नयाँ योजनामा नेसनल ट्रेडिङ
२३ पौष २०७१
•
६ मिनेट पाठ
नयाँ योजनामा नेसनल ट्रेडिङ
काठमाडौं-आवश्यकभन्दा बढी कर्मचारी पालेर निरन्तर घाटा बेहोर्दै हुँदै आएको सरकारी स्वामित्वको नेसनल ट्रेडिङ लिमिटेड एक तिहाइ कर्मचारी कटौती गरेर नयाँ स्वरुपमा आउने भएको छ।कम्पनीले तीन सय कर्मचारीमध्ये एक सयलाई अवकाश दिनेलगायत व्यावसायिक योजना अघि सारेको छ। वाणिज्य तथा आपूर्ति मन्त्रालय स्रोतका अनुसार केही समयअघि भएको साधारण सभामा कम्पनीले नयाँ कार्ययोजना प्रस्तुत गरिसकेको छ। 
कम्पनीले साधारण सभामा स्वेच्छिक अवकाश योजना लागू गर्ने, उपत्यकाबाहिर बिक्रीकक्ष खोल्ने, काठमाडौं रामशाहपथ र टेकुको जग्गा भाडामा लगाउन काम अघि बढाउने, भैरहवा, पोखरा र धनगढीको जग्गामा व्यापारिक भवन बनाउने, नाफामूलक सामानमात्र पैठारी र बिक्रीवितरण गर्ने योजना प्रस्तुत गरेको थियो। 
अर्थ मन्त्रालयले खारेजी वा अन्य संस्थासँग मर्ज गर्ने बताएपछि कम्पनीले कर्मचारी कटौती गरेर भए पनि सञ्चालन गर्ने योजना अघि सारेको हो। आवश्यकभन्दा बढी कर्मचारीले कम्पनी घाटामा गएपछि व्यवस्थापनले यो कदम चाल्न लागेको हो। 
वाणिज्य तथा आपूर्ति मन्त्रालय स्रोतका अनुसार कम्पनीले सय कर्मचारीलाई सम्मानजनक अवकाश दिने छ। त्यसपछि संस्थान राम्रोसँग सञ्चालन हुने स्रोतले बतायो। 
अर्थले निरन्तर घाटामा गएको संस्थानलाई लामो समयसम्म पैसा दिएर पाल्न नसकिने बताएपछि वाणिज्य मन्त्रालयमार्फत कम्पनीले नयाँ प्रस्ताव अघि सारेको हो। ‘नेसनल टे्रडिङ व्यावसायिक योजनासमेत बनाएर ल्याउने तयारीमा जुटेको छ,' मन्त्रालय स्रोतले नागरिकसँग भन्यो, ‘कर्मचारी कटौती र व्यावसायिक योजना ल्याए वाणिज्य मन्त्रालयले आवश्यक प्रक्रिया अगाडि बढाउने छ।' 
वाणिज्यमा यो कम्पनी देशलाई आवश्यक रहेकाले व्यावसायिक कसरी बनाउन सकिन्छ भन्नेमा मन्त्री, राज्यमन्त्री, सचिव, सहसचिव तथा संस्थानका उच्च अधिकारीबीच छलफल भएको थियो। कम्पनीसँग पर्याप्त मात्रामा भौतिक संरचना भएकाले कर्मचारी कटौती र व्यावसायिक योजना ल्याएपछि सञ्चालन गर्न समस्या नहुने निष्कर्ष छ। अवकाशपछि नियमित खर्च निकै घट्छ। कम्पनीमा भएका धेरैजसो कर्मचारीले सम्मानजनक अवकाश लिन चाहेको मन्त्रालय स्रोतको भनाइ छ। 
कम्पनीले २०६३ को सार्वजनिक खरिद ऐन तथा नियमावली नै आफ्नो लागि बाधक रहेको जनाउँदै आएको छ। यसले व्यावसायिक योजना कार्यान्वयनमा ल्याउन कठिन भएको कम्पनी स्रोतको भनाइ छ। 
आर्थिक वर्ष २०६४/०६५ सम्म ५७ लाख रुपैयाँभन्दा धेरै मुनाफा गरेको कम्पनी त्यसपछि निरन्तर घाटामा छ। आफूलाई निजी क्षेत्रसँग प्रतिस्पर्धामा उतार्न नसक्दा अहिले ४२ करोड ७६ लाखभन्दा धेरै घाटामा छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको करमुक्त पसल बन्द हुनु, आयातित वस्तुको बिक्रीमा विदेशी मुद्राको विनिमयदरमा भएको परिवर्तनले असर गर्नु, जिन्सी मौज्दातको मूल्यांकनमा परेको असर जस्ता कारणले यसले सोचेअनुरुप प्रगति गर्न नसकेको जनाएको छ। कार्यरत कर्मचारीले नियमित तलब पनि पाउन सकेका छैनन्। 
वाणिज्य मन्त्रालयका प्रवक्ता दीपक सुवेदीले विश्वका धेरै देशमा सरकारले नेसनल टे्रडिङजस्ता कम्पनी सञ्चालन गरेको पाइएको बताए। ‘यसले बजारमा एकाधिकार हुनबाट जोगाउन मद्दत पुर्याङउने छ,' उनले भने, ‘त्यसका लागि पनि कम्पनी नयाँ तरिकाबाट सञ्चालन गर्न जरुरी छ।' 
कम्पनीका आयात विभाग प्रमुख श्यामकुमार श्रेष्ठले नयाँ रुपमा सञ्चालन गर्न लागेको बताए। ‘के कसरी हुन्छ, सञ्चालन गर्न जरुरी छ,' उनले भने। मन्त्रालयले व्यावसायिक योजना बनाएर ल्याएपछि छलफल गरेर अगाडि बढाउन सकिने आश्वासन दिएको उनले बताए।
अर्थ र वाणिज्य मन्त्रालयबीच कम्पनीलाई अन्य यस्तै प्रकृतिका संस्थासँग मर्ज गर्ने वा खारेजीमा लैजाने विषयमा छलफल चलिरहेका बेला उसले नयाँ प्रस्ताव ल्याएको हो। ‘यसले प्रभावकारी रुपमा काम गर्न नसकेकाले कसरी व्यवस्थापन गर्न सकिन्छ भनेर छलफल भइरहेको थियो,' सुवेदीले भने, ‘तर व्यावसायिक योजना र कर्मचारी कटौती गरेर भए पनि सञ्चालन गर्ने प्रस्ताव आएपछि थप सोच्न बाध्य भएका हौं।' यसअघिसम्म खारेजी गर्ने वा अरुसँग मर्ज गर्ने विषयमा अर्थ र वाणिज्य तथा कम्पनीबीच छलफल भइरहेको थियो।


अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।




प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस