काठमाडौं– सरकारले नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिप्रसाद भट्टलाई हटाएर गोपाल खड्कालाई नयाँ कार्यकारी निर्देशन नियुक्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले भट्टलाई हटाउने निर्णय गरेको हो।स्वच्छ छविका मानिने भट्ट आयल निगममा आएपछि नियगमको घाटा कम भएको थियो। उनले धेरै सुधारका काम गरेका थिए। तर, व्यवसायीको दबाब थेग्न नसकेपछि वाणिज्य तथा आपूर्तिमन्त्री सुनिलबहादुर थापाको ठाडो प्रस्तावमा मन्त्रिपरिषद बैठकले भट्टलाई हटाउने निर्णय गरेको हो।
स्रोतका अनुसार वाणिज्य तथा आपूर्ति राज्यमन्त्री गिरीबहादुर केसीको दबाबमा मन्त्री थापाले भट्टलाई हटाएका हुन्। स्रोतका अनुसार राप्रपा महामन्त्री दिपक बोहोराले भट्टलाई पैसा उठाएर पार्टीलाई सहयोग गर्न दबाब दिएका थिए। तर, भट्टले पैसा उठाउन नसक्ने बताएपछि बोहोराले राज्यमन्त्री केसीमार्फत भट्टलाई हटाउन मन्त्रीलाई दबाब दिएका थिए।
भट्ट कार्यकारी नियुक्त भएपछि आयल निगममा सुधारको संकेत देखिएको थियो। उनले तेल चोरलाई कारबाही गर्नुपर्ने अडान राखेका थिए भने तेल चोरीमा संलग्न ८८ वटा ट्यांकर तथा चारवटा पेट्रोलपम्पलाई कारबाही गरेका थिए।
यसैगरी उनले तत्काल ग्यासको कोटा बढाउन नहुने अडान राखेका थिए। व्यवासायीले कृतिम ग्यास अभाव सिर्जना गरेको भन्दै भट्टले तत्काल ग्यासको कोटा थप्दा राज्यलाई ठूलो व्ययभार पर्ने अडान राख्दै आएका थिए।