काठमाडौं-घरजग्गा कारोबारमा संलग्न सिई ग्रुप अफ कम्पनीले ललितपुरको थैवमा ९६ वटा हाउजिङ बनाउने भएको छ। काठमाडौं, भक्तपुर र ललितपुरमा हाउजिङ र अर्पाटमेन्ट बनाइरहेको कम्पनीले माघ पहिलो साताबाट निर्माण सुरु गर्ने बताएको छ।‘जग्गा व्यवस्थापन, स्थान छनोट, बाटो निर्माण जस्ता काम सकिएको छ,' कम्पनीका अध्यक्ष विजय राजभण्डारीले भने, ‘बाहिरी काम सकेपछि हाउजिङ निर्माण सुरु गर्छौं।'
कम्पनीले ठैवमा एक सय २० रोपनी जग्गा किनेको र पहिलो चरणमा ४४ रोपनी जग्गामा ९६ वटा हाउजिङ बनाउने बताएको छ। ‘माघ १ गतेबाट औपचारिक रुपमा निर्माणसुरु गर्छौं,' राजभण्डारीले भने।
कम्पनीले ग्राहकको चाहना, परिवारको आकार, आर्थिक अवस्था जस्ता विषयलाई ख्याल गरेर हाउजिङ बनाउन लागेको राजभण्डारीले बताए। ‘जसले जस्तो आवास चाहन्छ त्यस्तै बनाइदिन्छौं,' उनले भने।
उनका अनुसार कम्युनिटी हाउजिङ बनाउँदा महँगो पर्छ। सबै मानिसलाई कम्युनिटी हाउजिङ उपयुक्त नहुने उनको भनाइ छ। ‘सानो र ठूलो परिवारलाई फरकफरक आवासको आवश्यकता हुन सक्छ,' उनले भने, ‘यी कुरालाई ख्याल गरेर हाउजिङ बनाउन लागिएको हो।'
कम्पनीले पहिलो चरणमा आठ आनाभन्दा थोरै जग्गामा हाउजिङ निर्माण गर्ने बताएको छ। ती हाउजिङको मूल्य ६९ लाखदेखि एक करोड रुपैयाँसम्म पर्ने राजभण्डारीको भनाइ छ। दोस्रो चरणमा आठ आना जग्गामा तुलनात्मक रुपमा महँगो हाउजिङ बनाउने कम्पनीले जनाएको छ। तेस्रो चरणमा एक रोपनी जग्गामा हाउजिङ बनाउने उसको छ। उसले चौथो चरणमा अपार्टमेन्ट निर्माण गर्ने बताएको छ।
कम्पनीका अनुसार परियोजनाको कूल खर्च एक अर्ब ५० करोड हुने अनुमान छ। त्यसमा बैंक तथा वित्तीय संस्थाले पनि लगानी गरेको कम्पनीका अध्यक्ष राजभण्डारीले बताए। सिईले यसअघि काठमाडौंको सीतापाइला, बाँसबारी, हेपाली हाइट र ललितपुरको चोभारमा हाउजिङ निर्माण गरेको छ। ‘हाम्रो कम्पनीले निर्माण गरेको हाउजिङप्रति ग्राहकको माग र विश्वास बढ्दो छ,' उनले भने, ‘उनीहरूको मागलाई सम्बोधन गर्न नयाँ हाउजिङ निर्माण गर्नुपरेको हो।'
बाँसबारीमा आठ रोपनीमा २० वटा हाउजिङ निर्माण गरिरहेको सिईले हेपाली हाइटमा २३ रोपनीमा ५० हाउजिङ बनाइरहेको छ। सीतापाइलामा १८ रोपनी जग्गामा २० वटा हाउजिङ निर्माण जारी छ।
चोभारमा ७५ रोपनीमा एक ५० हाउजिङ बन्दै छन्। अपार्टमेन्टको तुलनामा हाउजिङ किन्नेको संख्या बढेकाले यसतर्फ कम्पनी अघि बढेको राजभण्डारीको भनाइ छ। कम्पनीले ३५ लाखमा अपार्टमेन्ट र ६० लाखमा हाउजिङ उपलब्ध गराउने गरी निर्माण गर्ने जनाएको छ।