निःशुल्क भिसा र टिकटको अनुसन्धान
२९ पौष २०७१
•
४ मिनेट पाठ
निःशुल्क भिसा र टिकटको अनुसन्धान
काठमाडौं-रोजगारदाताले निःशुल्क पठाएको भिसा र टिकटमा कामदारले पैसा तिरेको छ, छैन पत्ता लगाउन सरकारले अनुसन्धान थालेको छ। निःशुल्क टिकट र भिसामा म्यानपावर र एजेन्टले अनधिकृत रुपमा रकम उठाएको व्यापक गुनासो आएपछि सरकारले यो कदम चालेको हो। सरकारले भिसा लिएर विदेश जाने अन्तिम तयारीमा रहेका कामदारलाई म्यानपावर कम्पनीकै अगाडि राखेर सोधपुछ गर्ने जनाएको छ।श्रम तथा रोजगार मन्त्रालयले अन्तिम श्रम स्वीकृति लिएर विदेश उड्न तयार कामदारलाई म्यानपावर वा एजेन्टलाई पैसा दिएको छ कि छैन भनेर सोध्ने छ। विभिन्न देशबाट निःशुल्क भिसा र टिकटको माग ल्याएर विज्ञापन गर्ने म्यानपावर कम्पनीको पनि अनुगमन गर्ने छ। 
श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले विदेशबाट निःशुल्क भिसा र टिकट ल्याएर नेपालमा कामदारसँग अनधिकृत रकम उठाउनेलाई कारबाही गर्न लागेको बताए। ‘अहिले म्यानपावर कम्पनीमै गएर अनुगमन थालिएको छ,' राज्यमन्त्री गुरुङले भने। केही कम्पनीका एजेन्टले निःशुल्क भिसा र टिकटमा रकम उठाएको थाहा पाएपछि मन्त्रालयका कर्मचारीले समातेर प्रहरीलाई जिम्मा लगाएको पनि उनले बताए। 
पछिल्लोपटक मलेसियाको पेनाङ, जोहोरबारु, क्वालालम्पुरको फ्लेक्सट्रोनिक कम्पनीले १५ सय नेपाली कामदारका लागि निःशुल्क भिसा र टिकट पठाएको छ। यहाँका चार म्यानपावर कम्पनीले त्यो माग ल्याएपछि मन्त्रालयले चासो देखाउन सुरु गरेको हो। तीन दिनअघि निःशुल्क टिकट र भिसामा पैसा उठाउने एसभी एसोसिएट्सका एजेन्टलाई मन्त्रालयका कर्मचारीले समातेर प्रहरीलाई बुझाएको मन्त्री गुरुङले जानकारी दिए। 
निःशुल्क भिसा र टिकटमा म्यानपावरले देश हेरेर ८० हजारदेखि डेढ लाख रुपैयाँसम्म असुल्दै आएका छन्। वैदेशिक रोजगार विभागमा उजुरी परे पनि प्रमाण नपुगेको भन्दै छोड्न थालेपछि सरकारले कामदारसँग विदेश उड्नुअघि सोध्ने र म्यानपावर कम्पनीमा अनुगमन गर्ने विकल्प रोजेको हो। 




‘हामीले कामदार र म्यानपावर सञ्चालकलाई राखेर सोधपुछ गर्छाैं र त्यसपछि अनुसन्धान हुन्छ,' मन्त्री गुरुङले भने। भिसा पाएर उड्ने तयारीमा रहेका कामदारले पैसा तिरे, नतिरेको बताउने सम्भावना हुने र कामदारले झुटो विवरण दिएका छन्, छैन भन्ने विषयमा अनुसन्धान हुने उनले जानकारी दिए। 
मन्त्रालय र विभागका कर्मचारीलाई म्यानपावर कम्पनीमै अनुगमनका लागि खटाउने तयारी छ। अहिले नै पनि कतिपय कर्मचारी म्यानपावरको अनुगमनमा जान थालेको र कारबाहीको प्रक्रिया सुरु भएको उनले बताए। 
सरकारले यसअघि पनि निःशुल्क भिसा र टिकटमा पैसा उठाएको भन्दै रोजगारदाता मुलुकमा रहेका नेपाली दूतावासबाट डिमान्ड लेटर ल्याउनुपर्ने अनिवार्य व्यवस्था गरेको थियो। तर प्रभावकारी रुपमा प्रक्रिया अगाडि नबढेपछि मिलेमतोमा म्यानपावर कम्पनीले निःशुल्क भिसा र टिकटमा पनि रकम असुल्दै आएका छन्। म्यानपावर कम्पनीले लागतभन्दा बढी लिएको विषयमा पनि उजुरी परेको थियो। तर सरकारले कारबाही गर्न सकेको छैन।
अर्को समाचार
मेनपावर कर छलीमा अख्तियारको अनुसन्धान
१९ साउन २०७४
•
९ मिनेट पाठ
मेनपावर कर छलीमा अख्तियारको अनुसन्धान
काठमाडौं- कामदारसँग चर्को रकम असुल गरी वैदेशिक रोजगारीमा पठाउने मेनपावरले गरिरहेको कर छलीबारे अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेको छ।




मेनपावरहरूको आम्दानी अनुसार सरकारलाई कर नतिरेको विषयमा अध्ययनका लागि बिहीबार अख्तियारले श्रम तथा रोजगार मन्त्रालय, वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार प्रवर्द्धन बोर्ड, आन्तरिक राजस्व विभागका अधिकारीलाई बोलाएको हो। अख्तियारका प्रवक्ता जीवराज कोइरालाले श्रम मन्त्रालय र सम्बन्धित निकायका पदाधिकारीसँगको बैठकमा मेनपावरको कर छली लगायत विषयमा छलफल हुने बताए।

निःशुल्क भिसा र टिकटको निर्णयपछि मेनपावरले खाडीका ६ मुलुक र मलेसिया जाने कामदारसँग सेवा शुल्कवापत १० हजार रुपैयाँ भन्दा बढी उठाउन पाउँदैनन्। तर, यतिखेर वैदेशिक रोजगारीमा जाने अधिकांश युवायुवतीले कम्तीमा ५० हजारदेखि ५/६ लाख रुपैयाँसम्म मेनपावरलाई बुझाउनु परेको गुनासो गर्छन्।

स्रोतका अनुसार सरकारी निकायको समन्वय अभाव र कमजोर नीतिको फाइदा उठाउँदै मेनपावरले कर छली गरेको समाचार प्रकाशित भएपछि सरोकारवाला निकायलाई बोलाइएको हो। 'वैदेशिक रोजगारीमा जाने कामदारसँग ठूलो रकम असुल गरे पनि राज्यलाई निकै कम कर बुझाउँछन् भन्ने हाम्रो पुरानै आशंका थियो,' स्रोतले भन्यो, 'सार्वजनिक सञ्चारमाध्यममा त्यसबारे समाचार प्रकाशित भएपछि थप अध्ययन थालिएको हो।'

दुई वर्षअघि सरकारले सुरु गरेको निःशुल्क भिसा र टिकटको निर्णय कार्यान्वयन नगरेर कामदार ठगिरहेका मेनपावर व्यवसायीले सरकारलाई समेत कम कर तिरेर दोहोरो फाइदा लिइरहेको तथ्य फेला परेको थियो। निःशुल्क भिसा र टिकटको निर्णयपछि मेनपावरले खाडीका ६ मुलुक र मलेसिया जाने कामदारसँग सेवा शुल्कबापत १० हजार रुपैयाँभन्दा बढी उठाउन पाउँदैनन्। तर, विदेश जाने अधिकांश कामदारले कम्तीमा ५० हजारदेखि ५–६ लाख रुपैयाँसम्म मेनपावरलाई बुझाउनुपरेको गुनासो गरिरहेका छन्।

५० हजार रुपैयाँ नलिए वैदेशिक रोजगारीमा पठाउन नसकिने मेनपावर व्यवसायी बताउँछन्। आन्तरिक राजस्व विभागमा भने मेनपावरले असुल गरेको रकमको तुलनामा निकै कम कर बुझाएको पाइएको छ। सबै खर्च कटाएर बचेको आम्दानीमा २५ प्रतिशत कर तिर्नुपर्ने कानुनी व्यवस्थाको आडमा कर छल्न सहज भइरहेको विज्ञ बताउँछन्।

'सरकारले निःशुल्क भिसा र टिकटको निर्णय गरेपछि मेनपावरले कामदारसँग जति रकम असुले पनि देखाउने भनेको १० हजार रुपैयाँ नै हो,' वैदेशिक रोजगार विभागका एक अधिकारीले भने, '१० हजार आम्दानीमा ठूलो रकम खर्च भएको देखाएर बचेको २५ प्रतिशत कर बुझाउनुपर्ने अहिलेको कानुनी व्यवस्थाले मेनपावरलाई कर छल्न सहज भइरहेको हो।'

वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डेले अख्तियारसँगको छलफलमा आफ्नो मातहतको सूचना उपलब्ध गराइने बताए। 'विभागसँग हुने सूचना कुन मेनपावरले कति मान्छे विदेश पठाउँछन् भन्ने हो,' पाण्डेले भने, 'मेनपावरले मान्छे पठाए अनुसार कर तिरे/नतिरेको हेर्ने निकाय अर्कै हो।'

कर ऐनअनुसार प्रालिमा दर्ता भएको कुनै पनि कम्पनीले वर्षमा गरेको कारोबारमा सबै खर्च कटौती गरी बाँकी आम्दानीको २५ प्रतिशत आयकर सरकारलाई बुझाउनुपर्छ। वैदेशिक रोजगार विभागमा दर्ता भएका प्रायः मेनपावर प्रालिको रूपमा दर्ता भएकाले उनीहरूले आम्दानीको २५ प्रतिशत आयकर सरकारलाई बुझाउनुपर्ने हुन्छ।  

आन्तरिक राजस्व विभागका अनुसार आर्थिक वर्ष ०७३/७४ मा  मेनपावरहरूले २२ करोड ६८ लाख ४८ हजार रुपैयाँ कर तिरेका छन्। सोही वर्ष वैदेशिक रोजगारीमा गएका ६ लाख ५५ हजारमध्ये करिब तीन लाख ७४ हजार कामदार संस्थागत रूपमा (मेनपावरमार्फत) वैदेशिक रोजगारीमा गएका थिए। आर्थिक वर्ष ०७३/७४ मा मेनपावरमार्फत वैदेशिक रोजगारीमा गएका कामदारसँग सरकारले तोकेअनुसार नै मेनपावरले १० हजार रुपैयाँ असुले पनि पौने चार अर्ब रुपैयाँ उठाएको देखिन्छ। तर, प्रतिव्यक्ति १० हजार रुपैयाँ तिरेर वैदेशिक रोजगारीमा जाने व्यक्ति भेट्नै सकिँदैन।

वैदेशिक रोजगारीमा जाने व्यक्तिसँग गरिएको निरन्तरको छलफल र अध्ययन अनुसार यतिखेर मेनपावरले वैदेशिक रोजगारीमा जाने व्यक्तिसँग ५० हजार रुपैयाँभन्दा बढी असुल गरेको पाइन्छ। आर्थिक वर्ष ०७३/७४ मा मेनपावरले वैदेशिक रोजगारीमा पठाएका युवायुवतीको संख्या र उनीहरूसँग प्रतिव्यक्ति उठाएको औसत ५० हजार रुपैयाँलाई आधार मान्ने हो भने मेनपावर व्यवसायीले करिब १९ अर्ब रुपैयाँ असुलेका छन्। सुरक्षा गार्डको रूपमा जाने कामदारले ५–६ लाख र लेबर लगायत अन्य काममा जानेले एक लाख रुपैयाँ खर्चनु सामान्य भइसकेको छ। पारदर्शी रूपमा मेनपावरलेे उठाएको रकम र तिर्नुपर्ने करबारे अध्ययन हुने हो भने वर्षमा कम्तीमा साढे चार अर्ब रुपैयाँभन्दा बढी कर उठ्नुपर्ने देखिन्छ।

विवरण नबुझाउने मेनपावरलाई पुनः पत्राचार

वर्षमा विदेश पठाएको कामदार संख्या, कार्यालय र कर्मचारी खर्चबारे पटकपटक माग्दा पनि विवरण नबुझाउने मेनपावरलाई वैदेशिक रोजगार विभागले पुनः पत्राचार थालेको छ।

मेनपावर सञ्चालन पारदर्शी हुनुपर्ने भन्दै विभागले एक वर्षयता कामको विवरण पाउन पटकपटक पत्राचार गरिरहेको छ। 'एक वर्षदेखि गरेको पत्राचार अनुसार विवरण प्राप्त नभएपछि पुनः मेनपावरसँग विदेशमा मान्छे पठाएको संख्या र खर्च विवरणका लागि पत्राचार गर्न थालेका हौंं,' विभागका निर्देशक नारायण आचार्यले भने।

उनका अनुसार विभागमा दर्ता भएका ११ सय जति मेनपावरमध्ये ४१ वटाले अझै विवरण वुझाएका छैनन्। मेनपावरले बुझाएका विवरणमा गडबडी देखिए कारबाही गर्ने विभागले जनाएको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस