काठमाडौं-मलेसियास्थित नेपाली दूतावासले त्यहाँको जोहोरबारु क्षेत्रमा खोलेको सम्पर्क कार्यालयमा दूतावासले खटाएका स्वयंसेवकले पासपोर्ट प्रमाणीकरणका लागि भन्दै रकम उठाएको कामदारले आरोप लगाएका छन्।गत साता दूतावासले जोहोरबारुमा मेसिन रिडेबल पासपोर्ट (एमआरपी) बनाउने फारम संकलन र प्रमाणीकरण गर्न सम्पर्क कार्यालय खोलेको थियो। दूतावासकै कर्मचारी हप्ताको ३ दिन बसेर सेवा दिने भन्दै खोलिएको कार्यालयमा दूतावासबाट स्वयंसेवकको परिचयपत्र लिएका व्यक्तिले फोटो खिचेको र फारम भरेको ६० देखि १ सय २० रिंगेटसम्म लिएको कामदारले बताएका छन्।
जोहोरबारुको सिटी सेन्टर क्षेत्रमा बस्ने गुल्मीका प्रेम दर्जीले स्वयंसेवकले दूतावासले फोटो र फारमको ३० रिंगेट लिने स्वीकृति दिए पनि ६० देखि १ सय २० रिंगेटसम्म लिएको बताए। इमेलबाट नागरिकलाई बिल पठाउँदै उनले दूतावासले स्वयंसेवक भने पनि उनीहरुले कामदारसँग जबरजस्ती पैसा उठाएको बताए।
दूतावासले केही दिनअघि मलेसियामै रहेका म्यानपावर व्यवसायी चोला पंगेनी र सन्तोष कार्कीलाई स्वयंसेवक नियुक्त गरेको थियो। सम्पर्क कार्यालयनजिक नै उनीहरुले पसल राखेर फारम र फोटोबापत चर्काे शुल्क लिएको कामदारको आरोप छ।
दूतावासका स्वयंसेवी पंगेनीले आफूहरुले ३० रिंगेटमा काम गरिरहेको दाबी गरे। नागरिकसँगको टेलिफोनवार्तामा उनले फारम भर्ने, फोटोकपी गर्ने र ४ वटा फोटो खिच्ने काममात्र आफूहरुले गरेको बताए। 'हामीले दूतावासले भने जतिनै रकम लिएका छौं,' उनले भने। अहिले आफू राजधानी क्वालालम्पुरमा रहेकाले जोहोरबारुमा कसले कति रकम लिएको भन्ने आफूलाई थाहा नभएको उनले बताए।
नेपाली कामदार धेरै रहेको मलेसियाका विभिन्न क्षेत्रमा राहदानी बनाउन सजिलो होस भनेर दूतावासले सम्पर्क कार्यालय खोलेको हो। दूतावासले जोहोरबारु, पेनाङ, बाटु पाहट, मेलाका, मुयर, केलाङ क्षेत्रमा सम्पर्क कार्यालय खोलेको जनाएको छ।
नेपाली दूतावासका उपनियोग प्रमुख हेमराज भट्टराईले फारम, फोटोकपी र फोटोको गरेर निश्चित शुल्क लिन पाउने भए पनि स्वयंसेवकले धेरै लिन नपाउने बताए। …हामीले ३० रिंगेटसम्मको कुरा गरेका थियौं। कसैले बढी लिएको भए तत्काल कारबाही प्रक्रिया अघि बढ्छ,' टेलिफोनमा उनले भने, 'स्वयंसेवकका कोही स्टाफले गरेका होलान् हामीले त्यहाँ सेवा दिएको १ साता भयो त्यसैले केही जानकारी छैन।'
सम्पर्क कार्यालयमा दूतावासकै कर्मचारी हप्ताको ३ पटक पुगेर सेवा दिइरहेका छन्। दूतावासले राहदानीका लागि ३ सय १० रिंगेट लिँदै आइरहेको छ। डेढ वर्षअघि पनि ट्राभल डकुमेन्ट बनाइदिने भन्दै दूतावासका कर्मचारी र स्थानीय एजेन्टले कामदारसँग अनधिकृत रुपमा रकम उठाएका थिए। थाहा पाएर पनि त्यसमा दूतावासले कारबाही गरेको थिएन। दूतावास परिसर र सोही भवनमा फोटोकपी गर्ने, फोटो खिच्ने र कागजपत्र मिलाइदिने भन्दै एजेन्टले रकम उठाइरहँदा पनि दूतावासले कारबाही गरेको छैन।