजन ओलीले गरेको कुराकानीःआगामी दिनमा नेपाल ग्यास कसरी अगाडि बढ्छ?
अझै पनि नेपाल ग्यास उपभोक्ताको पहिलो रोजाइमा पर्दै आएको छ। नेपाल ग्यासप्रति जनता भनौ वा उपभोक्ताको विश्वास घटेको छैन्। यदि हामीले भनेको विश्वास लाग्दैन भने तपाइहरु आफैले अध्ययन गरे हुन्छ। नेपाल ग्यासले उपभोक्तालाई ठग्दैन। सिलिन्डमा जति तौल हुनुपर्ने हो त्यो सबै पूरा गरेको हुन्छ। गुणस्तरमा कुनै शंका छैन्।
नेपाल ग्यास हिजो पनि रामै्र थियो र आज पनि राम्रै छ। त्यहि भएर हामीले लिएको हो। यसको बजारमा राम्रै प्रतिक्रिया आएकाले लिएका हौं। यसलाई नयाँ समूहले लिएपछि आधुनिक प्रविधि भित्याएका छौं। अहिले हामीले सबैभन्दा आधुनिक प्रविधि लगाएर बढी भन्दा बढी सुरक्षित बनाउने तयारीमा जुटेका छौं। फिलिङ क्यापासिटी पनि बढाउँदै छौं।
नेपाल ग्यास बजारमा सहज पाइँदैन भन्ने गुनासो सुनिन्छ नी?
यो कुरा केही हदसम्म सत्य हो। हामीलाई पनि त्यस्ता गुनासा आउने गरेका छन्। त्यसैले कम्पनीले क्षमता विस्तार गर्न लागेको हो। बजारमा माग अनुसारको ग्यास उपलब्ध गराउन नसकेकाले नै उद्योगको क्षमता विस्तार गर्ने तयारीमा जुटेका हौं। जुन ग्यास बढी सुरक्षित हुन्छ। त्यहि ग्यासको माग बढी हुने त हो नी। अहिले भएकै त्यहि होे। उपभोक्तालाई हाम्रो ग्यासप्रति पूर्ण विश्वास छ।
बजारमा सबैभन्दा सुरक्षित र तोकिएको तौल पाउने ग्यासको रुपमा परिचित भए पनि व्यवसाय विस्तार सुस्त छ। हामीले परम्परागत रुपमा अघि बढेको व्यवसायलाई आधुनिकीकरण गर्दैै व्यावसायिक विस्तारमा लागेका छौं।
कोटा प्रणाली छ, बजारमा प्रतिस्पर्धा छैन्। तर पनि तपाइले ग्यास उद्योगमा थप २८ करोड लगानी गर्दै हुनुहुन्छ। त्यो कस्का लागि?
नेपालमा संविधान बन्ला, सबैको अधिकार सुरक्षित होला, उभोक्ताको मागलाई सरकारले सम्बोधन गर्दै जाला भन्ने हिसाबले लगानी थपिएको हो। फेरि अर्को कुरा, पहिलाकै प्रविधिलाई उद्योगमा राखिरहने अवस्था पनि आएन। समय अनुसार प्रविधिलाई विस्तार गर्दै लैजानु पर्योई। यी विभिन्न कुराले गर्दा लगानी थप्न लागिएको हो। त्यसैगरी, काठमाडौं भ्यालीमा बढी भन्दा बढी सुरक्षित ग्यास स्टोरेज गर्नुपर्ने भएकाले पनि लगानी थपिएको हो। हामीले अहिल्यै नै लगानी गरेनौ भने, पछि ढिला हुन सक्छ। हामी अहिले भएको स्टोरेजलाई सात गुण बढी बढाउने तयारीमा जुटेका छौं। स्टोरेज बढाउन पनि त पैसा लाग्ने नै भयो। नेपालमै तराजुमा जोखेर ग्यास बिक्री गर्ने संस्थाहरू पनि छन्। अरुले त्यसो गर्योे भन्दामा हामीले त्यसो गर्न मिलेन।
ग्यास बिक्रीलाई व्यवस्थित बनाउन कस्तो रणनीति अपनाउनु भएको छ?
नयाँ समूहले किनेपछि विगतको छवि कायम राखेर व्यावसायिक विस्तारलाई अघि सारेका छौं। नयाँ समूहले लिएपछि ५० हजार नयाँ सिलिन्डर थपिसकेको छ। मागअनुसार ग्यास पुर्यााउने उद्देश्यले नयाँ सिलिन्डर थपिएको र बालाजुमा रहेको उद्योगलाई पनि व्यवस्थित बनाइएको छ। उद्योगलाई स्वचालित पद्धतिमा सञ्चालन गर्न प्लान्टमा मेसिनरी थप्ने प्रक्रियासमेत सुरु भएको छ। ग्यासलाई थप सुरक्षित र भरपर्दो बनाउन उद्योगलाई अटोमेसनमा लैजाने तयारी गरिसकेका छौं। यो ग्यासलाई हामीले नेपालकै उम्दा ग्यासको रुपमा कायमै राख्नेछौं। ग्यास कारोबारमा आएका कतिपयले उपभोक्ता ठगिरहेको र उपभोक्ताप्रतिको विश्वास जित्न नसक्नेले व्यापार विस्तार गर्न नसक्ने हो। स्वचालित प्रणालीमा सञ्चालन गर्न प्लान्टमा मेसिनरी थप्ने प्रक्रिया समेत सुरु भएको छ। उद्योगीका गल्तीका कारण उपभोक्ताले ग्यास उद्योगीलाई राम्रो दृष्टिकोणले हेरिँदैन।
कतिपय ग्यास उद्योगीले उपभोक्तालाई कम तौल भएका ग्यास बिक्री गर्छन् भन्ने सुनिन्छ नी?
उपभोक्तालाई कम तौलको ग्यास दिएर ठग्ने काम भइरहेको छ। प्रत्येक घरको भान्छामा पुग्ने वस्तुलाई सुरक्षित बनाउनेतर्फ पनि ध्यान गएको छैन। यसले ग्यास उद्योगीलाई राम्रो दृष्टिकोणले हेर्ने गरिएको छैन। कतिपय उद्योगीको गलत नियतका कारण समग्र ग्यास कारोबारलाई नै समस्यामा पारेको छ। उपभोक्तलाई सन्तुष्ट बनाएर मुनाफा लिने मुख्य उद्देश्य राख्नु पर्छ। सुरक्षा र तौलमा उद्योगले कुनै सम्झौता गर्दैन। ग्यास कारोबारमा हामी पहिल्यै आउन चाहेका थियौं। तर ग्यास कारोबारमा देखिएका विकृतिका कारण नआएका हौं। त्यसैले हामीले नेपाल ग्यास किनेर अहिले आएका हौं। हामी ग्राहकलाई सन्तुष्ट पारेर बढी कारोबार गर्ने दीर्घकालीन लक्ष्य लिएर अघि बढेका छौं।
बजार विस्तार कसरी गर्ने?
बजार विस्तारका लागि हामीले तत्काल सोचेका छैनौ। उद्योगमा लगानी थप्दै जाने र बजार विस्तार नगर्ने हो भने, कुरा मिल्दैन। अहिले उद्योगले कुनै त्यस्तो योजना बनाएको छैन्। हामीले कुन क्षेत्रमा जाँदा कसरी बजार विस्तार गर्ने भन्ने बारमा योजना बनाउन आवश्यक छ। अहिले उद्योगलाई कसरी विस्तार गर्ने र ल्याएका प्रविधिलाई कसरी उपयोगमा ल्याउने भन्ने बारेमा हामी केन्द्रित रहेका छौं। बजारमा सबैभन्दा सुरक्षित र तोकिएको तौल पाउने ग्यासको रुपमा परिचित भए पनि व्यवसाय विस्तार सुस्त छ। हामी परम्परागत रुपमा अघि बढेको व्यवसायलाई आधुनिकीकरण गर्दै विस्तारमा लागेका छौं। मागअनुसार ग्यास पुर्यालउने उद्देश्यले नयाँ सिलिन्डर थपिएको छ।
केही वर्ष अघिसम्म ग्यासले खाना पकाउने भन्ने कुरा एकदमै सौखिनको रुपमा हेरिन्थ्यो। अहिले यो अत्यावश्यक वस्तुको रुपमा देखा परेको छ। भनेपछि यो सबै समयको परिर्वतन नै हो। यो सबैभन्दा सस्तो तथा सुलभ भनेकै ग्यास हो।
डिपो पनि परम्परागत भयो। बजारमा आक्रमक रुपमा जादैनन् भन्छन नी?
अब हामी फस्ट कम फस्ट सर्भिसको रुपमा जादै छौं। पहिला के के भए ती सबै कुरा छोडौ। अब हामी फरक तरिकाले जादै छौ। हामी कसैलाई पनि भेदभाव नगरी ग्यास बिक्री गर्छांै। हाम्रो उत्पादनका बढी खर्च छ। उत्पादित प्रडक्टमा कुनै समस्या छैन्। अब पनि हामी उत्पादन लागत कसरी घटाउने भन्ने बारेमा सोचिरहेका छौ। नेपाल ग्यासले काठमाडौं उपत्यकाका लागि बालाजु औद्योगिक क्षेत्रभित्र प्लान्ट राखेको छ। तराईको बजारलाई लक्ष्य गरेर बाराको सिमरामा पनि प्लान्ट राखिएको छ। सिमरामा कम्पनीको चार बिघा जग्गा छ। काठमाडौंमा यसले नेपाल ग्यासकै ब्रान्डमा कारोबार गर्दै आएको छ भने तराईमा नारायणी ग्यासको नाममा बिक्री हुन्छ। सबैभन्दा भरपर्दो र सुरक्षित भनेर चिनिएको यो कम्पनीलाई अत्याधुनिक बनाउन लगानी गरिएको हो। अब हाम्रो प्लान्ट देशकै अत्याधुनिक बन्ने छ। स्वचालित प्लान्टबाट थप सुरक्षित ग्यास उपभोक्ताले पाउनेछन्। अहिले पनि धेरै ग्यास उद्योगले उपभोक्ता ठगिरहेका छन्। उपभोक्ताको मन जित्न नयाँ प्रविधिसहित सुरक्षित कारोबारलाई बढावा दिनुपर्ने हुन्छ।