महासंघपछि क्यान झन् सशक्त भएर अघि बढ्नेछ
१३ माघ २०७१
•
१५ मिनेट पाठ
महासंघपछि क्यान झन् सशक्त भएर अघि बढ्नेछ
सूचना प्रविधिको विषयमा जानकारी दिने उद्देश्यले कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) को आयोजनामा माघ १४ (आज) देखि राजधानीको भृकुटीमण्डपमा ६ दिनसम्म सुबिसु क्यान इन्फोटेक हुँदैछ। एक महिनाअघि मात्र महासंघ बनेको क्यानका अध्यक्ष विनोद ढकालसँग नागरिकका प्रकटकुमार शिशिरले इन्फोटेक र महासंघपछिको क्यानको विषयमा गरेको कुराकानी।यसपटकको क्यान इन्फोटेकका विशेषता के छन्?
सूचना प्रविधिको बृहत् मेला सुबिसु क्यान इन्फोटेक माघ १४ देखि १९ सम्म भृकुटीमण्डपमा हुँदैछ। ६ दिन चल्ने मेलामा सूचना र सञ्चार प्रविधि क्षेत्रका पछिल्ला उपलब्धिबारे एकै ठाउँबाट जानकारी दिइनेछ। सूचना प्रविधि आधारभूत आवश्यकता भइसकेको छ। त्यसैलाई मध्यनजर गरेर जानकारी र खरिदका विकल्प दिएका छौं। मेलामा हार्डवेयर र सफ्टवेयर सेल्स सोलुसन, पावर सोलुसन, ल्यापटप मोबाइलका एसेसरिज, विभिन्न कम्पनी, कलेजका विषयमा जानकारी, अनलाइन र बैंकिङ पेमेन्टसम्बन्धी स्टल, त्यस्तै डिलर, डिस्ट्रिब्युटर, इन्टरनेट र दूरसञ्चार सेवा प्रदायकको स्टल पनि रहेका छन्। मेलामा विभिन्न कम्पनीले अफर र स्किम सार्वजनिक गर्दैछन्। 
इन्फोटेकका लागि क्यानले अवलोकनकर्तालाई कसरी आकर्षित गर्दैछ?
इन्फोटेकले सधै अवलोकनकर्तालाई आकर्षित गर्दै आइरहेको छ। इन्फोटेक आफैंमा बृहत् मेला हो। यसमा सूचनाप्रविधिका पछिल्ला प्रविधिसहित सूचना र जानकारी हुन्छ। त्यो सबैका लागि चासोको विषयबस्तु हो। यसपालि मुख्य प्रदर्शनी हलभित्र ४९ र बाहिर ३ वटा ब्रान्डिङ प्रदर्शनी कक्ष छन्। ट्रसमा १ सय ४४, ओपन स्पेसमा १४ र फुुड स्टल ९ गरी जम्मा २ सय १९ स्टल छ। 
विभिन्न स्टलमा रहेका कम्पनीहरुले आफ्ना पछिल्ला उत्पादन र जानकारी मेलामा प्रस्तुत गर्छन्। यसबाहेक विभिन्न कम्पनीको अफर र स्किमले पनि अवलोकनकर्तालाई आकर्षण गर्छ। अर्काे कुरा प्रत्येक अवलोकनकर्ताको आफ्नै उद्देश्य हुन्छ। सबैको समान उद्देश्य हुँदैन। कसैको सामान किन्ने त कसैको जानकारीमात्र लिने हुन्छ। हामीले सकेसम्म अवलोकनकर्तालाई अधिकतम सन्तुष्टि दिने गरी मेला आयोजना गरेका छौं। हाम्रा अवलोकनकर्ता बच्चादेखि बृद्धसम्म रहेको पाएका छौं। सबैलाई लक्षित गरेर प्रदर्शनीस्थलमा केही न केही हुुन्छ। जानकारी लिने र सामान लिने कसैले पनि खाली हात फर्कनु पर्दैन। यही महत्वपूर्ण हो तर केही पनि नलिनेहरुले केही पनि पाइँदैन भन्न पनि सक्छन्। 
इन्फोटेकमा प्रायः एउटै कम्पनीको उपस्थिति हुन्छ। नयाँ र विदेशी कम्पनीको सहभागिता किन बढेन?
