उद्योगीले ग्यास लुकाउँदा हाहाकार
२६ पौष २०७१
•
९ मिनेट पाठ
उद्योगीले ग्यास लुकाउँदा हाहाकार
काठमाडौं-पुस २३ गते धादिङस्थित एक ग्यास डिलरमा २ सयभन्दा बढी भरिएका सिलिन्डर लुकाएर राखिएको फेला पर्योत। स्थानीयको उजुरीमा प्रशासनले छापा हान्दा त्यहाँ विभिन्न कम्पनीका सिलिन्डर भेटिएको थियो।
– त्यसको भोलिपल्टै राजधानीको सिनामंगलस्थित एक डिपोमा पनि २ सयभन्दा बढी सिलिन्डर फेला पर्‍यो।
– शुक्रबार त एलपी ग्यास उद्योग संघका अध्यक्ष तथा सुगम ग्यासका सञ्चालक शिव घिमिरेले नै १ सय ४० वटा सिलिन्डर लुकाएर राखेको अनुगमन टोलीले छापा हानेर मुचुल्का तयार पार्‍यो।अनुगमनका क्रममा भेटिएका यी बद्मासीका घटनाबाट पुष्टि हुन्छ, उद्योगीकहाँ ग्यास छ, तर बजारमा नपठाउँदा उपभोक्ता मारमा छन्।
ग्यास सिलिन्डरको कोटा बढाउने नियतले उद्योगी र व्यापारी नै मिलेर खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव सिर्जना गराउँदा उपभोक्ता मारमा परेको सरकारी अनुगमनले नै पुष्टि गरेको छ। 
अझ डरलाग्दो त यस्तो कालोबजारीमा ग्यास उद्योगीका नेताकै अगुवाइ र बिक्रेताको समेत मिलेमतो छ।
‘बजारमा ग्यासको चरम अभाव छ भन्दै हिँड्ने संघका अध्यक्षले नै ग्यास लुकाएको भेटिनु उद्योगी र बिक्रेताको मिलेमतोमै कृत्रिम अभाव गराइएको प्रस्ट हुन्छ,' ग्यास बिक्रेता महासंघका निर्वतमान अध्यक्ष ज्ञानेश्वर अर्यालले नागरिकसँग भने, ‘उपभोक्तालाई ग्यास छैन भनेर फर्काउने र कृत्रिम अभाव सिर्जना गर्ने उद्योगी तथा बिक्रेतालाई हदैसम्मको कारबाही हुनुपर्छ।'
अनुगमनका क्रममा उद्योग संघका अध्यक्षले नै कालोबजारी गरेको भेटिए पनि उनलाई उन्मुक्ति दिँदा अन्य उद्योगी र व्यापारीसमेत बढी नाफा कमाउन यो हतकण्ठा अपनाउन उत्साही छन्।
सिनामंगलमा ग्यास लुकाउने व्यापारीलाई भने प्रहरीले थुनामा राखेको छ। घिमिरेले नयाँ डिलर बनाउने र सिलिन्डरसहित ग्यास बिक्री गर्ने उद्देश्यले लुकाएर कृत्रिम अभाव सिर्जना गरेको भेटिएको अनुगमन टोलीको भनाइ छ, तर प्रशासनले उनलाई अहिलेसम्म पक्राउसम्म गरेको छैन।
शंका लागेका उद्योग र बित्रे्कताका स्टोरमा छापा हान्दा ठूलो संख्यामा ग्यास लुकाएको लगातार फेला परिरहेका छन्। यसले अहिलेको अभाव पूरै कालोबजारीका कारण उत्पन्न भएको प्रस्ट हुन्छ।
सिनामंगलका व्यापारीले ग्यास भर्न पाइँदैन, नयाँ लगे पाइन्छ भन्दै एउटा सिलिन्डरको ४ हजार रुपैयाँका दरले बेचेका थिए। उनलाई काठमाडौं प्रहरी प्रमुखकै निर्देशनमा थुनामा राखिएको छ। घिमिरेले १ सय ४० वटा नयाँ सिलिन्डर बेचेको मुचुल्का जिल्ला प्रशासन कार्यलय र नेपाल आयल निगमले अनुगमनका क्रममा उठाएका छन् तर उनलाई अहिलेसम्म उन्मुक्ति नै छ।
‘घिमिरे यसअघि पनि सिलिन्डरको ‘फुटरिङ' काण्डमा परेर सहजै उम्केका उद्योगी हुन्,' एक उद्योगीले भने, ‘अहिले पनि दोषी ठहर हुँदाहुँदै पनि कारबाही नहुने पक्का छ।' राजनीतिक पहुँचका आधारमा उनले कालोबजारी गरिरहेको उद्योगीको भनाइ छ।
घिमिरेले भने ग्यासको बजार अभावमा आयल निगम दोषी रहेको आरोप लगाउँदै आएका छन्। उनले केही दिनअघि राजधानीमा पत्रकार सम्मेलन नै गरी संघ कार्टेलिङ गर्नकै लागि जन्मिएको समेत धम्की थिए। ‘हाम्रो संस्था ग्यासको कृक्रिम अभाव गराउनै जन्मिएको हो,' पत्रकार सम्मेलनमा उनले भने, ‘निगमले ग्यासको कोटा नथपे कृक्रिम अभाव गराउँदै जान्छौं, कहिलेसम्म कोटा वृद्धि गर्दैन हेर्दै जाऊँ।' 
घिमिरेको यस्तो भनाइ आएपछि संसदको उद्योग, वाणिज्य तथा उपभोक्ता हित समितिले ग्यासको कृत्रिम अभाव गराइएको निष्कर्षसहित अनुगमनमा निस्किएको हो। घिमिरेको भनाइ र संसदीय समितिको अनुमान अन्ततः सही निस्कियो। अनुगमन गर्दै जाँदा प्रत्येकजसो डिलर तथा उद्योगमा ग्यास लुकाएर राखेका थिए।
अध्यक्ष घिमिरेको भनाइमा धेरैजसो ग्यास उद्योगीले भने आपत्ति जनाइसकेका छन्। साइबाबा, श्रीकृष्ण, नेपाल, नारायणी, एनएल ग्यास उद्योग र साल्ट ट्रेडिङ कर्पोरेसनले औपचारिक रूपमै संघको कार्यप्रति विरोध जनाएका छन्। उपभोक्तालाई प्रत्यक्ष मर्का पर्ने गरी अभाव सिर्जना गराएर आफ्नो कोटा बढाउने संघको रणनीतिसँग धेरै ग्यास व्यवसायी असहमत छन्। 
ग्यास व्यवसायीले कृत्रिम अभाव सिर्जना गराउनुको कारण निगमलाई दबाब दिएर आफ्नो भागको आयात कोटा बढाउनु हो। साइबाबा ग्यास उद्योगका प्रबन्ध निर्देशक राजेन्द्र डल्लाकोटी कृक्रिम अभाव गराएर राज्यलाई घुँडा टेकाउने पक्षमा आफू नरहेको बताए। ‘हामी कहिल्यै ग्यास अभाव गराउँदैनौं,' उनले भने, ‘संघले गरेको कार्यप्रति हामी असहमति जनाउँछौं।'
साइबाबालगायत कम्पनीले अहिलेको आन्दोलनको विरोध जनाउँदै ग्यास आपूर्ति नियमित गर्ने प्रतिबद्धता निगमसमक्ष जनाइसकेका छन्। ‘हामीले आपूर्तिमा कुनै अवरोध खडा गरेका छैनौं,' डल्लाकोटीले भने, ‘उपभोक्ता र राज्यलाई मारमा पारेर आन्दोलन गर्ने पक्षमा पनि हामी छैनौं।'
अध्यक्ष घिमिरे बजारमा कृत्रिम अभाव गराएर नयाँ डिपो खोल्न केन्द्रित भएको अन्य उद्योगीको आरोप छ। एक उद्योगीका अनुसार उनले अहिले ३ हजार ग्यास सिलिन्डर लुकाएका छन्। 
नेपाल आयल निगमले माग धान्ने गरी नियमित आपूर्ति भइरहेको र हाल बजारमा ग्यास अभाव हुनुपर्ने कुनै कारण नरहेको प्रस्ट पारेको छ। ‘हामीकहाँ मासिक २३ हजार टन (करिब १५ लाख सिलिन्डर) ग्यास माग छ, अहिले २५ हजार टन माग पुर्यासइएको छ,' निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले शनिबार नागरिकसँग भने। उनका अनुसार मागभन्दा बढी आपूर्ति भइरहेका बेला व्यवसायीले कोटा बढाउनकै लागि ‘कृत्रिम अभाव' सिर्जना गराएका छन्।
निगमका अनुसार अहिले नै बजारमा ४१ लाख सिलिन्डर छन्। उद्योगी भने ५१ लाख रहेको दाबी गर्छन्। ‘व्यवसायीले अनावश्यक रूपमा बजारमा १० लाख सिलिन्डर छरेका छन्,' भट्टले भने, ‘अभावका बेला हामीलाई समस्या पार्ने यही १० लाख सिलिन्डरले हो।'
कालोबजारी रोकेर कृत्रिम अभाव हुन नदिन अहिले जिल्ला प्रशासन कार्यालय, वाणिज्य विभाग, निगम, ग्यास बित्रे्कता महासंघ र उपभोक्तावादी संस्थाका प्रतिनिधिको संयुक्त टोलीले अनुगमन तीव्र पारेको छ।
अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।

प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस