ग्याँसमा कोटा थप्न 'कृत्रिम' अभाव
१३ पौष २०७१
•
११ मिनेट पाठ
ग्याँसमा कोटा थप्न 'कृत्रिम' अभाव
काठमाडौं- राजधानीको पेप्सीकोला बस्दै आएकी मञ्जु ज्ञवालीले एक सिलिन्डर ग्यासको निम्ति डिपोमा नाम लेखाएको तीन महिना भयो। सगर ग्यासका ग्राहक उनीसँग तीनवटा सिलिन्डर छन्। तिनटै रित्तिएर बिहान–बेलुकी भात पकाउनै समस्या परेपछि उनी तारन्तार डिपोमा फोन गरिरहेकी छन्।
कहिले फोनै उठ्दैन, कहिले 'ग्यास छैन' भन्ने जवाफ आउँछ।'घरमा भएका सबै सिलिन्डर सकिए, ग्यास लिन जाँदा कम्पनीबाटै आइपुगेको छैन भन्दै डिपोले फर्काउने गरेको छ,' उनले आइतबार नागरिकसँग भनिन्, 'पर्याप्त रकम तिर्दा पनि ग्यास पाइँदैन।'

यो सगर ग्यासका उपभोक्ताको मात्र समस्या होइन, नेपाल ग्यास प्रयोग गर्ने तीनकुने निवासी मञ्जु पराजुली पनि १५ दिनदेखि डिपो धाइरहेकी छन्। दुईवटा सिलिन्डरका निम्ति नाम लेखाए पनि अहिलेसम्म पालो नआएको उनले गुनासो गरिन्।

ज्ञवाली र पराजुलीलाई पुरानो खाली सिलिन्डर फर्काएर नयाँ ल्याउन समस्या भए पनि बजारमा नयाँ सिलिन्डर भने सजिलै किन्न पाइन्छ। डिपोहरू 'ग्यास छैन' भनेर नियमित ग्राहक त फर्काउँछन् तर तिनै ग्राहक नयाँ सिलिन्डर किन्न राजी भए जसरी पनि बन्दोबस्त गरिहाल्छन्। यसको कारण हो, नयाँ बेच्दा बढी मूल्य असुल्न पाउनु।

पुरानोलाई प्रतिसिलिन्डर १ हजार ४ सय ७५ रुपैयाँमा ग्यास बेच्नुपर्छ, जबकि नयाँ ग्राहकसँग ५ हजार ५ सयसम्म लिएको पाइएको छ। नियमअनुसार नयाँ सिलिन्डरको पनि ३ हजार ७ सयभन्दा बढी पर्दैन।

तारन्तार धाउँदा पनि ग्यास नपाएपछि बढी मूल्य हालेर नयाँ सिलिन्डर किनेका ग्राहक हुन्, शान्तिनगरका विष्णुप्रसाद मैनाली। झन्डै एक महिना झुलाएपछि बिक्रेताले एक दिन भने, 'नयाँ सिलिन्डर किन्नुस्, तु पाइन्छ।'

लोडसेडिङ बेला बिजुलीको क्यालेन्डर हेरेर भात पकाउँदा–पकाउँदा हैरान भएका उनीसँग अर्को विकल्प थिएन। उनले खुरुक्क प्रचलितभन्दा महँगोमा ५ हजार ५ सय रुपैयाँ तिरेर नयाँ सिलिन्डर किने। 'बिहान–बेलुकीको छाक टार्नै गाह्रो भएपछि नयाँ नकिनी सुखै पाइएन,' उनले भने, 'ग्यास छैन भन्ने डिपोले पनि बढी पैसा हालेर नयाँ किन्छु भनेपछि त खुरुक्क दिँदा रहेछन्।'

खाना पकाउने एलपी ग्यासमा पछिल्लो एक महिनादेखि चरम अभाव र त्यसैको फाइदा उठाउँदै व्यापारीले तीव्र कालोबजारी गरिरहेको उदाहरण हो यो।

बजारमा अभाव चर्किए पनि अभाव हुनुपर्ने कुनै कारण नभएको आयल निगम बताउँछ। निगमले बजार माग धान्ने गरी नियमित ग्यास आपूर्ति भइरहेको दाबी गरेको छ। 'हामीकहाँ मासिक २३ हजार टन (करिब १५ लाख सिलिन्डर) ग्यासको माग छ, अहिले त्यहीअनुरुप आपूर्ति भइरहेको छ,' निगमका प्रवक्ता मुकुन्द घिमिरेले नागरिकसँग भने। मागअनुरुप आपूर्ति भइरहेका बेला व्यवसायीले 'कृत्रिम अभाव' सिर्जना गराएको उनको आरोप छ।

ग्यास व्यवसायीले कृत्रिम अभाव सिर्जना गराउनुको कारण निगमलाई दबाब दिएर आफ्नो भागको आयात कोटा बढाउनु हो। एलपी ग्यास उद्योग संघका अध्यक्ष शिवप्रसाद घिमिरेले पर्याप्त आयात कोटा नथप्नुले नै उपभोक्ता अभाव झेल्न बाध्य हुनुपरेको बताए। मासिक ३० हजार टन (करिब २० लाख सिलिन्डर) ग्यास आयात गर्नुपर्ने उनको दाबी छ।

उपभोक्तालाई प्रत्यक्ष मर्का पर्ने गरी अभाव सिर्जना गराएर आफ्नो कोटा बढाउने संघको रणनीतिसँग धेरै ग्यास व्यवसायी नै सहमत छैनन्। संघले नै आह्वान गरेपछि त्यसमा आबद्ध उद्योगहरू सहयोग गर्न बाध्य छन्। संघमा आबद्ध नभएका ग्यास उद्योगी भने यसविरुद्ध खुलेरै लागेका छन्। साईबाबा, श्रीकृष्ण, नेपाल, नारायणी, एनएल ग्यास उद्योग र साल्ट ट्रेडिङ कर्पोरेसनले औपचारिक रूपमा संघको कार्यप्रति विरोध जनाएका छन्।

'हामीले आपूर्तिमा कुनै अवरोध खडा गरेका छैनौं,' साईबाबा ग्यास उद्योगका प्रबन्ध निर्देशक राजेन्द्र डल्लाकोटीले नागरिकसँग भने, 'उपभोक्ता र राज्यलाई मारमा पारेर आन्दोलन गर्ने पक्षमा हामी छैनौं।' आयल निगममा ज्ञापनपत्र बुझाएर 'ग्यास आपूर्ति नियमित गर्ने' बाचा गरिसकेको उनले बताए।

निगमले हरेक ग्यास उद्योगको क्षमता र बजारको आकार हेरेर कोटा निर्धारण गर्ने गरेको छ। यसअनुसार ठूला र ग्राहक संख्या बढी भएका उद्योगलाई बढी कोटा दिइन्छ भने भर्खरै खुलेका नयाँ उद्योगले कम कोटा पाउँछन्। निगमबाट पाइने त्यही कोटाका आधारमा उद्योगहरूले इन्डियन आयल कर्पोरेसन (आइओसी) का डिपोबाट ग्यास आयात गर्छन्।

कम कोटा पाउँदै आएका उद्योगले आपसमा मिलेमतो गरी कोटा बढाउने मनसायले कृत्रिम अभाव सिर्जना गराएको निगमका एक अधिकारीले बताए। पुराना ग्राहकलाई भन्दा नयाँ सिलिन्डर किन्न आउनेलाई प्राथमिकता दिनुको कारण यही हो। नयाँ सिलिन्डर जति बढी बेच्न सक्यो, उनीहरूको बजारको आकार उति ठूलो देखिन्छ। यसले थप कोटाको निम्ति दबाब दिन सजिलो हुन्छ।

निगमका प्रवक्ता घिमिरे उद्योगले कृत्रिम रूपमा ग्राहक बढाउँदा समस्या झनै बल्भि्कने बताउँछन्। 'अहिले जति ग्यास आइरहेको छ, त्यतिले नै बजार माग धान्न पर्याप्त छ,' उनले भने, 'अभाव छ भन्दै नयाँ सिलिन्डर भिडाउँदा भोलि साँच्चिकै अभाव भएको बेला थेग्न मुस्किल पर्छ। त्यतिबेला बजारमा छरिएका यी सम्पूर्ण सिलिन्डर एकैचोटि बाहिर निस्कन्छन्, जसले झन् ठूलो अभाव देखिन्छ।'

निगमको तथ्यांकअनुसार अहिले नै बजारमा ४१ लाख सिलिन्डर छन्। उद्योगी भने ५१ लाख रहेको दाबी गर्छ। 'व्यवसायीले अनावश्यक रूपमा बजारमा १० लाख सिलिन्डर छरेका छन्,' घिमिरेले भने, 'अभावका बेला हामीलाई समस्या पार्ने यही १० लाख सिलिन्डरले हो।'

नोबेल ग्यास उद्योगका निर्देशक कविभक्त क्षत्री पनि निगमको भनाइसँग सहमत छन्। अहिले आयात भइरहेको ग्यास बजार मागअनुरुप नै रहेको उनको भनाइ छ। 'एकजनाले २५ वटासम्म सिलिन्डर राख्दा अभावजस्तो देखिएको हो,' उनले भने, '५१ लाख सिलिन्डर बजारमा छन् भनिन्छ, जुन आवश्यकताभन्दा धेरै हो।'

निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले ग्यास लुकाएर कृत्रिम अभाव सिर्जना गर्ने डिपोलाई कारबाही गर्ने बताए। 'काठमाडौंमा मागअनुरुप ग्यास आयात भइरहेको छ,' उनले भने, 'आएको ग्यास उपभोक्ताले पाइरहेका छैनन् भने ती कहाँ गए? यसमा हामी छानबिन गर्दैछौं।'

 

तेलमा पनि उस्तै

एलपी ग्यासमा मात्र होइन, पछिल्लो समय पेट्रोलियम पदार्थको आपूर्ति स्थिति पनि नियमित छैन। अन्तर्राष्ट्रिय बजारका कारण स्थानीय बजारमा पेट्रोलियमको भाउ घट्न थालेपछि नै आपूर्ति अनियमित हुँदै गएको हो।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल झन्डै ५८ अमेरिकी डलरमा झर्दा पनि निगमको व्यवस्थापकीय कमजोरीका कारण पर्याप्त आपूर्ति हुन नसकेको व्यवसायी बताउँछन्।

पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष लीलेन्द्र प्रधानले उपत्यका, बागमती, जनकपुर, नारायणी, गण्डकी, धौलागिरि र राप्ती क्षेत्रमा पेट्रोलियम अभाव रहेको बताए। 'बजार माग धान्ने गरी तेल पाइरहेका छैनौं, हामीसँग पेट्रोल पम्प बन्द गर्नुको विकल्प छैन,' उनले भने, 'अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियमको मूल्य न्यून विन्दुमा झर्दा पनि निगमले पर्याप्त स्टक राख्न सकेको छैन।'

निगमका कार्यकारी निर्देशक भट्टले भने पेट्रोलियम आपूर्तिमा कुनै समस्या नरहेको दाबी गरे। पम्पहरूमा तेल भर्ने सवारीको लाम देखिएपछि सोमबारबाट पेट्रोल र डिजेल आपूर्ति दोब्बर गर्न लागेको उनले बताए। 'दैनिक तीन लाख लिटर बिक्री हुँदै आएको थियो, अब ६ लाख ५० हजार लिटर डिजेल र सोही परिमाणमा पेट्रोल दिनेछौं,' उनले भने।
अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।

प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस