काठमाडौं- सरकारले निकासीलाई बढवा दिन नेपाल एकीकृत व्यापार रणनीति (एनटिआइएस) को सूचीमा परेका वस्तु र सेवालाई घटाएर १५ मा झारेको छ। निकासी बढाएर व्यापार घाटा कम गर्ने उद्देश्यले सरकारले चार वर्षअघि ल्याएको रणनीति प्रभावकारी हुन नसकेपछि प्राथमिकता सूची १९ बाट १५ मा झारिएको हो। यसअघि १९ वस्तु र सेवा प्रथामिकताको सूचीमा थिए।वस्तु निर्यातको सम्भावना, अन्तर्राष्ट्रिय बजार पहुँच, कच्चा पदार्थको उपलब्धता तथा आम्दानी बढाउन सक्ने सम्भावना लगायतका आधारमा वस्तु र सेवा क्षेत्र छानिएको वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव तथा रणनीति परिमार्जन वर्किङ कमिटी संयोजक तोयानारायण ज्ञवालीले बताए। 'हामीले निकै कम वस्तु र सेवालाई मात्र प्राथमिकताको सूचीमा राख्ने प्रयास गरेका थियौं,' उनले भने, 'तर अन्तर्राष्ट्रिय व्यापार घाटा कम गनुपर्ने दबाबले केही बढाएका हौं।'
उच्च प्राथमिकताको सूचीमा १० थरी वस्तु र ५ थरी सेवा क्षेत्र समेटिने छ। सहसचिव ज्ञवाली संयोजकत्वको समितिले झन्डै एक वर्ष लगाएर त्यस्ता वस्तुको प्रारम्भिक सूची तयार पारेको हो।
मन्त्रालयले नेपाल व्यापार एकीकृत रणनीति–२०१० को समीक्षा गर्न गत वर्षदेखि काम गर्दै आएको थियो। पुरानो रणनीति समीक्षाको प्रारम्भिक मस्यौदा माघसम्म सार्वजनिक गरिसक्ने मन्त्रालयको तयारी छ। प्रारम्भिक मस्यौदामाथि निजी क्षेत्र, सम्बन्धित क्षेत्रका विज्ञ तथा अन्तर्राष्ट्रिय सहयोग साझेदार लगायतसँग छलफल गरेपछि स्वीकृतिका लागि मन्त्रिपरिषद पठाइने ज्ञवालीले जानकारी दिए।
सन् २०१० मा ल्याइएको रणनीतिमा विभिन्न १२ वस्तु र ७ सेवा क्षेत्र गरी १९ वटालाई प्राथमिकतामा राखिएको थियो। अघिल्लो सूचीका अधिकांश वस्तु र सेवाको निर्यातमा सन्तोषजनक सुधार आएन। त्यसैले रणनीति समीक्षा गरी अन्तर्राष्ट्रिय बजारमा आएको परिवर्तन र निकासी क्षमताका आधारमा नयाँ वस्तु र सेवा क्षेत्र छानिएको हो। 'विश्व बजारमा पाँच वर्षको अवधि निकै लामो हो,' उनले भने, 'अहिले प्राथमिकताको मुख्य सूचीमा नपरेका केही वस्तुलाई अन्य समूह बनाएर राखेका छौं।' नयाँ मस्यौदामा पुराना प्राथमिकताका केही वस्तु हटाइएको छ।
सेवा क्षेत्रमा पर्यटन, श्रम, सूचना प्रविधि तथा बिपिओ सर्भिस, स्वास्थ्य क्षेत्र, शिक्षा, इन्जिनियरिङ, जलविद्युुत रणनीतिमा समेटिएका छन्। यसबाहेक सरकारले निकासी सम्भावना भएको वस्तुमा पारवहन व्यापार सेवा, चिनी, सिमेन्ट, डेरी, ट्रान्सफर्मरलगायत छन्। यसअघि प्राथमिकता सूचीमा रहेका वस्तुको निकासी बढाउन विभिन्न सहुलियतको साथै लगानीसमेत गरिएको थियो। तर निकासी सुधि्रएन।
विगतमा चारवटा मापदण्ड तयार पारेर एनटिआइएस सूचीमा राखिएको थियो। सामाजिक आर्थिक प्रभाव, निकासी, रोजगारी र कच्चा पदार्थको आधारमा सूचीमा राखिएको थियो। मन्त्रालयले यो मापदण्डमा समेत हेरफेर गरेको छ। 'हामीले विगतमा जस्तो मापदण्डका आधारमा एनटिआइएसको सूचीमा राखेका थियौं। विश्व व्यापार संगठनले सेवालाई विभिन्न १२ वटा क्षेत्रमा वर्गीकरण गरेको छ। नेपालमा भने आधिकारिक तथ्यांक राख्ने प्रचलनसमेत पाँचवटा क्षेत्रमा सीमित छ। सञ्चार, बिमा, सरकारी सेवा, ट्राभल, ढुवानी र अन्य शीर्षकमा मात्र सेवा क्षेत्रको तथ्यांक राखिएको छ। विगत पाँच वर्षमा वस्तु व्यापारमा केही सुधार आए पनि सेवा व्यापारका क्षेत्रमा केही गर्न नसकिएको ज्ञवाली बताउँछन्।
व्यापार क्षेत्रको एकीकृत विकास गर्न सरकार, निजी क्षेत्र तथा विकास साझेदारले क्षमता अभिवृद्धिका काम अघि बढाउनुपर्ने व्यापार विज्ञको सुझाव छ। व्यापार अभिवृद्धिका लागि गुणस्तरीय उत्पादनसँगै भौतिक पूर्वाधारमा पनि जोड दिन आवश्यक भएको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले जनाएको छ। व्यापार बढाउन विमानस्थल, रेल्वेको विकास र गैरकानुनी व्यापार नियन्त्रण गर्न चुनौती रहेको उनको भनाइ छ।
यसैबीच, चालु आर्थिक वर्षको पहिलो चार महिनामा झन्डै साढे २ खर्ब रुपैयाँ व्यापार घाटा भएको केन्द्रका कार्यकारी निर्देशक ईश्वरीप्रसाद घिमिरेले जानकारी दिए। उनका अनुसार साउनदेखि कात्तिकसम्म दुई खर्ब ९० अर्ब रुपैयाँको वैदेशिक व्यापार भएकोमा २९ अर्ब ५८ करोड रुपैयाँको निकासी छ। पोहोरको तुलनामा झन्डै १ अर्ब रुपैयाँले निर्यात घटेको तथ्यांकले देखाउँछ। यसबीचमा निकासी र पैठारीको अनुपात १ बराबर ८.८ पुगेको छ। गत वर्ष यही अवधिमा निकासी र पैठारीको अनुपात १ बराबर ७ थियो।