काठमाडौं- विदेशी लगानीकर्तालाई सरल तरिकाले सेवा उपलब्ध गराउने उद्देश्यले उद्योग विभाग, त्रिपुरेश्वर परिसरबाटै भिसा दिन थालिएको छ। विभागमा अध्यागमन एकाइ स्थापनासँगै विदेशी लगानीकर्ता भिसाको लागि अन्य ठाउँमा जानुपर्ने झन्झट हटेको हो।सरकारले एकै थलोबाट विदेशी लगानीकर्तालाई सेवा, सुविधा प्रदान गर्ने एकद्वार प्रणाली अन्तर्गत उद्योग विभागमा अध्यागमन एकाइ सुरु गरेको हो।
नेपालमा लगानी गर्न चाहने विदेशीलाई लगानीको आधारमा 'विजनेस भिसा' दिने नियम छ। अहिलेसम्म पर्यटन भिसामा नेपाल आएका विदेशी लगानीकर्तालाई उद्योग विभागको सिफारिसमा कालिकास्थानमा रहेको अध्यागमन विभागले 'विजनेस भिसा' दिँदै आएको थियो। अध्यागनम विभाग धाउनुपर्ने झन्झट हटाउँदै उद्योग विभागभित्रै एकाइ खडा गरिएको हो। अब उद्योग विभागको सिफारिसपछि सोही भवनमा रहेको अध्यागमन एकाइले भिसा दिने छ।
आइतबार उद्योगमन्त्री महेश बस्नेतले उक्त एकाइ स्थापनाले विदेशी लगानीकर्तालाई सुलभ र सरल रुपले नेपालमा लगानी गर्ने वातावरण बनेको बताए। चारजना विदेशी लगानीकर्तालाई भिसा दिएर अध्यागमन एकाइ सुरु गरिएको थियो।
एकद्वार प्राणाली सुरु गर्ने प्रक्रियास्वरुप उद्योग विभागले अध्यागमन विभागलाई एकाइ स्थापना गर्न अनुरोध गरेको थियो। त्यसैका आधारमा अध्यागमन विभागका दुई कर्मचारीसहित एकाइ स्थापना भएको उद्योगका महानिर्देशक महेश्वर न्यौपानेले बताए।
लगानीको आकार, उद्योगको प्रकारका आधारमा विदेशीलाई एक महिनादेखि पाँच वर्षसम्मको भिसा दिने नियम छ। थोरै लगानी ल्याउनेलाई थोरै र धेरै ल्याउनेलाई धेरै समयको भिसा दिने गरेको छ। 'हामीले लगानी र उद्योगको किसिम हेरेर भिसाको अवधि सिफारिस गर्छौं,' महानिर्देशक न्यौपानेले भने, 'त्यो एक महिनादेखि पाँच वर्षसम्मको हुन्छ।' आवश्यकता अनुसार भिसा म्याद बढाउने गरेको न्यौपानेले बताए।
अहिले विदेशी लगानीकर्तालाई केका आधारमा भिसा अवधि दिने भन्ने मापदण्ड बनेको छैन। विदेशी लगानी आकर्षित गर्न र भिसाको दुरुपयोग नहोस् भनेर विभागले भिसासम्बन्धी मापदण्ड पनि बनाउन लागेको महानिर्देशक न्यौपानेले बताए। लगानी र उद्योगको किसिमका आधारमा भिसा अवधि राखेर अनुगमन गर्ने उनले बताए। विजनेस भिसा लिने र त्यसअनुसार काम गरेको छ कि छैन भनेर अनुगमनमा पनि जोड दिने उनको भनाइ छ।
एकद्वार प्राणाली अर्न्तगत अन्य सुविधा पनि विस्तार गर्दै जाने विभागले जनाएको छ। अध्यागमन एकाइसँगै ग्लोबल आइएमई बैंक पनि विभाग परिसरमा आउन लागेको महानिर्देशक न्यौपानेले बताए।
भिसा शुल्क बुझाउने सुविधाको लागि अध्यागमन विभागमा रहेको ग्लोबल आइएमई बैंकलाई उद्योग विभागमै ल्याउने कुराकानी भइरहेको र छिट्टै बैंकको शाखा खुल्ने उनले जानकारी दिए।
त्यसैगरी उद्योगीको लागि करको काम पनि त्यहीँबाटै होस भनेर आन्तरिक राजस्व विभागसँग कुराकानी भइरहेको न्यौपानेले बताए। 'राजस्व तिर्न पनि धेरै ठाउँ धाउन नपरोस भनेर त्यो सुविधा पनि ल्याउन लागेका छौं,' न्यौपानेले भने। त्यसैगरी विद्युत शाखा लगायत अन्य सुविधा पनि थप्दै जाने विभागको योजना छ।
अन्य देशमा विदेशी लगानी भिœयाउन विभिन्न सुविधा दिने चलन रहेकाले नेपालले पनि त्यसको सिको गर्नुपर्ने न्यौपानेले बताए। उनका अनुसार विदेशमा लगानीकर्ताको लागि 'भिआइपी टि्रटमेन्ट' गरिन्छ। उनीहरुको सुविधाको लागि होटलसम्मै सेवा, सुविधा पुर्यािउने चलन छ। महानिर्देशक न्यौपानेले विभागले औद्योगिक बौद्धिक सम्पत्तिको डिजिटल अभिलेखीकरण गर्ने प्रक्रियासमेत अघि बढाएको बताए।
मन्त्री बस्नेतले नेपाललाई लगानीमैत्री गन्तव्यका रुपमा चिनाउन मन्त्रालयले विद्यमान ऐन कानुनमा रहेका बाधा, व्यवधान हटाउन र नयाँ लगानीमैत्री ऐन, कानुन छिट्टै जारी गर्न लागेको बताए। उद्योग मन्त्रालय र अन्तर्गतका सबै निकाय विस्तारै एकद्वार प्रणाली, वान स्टप सिस्टम हुँदै अनलाइन प्रणालीमा जोडिन थालेको उनले बताए।
पछिल्लो समय ठूलो विदेशी लगानी नेपाल भित्रिरहेको न्यौपानेले बताए। लगानी बोर्डबाट ठूलो र उद्योग विभागबाट पनि विदेशी लगानी भित्रिरहेको उनले जानकारी दिए।