पोखरा-जग्गा अधिग्रहण गरेको ४० वर्ष पुग्दा पनि स्थानीय तहको जिम्मेवार निकायले सिन्को भाँच्न नसकेपछि पोखरा बसपार्क निर्माणका लागि मुख्य सचिव लीलामणि पौडेलको निर्देशनमा प्रक्रियाअघि बढेको छ। पौडेलको निर्देशानुसार बसपार्क क्षेत्रको जग्गा किनबेच शुक्रबारदेखि रोक्का छ।क्षेत्रीय प्रशासन कार्यालय पश्चिमाञ्चलले शुक्रबार मालपोत कास्कीलाई उक्त क्षेत्रको जग्गा किनबेच रोक्का गर्न निर्देशन दिएको हो। बसपार्ककै लागि अधिग्रहण गरिएको जग्गा पोखरा उपत्यका नगर विकास समितिले मुआब्जा लगायत बापत विभिन्न व्यक्तिलाई बिक्री गरेको थियो। केही परिवारलाई सरकारले नै पनि बसोबास गराएको थियो। ती दुवैथरी जग्गाधनीलाई अर्काे विकल्प व्यवस्था गर्ने उद्देश्यसहित उनीहरुको जग्गा बेचबिखन रोक्का गरिएको हो।
‘मुख्यसचिवज्यूबाट आएको निर्देशनअनुसार बसपार्क निर्माण प्रक्रिया अघि बढाउन एउटा कार्यदल पनि गठन भएको छ,' क्षेत्रीय प्रशासनका शाखा अधिकृत रामजी कोइरालाले नागरिकसँग भने।
मालपोत कास्कीका अधिकृत राजेन्द्र पौडेलका अनुसार सरकारीबाहेक व्यक्तिका नाममा रहेको जग्गा अब थप व्यक्तिमा बेचबिखन भएर नजाने गरी मालपोतले पनि रोक्का गरेको छ। ‘आफूभन्दा माथिल्लो निकायबाट आएको निर्देशानुसार रोक्कामा छ,' उनले भने, ‘कसको कति जग्गा र कुन कुन कित्ता भनेर भने अध्ययन गर्दैछौं। त्यसको रेकर्ड तयार गर्न बाँकी छ।'
बसपार्कका लागि भनेर छुट्याएको कुल २०५ रोपनी जग्गामध्ये अहिले सरकारको नाममा त्यति सबै जमिन छैन। सेती नदीको किनारपट्टि ६८ रोपनीमा धाँजा फाटेको छ। मुआब्जा बापत ४ रोपनी बराबर एउटा घडेरी दिइएको थियो। २० रोपनी त्यसमा गएको छ। बसपार्क क्षेत्रलाई गुल्जार गर्न केही घरपरिवारलाई उतिबेलै सरकारले बसोबास गराउँदा १६ रोपनी उनीहरुका नाममा छ। ‘केही जमिन पृथ्वी राजमार्गको मापदण्डका कारण पनि घटेको छ, त्यसैले बसपार्कका लागि बाँकी ८६ रोपनी देखियो,' कोइरालाले नागरिकसँग भने।
८६ रोपनीमा मात्रै बन्ने बसपार्कले पोखराजस्तो पर्यटकीय सहरलाई बसपार्क नपुग्ने देखेर व्यक्तिको जग्गासमेत रोकी काम अघि बढाउने मुख्य सचिवले निर्देशन दिएका हुन्। ती जग्गाधनीलाई बसपार्कबाहेक अन्त सट्टाभर्ना दिएर वा अरु व्यवस्था गरी बसपार्क फराकिलो पार्ने विकल्पको खोजी गरिँदैछ।
प्रक्रिया अघि बढाउन बनेको कार्यदल अहिले कार्यविधि बनाउन व्यस्त छ। उसले कार्यविधि र कार्ययोजना पेस गरेपछि काम अघि बढ्ने कोइरालाले जानकारी दिए। कार्यदलमा पोखरा उपत्यका नगरविकास समितिका सदस्य राजबहादुर गुरुङ, राजनीतिक दलका प्रतिनिधि, नापी र मालपोत कार्यालयका अधिकृत, भवन तथा सहरी विकास डिभिजन कार्यालयका इन्जिनियर, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष बिन्दुकुमार थापा र पोखरा उपमहानगर ९ का सचिव लोकदर्शन कोइराला सदस्य छन्।
बसपार्क क्षेत्रमा व्यक्तिको निजी जग्गामात्रै नभई भूमिहीनहरुको अव्यवस्थित बसोबाससमेत छ। भूमिहीन परिवारको संख्या २०७० सालमा २ सय ५४ थियो। उनीहरुलाई त्यत्तिकै हटाउने वा विकल्पसहित भन्ने कुरा राजनीतिक दलहरुले सहमति गर्न सकेका थिएनन्। भोटका लागि उनीहरुको पनि मन जित्न खोज्ने र बसपार्क बनाउँछौं भनेर अरु सहरबासीसँग पनि भन्ने दोधारे पाराकै कारण प्रक्रिया अघि बढ्न सकेको थिएन।
बसपार्कको जग्गाको स्वामित्व पोखरा उपत्यका नगर विकास समितिसँग छ। तर यसको नेतृत्वले दृढ अडानका साथ कहिल्यै काम अघि बढाएको छैन। यतिका वर्षसम्म बसपार्क बन्न नसक्नुको एउटै कारण यो समितिमा राजनीतिक नियुक्ति पाएर आउने व्यक्तिसँग प्रष्ट दृष्टिकोण नहुनु र भूमिहीनलाई हटाउने वा वैकल्पिक व्यवस्था गर्ने भन्नेबारे सहमति नजुट्नु हो। तर उपत्यका नगर विकास समितिले भने राज्यले सुरक्षाको प्रत्याभूति नदिएर भूमिहीनको व्यवस्थापन गर्न नसकेको आरोप लगाएको थियो। त्यही आरोप खेपेपछि मुख्यसचिवलाई सोहीअनुसारको जानकारीपत्र क्षेत्रीय प्रशासन कार्यालयले पठाएको थियो। जवाफमा मुख्यसचिवले सुरक्षा प्रदान गर्दै काम अघि बढाउन क्षेत्रीय प्रशासनलाई अघिल्लो साता निर्देशनात्मक पत्र पठाएका हुन्।