काठमाडौं- नेपाल सरकारले निर्यात प्रवर्द्धनका लागि छुट्याएको सहुलियतमा चार महिनासम्म व्यवसायीले नै चासो नदेखाएको पाइएको छ। सरकारले चालु आर्थिक वर्षको लागि निर्यात प्रवर्द्धन गर्न ३० करोड रुपैयाँमा छुट्याएको थियो। उद्योग मन्त्रालयअर्न्तगतको उक्त रकम नेपाल राष्ट्र बैंकमार्फत वितरण हुने व्यवस्था छ। कसैले चासो नराख्दा मन्त्रालयले बैंकमा रकम पठाएको समेत छैन।उद्योग विभागका नवनियुक्त महानिर्देशक महेश्वर न्यौपानेले अहिलेसम्म उक्त रकम राष्ट्र बैंकमा नपठाइएको जानकारी दिए। अघिल्लो वर्ष निर्यात प्रवर्द्धन गर्न छुट्याइएको बजेट पनि पूरै प्रयोग भएको छैन। पोहोर सरकारले यसका लागि २४ करोड रुपैयाँ विनियोजन गरेको थियो। पोहोरकै ७ करोड रुपैयाँ बाँकी भएकाले यसपालिको राष्ट्र बैंक पठाउन ढिला गरिएको न्यौपानेले बताए। राष्ट्र बैंकले निकासी विवरणअनुसार व्यवसायीलाई सहुलियत दिने गरेको छ।
उद्योग मन्त्रालयमा चालु आर्थिक वर्षको चार महिनाको समीक्षा कार्यक्रममा बोल्दै योजना आयोगका सदस्य स्वर्णिम वाग्लेले निर्यात प्रवर्द्धन गर्न मन्त्रालयले नै विशेष पहल गर्नुपर्ने बताए। 'मन्त्रालयले आफ्नो कार्यक्रमलाई चुस्त गराउन आफैं पहल गर्नुपर्छ,' उनले भने।
योजना आयोगका उपसचिव महेश भट्टराईले व्यावसायीले वर्षैभर निर्यात गरिरहने भए पनि यो चार महिनामा चालु वर्षको बजेट खर्च हुन नसक्नुको कारण खोज्नुपर्ने बताए। 'सरकारले असारको अन्त्यतिरमात्र सहुलियत दिन्छ भन्ने मानसिकतामा व्यवसायी हुन सक्छन्,' भट्टराईले भने, 'अन्तिम समयमा आएर बजेट खर्च हुने प्रवृत्तिले गर्दा व्यवसायीमा यस्तो भान परेको हुन सक्छ।' उनले निकासी प्रवर्द्धन गर्न, निर्यातकर्तालाई उत्साही बनाउन मन्त्रालय आफैंले पहल गर्नुपर्ने बताए।
सोमबार मन्त्रालयमा चालु आर्थिक वर्षको पहिलो चार महिनाको प्रगति विवरण पेस गर्दै मन्त्रालयका सहसचिव जीतबहादुर थापाले विशेष आर्थिक क्षेत्र (सेज) सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा कानुन मन्त्रालयबाट दुई–तीन दिनभित्रैमा सहमति आउने बताए। कानुनको सहमति आएपछि उक्त विधेयकलाई मन्त्रिपरिषदमा पेस गरिने छ।
सोही बैठकमा मन्त्रालयका सचिव उत्तमकुमार भट्टराईले छिट्टै मन्त्रालयमा तथ्यांक शाखा खोल्ने जानकारी गराए। 'अहिलेसम्म मन्त्रालयसँग उद्योग कति छन्, रोजगारी कतिले पाएका छन्, लगानी कति छ भन्ने तथ्यांक छैन,' उनले भने। उनले अहिले विभिन्न ठाउँबाट औद्योगिक क्षेत्र स्थापना गर्न अनुरोध आइरहेको भन्दै लेखनाथ, बुटवल, चितवन, धादिङ लगायत ठाउँमा औद्योगिक क्षेत्र घोषणा गर्न गृहकार्य थालेको जानकारी गराए।
औद्योगिक व्यवसाय ऐनको विधेयक मन्त्रिपरिषदमा छलफल भइरहेको, वैदेशिक लगानी नीति स्वीकृतिका लागि मन्त्रिपरिषद पठाइएको, कम्पनी ऐनको अन्तिम परिमार्जन मस्यौदा तयार गर्न समिति गठन भएको सहसचिव थापाले बताए।
त्यस्तै पाँचखाल विशेष आर्थिक क्षेत्रको डिपिआर तयार गर्न आशयपत्र माग गरिएको, महिला उद्यमशीलता विकास कोष १० जिल्लामा सञ्चालन गर्न राष्ट्रिय वाणिज्य बैंकसँग सम्झौता भएको, कम्पनी रजिस्ट्रार कार्यालयको पूर्वाञ्चल क्षेत्रीय कार्यालय विराटनगरमा खोलिएको र चीन सरकारसँग बिप्पा गर्न परिमार्जित मस्यौदा परराष्ट्र पठाएको मन्त्रालयले जनाएको छ।
योजना आयोगका सदस्य वाग्लेले उद्योगको विकास गर्न विभिन्न ऐन, विधेयक ल्याउनुपर्ने र भएकालाई परिमार्जन गर्नुपर्नेमा जोड दिए। नयाँ र परिमार्जन गरी ४० वटा ऐनमा गृहकार्य भएको भन्दै आफू अन्तर्गतका ऐन, कानुन ल्याउन मन्त्रिपरिषमा पेस गर्न ढिला गर्न नहुने बताए। उनले उद्योग मन्त्रालयअन्तर्गतका कार्यक्रममा केही ब्रेक गरेर नयाँ कार्यक्रम ल्याउन आवश्यक भएको बताए। उनले दक्षिण यसियामा भारत लगायत देशमा निजी र विदेशी लगानीलाई खुला गरिसकेकाले मन्त्रालयले पनि स्तरीय योजना बनाउनुपर्ने सुझाए।
उनले सेज स्थापना र सञ्चालन गर्दा आर्थिक सम्भावना भएको क्षेत्र रोज्नुपर्ने। 'यहाँ जग्गा खालि रहेछ सेज स्थापना गरौं भनेर गरिने विषय यो होइन,' वाग्लेले भने, 'आर्थिक सम्भावना भएका क्षेत्रमा यो राम्रो हुन्छ।' मन्त्रालयले योजना आयोगसँग सहकार्य गरेर योजना बनाए कार्यन्वयन सजिलो हुने उनको भनाइ छ।
योजना आयोजका उपसचिव भट्टराईले बजेटमा मन्त्रालयले निकै तयारी गर्नुपर्ने बताए। उद्योग मन्त्रालयको बजेटमाथि योजना आयोजमा दुई दिनमा चार घन्टा मात्र छलफल भएको भन्दै यसो हुँदा कार्यक्रम कार्यान्वयनमा असर गर्ने उनले बताए।
कार्यक्रममा उद्योगमन्त्री महेश बस्नेतले मन्त्रालयको बजेट न्यून रहेकाले अब सिलिङ बढाउनुपर्ने बताए। उनले मन्त्रालयले छिट्टै व्यापक रुपमा नयाँ योजना ल्याउने तयारीमा रहेको बताए।