खासमा भन्ने हो भने धेरै कम्पनीहरु नेपालमा छैनन्। जति छन् तिनीहरुको क्यानको इभेन्टमा उपस्थिति छ। अर्काे कुरा कम्पनीमात्र भएर पनि भएन प्रडक्ट पनि हुनुपर्योय। इन्फोटेकमा आउन प्रडक्ट सोकेस गर्नुपर्छ। प्रडक्ट नै नभएका कम्पनीको अर्थ छैन त्यसैले केही त्यस्ता कम्पनीहरु छुटेका पनि होलान्। हामीले निश्चित कम्पनीले मात्र भाग लिन पाउँछ भनेका छैनौं। स्टल बुकिङका लागि सार्वजनिक आह्वान गर्छाैं। यसअनुसार आउने कम्पनीले भाग लिइरहेका छन्। जसले आफ्नो सेवा र बस्तुको ब्रान्डिङ गर्न चाहिरहेका छन् उनीहरु आइरहेका छन्। अझ कतिपय कम्पनीले इन्फोटेककै बेला आफ्नो सेवा र बस्तु सार्वजनिक गरेका पनि छन्। र अर्काे कुरा हरेक विदेशी कम्पनीको नेपालमा आधिकारिक बिक्रेता छन्। विदेशी कम्पनीको उनीहरुले नै प्रतिनिधित्व गरेका हुन्छन् र उनीहरुकै सहभागिता हुन्छ। तर पनि विदेशी कम्पनीका प्रतिनिधि मेला हेर्न आउने क्रम पनि बढिरहेको छ। 
यसपटक टिकटको मूल्य अलि बढि भयो भन्ने गुनासो छ नि?
हामीले चाहेर पनि यसलाई महँगो बनाएको होइन। भृकुटीमण्डपको प्रदर्शनीस्थलको भाडा नै विगतको भन्दा दोब्बर महँगो बनाइएको छ। हामीले हाम्रो सदस्य कम्पनीसँग प्रायोजन मागरे मेला गरेका छौं। ठूलो इभेन्ट भएकाले खर्च पनि ठूलै छ। त्यसैले यसपटक मेला प्रवेश शुल्क सर्वसाधारणलाई डेढ सय र विद्यार्थीलाई ७५ रुपैयाँ तोकिएको छ। माघ १८ को ‘विजनेस डे'मा सबैले एक सय ५० रुपैयाँ प्रवेश शुल्क तिर्नुपर्ने हुन्छ। 




क्यान महासंघ बनेको छ। महासंघपछि क्यानको योजना कसरी अघि बढ्दै छ?
हामी महासंघ भएको भर्खर एक महिना भयो। तर क्यानले विगतदेखि नै महासंघको अवधारणामा काम गर्दै आइरहेको थियो। यसको संरचना पनि महासंघ अनुरुप नै थियो। हामीले गर्ने काम र संरचना अनुसार हामी महासंघमा जानुपर्छ भन्ने लागेर हामीले निर्णय गरेका हौं। ५७ जिल्लामा विस्तार भएको सूचना प्रविधिमा योगदान पुर्या उने संस्थालाई महासंघमा लगेर थप काम गर्न सकिन्छ भन्ने योजना अनुसार हामी अघि बढ्दै जाँदा महासंघ बन्न पुगेको हो। 
पहिला जिल्लामा रहेका प्रत्येक क्यान जिल्ला प्रसासन कार्यालयमा दर्ता हुन्थे। हामी पनि काठमाडौं प्रसासन कार्यालयमा दर्ता थियौं। सबैको समान हैसियत थियो तर क्यानको विधानमा यसको उद्देश्य अनुसार काम गर्ने भन्ने बाहिर जिल्लाको विधान थियो। हामी त्यहीअनुसार सहकार्य गर्थ्याैं। हामीले खासमा राष्ट्रिय निर्देशन ऐन २०१८ अनुसार दर्ता हुनुपर्छ भनिरहेका थियौं तर सरकारले स्पष्ट रुपमा यो ऐनअनुसार दर्ता हुँदैन भन्यो। संस्था दर्ता ऐन २०३४ अनुसार हुन्छ भन्यो। तर पनि हामीलाई केन्द्रको शाखा अनुसार जिल्ला क्यान रहने र जिल्ला प्रसासन कार्यालयमा दर्ता हुनु नपर्ने सुविधा दिएपछि हामीले पनि मान्यौं र महासंघ भयौं। अब हाम्रो दायित्व एकदम बढेको छ। उदाहरणका रुपमा क्यान कास्कीको सम्पूर्ण दायित्व केन्द्रले लिनुपर्ने हुन्छ। उनीहरुले राम्रो गरे पनि नराम्रो गरे पनि। केन्द्रले अबदेखि हेर्ने र नियन्त्रण गर्ने भयो। सम्पूर्ण शाखाको दायित्व हामीले लिनुपर्ने हुन्छ। र काम गर्न पनि सहज बनायो। शाखाको रुपमा रहेपछि काम गर्ने सहज हुन्छ। महासंघ पछि हामी झन् सशक्त भएर जान्छौं। अब पहिलाको भन्दा बढी संस्थागत रुपमा जानुपर्छ। 
र अब सरकारले पनि विगतमा जस्तो एसोसिएसनलाई हेरेजस्तो दृष्टिकोण राख्नु भएन। क्यान महासंघ भएपछि महासंघकै रुपमा सरकारले हेर्नुपर्छ। र सरकारले हामीलाई पनि दायित्व दिनुपर्छ। सरकारले निजी क्षेत्रमा क्यान छाता संगठन भएर बसेको छ भन्ने सोचेर ग्रामीण क्षेत्रमा सूचना प्रविधि क्षेत्रमा कसरी विकास गर्ने भन्ने विषयमा समन्वय र सहकार्य गर्नुपर्छ। 
त्यस्तै नेपालमा स्थापना भएका आइटी कम्पनी र आउने कम्पनीलाई दर्ता प्रक्रियामा गर्दा कम्पनी रजिस्ट्रारको कार्यालयमा जाँदा क्यान महासंघको सिफारिस हुनुपर्ने भयो भने कम्पनीको अवस्था र भाबी रणनीति स्पष्ट हुन्थ्यो। यसले गर्दा हामीसँग लगानी, कम्पनीको संख्या, कम्पनीको योजनाको तथ्यांक रहन्छ। र हामीले पनि राम्रो गर्नेलाई प्रोत्साहन गर्न सक्छौं र सरकारको राजस्व बढाउन सहयोगी पनि हुन्छ। यस्तै कम्पनीको लागि व्यापार र प्रवर्द्धनमा पनि हामीले सहयोग पुर्या्उन सक्छौं। सरकारले त्यो व्यवस्था गरोस् भन्ने कम्पनीहरु कै चाहना छ। यसरी क्यान महासंघलाई रुपान्तरण गर्ने हाम्रो योजना छ। 
महासंघ बनाउन एक बर्षभन्दा बढी समय लाग्यो। कस्तो खालको समस्या भयो?
महासंघ बनाउन धेरै नै समस्या भयो। हामीले अझै खोजेजस्तो संरचनाको महासंघ बनेन। सरकारले हामीलाई राष्ट्रिय निर्देशन ऐन २०१८ अनुसार दर्ता नगरी संस्था दर्ता ऐन २०३४ अनुसार गरिदियो। तर पनि संस्था दर्ता ऐन अनुसार सजिलो हुन्छ भनेर सोच्ने गरिन्थ्यो त्यो पनि गलत रहेछ। सबैको प्रहरी रिपोर्ट, सबै जिल्ला शाखाको अधिवेशनको निर्णय हुनुपर्नेलगायत अनेक प्रक्रिया म २ दिन सिडिओ कार्यालयमा बसेर धर्ना नै दिएँ भन्दा हुन्छ त्यसपछि प्रक्रिया अघि बढ्यो। 
म आफैं पनि यसमा धेरै लागँे। यसमा अलिकति पृष्ठभूमिको कुरा गर्ने हो भने म सन २००२ सचिव थिए। त्यो बेलाको संगठनात्मक संरचना हेर्दा जम्मा ६, ७ वटा शाखाहरु थिए। म विभिन्न हैसियतमा क्यानमा बसे। सचिव, महासचिव, उपाध्यक्ष भए अहिले अध्यक्ष छु। अहिलेको शाखा विस्तारमा पनि मेरो ठूलो योगदान छ। शाखा भएपछि अहिले क्यानको इन्फोटेक विभिन्न जिल्लामा पनि हुँदै आएको छ। हामीलाई पहिला काठमाडौंमा मात्र कार्यक्रम गर्छ भन्ने आरोप हुन्थ्यो अहिले कार्यक्रम मोफसलमा पुगिसकेको छ। 
तर पनि यति गर्दा पनि क्यानमा केही राजनीति देखिएको छ। कोही अघि बढ्दा पनि कसरी खसाल्ने भन्ने कुरा केहीले सोच्दा रहेछन्। केहीले मलाई जिल्लाविरोधी मान्छे हो भनेर पनि प्रचार गरे तर म आफंै खटेर प्रसासन, मन्त्रालयदेखि मिडियासम्म पुगेर महासंघ बनाए यसमा अहिलेका कार्यसमिति र अन्य साथीहरुको पनि उत्तिकै साथ छ। मलाई क्यान महासंघ बनाउँदैन भनेर प्रचार पनि गरेका थिए। 
महासंघ भएपछि कसरी मिलाएर लैजानुहुन्छ?
एउटामात्र एजेन्डा थियो विनोद ढकाल एन्ड टिमले क्यानलाई महासंघमा लैजाँदैन भन्ने। अब त्यो कुरालाई हामीले चिरेका छौं। अबका दिनमा हामीले झन् सबैलाई मिलाएर लैजान सजिलो भएको छ। र महासंघ भइसकेपछि अधिवेशनको घोषणा पनि भएको छ। अब विगतमा विरोध गर्ने साथीहरु पनि स्वतः स्फुर्त मिल्न आउनुहुन्छ। हामी उहाँहरुलाई सहयोग गर्छाै। अब सन्देश सकारात्मक गएको छ। हामीलाई नराम्रो सोच्नेले पनि अब राम्रो सोच्न थालेका छन् किनकी हामीले काम पनि गरेका छौं। हामीलाई ९० प्रतिशत जिल्ला अध्यक्षहरुले विश्वास पनि गर्नुभएको थियो। महासंघपछि पनि तपाईंले नेतृत्व लिनुपर्छ भनेर जिल्लाबाट साथीहरुले भन्न थाल्नुभएको छ। महासंघको भिजनअनुसार काम गरेर छोड्नुपर्छ भनेर साथीहरुकै दबाब छ। साथीहरुको कुरा सकारात्मक भए पनि यसमा चुनौती पनि धेरै छ।
अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।




प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस