काठमाडौं-काठमाडौं, इन्द्रचोक दिनभर सुनसान रहन्थ्यो।
कुनै व्यापारिक चहलपहल थिएन, जबसम्म त्यहाँ आशाकाजी साहुको चकचकी सुरु भएन।
करिब ९० वर्षअघि रैथाने व्यापारी आशाकाजी श्रेष्ठले इन्द्रचोकमा दुई साथीसँग मिलेर कपडा व्यापार सुरु गरे। व्यापार यसरी चम्कियो, छिट्टै इन्द्रचोकभर उनी ‘आशाकाजी साहु' का नामले प्रतिष्ठित भए।
आजको व्यस्त व्यापारिक केन्द्र इन्द्रचोकलाई व्यापारमा हुलेका आशाकाजीका जेठा छोरा इन्द्रभक्त श्रेष्ठले बाबुको बिँडो मात्र थामेनन्, त्यसलाई देशव्यापी फैलाए। उनैले स्थापना गरेको आफ्नो व्यापारिक घराना एनई ग्रुपलाई अन्तर्राष्ट्रियव्यापी बनाए।तिनै प्रतिष्ठित उद्योगी, व्यापारी इन्द्रभक्तको शनिबार मध्याह्न १२ बजे ९१ वर्षको उमेरमा नर्भिक अस्पतालमा निधन भयो। निरोगी इन्द्रभक्त साताअघिसम्म सक्रिय जीवनमा थिए। अघिल्लो शनिबार एक्कासि बिरामी परे उनी। अस्पताल पुर्यासउँदा निमोनिया र श्वासप्रश्वास समस्या देखियो। त्यही निहुँले मृत्युको बाटोमा डोहोर्याअयो।
श्रेष्ठका दुई छोरा, पाँच छोरी छन्। कान्छो छोरो रविभक्त श्रेष्ठ नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष हुन् जो एनइ ग्रुपका उपाध्यक्ष तथा प्रबन्ध निर्देशक छन्। जेठो छोरो भारतभक्त इन्जिनियर छन्, अमेरिका बस्छन्।
‘इन्द्रभक्तसाहु' को शनिबारै पशुपति आर्यघाटमा अन्त्येष्टि गरियो। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष प्रदीपजंग पाण्डेले आर्यघाटमा उनको पार्थिव शरीरमा महासंघको झन्डा ओढाएर अन्तिम श्रद्धान्जली दिएका थिए। घरमा प्रधानमन्त्री सुशील कोइराला, कांग्रेस नेता शेरबहादुर देउवा, पूर्णबहादुर खड्कालगायत नेता र व्यापारी श्रद्धाञ्जली दिन पुगेका थिए।
आशाकाजीको इन्द्रचोकमा असर्फी पसल थियो जहाँबाट पैसा साट्ने काम हुन्थ्यो। बाबुले सुरु गरेको कपडा व्यापारलाई इन्द्रभक्तले नयाँ उचाइ दिए। उनले भारतको मुम्बईमा टेक्सटायल व्यापार पनि गरेका थिए।
इन्द्रभक्त प्रतिष्ठित व्यापारिक घराना एनइ ग्रुपका संस्थापक अध्यक्ष हुन्। यस ग्रुपले उत्पादन, बैंकिङ, सेवा, आयात–निर्यात लगायत क्षेत्रमा लगानीका साथै अर्थतन्त्रमै ठूलो योगदान पुर्या,एको छ।
व्यापार व्यवसायमा भर्खर पाइला टेकेको नेपाललाई उनकै सक्रियतामा नयाँ उचाइमा पुगेको व्यवसायी बताउँछन्। उनकै सक्रियतामा नेपालमा संगठित रुपमा व्यवसाय सुरु भएको थियो। नेपाल उद्योग वाणिज्य महासंघका संस्थापक सदस्य इन्द्रभक्त २०३५ देखि २०३८ सम्म अध्यक्ष भए। उनलाई ऊर्जाशील र लगनशील व्यापारीका रुपमा सम्झन्छन्, महासंघका वर्तमान अध्यक्ष प्रदीपजंग पाण्डे।
‘नेपालको व्यवसायलाई अगाडि बढाउन उहाँले महत्वपूर्ण योगदान पुर्या उनुभएको छ,' पाण्डेले भने, ‘जुन बेला नेपालमा निजी व्यवसायले आयातन लिन सकेको थिएन।' उनको निधनबाट निजी क्षेत्र र महासंघले अभिभावक गुमाएको महासंघले विज्ञप्तिमार्फत जनाएको छ।
इन्द्रभक्तकै नेतृत्वमा नेपाल चेम्बर अफ कमर्स स्थापना भएको थियो। संस्थापनकालदेखि उनी त्यसको पाँच कार्यकाल अध्यक्ष रहे।
नेपालको व्यापारलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन र छिमेकी राष्ट्रसँग व्यापारिक सम्बन्ध जोड्न महत्वपूर्ण योगदान पुर्या्एको श्रेय उनलाई दिइन्छ। नेपालबाट पहिलोपटक २०३६ सालमा चीन डेलिगेसन गएका इन्द्रभक्तले नेपाल–चीन व्यापारिक सम्बन्धमा नयाँ आयाम थपे। उनकै नेतृत्वमा नेपाल र दक्षिण कोरियाबीच व्यापार सुरु भएको छोरा रविभक्त सम्झन्छन्।
नेपालमा बहुराष्ट्रिय कम्पनी भित्याउने श्रेय पनि उनैलाई जान्छ। अन्तर्राष्ट्रिय स्तरमा प्रतिष्ठित युनिलिभर कम्पनीलाई पनि उनैले ल्याए।
व्यापार सिलसिलामा उनी विसं १९५१ मा भारतको मुम्बई पुगेका थिए। उनले मुम्बईमा कार्यालय नै राखेर टेक्सटायल व्यापार सुरु गरेको कान्छा भाइ केदारभक्तले सम्भि्कए। ‘मुम्बईमा अफिस नै खडा गरेर नेपालमा टेक्सटायल पठाउनुभयो,' केदारभक्तले भने।
केदारभक्त अमेरिका र बेल्जियमका लागि पूर्व राजदूत हुन्।
सन् १९७२ देखि व्यवसाय सुरु गरेको एनइ ग्रुपअन्तर्गत नेसनल आइसक्रिम इन्डस्ट्रिज, नेसनल इन्भेस्टमेन्ट एन्ड क्यापिटल मार्केट (एनआइसिएम), नेसनल सोप इन्डस्ट्रिज, युनिलिभर नेपाल, युनाइटेड इन्स्योरेन्सलगायत २३ भन्दा बढी कम्पनी सञ्चालनमा छन्।
जेठा छोरा भारतभक्तले आफ्ना बाबुलाई ‘सक्सेस एचिभर' भनेर सम्झन चाहन्छन्। ‘बुबाले कुनै काम चाहेपछि पूरा गरेरै छाड्नुहुन्थ्यो,' भारतभक्तले भने, ‘सधैँ आफ्नो काममा तल्लीन हुनुहुन्थ्यो।'
इन्जिनियर पढ्न अमेरिका पुगेका भारतभक्तले एमबिएसमेत त्यहीँबाट गरेका थिए। ‘बुबाले नै मलाई एमबिए पढ्न प्रेरित गर्नुभयो,' उनले भने, ‘उहाँ बिजनेस माइन्डेड हुनुहुन्थ्यो।'
इन्द्रभक्तमा ‘नदेखिने जीवनदर्शन' थियो भन्छन्, उनका ज्वाइँ नारायणप्रसाद श्रेष्ठ। ‘अनुशासनमा कटिबद्ध, नामजस्तै शंकरभक्त,' उनले भने, ‘बिहान उठ्नेबित्तिकै भगवान शंकरको ओमकार जप्नुहुन्थ्यो।'
व्यापार मात्र होइन, परोपकार र सामाजिक काममा पनि सक्रिय थिए इन्द्रभक्त। कान्ति बाल अस्पतालमा ५० लाखको ‘इन्द्र जवाहर सहयोग गुठी' नाममा अक्षय कोष स्थापना गरेका छन् उनले।
‘सानैदेखि सामाजिक काममा सक्रिय,' बालसखा वनवारीलाल मित्तलले सम्भि्कए।
२००७ सालको आन्दोलन ताका नै उनको घरमा ‘जनपुस्तकालय' स्थापना गरिएको मित्तलले जनाए। ‘उहाँले पुस्तकालय स्थापना गर्न निकै महत्वपूर्ण योगदान पुर्यासउनुभयो,' मित्तलले भने, ‘बच्चाबच्चालाई पढाउनुपर्छ भन्ने मान्यता थियो उहाँमा।' भुइँतलामा स्थापना भएको उक्त पुस्तकालयमा निकै राम्रा पुस्तक संग्रह भएको र पछि ती पुस्तक अर्कै पुस्तकालयमा हस्तान्तरण गरेको मित्तल सम्झन्छन्।
इन्द्रभक्तका माइला भाइ स्वर्गीय लक्ष्मीभक्त राणाशासनको विरोधमा आन्दोलनमा होमिएको मित्तलले सम्भि्कए। ‘लक्ष्मीभक्त सक्रिय रुपमा राणाको विरोधमा लाग्नुभएको थियो,' उनले भने, ‘धेरै समयसम्म त जेल पनि पर्नुभयो।'
बालसखा गुमाएकोमा मित्तल शोकमग्न छन्। ‘इन्द्रचोकमा घुमेको, खेलेको सधैँ याद आउनेछ,' उनले सुनाए, ‘साथीको निधनले मलाई निकै दुःखी बनाएको छ।'