काठमाडौ-खाद्य आपूर्ति गर्ने जिम्मा पाएको नेपाल खाद्य संस्थानका गोदामको समयअनुसार स्तरोन्नति नहुँदा संस्थानले कारोबार गर्ने खाद्य वस्तु असुरक्षित हुन थालेका छन्। देशभरका १ सय ६४ गोदाम ३८ वर्ष पुराना छन्। आधुनिक प्रविधियुक्त र स्तरोन्नति गरेको छैन। जीर्ण बन्दै गएका गोदाम मर्मत गर्न कम्तीमा ५ अर्ब रुपैयाँ लाग्ने संस्थानले जनाएको छ।संस्थानका कतिपय खाद्य गोदाम २०३३ सालअघि निर्माण भएका हुन्। तिनको अवस्था नाजुक छ। स–साना भूकम्पले पनि भताभुङ पार्न सक्छन्।
संस्थानले २०४२ सालतिर आधुनिक स्तरका भनेर नयाँ गोदाम बनाएको थियो। तिनको पनि अहिलेसम्म मर्मतसम्भार हुन सकेको छैन। तत्कालीन अवस्थामा धान्ने गरी बनाएका यी गोदामलाई आवश्यकता अनुसार मर्मत नगर्दा खाद्यान्न सुरक्षित असुरक्षित हुने गरेको छ।
संस्थानले कारोबार गर्ने खाद्य वस्तु सुरक्षित राख्न बनाइएका कतिपय गोदाममा अहिले भित्रको तापक्रम खाद्य अनुकूल नहुने, पानी चुहिने, भेन्टिलेटर नचल्ने, मुसा, किरा लाग्ने, उपयुक्त छाना नभएको, उपयुक्त भुइँ नभएको, सटर अपडाउन नहुने लगायत समस्या छन्।
संस्थानका नायब महाप्रबन्धक नवराज उपाध्यायले गोदामहरू धेरै पुराना भएकाले मर्मत र स्तरोन्नति आवश्यक भएको बताए। ‘हामीले सक्दो मर्मत गरेर चलाइरहेका छौं,' उपाध्यायले भने, ‘सबै गोदामको मर्मम र स्तरोन्नति गर्न लागि ठूलो रकम चाहिने भएकाले सरकारले नै पहल गर्नुपर्छ।'
संस्थानले गोदाम मर्मतको लागि भनेर हरेक वर्ष पाँच–सात लाख रुपैयाँ बजेट छुट्ट्याउँदै आएको छ। यो रकम अत्यन्तै न्यून भएको उसको भनाइ छ। अहिले सबै गोदाम मर्मतसम्भार गर्नुपर्ने अवस्थामा पुगेकाले ठूलो रकम आवश्यक देखिन्छ। ‘ती सबै मर्मत गर्न कम्तीमा ५ अर्ब रुपैयाँ लाग्छ,' उपाध्यायले भने, ‘यति रकम सरकारले खर्च नगर्दासम्म गोदामको स्तरोन्नति हुन सक्दैन।' खाद्य संस्थान एक्लैले गोदाम मर्मत गर्न नसक्ने उपाध्यायले बताए।
केही सयमअघि वाणिज्य मन्त्रालयले देशभरका गोदामको अवस्था अध्ययन गर्न एक समिति गठन गरेको थियो। समितिले पश्चिमी भागका गोदामको अध्ययन गरिसकेको छ। त्यसको रिपोर्ट भने अहिलेसम्म मन्त्रालयमा बुझाएको छैन।
संस्थानसँग पुराना १ सय ६४ र बनाउँदै गरेका नयाँ चारवटा सहित १ सय ६८ गोदाम छन्। यी गोदाममध्ये आधुनिक स्तरका चारवटा मात्र रहेका र अरु सबै पुराना भएको उपाध्यायले जानकारी गराए। सबै गोदामको खाद्य स्टोर क्षमता १ लाख ५ हजार मेटि्रक टन छ।
यी गोदाममध्ये पूर्वी भेगमा ३५, मध्यमा ४८, पश्चिममा १५, मध्य पश्चिममा ३७ र सुदूर पश्चिममा २९ वटा छन्। देशभरका गोदाम ५० देखि ११ हजार मेटि्रक टन क्षमताका छन्।
देशभरका गोदाममध्ये मध्यपहाडी भेगका अधिकांश प्रयागविहीन रहेको उपाध्यायले बताए। धनकुटा, भोजपुर, सिन्धुली, पोखरा, दाङ, डोटी, डडेल्धुरा, दार्चुला, बैतडीलगायत क्षेत्रबाट संस्थानले कार्यालय हटाइसकेको छ। कार्यालय हटेपछि उक्त क्षेत्रका गोदाम पनि प्रयोगविहीन बनेका छन्। पहिले बाटो नपुग्दा खाद्य आपूर्तिको उद्देश्यले स्थापित कार्यालय र गोदाम यातायात सुविधा पुगेपछि आवश्यक नभएकाले प्रयोगविहीन बनेको उपाध्यायले बताए।
संस्थानका गोदाम आवश्यकताअनुसार थपघट गर्नुपर्ने उपाध्यायले बताए। उनका अनुसार प्रयोगविहीन अवस्थाका गोदाम हटाउने र आवश्यक पर्ने ठाउँमा थप्नुपर्ने अवस्था छ। तराई क्षेत्रमा अझै पनि गोदामको कमी रहेको उनले बताए। कतिपय ठाउँमा संस्थानले गोदाम भाडामा लिएर चलाउने गरेको छ।
केही गोदाम अन्य प्रयोजनमा प्रयोग भइहरेका छन्। चौरजहारी गोदाममा अहिले सेनाको ब्यारेक छ। सबै गोदाम रहेको जग्गा संस्थानको आफ्नै हो। यसबाहेक पनि संस्थानको धेरै जग्गा छ।