काठमडौं-बहुप्रतीक्षित विशेष आर्थिक क्षेत्र (सेज) मा उद्योग स्थापना गर्न भने लगानीकर्ता खासै इच्छुक नदेखिएको पाइएको छ। गत मंसिर २ गते उद्घाटन गरिएको भैरहवा सेजमा उद्योग राख्न लगानीकर्तासँग प्रस्ताव आह्वान गरिए पनि निकै थोरैले मात्रै चासो देखाएका छन्। सरकारले उद्योग स्थापनाको प्रस्ताव पेस गर्न दिएको म्याद अब चार दिन बाँकी छ। अहिलेसम्म एउटा पनि आवेदन नपरेको विशेष आर्थिक क्षेत्र विकास समितिले जानकारी दिएको छ।सेज निर्माण हुनुअघि र निर्माण सकिएर उद्घाटन नहुन्जेल निजी क्षेत्रबाट चर्को रुपमा यसको माग हुने गरेको थियो। सेजका उद्योगले अन्यत्रकाले भन्दा बढी सुविधा पाउँछन्। सेज उद्घाटनको निजी क्षेत्रले उत्साहित भएर स्वागत पनि गरेको थियो उद्घाटनकै दिन मंसिर २ गते सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष विष्णु शर्माले यो भैरहवाको लागि मात्रै नभएर मुलुककै आर्थिक विकासमा कोसेढुंगा हुने टिप्पणी गरेका थिए।
सेजमा उद्योग स्थापना गर्न इच्छुक स्वेदशी, विदेशी लगानीकर्तालाई प्रस्तावना पेस गर्न आह्वान गर्दै पुस २५ गते सार्वजनिक सूचना जारी गरिएको थियो। ‘अहिलेसम्म कसैले पनि निवेदन हालेका छैनन्,' विशेष आर्थिक क्षेत्र विकास समितिका निमित्त प्रमुख सरोजकुमार वैद्यले मंगलबार नागरिकसँग भने, ‘अझै ३–४ दिन बाँकी भएकाले केही प्रस्ताव आउला।'
उनका अनुसार सोधपुछ र चासो राख्ने व्यवसायी पनि निकै थोरै छन्। अहिलेसम्म काठमाडौंको सेज कार्यालयबाट पाँचजनाले मात्र प्रस्ताव पेस गर्ने फारम लगेको वैद्यले बताए। प्रस्तावनाको फारम सेजको वेबसाइटबाट पनि डाउनलोड गर्न सकिने भएकाले कतिजना इच्छुक छन् भन्न नसकिने उनले बताए।
अनलाइनबाट पनि प्रस्तावना पेस गर्न सकिने व्यवस्था छ। इमेलबाट पनि कसैले प्रस्ताव पेस गरेको छैन। डकुमेन्ट तयार गर्न केही समय लाग्ने भएकाले अन्तिम समयसम्म केही प्रस्ताव आउनेमा वैद्य आशावादी छन्।
निर्यात प्रवर्द्धनमा सघाउ पुर्या्उने उद्देश्यले स्थापित सेजमा उद्योग स्थापना गर्न सरकारले स्वदेशी, विदेशी दुवैखाले लगानीकर्ताबाट प्रस्ताव आह्वान गरेको थियो।
आवश्यक ऐन, कानुन नबनेको, उपयुक्त वातावरण बन्न नसकेको र धमिलो राजनीतिक अवस्थाले गर्दा उद्योगीले नयाँ उद्योग स्थापना गर्न रुचि नदेखाएको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष प्रदीपजंग पाण्डेले बताए। ‘उद्योग दर्ता गरेर मात्र पुग्दैन,' पाण्डेले भने, ‘सञ्चालनका जटिलता पनि हटाउनु पर्छ, उपयुक्त वातारण बनाउनु पर्छ।'
सेज अवधारणा राम्रो हुँदाहुँदै पनि वातावरण अनुकूल नहुँदा सेजभित्र उद्योगी छिर्न हिच्किचाएको पाण्डेले बताए। अहिले सेज सञ्चालनको लागि आवश्यक विशेष आर्थिक क्षेत्र ऐन बन्न सकेको छैन। ऐन कानुन पूर्ण नहँुदा उद्योगी अघि सर्न नसकेको उनको तर्क छ।
ऐन आउन ढिला हुने भएपछि सरकारले सेज सञ्चालन कार्यविधि बनाएको छ। ऐन नभए पनि कार्यविधिबाटै यो सेज सञ्चालन गर्न भन्दै प्रस्तावना आह्वान गरिएको थियो।
औद्योगिक क्षेत्रमा प्रतिकूल असर गर्ने गरी कुनै पनि काम कारबाही गर्न नपाइने प्रावधानसहित विशेष आर्थिक क्षेत्र ऐन बन्न लागेको छ। विशेष आर्थिक क्षेत्रलाई व्यवस्थित सञ्चालन गर्न बन्न लागेको उक्त ऐन लागू भएपछि सेजका उद्योगमा कार्यरत मजदुरले बन्द, हडताल गर्न पाउने छैन।
सेजमा स्थापना हुने उद्योगले ७० प्रतिशत उत्पादन निर्यात गर्नुपर्ने नियम छ। यस अनुसारको कानुनी ग्यारेन्टी नहँुदा उद्योगीले चासो नदेखाएको पाण्डेले बताए। उद्योग सञ्चालन गर्न २४ घन्टा बिजुली आपूर्ति, भन्सारका सुविधा लगायतका विषय निर्क्योल हुन बाँकी छ।
धमिलो राजनीतिक वातावरणले पनि नयाँ उद्योग स्थापनामा असर परेको पाण्डेको तर्क छ। ‘अहिलेसम्म संविधान बन्न सकेको छैन,' पाण्डेले भने, ‘धुमिल राजनीतिक स्थितिले उद्योगीलाई विश्वस्त पार्न सकेन।' यही धमिलो वातावरणको सिधा असर उद्योगमा परेको उनी बताउँछन्।
सेज सञ्चालन गर्न १०–१२ वर्ष ढिला भइसक्दा पनि उपयुक्त वातावरण बन्न नसक्नु राम्रो नभएको उनले बताए। भैरहवा सेजमा उद्योग स्थापना गर्न प्रस्तावित उद्योगको स्थिर पुँजी कम्तीमा ५ करोड रुपैयाँ हुनुपर्छ। यति ठूलो पुँजी लगानी गर्न कम्तीमा उपयुक्त वातावरण बन्नुपर्ने पाण्डेको भनाइ छ।
भैरहवा सेज निर्माण थालेको सात वर्षपछि गत मंसिर २ गते उद्घाटन भएको थियो। नेपालकै पहिलो सेज उद्घाटन भएपछि नयाँनयाँ उद्योग स्थापना हुने सरकारको अपेक्षा थियो। उद्योगीले भने त्यहाँ उद्योग खोल्न चासो देखाएनन्।
उद्योग स्थापनाको प्रक्रियाअनुसार पहिलो चरणमा मनसायपत्र आह्वान हुन्छ। प्राप्त मनसायपत्र (प्रस्ताव) को मूल्यांकन गरेर ‘सर्ट लिस्टिङ' (छनोट) गर्नुपर्छ। यसरी छानिएकालाई विस्तृत विवरणसहित उद्योग स्थापनाको लागि आह्वान गरिन्छ। भैरहवा सेजमा विभिन्न किसिमका १७ वटा उद्योग सञ्चालन गर्न सकिने कार्यविधिमा उल्लेख छ।
भैरहवा सेज मुलुककै पहिलो भएकाले यसको सञ्चालन अनुभवले अन्य सेज सञ्चालनमा सहयोग पुग्ने समितिले बताउँदै आएको छ। अहिले मुलुकभर १४ वटा सेज निर्माण प्रक्रियामा छन्।