काठमडौं-भवन निर्माणको काम पूरा भएर पनि ल्याबका सामान ल्याउन ढिला गर्दा आधुनिक खाद्य गुणस्तर विश्लेषण प्रयोगशाला सञ्चालन हुन सकेको छैन। नेपाल खाद्य संस्थानको उक्त प्रयोगशालामा प्रयोग हुने आधुनिक ल्याब ल्याउन ठेकेदारले ढिलाइ गरेको हो।भारतले सहयोग गरेको उक्त प्रयोगशाला निर्माण जिम्मा सरकारले काठमाडौं जिल्ला विकास समिति (जिविस) लाई दिएको थियो। जिविसले भवन र ल्याबको सम्पूर्ण काम सम्पन्न गरी एक वर्षभित्र संस्थानलाई बुझाउने सम्झौता भएको थियो। साढे दुई वर्ष पुग्दा पनि जिविसले प्रयोगशाला हस्तान्तरण गर्न सकेको छैन। काठमाडौं भद्रकालीस्थित संस्थानको जग्गामा प्रयोगशाला निर्माण भइरहेको छ।
‘हामीले धेरैपटक ताकेता गरिसक्यौं,' संस्थानका नायब महाप्रबन्धक नवराज उपाध्यायले भने, ‘चारपटक त चिठी नै लेखिसक्यौं।' पछिल्लोपटक जिविसले एक महिनाभित्र हस्तान्तरण गर्ने जानकारी गराएको उपाध्यायले बताए।
प्रयोगशाला निर्माण हेरिरहेका जिविस काठमाडौंका सिभिल इन्जिनियर सन्देश ढकालले ल्याबका सामान ल्याउन ढिला भएकाले हस्तान्तरण गर्न नसकेको बताए। ‘भवन निर्माणको काम पूरा भइसकेको छ,' ढकालले भने, ‘सामान ल्याएर जडान गरेपछि हस्तान्तरण गर्छौं। हामी पनि आतुर छौं।'
ढकालका अनुसार ठेकेदार कम्पनी ल्याबका सामान ल्याउन एलसी खोल्ने प्रक्रियामा छ। ठेकेदार सिद्धबाबा कन्स्ट्रक्सन एलसी खोल्ने तयारीमा रहेको ढकालले बताए। कम्पनीले नयाँ सामान ल्याउन आवश्यक रकम जुटाउँदै गरेको जानकारी गराएको ढकालले बताए।
प्रयोगशालामा विश्वकै पछिल्लो अत्याधुनिक प्रविधि जडान गर्न लागिएको संस्थानले बताएको छ। ३ वटा मेसिन सिंगापुरबाट ल्याउने तयारी छ। तिनको मूल्य झन्डै एक करोड रुपैयाँ पर्ने ढकालले जानकारी गराए। प्रयोगशालामा एचपिएलसी, टिएलसी, क्रोमेटोग्राफी जस्ता उपकरण जडान गर्न लागिएको उपाध्यायले बताए। उनका अनुसार यी प्रविधि पछिल्ला र अत्याधुनिक छन्।
ढकालका अनुसार ३ वटा उच्चस्तरको प्रविधिबाहेक अन्य १२/१३ वटा नेपालमै उपलब्ध छन्। एलसी खोलेर सामान ल्याएपछि एक महिनाभित्र प्रयोगशाला तयार हुने ढकालले बताए।
प्रयोगशाला स्थापनापछि सेवाको गुणस्तर थपिने संस्थानले बताएको छ। ‘यो प्रयोगशाला स्थापना भएपछि हामीले खाद्य परीक्षण गर्न सक्नेछौं,' उपाध्यायले भने, ‘यसबाट हामीले बेचिरहेका खाद्य वस्तु कति गुणस्तरीय छन् भन्ने थाहा पाउन सकिन्छ।'
उनका अनुसार प्रयोगशालामा जाँचेपछि घिउ, तेल, दाल, चामल लगायत खाद्य वस्तुमा कति विषादी प्रयोग भएको छ?, त्यसमा पोषण कति छ?, खानयोग्य छ, छैन? थाहा हुनेछ।
संस्थानले अहिलेसम्म खानेकुरा परीक्षण नगरी बेचिरहेको छ। नेपालमा खानेकुरामा धेरै रासायनिक पदार्थ प्रयोग गरिँदैन भन्ने मान्यताका आधारमा संस्थानले बिक्री गरिरहेको छ।
अहिलेसम्म खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खानेकुराको गुणस्तर परीक्षण गर्दै आएको छ। विभागबाट आधुनिक स्तरको परीक्षण गर्न नसकिने स्थितिमा संस्थानको प्रयोगाशाला सञ्चालन हुँदा सर्वसाधारणलाई फाइदा हुने संस्थानले बताएको छ।
यो प्रयोगशाला सञ्चालनमा आएपछि संस्थानले आफ्नोबाहेक सर्वसाधारणले ल्याएको नमूना पनि परीक्षण गरिदिने उपाध्यायले बताए।
संस्थानले प्रयोगशाला सञ्चालनको लागि आवश्यक स्रोत, साधन जुटाउन थालेको छ। त्यसैका लागि थप १३ जना खाद्य प्राविधिक भर्ना गर्न लागिएको उपाध्यायले जानकारी गराए।
नेपालमा खाद्य सुरक्षाको अवस्था कमजोर रहेको बेला नयाँ प्रविधियुक्त प्रयोगशाला स्थापनाले केही सहयोग पुर्याकउने सरोकारवाला बताउँछन्। खाद्य उत्पादनमा कमी, खाद्यको उचित प्रयोग नुहुनु, पोषण खाद्यको कमी, सन्तुलित खानाको कमी लगायत खाद्य सुरक्षाका समस्या हुन्।