काठमाडौं-सडक निर्माणमा अनुमगन चुस्त बनाई गुणस्तर कायम गर्ने गरी सडक विभागले २० वर्षे सांगठनिक संरचना परिवर्तन गरेको छ। जनशक्ति अभाव पूर्ति गर्दै वार्षिक विनियोजित बजेट शतप्रतिशत खर्च गर्ने रणनीति कार्यान्वयन गर्न पनि संरचना फेरिएको हो।सरकारले २०५१ सालमा विभागको संरचनामा सामान्य फेरबदल गरेको थियो। हजारौं सडक थपिँदा जनशक्ति अभाव र बजेटको आकार बढे पनि संरचनामा सुधार भएको थिएन। पुरानो संरचनामा काम गर्न ज्यादै गाह्रो भएकाले यो वर्षदेखि संगठनको पूरै संरचना फेरिएको विभागका महानिर्देशक माधवकुमार कार्कीले बताए।
‘जुन काम २० वर्षदेखि भइरहेको थियो, त्यही अवस्थामा सडक निर्माणको रणनीतिक लक्ष्य पूरा हुन सक्ने अवस्था छैन,' उनले नागरिकसँग भने, ‘त्यतिबेला विभागले बनाउनुपर्ने रणनीतिक सडकको संख्या करिब पाँच हजार मात्रै थियो तर अहिले त्यो संख्या १५ हजार पुगेको छ। बजेटको आकार पाँच गुणा बढेको छ, अब पनि पुरानो संरचनालाई निरन्तरता दिइयो भने पूर्वाधार निर्माणको लक्ष्य पूरा हुँदैन।' पुरानै ढर्रामा काम भइरहेकाले पनि सडक निर्माण र यसको गुणस्तरमा सरकारको लक्ष्य पूरा हुन नसकेको उनले प्रस्ट्याए।
सडक निर्माण र विस्तारको जिम्मेवारी थपिएअनुसार विभागले डिभिजन कार्यालय थप्न र कर्मचारी संख्या बढाउन सकेको थिएन। ‘चालु आर्थिक वर्षदेखि अनावश्यक दरबन्दी कटौती गरेर आवश्यक दरबन्दीमा कर्मचारी थप गरिएको छ,' कार्कीले भने। विभागमा हाल २१ जना सह–सचिव, एक सय ५० जना उप–सचिव (सिनियर डिभिजनल इन्जिनियर), चार सयभन्दा बढी इन्जिनियर र ६ सय हाराहारी सहायक इन्जिनियर दरबन्दी छ। यीमध्ये अधिकांशको दरबन्दी व्यवस्थापन भए पनि सहायक इन्जिनियर जम्मा एक सय ५० मात्रै रहेको विभागले जानकारी दिएको छ।
सहायक इन्जिनियर ६ सय वा सोभन्दा बढी हुनुपर्नेमा तिनको अभावले सडक निर्माणस्थलमा बसेर अनुगमन गर्न र ठेकेदार परिचालन गर्न नसकिएको कार्कीले स्वीकारे। यद्यपि चालु आवको अन्त्यसम्म सबै तहको दरबन्दीमा पदपूर्ति गरिने र अर्को आवदेखि काम गर्न सहज हुने उनको दाबी छ। विगतमा स्वतः अर्थात २४ ‘घ' अनुसार कर्मचारी बढुवा हुँदा माथिल्लो दरबन्दीमा योग्य इन्जिनियर थप्न नसकिएकाले संरचना बिगारेको विभागका अधिकारी बताउँछन्।
देशभर सडक सञ्चाल विस्तार गर्ने लक्ष्य परिणाममुखी बनाउन विगतमा २५ वटा सडक डिभिजन कार्यालय रहेकोमा यस वर्षदेखि ती कार्यालयको संख्या ३४ पुर्या इएको छ। विभागका अनुसार हेभी इक्विपमेन्ट डिभिजन सात र यान्त्रिक कार्यालयको संख्या ११ पुर्याइइएको छ। यी कार्यालयको संख्या थपिँदा सडक निर्माण, अनुमगन र ठेकेदार परिचालनमा सहज हुने महानिर्देशक कार्कीले बताए। विभागअन्तर्गत अहिले एक सय २० कार्यालय छन्। ती कार्यालयलाई चाहिने इन्जिनियर तथा अन्य आवश्यक कर्मचारी यसै वर्ष थप्ने विभागको योजना छ।
सरकारले चालु वर्ष विभागलाई ३६ अर्ब रुपैयाँ छुट्याएको छ। विकास निर्माणमा सबैभन्दा बढी रकम खर्च गर्ने निकायमा जनशक्ति र पुरानो ढाँचाको कार्यशैलीले वार्षिक लक्ष्य पूरा हुन नसकेको उदाहरण छन्। लक्ष्यअनुसारका काम भए पनि गुणस्तर कायम नहुने र निर्माण भएको छोटो समयमै सडक तथा पुल भत्किने गरेका छन्। जनशक्ति अभावकै कारण निर्माणका क्रममा ठेकेदार परिचालन र अनुगमन नहुँदा गुणस्तरीय काम हुन नसकेको पनि विभाग अधिकारीको भनाइ छ। तर, आगामी आवदेखि यो समस्या अन्त्य गर्ने गरी कार्ययोजना बनिरहेको एक इन्जिनियरले बताए।
विभागले देशभर निर्माण र मर्मत गर्नुपर्ने पुललाई ध्यानमा राखेर यो वर्षदेखि पुल महाशाखा थपेको छ। पुल तथा सडक निर्माणमा कम रकम प्रस्ताव गर्ने ठेकेदारले काम नगर्ने र ठेक्का ओगट्ने परिपाटी पनि अन्त्य गर्ने विभागले जनाएको छ। सञ्चालन खर्च लिएर काम नगर्ने र विगतदेखि ठेक्का ओगटिरहेका ठेक्कादारसँगको सम्झौता तोड्ने तयारी भइरहेको पनि कार्कीले जानकारी दिए। यी ‘समस्या'बीच विभागले यो वर्ष करिब ९० प्रतिशत विकास बजेट खर्च गर्ने लक्ष्य राखेको उनले बताए।