सार्कका नाममा मनपरी खर्च
२२ पौष २०७१
•
१२ मिनेट पाठ
सार्कका नाममा मनपरी खर्च
काठमाडौं-दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को गत मंसिरमा सम्पन्न १८ औं शिखर सम्मेलन क्रममा पानीसरह मनपरी खर्च गरिएको रकम भुक्तानी रोकिएको छ। अर्थ मन्त्रालयले विभिन्न मन्त्रालयद्वारा भुक्तानीका लागि पठाइएको खर्च विवरणमा अनियमितता आशंका गर्दै करिब साढे २२ करोड रुपैयाँ भुक्तानी रोकेको हो।सार्क तयारी क्रममा संलग्न विभिन्न मन्त्रालयबाट पत्याउनै नसकिने खर्च विवरण पेस गरिएको भन्दै अर्थले उक्त भुक्तानी लिन ‘दाबीबमोजिम खर्चको आधार खुलाउन' सम्बन्धित निकायलाई पत्राचार गरेको स्रोतले जानकारी दियो।
अर्थस्रोतका अनुसार सार्क सम्मेलनका लागि विभिन्न निकायबाट १ अर्ब ८६ करोड ९७ लाख ५६ हजार रुपैयाँको खर्च विवरण पेस गरिएको मध्ये २२ करोड १९ लाख ५६ हजारको आधार प्रस्ट छैन।
‘एकमुष्ठ यति रकम खर्च भयो भनी सामान्य मान्छेलाई समेत पत्याउन गाह्रो विवरण पठाइएको छ। कुन शीर्षकमा, कति खर्च भयो भन्नेसम्म खुलाइएको छैन, न त बिल नै पेस गरिएको छ,' अर्थस्रोतले मंगलबार नागरिकसँग भन्यो, ‘हामीले शीर्षकअनुसार, औचित्य स्पष्ट हुने गरी खर्च विवरण पठाऊ भनी पत्राचार गरेका छौं।' 
खर्चको औचित्य खुलाउन तीनपटकसम्म पत्र पठाउँदा पनि सम्बन्धित निकायले पत्यारिलो विवरण नबुझाएपछि भुक्तानी रोक्का गरिएको स्रोतले बतायो।
अर्थले परराष्ट्रलाई चित्तबुझ्दो खर्च विवरण नपाएको भन्दै ३ करोड ७५ लाख, काठमाडौं महानगरपालिकालाई ८ करोड ५० लाख, काठमाडौं उपत्यका विकास प्राधिकरणलाई ९ करोड ४ लाख र धुलिखेल नगरपालिकालाई ५४ लाख ५६ हजार रुपैयाँ निकासा गरेको छैन। 




गत मंसिर १० र ११ गते काठमाडौंमा सार्कको १८ औं शिखर सम्मेलन भएको थियो।
सार्कका लागि सहर सज्जाका क्रममा रानीपोखरीमा पानीको फोहोरा निर्माण गर्न ५ करोड रुपैयाँ खर्च भएको काठमाडौं महानगरपालिकाले पठाएको विवरणमा उल्लेख छ। एयरपोर्टनजिक तीनकुनेमा बगैंचा बनाउन १ करोड खर्च देखाइएको छ, जब कि तीनकुनेमा बगैंचा बनेकै छैन। सार्कका लागि बगैंचा बनाउन नभ्याएपछि महानगरपालिकाले तीनकुनेको केही खण्ड जस्ताले बारेर काम चलाइएको थियो। अहिले पनि जस्ताको बार कायमै छ।

सडकछेउ झन्डा राख्ने पोल निर्माणका लागि १ करोड रुपैयाँ खर्च देखाइएको छ, जबकि यस्तो पोल धेरैजसो बन्दै बनेनन्। नयाँबानेश्वर, माइतीघर, त्रिपुरेश्वरलगायत स्थानमा मात्र पोल निर्माण गरिएका छन्। अधिकांश ठाउँमा बिजुलीकै पोलमा झन्डा राखिएका थिए।

सहरी विकास मन्त्रालयले पेस गरेको २५ करोड ४१ लाख रुपैयाँको विवरणमा पनि कतिपय खर्च पत्यारिलो छैन। यसअन्तर्गत काठमाडौं उपत्यका विकास प्राधिकरणले सहरी सौन्दर्यका लागि ९ करोड ४ लाख रुपैयाँको खर्च विवरण पेस गरेको छ। अर्थले यसलाई स्वीकार गरेको छैन। प्राधिकरणले नारायणचोक, माइतीघर–तीनकुने सडक सौन्दर्यीकरणको जिम्मेवारी पाएको थियो। यहाँ गमला राख्ने, फूल रोप्नेलगायत काम भए पनि त्यसका लागि ९ करोडभन्दा बढी खर्च पत्याउनै नसकिने अर्थ स्रोतले बतायो। अर्थले बारम्बार सोध्दा पनि उसले चित्तबुझ्दो जवाफ दिएको छैन।
सहरी विकास मन्त्रालयले सिंहदरबार परिसरभित्रको ग्यालरी बैठक (पुरानो संसद भवन) मर्मतसम्भारबापत मात्र ७ करोड रुपैयाँ खर्च दाबी गरेको छ। यो ग्यालरी बैठकमा परराष्ट्रमन्त्री महेन्द्रबहदुर पाण्डेले सार्क विदेशमन्त्रीको सम्मानमा एक दिन मात्र रात्रिभोज आयोजना गरेका थिए।
सहरी विकासले नै सम्मेलनस्थल राष्ट्रिय सभागृह मर्मतसम्भारमा १६ करोड खर्च भएको विवरण पेस गरेको छ। अन्य सार्वजनिक निर्माणको खर्च छुट्टै दाबी गरिएको छ। ‘एक दिन भोज गर्ने ठाउँ मर्मत गर्न ७ करोड खर्च भएको देखिन्छ। त्यति रकमले त एउटा ठूलै भवन निर्माण गर्न सकिन्छ,' स्रोतले भन्यो, ‘यसलाई कसरी पत्याउनू?'

Copy of flower pot at mpc

परराष्ट्रले पेस गरेको होटलको खर्च विवरण पनि अर्थले ‘पत्याउन नसकिने' बताएको छ। 
सुरुमा सम्पूर्ण होटलसँग ‘रेट' मागेर परराष्ट्रले ३ करोड ५१ लाख रुपैयाँ लागत अनुमान तयार पारेको थियो। सार्कमा आउने पाहुनालाई राख्न होटल पहिल्यै बुक गर्नुपर्ने भएकाले अर्थले त्यतिबेलै लागत अनुमानको आधा रकम निकासा गरेको थियो। बाँकी रकम बिल पेस गरेपछि निकासा दिने सहमति भएको थियो। परराष्ट्रले भने लागत अनुमानभन्दा डेढ करोड बढी हुने गरी ५ करोड रुपैयाँको होटल खर्च पेस गरेको स्रोतले बतायो।

Copy of Rani Pokhari
‘एकाएक ५ करोड रुपैयाँ होटलमा खर्च भएको विवरण आयो। होटलसँग सम्पूर्ण रेट मागेर तयार पारिएको लागत अनुमानभन्दा त्यति धेरै रकम कसरी खर्च भयो? खर्च बढ्नुको आधार के हो? त्यसको औचित्य पुष्टि हुने गरी पुनः विवरण पठाऊ भनी परराष्ट्रलाई भनेका छौं,' स्रोतले भन्यो। 
धुलिखेल नगरपालिकाले पनि हेलिप्याड निर्माणका लागि ५४ लाख ५६ हजार रुपैयाँ खर्च पेस गरेको छ, जुन रकम निकासा गर्न अर्थले मानेको छैन। प्रक्रिया नपुर्या५ई सेनालाई हेलिप्याड निर्माण गर्न दिइएको स्रोतले बतायो। सार्कमा सहभागी हुन आएका सदस्यराष्ट्रका सरकारप्रमुख र राष्ट्रप्रमुखलाई ‘रिटि्रट' दिन धुलिखेल लगिएको थियो। त्यसैका लागि दुइटा हेलिप्याड निर्माण गरिएका थिए।
अर्थले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पनि खर्चको स्पष्ट आधार पेस गर्न भनेको छ। सार्क तयारी भनेरै भौतिकलाई सडक निर्माणनिम्ति चालु आर्थिक वर्षको बजेटमा ७८ करोड रुपैयाँ छुट्ट्याइएको थियो। भौतिकले एकमुष्ठ रकम खर्च भएको विवरण पठाएको थियो। ‘कुनकुन सडकमा कति खर्च भयो भनी हामीले विवरण मागेका छौं,' स्रोतले भन्यो, ‘पत्र पठाएको १५ दिन भयो, जवाफ आएको छैन।'
सार्कका लागि खर्च भएको भनी गृह मन्त्रालयले ३४ करोड ४९ लाख रुपैयाँ, परराष्ट्रले २० करोड ४७ लाख, सूचना तथा सञ्चारले १ करोड ९७ लाख, रक्षाले १२ करोड ६३ लाख, सहरी विकासले २५ करोड ४१ लाख, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनले ३ करोड २ लाख, उद्योगले २५ लाख, वाणिज्य तथा आपूर्तिले १५ लाख, भौतिक पूर्वाधार तथा यातायातले ७८ करोड, काठमाडौं महानगरपालिकाले ८ करोड ५० लाख र धुलिखेल नगरपालिकाले ५४ लाख ५६ हजार रुपैयाँको विवरण पठाएका थिए।
यसअतिरिक्त नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र सेनाले सम्मेलन बेला खाजा खर्च भनी १ करोड ५४ लाख रुपैयाँको विवरण पठाएको थियो, जुन अर्थले निकासा गरिसकेको छ।

Copy of Tinkune 01
गृहअन्तर्गत सञ्चार उपकरण किन्न नेपाल प्रहरीले १० करोड, सशस्त्र प्रहरीले १ करोड ५० लाख, सवारीसाधन किन्न प्रहरीले १५ करोड ७९ लाख, सशस्त्रले २ करोड ४९ लाख र जामर सेटमा ४ करोड ६० लाख रुपैयाँ खर्च विवरण पेस गरेका छन्। 
परराष्ट्रले बुझाएको खर्च विवरणमा सवारीसाधन भाडामा ३ करोड ९८ लाख, मेसिनरी तथा कार्यालय सामानमा १ करोड ४६ लाख, २० वटा सवारीसाधन खरिदमा १२ करोड ४८ लाख र होटल खर्च ५ करोड रुपैयाँ उल्लेख छ। सूचना तथा सञ्चार मन्त्रालयले सार्कका बेला नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गर्दा १ करोड, राष्ट्रिय समाचार समितिका लागि १० लाख, रेडियो नेपालका लागि ४७ लाख र गोरखापत्र संस्थानका लागि ४० लाख रुपैयाँ खर्च भएको विवरण बुझाएको छ। 
रक्षा मन्त्रालयले मेसिनरी औजार खरिदमा २ करोड १९ लाख, सवारीसाधन खरिदमा ८ करोड ६७ लाख, विविध चालु खर्चअन्तर्गत १ करोड ७७ लाख खर्च भएको देखाएको छ। त्यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सम्पदा संरक्षणमा ३ करोड २ लाख रुपैयाँ खर्च भएको विवरण पेस गरेको छ। उद्योग मन्त्रालयले सार्कका बेला हस्तकला प्रदर्शनीमा १५ लाख र क्षेत्रीय टक सो कार्यक्रममा १० लाख रुपैयाँ खर्च भएको दाबी गरेको छ। वाणिज्य तथा आपूर्ति मन्त्रालयले पनि सार्कका बेला नेपाली वस्तु प्रदर्शनी गर्दा १५ लाख रुपैयाँ खर्च भएको विवरण बुझाएको छ।
‘पुष्टि गर्ने कागजातबिना खर्च विवरण पेस गरिएका छन्। संलग्न कागजात पनि नियमसंगत छैनन्। ऐननियमको धज्जी उडाउने गरी खर्च गरिएको छ। हामी कानुनी दायरामा ल्याउन खोजिरहेका छौं,' अर्थस्रोतले भन्यो।
अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।




प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस