कहिलेसम्म कोचिने यसरी?
१६ पौष २०७१
•
११ मिनेट पाठ
कहिलेसम्म कोचिने यसरी?
काठमाडौं- राजधानीको सुन्धाराबाट महाराजगन्जतिर हुइँकिने सवारीसाधनको संख्या कम छैन।
साझा बस, मिनिबस, टेम्पो, माइक्रो, मिनीमाइक्रो, साझा बस ...!
सुन्धारा, काठमाडौं मलअगाडि त्यता जाने यात्रुको भिड भने रात नछिप्पेसम्म घट्दैन। बस, टेम्पो होस् या माइक्रो, सजिलै चढ्न असम्भवझैं हुन्छ। हानथाप, ठेलमठेल, कोचाकोच गरेर चढिहाले पनि सिट त पहिल्यै भरिइसकेको हुन्छ, यात्राभर झुन्डिनुपर्छ।

हरेक दिन यही समस्या झेलिरहेकी चाबहिलकी अलिसा कर्माचार्य भन्छिन्, 'हेर्दा त धेरै साधन चलेजस्तो देखिन्छ तर तिनमा यात्रा ज्यादै कठिन छ।'

उनी हरेक दिनजसो साना सवारीसाधन छलेर ठूलो बस चढ्ने प्रयास त गर्छिन् तर उनले खोजेजस्ता ठूला साधन भने सडकमा बिरलै गुड्छन्।

सवारीसाधनको संख्या ज्यादा भएर सडकै जाम हुने राजधानीमा पर्याप्त ठूला बस भने चल्दैनन्। थोरै संख्या हुँदा भएका पनि समयमा आइपुग्दैनन्। 'सबैको ध्याउन्न ठूला बस चढ्नै हुन्छ, त्यसैले कोचिन बाध्य हुनुपर्छ,' कर्माचार्यको गुनासो छ।

यस्तो समस्या भोग्ने कर्माचार्य एक्ली होइनन्। दिनभरजसो हजारौं यात्रु यही समस्याबाट गुज्रन्छन्। भिडभाड र कोचाकोचले निम्त्याउने चोरीचकारी, यौनिक व्यवहारजस्ता समस्या त झन् डरलाग्दा छन् नै।

धेरै सवारीसाधनको सट्टा ठूला बस चलाए यो समस्या टर्ने धेरै यात्रुको विश्वास छ।

त्यसो त राजधानीमा ठूला सवारीसाधनको माग सम्बन्धित निकायमा नपुगेका पनि छैनन्। सडकका समस्या सर्वसाधारणले सरकारी संयन्त्रमा हरेक दिन पुर्यािइरहेकै छन्।

दिनहुँ सर्वसाधारणका गुनासा र समस्या सुन्ने प्रधानमन्त्री कार्यालयको 'हेलो सरकार' डेस्कामा दिनहुँ ठूला बस माग्दै फोन बजिरहन्छन्। गुनासा टिपोट गर्ने कर्मचारी थाके पनि सरोकारवाला निकायबाट सम्बोधन भएको छैन।

'सार्वजनिक सवारी साना भए, कोचाकोच बढी भयो, भाडामा किचकिच भयो, समयमा सवारी पाइएन, साझा बसजस्ता सवारी धेरै चाहियोजस्ता माग र गुनासा आइरहेका छन्,' प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव शान्तराज सुवेदीले नागरिकसँग भने, 'हामीले आएका गुनासा सम्बन्धित मन्त्रालय पुर्यापउछौं। सम्बोधन गर्ने काम तिनै निकायको हो।'

महानगरीय ट्राफिक प्रहरी महाशाखा, रामशाहपथको कन्ट्रोल नम्बर १०३ मा पनि 'ठूला बस चाहियो' भन्दै सर्वसाधारणको गुनासो दैनिक आउने गरेको प्रवक्ता वसन्त पन्त बताउँछन्। 'सर्वसाधारणका गुनासोका आधारमा यातायात व्यवस्था विभाग र यातायात व्यवसायीलाई ठूला सवारीको संख्या बढाउन सुझाव पठाइरहन्छौं,' एसपी पन्तले भने, 'ठूला सवारी ल्याउन ढिला भइसकेको छ।'

उनका अनुसार सडकमा तीनपांग्रे टेम्पोजस्ता ढिला र माइक्रोबसजस्ता कम सिटका सवारीको भिड हटाएर ठूला सवारी चलाउन आवश्यक छ। सर्वसाधारणले बूढानीलकण्ठ, थानकोट, बनस्थलीलगायत क्षेत्रबाट पनि साझा बसजस्ता सवारी चलाउनुपर्ने माग दैनिक फोनमार्फत आइरहेको उनी बताउँछन्।

'सार्वजनिक यातायात व्यवस्थापनमा सरकारको लाचारी सुधार्न ढिला भइसकेको छ,' ट्राफिक इन्जिनियर आशिष गजुरेल भन्छन्, 'अब पनि नीति निर्माण गर्छु भन्नु र भएकालाई पनि लागू नगर्नु सरकार सार्वजनिक सवारीमैत्री नदेखिनु हो।'

साझाले मागअनुसार एवं योजना निर्माण गरेर सवारी थप्न नसक्नु र निजी व्यवसायीले पनि ठूला बस सञ्चालन गर्न नसक्नुले सार्वजनिक यातायात सुध्रन नसकेको उनको अनुभव छ।

'सर्वसाधारणले साँघुरा र साना सवारीसाधनबाट मुक्ति चाहेका छन्,' गजुरेलले भने, 'त्यसैले समयमै यसतिर ध्यान पुर्या्उनुपर्छ।' विश्वका थुप्रै सहरका अनुभव हेरेर सरकारले नै सर्वसाधारणलाई आनन्ददायी यातायात सेवा दिन सार्वजनिक सवारी चलाउनुपर्ने उनको सुझाव छ।

त्यसो त सरकारले गत वैशाख १ देखि नै २५ सिटभन्दा साना सवारीलाई उपत्यकाका २४ रुटमा नयाँ रुट पर्मिट नदिने निर्णय गरिसकेको हो, तर कार्यान्वयन भएन। 'कतिपय व्यवसायी साना सवारी नै ल्याउन चाहेको गुनासो गर्छन् तर मन्त्रालयले नै बन्द गरेपछि दिएका छैनौं,' बागमती अञ्चल यातायात व्यवस्था कार्यालयका प्रमुख राजेश पौडेलले भने, 'केही २६ भन्दा बढी सिट भएका बस पनि आएका छन्। ती पर्याप्त छैनन्। सर्वसाधरणको समस्या उस्तै छ।'

कार्यालयका अनुसार काठमाडौं उपत्यकामा २६ देखि ५६ सिटका ७ हजार ३ सय ३८ वटा ठूला बस चल्छन्। त्यसमध्ये ५ प्रतिशत मात्र ५० सिटका छन्। १५ देखि २५ सिटका ५ हजार ९ सय १२ वटा मिनीबस, ११ सिटका टेम्पो १ हजार ६५ वटा, १० देखि १५ सिटका माइक्रोबस ३ हजार १ सय र ८ देखि १० सिटका निलो माइक्रो २ सय ७४ वटा छन्।

दैनिक ११ हजार सार्वजनिक सवारी गुड्ने अनुमान रहेको उपत्यकामा ठूला बस चलाउन सुझाइएपछि सरकारले 'ठूला बसलाई प्रोत्साहन गर्न निश्चित प्रतिशत भन्सार छुट दिने' आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश गर्योस तर पाँच महिना बितिसक्यो, योजना ओझेलमै देखिन्छ।

सरकारी योजना कार्यान्वयन नभएको स्विकार्दै यातायात व्यवस्था विभागका प्राविधिक निर्देशक सरोजराज अधिकारीले भने, 'निश्चित प्रतिशत भन्सार छुट दिने कुरो त आयो, तर कति दिने, कस्तो सवारी चलाउने भन्ने योजना बन्न नसक्दा कार्यान्वयनमा आएन।' दसैंतिहार र सार्क तयारीका कारण यता काम गर्न नभ्याएको भन्दै उनले अब तत्कालै लाग्ने विश्वास दिलाए।

सरकारले निर्धारण गरेका योजना तथा कार्यक्रमबारे व्यवसायीसँग कुनै पनि छलफल नभएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताए। 'सहरमा ठूलो सवारीको खाँचो छ, तर यति भन्दैमा पुराना सवारीबाट घाटा हुनुभएन,' उनले भने, 'नयाँ सवारी ल्याउन राम्रो अनुदान दिएपछि मात्र यो सम्भव छ।' यतिका योजना बनिसक्दा पनि सरकारले व्यवसायीसँग छलफल नथालेकोमा उनको गुनासो छ।

ठूला यातायात आवश्यकता मध्यनजर राख्दै साझा यातायात सहकारी संस्थाले उपत्यकामा ठूला बस सञ्चालन गर्न थाले पनि यात्रुको मागलाई पूर्ण रुपले सम्बोधन गर्न सकेको छैन। सरकारको करिब ७३ प्रतिशत सेयर रहेको साझाले सञ्चालन गरिरहेको ५४ सिटे १६ वटा बसमा पनि सार्वजनिक बिदामा ४ वटा घटाउनु, सञ्चालन भएको करिब दुई वर्षमा साझा योजनाविहीन देखिनुले पनि यसको भविष्यप्रति चिन्ता पैदा गर्छ।

यात्रु कम हुने हुँदा सार्वजनिक बिदामा चारवटा सवारी बन्द गरेको स्रोत बताउँछ। यसबाहेक साझाले सञ्चालनको दुई वर्षसम्म सवारी थप्न नसक्नु र योजना पनि नबनाउनु साझाको कमजोरी भएको विश्लेषक बताउँछन्। 'हामी यात्रुको मागअनुसार बस थप्ने प्रयासमा छौं,' साझा यातायातका प्रबन्धक महेन्द्रराज पाण्डेले भने, 'नियमित सफाइका लागि सार्वजनिक बिदामा केही कम गर्छौं।' साझाले लगनखेल–रत्नपार्क–महारागन्ज-नयाँ बसपार्क र कलंकी–त्रिपुरेश्वर–नयाँबानेश्वर क्षेत्रमा चल्ने बस राति आठ बजेदेखि नौ बजेसम्म ग्यारेज लैजान्छ। सुरुमा राति ११ बजेसम्म चलाउने भने पनि यात्रु अभाव भन्दै चाँडै बस ग्यारेज लानुपरेको साझाका अधिकारीले बताए।
अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।

प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस