काठमाडौं-बुटवल पावर कम्पनी, चिलिमेलगायत जलविद्युत आयोजनामा सर्वसाधारणले २ अर्ब २३ करोड रुपैयाँभन्दा बढी सेयर लगानी गरिसकेका छन्। तर, कानुनअनुसार ३५ वर्षपछि यस्ता आयोजना स्वतः सरकारको स्वामित्वमा जानेछन्। त्यसपछि के? तोकिएको अवधिभित्र जलविद्युत आयोजनाहरू सरकारलाई हस्तान्तरण गरिएपछि सर्वसाधारणको लगानी के हुन्ने भन्नेबारे सरकारी निकाय नै अन्योलमा छन्। यसबारे कानुनमा स्पष्ट प्रावधान नै छैन। यसले जलविद्युत कम्पनीमा पैसा लगाएर आकर्षक प्रतिफलको आसमा बसेका सार्वजनिक सेयरधनीको भविष्य अनिश्चित देखिएको छ।सरकारले उत्पादित बिजुली देशमै खपत गर्ने जलविद्युत आयोजनालाई ३५ वर्ष र विदेश निर्यात गर्ने आयोजनाका हकमा ३० वर्ष तोकेर अनुमतिपत्र दिने गरेको छ। निर्धारित अवधिपछि ती आयोजना स्वतः सरकारलाई हस्तान्तरण गर्नुपर्छ।
सरकारले ‘निर्माण, सञ्चालन र स्वामित्व हस्तान्तरण ऐन' (बुट) अनुसार हरेक प्रवर्द्धकलाई आयोजनाको अनुमतिपत्र दिँदै आएको छ। स्वदेशी वा विदेशी कम्पनीले तोकिएको ३० वा ३५ वर्षपछि आयोजनाको सम्पूर्ण स्वामित्व सञ्चालित अवस्थामै निःशुल्क सरकारलाई हस्तान्तरण गर्नुपर्ने प्रावधान छ।
अर्थ मन्त्रालय, वित्तीय क्षेत्र व्यवस्थापन महाशाखा प्रमुख नवराज भण्डारीले पनि सरकारलाई हस्तान्तरणपछि सर्वसाधारणको लगानी के हुने भन्नेबारे कुनै कानुनी प्रावधान नरहेको बताए।
‘जुन अवस्थामा आयोजनाको स्वामित्व सरकारमा आउँछ, सर्वसाधारणको सेयरको अवस्था त्यही हो,' उनले बुधबार नागरिकसँग भने, ‘अनुमति अवधिसम्म उनीहरूले प्रतिफल पाइसकेका हुन्छन्, यसमा जोखिम हुँदैन।' अनुमतिपत्र कायम रहँदासम्म जलविद्युत कम्पनीले आफूले कमाएको नाफा सेयर हकदारलाई बाँडेर कम्पनी हस्तान्तरण गर्न सक्ने उनले बताए।
उनका अनुसार अहिलेसम्म कुनै आयोजना हस्तान्तरण हुने अवस्थामा नपुगेकाले पनि यसबारे कसैको ध्यान नगएको हो। ‘कुनै कानुन बनेन भने १८/१९ वर्षपछि यो समस्या आउला, तर त्यतिन्जेल सरकारले यसका लागि कुनै नीतिगत व्यवस्था गर्न वा साना लगानीकर्ताको सेयर उनीहरूकै स्वामित्वमा राख्न सक्ने व्यवस्था गर्नसक्छ,' उनले भने।
लगानी गरेको वर्षदिनभित्रै आकर्षक प्रतिफल पाउने हुँदा पछिल्लो समय वित्तीय संस्थाको तुलनामा जलविद्युत कम्पनीमा सेयर लगानी गर्नेको संख्या ह्वात्तै बढेको छ। तर, छोटो समयको मुनाफामा ध्यान दिएका सर्वसाधारणलाई ३५ वर्षपछि आफ्नो लगानी (पुँजी) निःशुल्क सरकारलाई बुझाउनुपर्छ भन्ने हेक्का छैन। उक्त अवधिसम्म लगानीकर्ता सबैले मनग्य मुनाफा कमाइसक्ने हुँदा यसमा कुनै जोखिम नरहेको निजी उत्पादकको तर्क छ।
बुटवल पावर कम्पनी, अरुण भ्याली हाइड्रोपावर, चिलिमे हाइड्रोपावर, सानिमा हाइड्रोपावर लगायत अहिलेसम्म ६ वटा जलविद्युत कम्पनीले ७ करोड ३८ लाख ५७ हजार ५ सय ४९ कित्ता सेयर जारी गरिसकेका छन्। यसमध्ये २ करोड २३ लाख ४५ हजार ८ सय ६१ कित्ता सर्वसाधारणका लागि जारी भएको छ। उनीहरूले प्रतिसेयर एक सय रुपैयाँ दरमा खरिद गरेका थिए। यस आधारमा जलविद्युत आयोजनाहरूमा सर्वसाधारणतर्फबाट २ अर्ब २३ करोड ४५ लाख ८६ हजार रुपैयाँ लगानी भएको छ।
संस्थापक सेयरधनीले कम्पनीबाट धेरै कमाउने भए पनि अहिलेकै अवस्था कायम रहे १०, २० देखि दुई सय कित्तासम्म सेयर किन्ने साना लगानीकर्ता प्रत्यक्ष मारमा पर्ने देखिन्छ।
जलस्रोत उद्यमी ज्ञानेन्द्रलाल प्रधान भने यसलाई ‘सामान्य प्रक्रिया' बताउँछन्। ‘आयोजनाका प्रवर्द्धकले जसरी सरकारलाई निःशुल्क स्वामित्व हस्तान्तरण गर्नुपर्छ, सर्वसाधारणको स्वामित्व पनि स्वतः शून्य हुन्छ,' उनले नागरिकसँग भने।
प्राकृतिक स्रोत सदुपयोग वा दोहनका लागि लिइएको अनुमतिपत्रको अवस्था अन्तर्राष्ट्रिय स्तरमै यही रहेको प्रधानले प्रस्ट्याए। ‘अमेरिका, जापान, नर्वेलगायत विकसित देशमा जलविद्युत वा खनिज पदार्थ उत्खनन र प्रयोगको अनुमति ५० देखि सय वर्षसम्मका लागि दिइएको हुन्छ,' उनले थपे, ‘यत्ति हो, नेपालको सन्दर्भमा ३० देखि ३५ वर्षसम्मका लागि मात्र हुन्छ।'
विद्युत ऐन, २०४९ अनुसार जलविद्युत आयोजनाको उत्पादन अनुमतिपत्र अधिकतम ५० वर्षसम्मका लागि दिन सकिने प्रावधान थियो। विद्युत नियमावलीले उक्त प्रावधान संशोधन गरी उत्पादित बिजुली देशमै खपत गर्नेलाई ३५ र विदेश निर्यात गर्नेको हकमा ३० वर्ष कायम गरेको छ।
विद्युत ऐनअनुसार साढे नौ मेगावाटको आँधीखोला र साढे १२ मेगावाटको झिम्रुक, ६० मेगावाटको खिम्ती, ४५ मेगावाटको भोटेकोसी, साढे २ मेगावाटको इन्द्रावतीको अनुमतिपत्र ५० वर्षसम्मका लागि दिइएको छ। खिम्ती–भोटेकोसी सञ्चालनमा आएको १५ वर्ष भइसकेको छ भने नियमावली जारी भइसकेपछि २२ मेगावाटको चिलिमे, ५ मेगावाटको रिडी र २२ मेगावाटको सानिमा हाइड्रो पावर कम्पनीलाई ३५ वर्षे अनुमतिपत्र दिइएको छ।
चिलिमे सञ्चालनमा आएको करिब १२ वर्ष पुग्यो। यसको प्रतिसेयर बजार मूल्य १ हजार ६ सय ९१ रुपैयाँ छ। आकर्षक प्रतिफल पाइने आसमा कतिले दोस्रो बजारबाट समेत सेयर खरिद गरेका छन्। चिलिमेको प्रतिसेयर २ हजार ७ सय रुपैयाँ पुग्दा दोस्रो बजारबाट सेयर उठाएका सेयरधनीले अहिले नै नोक्सानी बेहोर्नुपरेको छ। यही दरमा मूल्य घट्ने, प्रतिफल नआउने तर अनुमतिपत्रको म्याद सकिएपछि सित्तैमा सरकारलाई बुझाउनुपर्ने नियम गलत रहेको एक साधारण लगानीकर्ता बताउँछन्।
सर्वसाधारणले चिन्ता व्यक्त गरे पनि हालसम्म उनीहरूको सेयर तथा पुँजी सुनिश्चित गर्ने कुनै मापदण्ड नबनेको नेपाल धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीले बताए। ‘सरकारले ३५ वर्षका लागि अनुमतिपत्र दिने हुँदा त्यसपछिको परिणामबारे सोचेको छैन, बोर्डले समेत यसतर्फ ध्यान पुर्यााएको छैन,' उनले भने, ‘कानुनतः सित्तैमा सरकारलाई स्वामित्व सानर्ुुपर्ने भनिए पनि सामान्य नागरिकका हकमा त्यो लागू नहुन सक्छ।'
आयोजना हस्तान्तरण गर्ने समयसम्म सरकारले कुनै न कुनै नीति–नियम ल्याउन सक्ने उनले बताए। उनका अनुसार बोर्ड सरकारका लागि पुँजी बजारको सल्लाहकार भएकाले समयानुसार कानुन तर्जुमा गर्न वा ऐननियम संशोधन गर्न बोर्डले सरकारलाई सुझाव दिनेछ। कम्पनी पुनःसंरचनाको मोडलमा लगेर पनि सामान्य नागरिकलाई सेयरको हकदार बनाउन सकिने उनको तर्क छ।
निश्चित अवधिपछि जलविद्युत कम्पनीको स्वामित्व निःशुल्क सरकारमा हस्तान्तरण हुने तर सर्वसाधारणको दायित्व के हुने भन्ने विषयमा अहिले पुँजी बजारमा यसबारे बहस हुन थालेको छ। सरकारले अनुमतिपत्र दिने तर यसको समाप्तिपछि के हुने भन्ने व्यवस्था नगर्दा नै अन्योलको वातावरण बनेको अर्थ मन्त्रालयका एक उच्च अधिकारीले बताए।
‘सरकारले वर्ष तोकेर अनुमतिपत्र दिने व्यवस्थामा मात्रै ध्यान दियो तर ३५ वर्षपछि के हुन्छ भन्ने हेक्का राखेन,' ती अधिकारीले भने, ‘अझैसम्म यसबारे केही सोचिएको छैन।'
वित्तीय संस्थाको साधारण सेयरमा सामान्य लगानीकर्ताको हक सधैं कायम हुने तर जलविद्युतमा सर्वसाधारणको सेयर वा सम्पत्ति सरकारले सित्तैमा लिन नपाउने एक लगानीकर्ताले टिप्पणी गरे। ‘हामीले घर वा जग्गा किनेर ३५ वर्षसम्म प्रयोग गरी अब पुग्यो सरकारलाई दिऊँ भन्न सकिन्न,' ती अधिकारीले भने, ‘जलविद्युत कम्पनीमा किनिएको सेयर पनि त्यही हो।' यसका लागि सरकारले कुनै व्यवस्था गर्नुपर्ने उनको तर्क छ।
निकट भविष्यमै ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी, १ सय ११ मेगावाटको रसुवागढी, १ सय २ मेगावाटको मध्य–भोटेकोसी, साढे ४५ मेगावाटको सान्जेन र १४.८ मेगावाटको माथिल्लो सान्जेन सर्वसाधारणका नाममा सेयर जारी गर्ने तयारीमा छन्। त्यस्तै, निजी क्षेत्रका अपि हाइड्रो, दोर्दीलगायत एक दर्जन कम्पनीले यसरी नै सेयर जारी गर्दैछन्। सर्वसाधारण पनि यसतर्फ आकर्षित छन्। उनीहरू ३५ वर्षपछि निम्तिने समस्याबारे भने अनभिज्ञ छन्।