काठमाडौं-निर्माणको लामो समयसम्म मर्मत तथा स्तरोन्नति नहुँदा पूर्व–पश्चिम राजमार्गअन्तर्गतका झन्डै साढे पाँच सय पुल जोखिमको अवस्थामा पुगेका छन्। विभिन्न दातृ निकायको सहयोगमा करिब ४५ वर्षअघि बनेका यस्ता पुल मर्मतको योजना बने पनि बजेट अभावले जीर्ण बन्दै गएका हुन्।पुल निर्माणभन्दा मर्मतमा बढी खर्च लाग्ने र तोकिएको बजेटभित्र काम गर्न नसकिने हुँदा योजनाअनुसार मर्मत तथा स्तरोन्नति गर्न नसकिएको सडक विभागका महानिर्देशक माधवकुमार कार्कीले बताए। ‘आवश्यक बजेट नभएपछि ठेकेदारले काम गर्न चाहँदैनन्, अपुग रकम वर्षको अन्त्यमा अर्थ मन्त्रालयले रकमान्तर गरेर दिन्छ,' उनले नागरिकसँग भने, ‘अर्थले थप पैसा दिने सुनिश्चित भएपछि मात्र बाँकी काम हुन्छ तैपनि वर्षको अन्त्यमा तोकिएको काम सकिँदैन।'
पुलको औसत सञ्चालन अवधि करिब ५० वर्ष हुन्छ। राजमार्गमा बनेका अधिकांश पुल ४०/४५ वर्ष पुराना भइसकेकाले सबैको स्तरोन्नति गर्नुपर्ने कार्कीले बताए। उनका अनुसार एक किलोमिटर सडक बनाउनभन्दा सामान्य पुल बनाउन दुई गुणा बढी बजेट खर्च हुन्छ। सरकारी बजेटले मात्र नपुग्ने हुँदा दाताको सहयोग बिना सबै पुलको मर्मत तथा स्तरोन्नति सम्भव नहुने उनको भनाइ छ।
करिब एक सय पुल मर्मत र स्तरोन्नति गर्न आवश्यक बजेट उपलब्ध गराइदिन अहिले विश्व बैंक र एसियाली विकास बैंक (एडिबी) सँग छलफल भइरहेको पुल महाशाखाले जनाएको छ। विभागले राजमार्गमा अब बन्ने वा मर्मत र स्तरोन्नति गर्ने सबै पुल चार लेनमा विस्तार गर्ने योजना बनाएको छ। चार लेन पुल निर्माण गर्न आवश्यक सहयोग दिनेबारे विश्व बैंक सकारात्मक देखिएको छ। जीर्ण बन्दै गएका सबै पुल चार लेन बनाउन सके पुल निर्माणमा नयाँ फड्को मारिने कार्कीले बताए।
विभागका अनुसार हेटौंडादेखि पथलैयासम्मका ६५ वटा पुल अति जीर्ण छन्। तत्काल यिनको मर्मत नथाले कुनै पनि बेला दुर्घटना हुन सक्छ। दशकौं पुराना यी पुल तत्कालीन प्रविधिअनुकूल बनाइएकाले पनि अब परिवर्तन गर्ने बेला भइसकेको विभागका सह–सचिव गोपालप्रसाद सिग्देलले बताए। ‘अधिकांश पुल कमजोर र साँघुरा भएकाले बढी जोखिमयुक्त छन्,' उनले भने, तीमध्ये यी सबै अब नयाँ प्रविधिअनुसार निर्माण गर्नुपर्नेछ।'
सर्लाहीको रातुखोलो, हेटौंडा नजिकैको तीन नम्बर पुल, कैलालीको शिवगंगा खोलाको पुलको रेलिङ भत्केर पिलर धसिएको विभागले जानकारी दिएको छ। ‘समयमै मर्मत गर्ने प्रयास भए पनि सकिएको थिएन,' महानिर्देशक कार्कीले भने, ‘यी तीनै पुलको मर्मतका लागि डिजाइन तयार पारेर ठेकेदार नियुक्त गर्ने प्रक्रिया थालिएको।'
पूर्वको मेची पुलदेखि, माइखोला, बागमति र नारायणी नदीमा बनेका ठूला पुल पनि जीर्ण बनिसकेका छन्। कतिपय पुलको बेरिङ र पिलर धसिँदै गएका छन्। यस्ता ठाउँमा क्रेनले पुल नै उचालेर मर्मत गर्नुपर्छ। मर्मतको काम जोखिमयुक्त र लागत बढी लाग्ने हुँदा यस्ता काममा ठेकेदारको कमी भएकाले पनि लक्ष्यअनुसार काम हुन नसकेको विभागका अधिकारीको तर्क छ।
सामान्य पुल मर्मत गर्न एकदेखि डेढ करोड रुपैयाँमात्रै बजेट छुट्ट्याइएको हुन्छ। सानो बजेटमा काम गर्न विदेशी ठेकेदारले चासो नदेखाउने पनि पुल महाशाखाका अधिकारी बताउँछन्। विभागका अनुसार यसै वर्ष २० वटा ठूला र दर्जनौं साना पुलको मर्मत सकिनेछ। राजमार्गका पुलमा रेलिङ भाँचिएको, पिच भत्केको, रङ उडेको लगायत काम पनि यसै वर्ष पूरा गर्ने विभागको योजना छ।
अति जीर्ण अवस्थाका पुलको मर्मत चालु आर्थिक वर्षभित्र पूरा गर्न सबै सडक डिभिजन कार्यालयलाई कडा निर्देशन दिइएको कार्कीले जानकारी दिए। यसका लागि आवश्यक ४१ करोड रुपैयाँ पनि विभागले निकासा गरिसकेको छ। अब बन्ने वा मर्मत र स्तरोन्नति गर्ने पुललाई आधुनिक डिजाइनअनुसार आकर्षक बनाइने कामसमेत सुरु गरिएको छ।
विभागले पुराना मर्मत तथा स्तरोन्नति गर्ने बाहेक चालु आवसम्म झन्डै ६ सय नयाँ पुल निर्माण गरिरहेको छ। तीमध्ये एक सय ९० पुल यो वर्ष थपिएका हुन्। चालु वर्षको अन्त्यसम्म एक सय ५० पुलको निर्माण पूरा हुने विभागको दाबी छ। मर्मतका लागि आवश्यक रकम अर्थ मन्त्रालयले रकमान्तर गरेर दिए पनि वर्षको अन्तमा रकम आउँदा लक्षित प्रगति हुन सकेको छैन। यो वर्षदेखि पुल निर्माण र मर्मत गर्न समयमै आवश्यक बजेट उपलब्ध गराउन विभागले मन्त्रालयलाई आग्रह गरेको छ।